जसले आवश्यक स्रोत साधनबिना पनि धमाधम सुटिङ गर्न सक्यो उसलाई नै कुशल चलचित्रकर्मीको उपाधि दिइन्छ।

 
 
 



  Saturday April 19,2008
 

सम्झौतामा चलचित्र

विदुर गिरी

giribidur@gmail.com

 

छोटा पारदर्शी कपडा पहिरेर पर्दामा छायो अनि भन्यो- 'यो कथाको माग हो।' रोमान्स यौनका दृश्यलाई अश्लीलतापूर्वक प्रस्तुत गरिदियो अनि भनिदियो- 'कथाले माग्यो।'

 

ग्ल्यामर कामुक दृश्यका सवालमा प्रश्न उठ्दा कलाकार वा निर्माता-निर्देशकहरूले सहजै यस्तो जवाफ दिने गरे पनि कथाले मागेका थुप्रै दृश्य कथानक मोडका सवालमा भने बढीभन्दा बढी सम्झौता गर्ने गरिएको पाइन्छ।

नेपाली चलचित्रले स्तरीयता हासिल गर्न नसक्नुपछाडिको कारक तत्त्व पनि यही हो।

राजेश हमालको डेट सकिन लागिसक्यो, निखिल उप्रेती विदेश जाने रे, रेखा थापा भोलिदेखि अर्को चलचित्रको सुटिङमा जाने रे, यस्तो बेला कहाँ फुटेज खाइरहेको- अब ठोक्नुपर्छ। नठोक्ने हो भने समयले भ्याउँदैन। त्यसैले ठोकेर भए पनि तीन दिनमा सुटिङ सकाउनुपर्छ। प्रायः नेपाली चलचित्रका सुटिङ युनिटमा सुनिने देखिने शब्द दृश्य हुन् यी। ठोक् भन्नुको मतलब कसैलाई पिट भनिएको होइन। नेपाली चलचित्र निर्माणको भाषामा ठोक्नु भनेको सम्झौता गर्नु हो, जसरी हुन्छ सुटिङ सक्नु हो। अधिकांश नेपाली चलचित्रको सुटिङ यसै गरी ठोकेरै सकाइन्छ।

जसले बढी ठोक्न सक्यो, चाँडै किफायती ढंगले चलचित्र निर्माण गर्न सक्ने खुबी उसैमा भएको मानिन्छ यहाँ। जसले आवश्यक स्रोत साधनबिना पनि धमाधम सुटिङ गर्न सक्यो उसलाई नै कुशल चलचित्रकर्मीको उपाधि दिइन्छ। ठोकेकै भरमा चलचित्र निर्माणको गति चलिरहेको नेपाली चलचित्र उद्योग टिकिरहेको छ।

निर्माता-निर्देशक शोभित बस्नेतले पहिलोपटक महिला निर्माता क्रिसा चौलागाईंको निर्माणमा इन्साफ नामको चलचित्र बनाए। हुन बस्नेत पनि ठोकेरै चलचित्र बनाउने निर्माता-निर्देशक हुन् तर पछिल्लो समयमा आएर उनले ठोक्ने कामलाई कम गरेका छन्। यही ठोक्ने कामलाई कम गर्दा उनी निर्मात्री चौलागाईंबीच ठूलो विवाद हुन पुग्यो। यो विवाद बढ्दै जाँदा एक दिन सुटिङ नै स्थगित हुन पुग्यो भने विवादकै कारण इन्साफ रिलिजका लागि अझै तयार हुन सकेको छैन।

इन्साफको इनडोर सुटिङ गर्ने क्रममा निर्देशक बस्नेतले निर्माणपक्षसँग केही प्रोपर्टी मागे। अघिल्लो दिन नै टिपाइदिएको प्रोपर्टी स्पटमा नदेखेपछि बस्नेतले तुरुन्तै फेरि त्यसको माग गरे। तत्काल प्रोपर्टी जुटाउन सम्भव थिएन, त्यसैले निर्मात्री चौलागाईंले त्यहाँ भएकै प्रोपर्टीमा काम चलाउन सुझाव दिइन् तर सुझाव माग सहमतिमा पुग्न सकेन विवाद हुन थाल्यो। विवादले चर्को रूप लिएपछि त्यस दिन सुटिङ नै स्थगित गर्नुपर्यो।

बिनासम्झौता अर्थात् नठोकीकनै कथाले मागेबमोजिमका स्रोत साधन जुटाएर चलचित्र निर्माण गर्ने केही निर्माता-निर्देशक पनि हुँदै नभएका होइनन्। थुप्रै हिट चलचित्र दिइसकेका निर्देशक उगेन छोपेल कुनै सम्झौताबिना चलचित्र बनाउने गर्छन्। यही कारण एकाध चलचित्रबाहेक उनले निर्देशन गरेका चलचित्रले व्यावसायिक सफलता हासिल गरेकै छन्, दर्शकको मन पनि उत्तिकै जितेका छन्। छोपेलले नायक भुवन केसीले निर्माण गरेको चलचित्रमा समेत भुवनलाई हस्तक्षेप गरेरै पनि सम्झौताबिना चलचित्र बनाए। भुवनद्वारा निर्मित नेपाली बाबूको एउटा ग्रामीण घरको दृश्यलाई जीवन्तता दिन छोपेलले निर्माणनियन्त्रक गणेश सापकोटाले मकैका घोगाहरू नल्याएसम्म सुटिङ नै रोकिदिए। मकैका घोगाहरू ल्याएर धुरीमुनिको भाग सजाएपछि भुवन आफैंले पछि भनेका थिए- 'वास्तवमै सानो-सानो कुराले पनि सिनलाई रिच बनाउँदो रहेछ।' उगेनसँग काम गरेको अनुभवबाटै उनी अहिले सम्झौता गर्न नहुने निर्णयमा पुगेका छन्।

भुवनले लामो समयपछि निर्माण गरेको चलचित्र तिमी बिना मरिहाल्छुमा उगेनको सिको गरेका छन्। आफैंले मूख्य भूमिकामा अभिनय गरेको त्यस चलचित्रमा उनले सम्पन्न व्यक्तिको चरित्र निर्वाह गरेका छन्। उनी सम्पन्न हुन् भन्ने बुझाउने सिनले हो। सिनमा उनले प्रयोग गर्ने विभिन्न साधनले नै हो। एउटा सिनमा भुवन फ्नो निजी गाडी लिएर घरबाट बाहिरिनुपर्ने थियो। सोहीअनुसार निर्देशक दयाराम दाहालले सट लिए तर त्यस सटमाथि भुवनले ठाडो हस्तक्षेप गरे। भुवनको भनाइ थियो- 'यत्रो अरबपति क्यारेक्टरको जाबो एउटा गाडी हुन्छ- अब दुई-चारवटा गाडी मगाउँछु अनि मात्र सुटिङ हुन्छ।' भुवनले केही घण्टा सुटिङ नै रोकेर दुई-चार जना व्यापारीलाई फोन गरेर पछिल्लो मोडलका गाडी मगाए वरिपरि गाडी नै गाडी राखेर त्यसमध्येको एउटा गाडी झिकेर लगेको दृश्य लिन