पुतलीहरूले फूलको रस चुस्दा परागसेचन हुने गर्छ। पुतलीलगायतका प्राकृतिक प्रजनक नहुने हो भने वनस्पति बालीहरूको फल लाग्ने उत्पादनक्षमतामा ह्रास आउँछ।

 
 
 



  Saturday April 19,2008
 

पुतली संसार

कुलचन्द्र अर्याल

कीराहरूको वर्ग ( इन्सेक्टा ) मा पर्ने पुतली अति सुन्दर मनमोहक जीव हो। विश्वभर पाइने १७ हजार सय प्रजातिका पुतलीमध्ये नेपालमा सय ४० प्रजाति पाइन्छन्।

 

नेपालमा पाइने पुतलीहरूलाई ११ वटा परिवारमा विभक्त गरिएको , जबकि विश्वभर जम्मा १४ वटा परिवारका पुतली पाइन्छन्। विश्वमा पाइने कुल पुतलीको . प्रतिशत नेपालमा पाइन्छन्।

 

नेपालमा पाइने १६ प्रजातिका पुतली रैथाने जातका हुन्, जो विश्वका अन्य कुनै पनि भागमा पाइँदैनन्।

पुतलीहरू शाकाहारी जीव हुन्। सामान्यतया पुतलीहरूले फूलको रस खाने गर्छन्। राति उड्ने खैरा रंगका पुतलीलाई मथ भनिन्छ। मथहरू प्राय बालीनालीका लागि हानिकारक हुन्छन् केही विषालु पनि हुन्छन्। पुतलीहरूले फूल, लार्भा, प्युपा वयस्क गरी चरणमा जीवनचक्र पूरा गर्छन्। वयष्क अवस्थाका पुतली केही हप्तादेखि महिनादिनसम्म बाँच्ने गर्छन्। सामान्यतया भाले पुतलीहरू रंगीचंगी हुन्छन् भने पोथी पुतली खैरो रंगका हुन्छन्।

क्षेत्रफलको हिसाबले विश्वको कुल भूभागको . प्रतिशत ओगट्ने भए पनि नेपाल जैविक विविधतामा धनी छ। नेपालको सबैभन्दा होचो भूभाग झापाको केचनाकलनदेखि १८ हजार फिट उचाइको हिमाली भेगसम्म पुतलीहरू पाइएका छन्। हिमाली क्षेत्रमा भन्दा पहाडी तराई क्षेत्रमा पुतलीहरूमा बढी विविधता पाइएको छ। हिमाली भेगमा करिब सय प्रजातिका पुतली पाइएका छन् भने पहाडी तराई क्षेत्रमा सय ५० भन्दा बढी प्रजातिका पुतली पाइएका छन्।

नेपालमा अहिलेसम्म पाइएका पुतलीमध्ये सबैभन्दा ठूलो पुतली ट्रवाइडस जातको हो भने सबैभन्दा सानो पुतली फ्रेएरिया जातको हो। नेपालमा पाइने केही पुतली अत्यन्तै दुर्लभ मानिन्छन् संरक्षित पुतलीको सूचीमा पनि राखिएका छन्। सामान्यतया पुतलीहरू गर्मी महिनामा बढी देखिने गर्छन्। जेठ, असारदेखि लिएर शरद् ऋतुको मध्यसम्म पुतलीको विविधता प्रचूर मात्रामा देख्न सकिन्छ।

 

पुतलीको महत्त्व

निरन्तरको वनविनाश, वातावरण प्रदूषण, अनधिकृत संकलनजस्ता कारणले गर्दा पुतलीहरू संकटाभिमुख भइरहेका छन् भने केही लोप पनि भइसकेका छन्। ठूला वन्यजन्तुको संरक्षणमा सबैको चासो गए पनि पुतलीजस्ता महत्त्वपूर्ण पतकरको संरक्षणमा त्यति ध्यान पुगेको पाइँदैन।

पुतलीहरू पारिस्थितिक प्रणालीका अभिन्न अंग हुन्। यिनीहरू प्राथमिक प्रयोगकर्ता वा प्राइमरी कन्ज्युमर हुन्। विभिन्न वनस्पति वा बालीनालीको प्रजनकका रूपमा रहेका पुतलीहरूले वातावरणीय सन्तुलनमा पनि महत्त्वपूर्ण भूमिका निर्वाह गरिरहेका हुन्छन्। पुतलीहरूले फूलको रस चुस्दा परागसेचन हुने गर्छ। पुतलीलगायतका प्राकृतिक प्रजनक नहुने हो भने वनस्पति बालीहरूको फल लाग्ने उत्पादनक्षमतामा ह्रास आउँछ।

पुतलीहरू पर्यावरणीय प्रभाव मूल्यांकन वनजंगलको अवस्थाको सूचकका रूपमा पनि रहेका हुन्छन्। कुनै-कुनै प्रजातिका पुतलीका लार्भा निश्चित वनस्पतिमा मात्र निर्भर हुन्छन्। ती वनस्पति नाश हुने हो भने सम्बन्धित पुतली पनि लोप भएर जान्छन्। पुतलीका प्रकार संख्याबाट वनजंगलको अवस्थाको मापन गर्न सकिन्छ। त्यस्तै विषादीको बढ्दो प्रयोग प्रदूषणले गर्दा पनि पुतलीहरूको जीवनचक्रमा ठूलो असर पर्न जान्छ, फलतः पुतलीहरू नासिने लोप हुने अवस्थामा पुग्छन्। यसरी पर्यावरणीय असर मूल्यांकन अर्थात् इन्भाइरोमेन्टल इम्प्याक्ट एसिस्मेन्टमा पनि पुतलीको अवस्थाको अध्ययन महत्त्वपूर्ण साबित हुन्छ।

प्रकृतिका अनुपम वरदान पुतलीहरू लोप हुनु भनेको प्रकृतिको एक अंशको समाप्ति हो, जसको प्रभाव दूरगामी हुन सक्छ। सजिलैसँग पाइने भएकाले विभिन्न वैज्ञानिक परीक्षण अध्ययनमा पनि पुतलीको प्रयोग गरिन्छ। पुतलीहरू सुन्दर जीव भएकाले मानिसलाई मनोरञ्जन सौर्न्दर्यचेत पनि प्रदान गर्छन्। धेरै पुतली आकर्ष मनमोहक हुन्छन्, त्यस्ता पुतली भएको क्षेत्रमा पर्यटन प्रवर्द्धनको सम्भावना पनि प्रबल रहेको हुन्छ। केही मथहरू बालीनालीका लागि हानिकारक पेस्ट भए पनि केही भने अन्य हानिकारक जीवका लागि प्राकृतिक शत्रुका रूपमा रहेका हुन्छन्।

संरक्षणको अभाव विभिन्न मानवीय क्रियाकलापका कारण नेपालबाट केही पुतली लोप भइसकेका छन् भने केही लोपोन्मुख छन्। डायगोरा नामक पुतली नेपालबाट लोप भइसकेको छ। विकसित राष्ट्रहरूमा पुतली संरक्षणमा धेरै चासो दिइएको पाइन्छ। कृत्रिम प्रजनन व्यावसायिक खेतीको माध्यमबाट भए पनि पुतलीको संरक्षण गरिएको पाइन्छ तर हामीकहाँ यस विषयमा ध्यान पुगेको छैन।

सबै जीवलाई जस्तै पुतलीलाई पनि बाँच्ने हक छ।