झरीमा रुझदै थिई, त्यसो भने आज अझ सुन्दर देख्यौ उनलाई। युवतीहरू झरीमा झन् सुन्दर देखिन्छन् नि त।

 
 
 



  Saturday April 19,2008
  (कथा)

अप्रत्याशित

भानु बोखिम

 

धेरै प्रतीक्षापछि एक दिन उनी यही बाटो भएर गइन्। नजिक अनि फेरि टाढा हुँदै गएका दृश्य आँखाले भ्याएसम्म नियाल्यो तर उनलाई बोलाउने साहस भएन। पछि लाग्ने प्रयास पनि गरेन। केवल ओझेल नपरुन्जेल उनलाई हेरिरह्यो एकटक। यही बाटोमा उनीसँग कुनै दिन जोडी भएर हिँड्ने रहर पालेर बसेको थियो।

 

साँझ पर्यो। यो बेला उसले आफू उभिएको ठाउँलाई नियाल्यो। यौटा पुरानो पीपलको रूख, मुनिबाट माथि चराचुरुङ्गी। फेरि उसले उनी गएको बाटो नियाल्यो। धूलैधूलोले ढाकिएको त्यो बाटोमा उसका आँखा बल्ल परे। तेज गतिमा आएको उनको स्कुटरले अझ धेरै धूलो उडाएको थियो। प्रतीक्षाको समयमा त्यो धूलो, त्यहाँको चहलपहल कोलाहलको वास्तै भएन। जब उनी गइन् तब एकाएक बाटोको रूप फेरियो, बिरानो भयो उजाडजस्तो लाग्न थाल्यो। वरिपरिका सारा दृश्य पट्यार लाग्ने भए अब उसका लागि।

ँसमीर, डेरामा पाइला राख्नेबित्तिकै छिमेकीले सोध्यो- ँआज पनि उनी त्यो बाटो आइनन््-'

ँगलत अन्दाज -उत्तरमा अलिकति पीडा थियो।

ँउसलाई देख्यौ -

  जुत्ता फुकाल्दै बोल्यो- 'ओझेल नपरुन्जेल नियालिरहे।

ँदेखेको भए किन यति दुःखीजस्तो -

ँएक पल हेरेर मन बुझछ -

जवाफमा राजनले केही बोलेन। समीरले छेवैमा उभिएर भान्साको स्थिति नियाल्यो। ऊभित्रको सबै भोकप्यास मेटिइसकेको थियो। कोठामा गयो एकफेर उनका बारेमा सोच्यो। उसको मस्तिष्क उनकै सम्झनामा हुन्थ्यो, हरपल। उनीसँगको साथको विभिन्न परिकल्पना गर्थ्यो ऊ। तर उनको नामसम्म पनि थाहा थिएन उसलाई। मात्र एकपटक झुलुक्क हेर्नलाई पीपलबोटको छहारीमा उसले कति दिन बितायो कुन्नि- कहिलेकाहीँ उनी आउँथिन्, आँखा जुद्थे फर्किएर आउँथ्यो। धेरै समय र्व्यर्थै पनि बित्थ्यो। दिनभर कुरेर बस्थ्यो तर उनी कति दिनसम्म देखै पर्थिनन्। यो मोह हो कि माया, उनका साथीहरू यसबारे सोचिरहन्थे।

सम्झनामा आहत भएपछि उसले यौटा किताब उठायो। पानाभरि आँखा दौडायो तर ती आँखाहरू अडिन मानेनन्। मानौं, ती शब्दहरू उसको मस्तिष्कका लागि अर्थहीन छन्। उसले किताबलाई बेपरवाह टेबुलमाथि फाल्यो त्यो घिस्रिँदै झर्यो। अनियन्त्रित ढङ्गले दौडिरहेका आँखाहरू कोठाको सादा पर्खालवरिपरि घुमायो। ढोकाको छेवैमा झुन्ड्याइएको मोनालिसाको श्यामश्वेत तस्वीरमा आँखाहरू टक्क अडिए। तस्वीरमा मन मस्तिष्कले फेरि अर्को सुन्दर परिकल्पना गर्यो। अब त्यहाँ मोनालिसा होइन, उसकी स्वप्ननायिका मधुर मुस्कानका साथ उपस्थित थिई।

ँमेरी स्वप्ननायिका, तिमीलाई लियोनार्दो भएर सम्झिरहेको छु समीर आफैंसँग बोल्न थाल्यो। बत्ती निभायो ओछ्यानमा गयो तर निद्रा परेन आँखामा। उसले धेरैपल्ट कोल्टो फेर्यो तर निद्रा बिरानो मान्छेजस्तै आँखाबाट तर्किरह्यो।

आज फेरि पीपलबोटमुन्तिर गयो स्वप्ननायिकाको दर्शनार्थ तर उसको प्रतीक्षा र्व्यर्थको साबित भयो। स्वप्ननायिका त्यो बाटो आइनन्। उदास मन लिएर डेरा र्फकनुको विकल्प थिएन। योपटक राजनले उसलाई करिडोरमै भेट्यो यौटा नियमित प्रश्न तेर्स्यायो-

ँआज आइनन्-

ँहो।

ँर्व्यर्थै किन कुर्छौं-, राजनले दाइने हात ऊतिर प्रश्नवाचक चिह्नका रूपमा उठाउँदै बोल्यो- ँजसको तिमी नामसम्म जान्दैनौ।

ँनामको के जरुरत-', समीरको उत्तर थियो- 'तस्वीरै मनमा बसेपछि। कसैको मोहमा डुबेपछि अक्सर मान्छेले बोल्ने शैलीमा तर्क गरिरहेको थियो।

ँकसैको मोहमा मान्छे पूरै कवि हुदो रै'छ।

ँयो प्लेटोले सयौं वर्षअघि भन्या कुरा।

ँमैले नि पढेको थें, उसले अझ आफ्नो खुल्दुली पोख्दै बोल्यो- ँतर हुन्छ नै भन्ने विश्वास लागेको थेँन।'

समीर केही बोलेन।

ँतर किन मान्छेहरू प्रेममा कवि हुन्छन्-

ँसायद प्रेममा भावनाको कुरा भएर।

ँएकतर्फी प्रेममा पनि- 

ँएकतर्फीचाहिँ प्रेम हैन-

ँतर यस्तो प्रेममा अति गम्भीर नहोऊ।

ँकिन-

ँकिनकि, राजनले भन्यो ँप्रेम नै जीवनको सम्पूर्ण अंश हैन।

ँमलाई नि थाँछ, जीवन आफैंमा विभिन्न अनुभूतिमा विभाजित छ।

अर्को एक दिन राजन चोर बिरालोझैं समीरको कोठामा पस्यो। समीर टेलिभिजनमा कुनै 'ट्य्राजिक' गीतको म्युजिकभिडियो हेरिरहेको थियो, जहाँ उसकै स्वप्ननायिका मोडेल थिइन्। उसले राजन कोठाभित्र पसेकोमा कुनै वास्ता गरेन बरु एकोहोरो टेलिभिजनमा फेरि-फेरि आउने दृश्यहरू नियालिरह्यो। केही क्षणपछि अर्को गीत आयो तर उ&