हतियारधारी समूहको कुटपिट लुटपाटबाट आजित भएर काटेको धान खेतमै छाडेर उनीहरू ज्यान बचाउन भागेर हिँडेका थिए।

 
 
 



  Saturday April 19,2008
 

बासकै समस्या

आनन्द कोइराला

 

हतियारधारी समूहको यातना पाएर विस्थापित भएका पाँच दर्जन परिवारलाई राज्यले राहत नदिँदा उनीहरू सुनसरीको भरौलमा अन्योलपूर्ण जीवन जिउँदै छन्। सुनसरीको हरिपुरबाट चार महिनाअघि विस्थापित भएका उनीहरूलाई अहिले गाँसबासको समस्याले पिरोलेको छ।

 

रातारात भागेर वराहक्षेत्र- जब्दीमा आइपुगेका विस्थापितहरूले पेटभर खानसमेत पाएका छैनन्।

तराईमा सशस्त्र आन्दोलन गर्दै आएको 'मधेसी टाइगर' समूहका कार्यकर्ताहरूको ज्यादती सहन नसकेर विस्थापित भएका परिवार खुला चौरमा रात गुजार्न थोरै खाना बाँडेर खान बाध्य छन्।

सप्तकोसीको चिसो सिरेटो, त्यसमाथि फोहोर पानीका कारण अधिकांश महिला बालबालिका बिरामी भएका छन्। कोसीकिनारमा अर्काले दिएको पालमुनि सगोलमा बस्दै आएका उनीहरू भरपर्दो बासको खोजीमा हिँड्न थालेका छन्। रातभरि परेको शीत बिहानैदेखिको सिरेटोले बिरामी भएकाहरू अब कहाँ जाने कसलाई भन्नेमा अलमल्ल परेको विस्थापितहरू बताउँछन्। 'चिसो सहन नसक्नेलाई उचित प्रबन्ध के बिरामीहरूलाई समेत हेरचाह हुन सकेको छैन' -विस्थापित परिवारका ७३ वर्षीय वृद्ध कृष्णबहादुर कटुवालले भने। जब्दीका किसान तथा कोसीघाटका ठेकेदार चित्रबहादुर कार्कीको गोठमा उनीहरू बस्दै आएका छन्।

जाडो महिना यहीँ काटेकाले चिसोका कारण कान नसुन्ने, पेट दुख्ने, रिँगटा लाग्ने जीउ सुन्निने रोग लागे पनि तीन महिनासम्म एकै स्थानमा कष्टपूर्ण जीवनयापन गर्नुपरेको उनीहरूको गुनासो छ। आफूले छाडेको स्थान जब्दी एक घण्टाको मात्र फरकमा भएकाले उनीहरूले आफूलाई असुरक्षित ठान्दै आएका छन्। टाइगर समूहले फेरि लखेट्दै आउँछ भन्ने त्रासका कारण कहिल्यै राम्ररी नसुतेको उनीहरू बताउँछन्। प्रशासनलाई फ्नो अवस्थाबारेमा जानकारी गराउँदा पनि कानमा तेल हालेर बसेको विस्थापितहरूको आरोप बाँच्न कठिन भएकाले सहयोगका लागि प्रमुख जिल्ला अधिकारीसहित धेरैलाई निवेदन दिएको भए पनि कसैले वास्ता नगरेको उनीहरूको दुखेसो छ।

राज्यले विदेशी शरणार्थीहरूलाई मासिक तलबभत्ता तथा रासन दिएर राखेको भने फ्नै देशमा बिजोग भएका परिवारलाई सहयोग नदिनु विडम्बना भएको खम्बुवान राष्ट्रिय मोर्चाका केन्द्रीय सदस्य रामप्रसाद राईले बताए। भरौलकै स्थानीय बासिन्दासमेत रहेका राईले नै पहलमा युवाहरूलाई जुटाएर दैनिक सहयोग पुर्याउने योजना बनाएका छन्।

विभिन्न सामाजिक संस्थाले ठाउँठाउँबाट जुटाएर ल्याएको राहतसामग्रीले चार महिना काटेका ती परिवारलाई अब भने दीर्घकालीन बासको प्रबन्ध मिलाउन कठिनाइ भएको छ। सधैंभरि खाली जमिनमा बसेरै जीवन चल्न नसक्ने भएकाले अब छिट्टै सरकारी निकायमा आन्दोलन गर्ने तयारी गर्न थालेका छन् उनीहरू। 'स्थायी बासको सामाधानका लागि आन्दोलनमा जाने तयारी गर्दै छौं' -विस्थापित अगुवा हर्कराज लिम्बुले बताए।

राज्यले आफूहरूलाई बेवास्ता गरेकाले शान्तिपूर्ण आन्दोलन गर्ने उनीहरूले जनाएका छन्। विस्थापित परिवार संघर्ष समितिका अध्यक्ष बलबहादुर राईले केही दिनसम्ममा अस्थायी बसोबास मिलेपछि संघर्षमा उत्रने चेतावनी दिएका छन्। पुस पहिलो साता प्रमुख जिल्ला अधिकारी प्रेमनारायण शर्माले पहिलेकै स्थानमा पुनःस्थापित गर्ने पहल भइरहेको बताए पनि गफ मात्र गरेकाले आफूहरू जान नसक्ने भनी फर्किएको राईले बताए। पहिले हरिपुरमा सशस्त्रको फोर्स खडा गर्ने भने पनि गाउँ फर्केपछि मात्र फोर्स राख्न सकिने नयाँ कुरा राखेपछि उनीहरू जान नमानेका हुन्।

सप्तरी जिल्लासँग सिमाना जोडिएको हरिपुर गाविसमा ऐलानी जग्गा किनेर भोगचलन गर्दै आएका पहाडे समुदायका परिवारलाई गत वर्षको फागुन महिनादेखि हतियारसहित मुखमा पट्टी लगाएर आउने समूहले लगातार विभिन्न त्रास तथा यातना दिँदै आएको थियो। उनीहरूको धम्कीपछि उनीहरू फ्नो थातथलो छोड्न बाध्य भएका हुन्।

हतियारधारी समूहको कुटपिट लुटपाटबाट आजित भएर काटेको धान खेतमै छाडेर उनीहरू ज्यान बचाउन भागेर हिँडेका थिए। जीउमा नीलडाम मनमा पीडा लिएर भाग्नेहरू कोही मोरङ झापातिर लागेका छन् भने पहिले २७ घरपरिवार एकैचोटि भागेर यहाँ आएका थिए। पछि २३ परिवार थपिएर ५८ परिवार पुगेका छन्।

गत साउन १४ गतेका दिन सो गाउँका अगुवा स्थानीय टेकबहादुर कुँवर 'धनकुटे' लाई सुराकीको आरोपमा मधेसी टाइगरले हत्या गरेको थियो। पीडित भुवनसिं मगर भन्छन्- 'टेकबहादुरलाई मारेपछि हामी गाउँलेलाई पनि सुराकी भन्दै खेदो गर्न थाले तर हामीले त्यस्तो केही गरेका थिएनौं।' आठ बिघा खेतका मालिक ओमबहादुर श्रेष्ठ मलीन अनुहार बनाउँदै भन्छन्- 'त्यत्रो