| |
|
हिउँ
छल्दै
व्यापार
दीपक
दाहाल
dh.mydip@gmail.com
कत्ति
ठूलो
भारी!
कता
पुग्ने
हो
दाजु-
भारीले
थिचिएको
शिर
विस्तारै
उठाउँदै
जवाफ
फर्काए
उनले-
प्रोक।
अघिल्लो
सोमबार
पंक्तिकार
उत्तरी
गोरखाको
प्रवेशद्वार
मानिने
आरुघाट
बजार
पुग्दा
प्रोकका
सोनाम
लामा
कुर्मुच्च
भारी
बोकेर
घर
फर्किने
तर्खर
गर्दै
थिए।
के-के
छ
भारीमा-
एउटा
प्रश्नको
जवाफपछि
टाउको
पुरानै
अवस्थामा
फर्काउन
नभ्याउँदै
आएको
अर्को
प्रश्नको
जवाफ
उनले
अमिलो
अनुहार
बनाउँदै
फर्काए-
ँचिनी,
नुन,
चामल,
मरमसला
त
हो
नि।’
सोनामसँगै
उनकी
जहान
पनि
भारीले
थिचिएकी
छन्।
लाग्दो
पुसमा
घर
छाडेको
लामापरिवारसँगै
प्रोकका
झन्डै
एक
दर्जन
परिवार
यसरी
नै
घर
फर्किने
तर्खर
गर्दै
छन्।
|
 |
संविधानसभाको
प्रसंग
कोट्याउँदा
यसबारे
सुनेको
बताए
पनि
२८
गतेसम्ममा
घर
पुग्नुपर्छ
भन्ने
ठानेका
छैनन्
उनीहरूले।
ग्रामीण
भेगका
अन्य
स्थान
चुनावले
तातेको
समयमा
उत्तरी
गोरखाका
बासिन्दा
भने
खाद्यान्नका
लागि
तलतिर
झरेका
थिए।
ँघर
पुगे
त
भोट
खसाल्न
स्कुलसम्म
जाने
योजना
छ’
-छिरिङले
भने।
बस्तीवरपर
परेको
हिउँ
विस्तारै
पग्लिँदै
गर्दा
हिमालपारिका
गाविसका
अधिकांश
बासिन्दा
वर्षभरिलाई
पुग्ने
खाद्यान्नको
जोहो
गरेर
घर
फर्किंदै
छन्।
'खाद्यान्न
भएर
मात्रै
पनि
भएन,
घर
पुगेर
बर्खाका
लागि
दाउरा
खोज्न
बाँकी
नै
छ,
लगाएका
बाली
थन्क्याउनु
र
नयाँ
बाली
लगाउनु
छ'
-उनले
भने।
भिरालो
क्षेत्र
र
बाह्रै
महिना
हिउँ
पर्ने
भएकाले
यहाँ
सीमितबाहेक
अन्य
अन्नपात
उब्जनी
हुँदैन।
लगाएको
बाली
पाक्न
६
देखि
८
महिना
लाग्छ।
सम्पन्न
कहलिएकाहरूको
पनि
आफ्नै
बारीको
उब्जनीले
तीन
महिना
पनि
टर्दैन।
करु,
आलु,
फापर
र
कोदो
यहाँका
मुख्य
बाली
हुन्।
वर्षभरिका
लागि
खाद्यान्नको
जोहो
गर्न
र
हिउँ
छल्न
पनि
उत्तरी
गोरखाका
बासिन्दा
वर्षौंदेखि
अस्थायी
बसाइँ
सराइ
गर्दै
आइरहेका
छन्।
हिमालपारिका
गाविस
सामागाउँ,
बिही,
प्रोक,
चुम्चेत,
ल्हो,
छेकम्पार,
सिर्तिवासका
बासिन्दा
गर्मी
चढेपछि
ताँती
लागेर
घर
फर्किंदै
गरेका
देखिन्छन्।
लाग्दो
पुसमा
उनीहरू
समूहगत
रूपमै
घर
छोडेर
तल्लो
भेगका
गाउँहरू
आरुआरवाङ,
आरुपोखरी,
धावा,
तान्द्राङ,
मसेल,
आहाले
हुँदै
सदरमुकाम
पोखरीथोकसम्म
र्झछन्।
घरमा
बालक
र
वृद्धका
लागि
आवश्यक
पिठो
र
दाउराको
जोहो
गरेर
उनीहरू
तल
झरेका
हुन्छन्।
'हिउँ
पर्न
थालेपछि
धेरै
दिनसम्म
बाहिर
निस्कन
पाइँदैन,
ढिँडो
ओडालेर
खाएको
भरमा
आगो
तापेर
दिन
गुजारा
गर्नुपर्ने
हुन्छ'
-सिर्तिवासका
दिलबहादुर
गुरुङले
भने।
ँघर
फर्किंदा
घरमा
छोडेका
पशु
र
परिवारका
सदस्यलाई
सकुशल
नै
पाउनु
र
खाद्यान्न
थन्क्याएर
ढुक्कले
बर्खा
काट्न
पाउनु
ठूलो
कुरा
हो’
-सोनामले
भने।
घर
छाडेपछिको
अवधिमा
उनीहरूलाई
व्यापारले
भ्याइनभ्याइ
हुन्छ।
प्रकृतिले
खेतीयोग्य
जमिनबाट
ठगेको
भए
पनि
वातावरणअनुसारको
पशुपालन,
जडीबुटीलगायतका
स्रोतसाधनबाट
यहाँका
बासिन्दाले
भरपूर
फाइदा
लिएका
छन्।
५
हजार
५
सय
मिटरमाथिका
जंगलमा
निर्मसी,
पाँचऔंलै,
पदमचाल,
लोठसल्ला,
कुड्की,
चिराइतो,
जिम्मु,
जटामसी,
धूपीजस्ता
जडीबुटी
प्रशस्त
पाइन्छन्।
त्यसै
गरी
घरमा
बुनिएका
राडीपाखी,
गलैंचा
र
अलि
तल्लो
भेगमा
निगालाका
डोकाडाला,
मान्द्रा,
भकारी
बिक्रीका
लागि
लिएर
उनीहरू
झरेका
हुन्छन्।
ँजाडोमा
व्यापारका
लागि
सामान
लिएर
झर्छौं,
माथि
उक्लँदा
खाद्यान्न
लिएर
जान्छौं’
-छिरिङले
भने।
यसरी
घुम्दा
उनीहरू
जहाँ
पुग्यो
त्यहीँ
नै
चुलो
बसाल्ने
गर्छन्
अनि
आवश्यक
पिठो,
ढिँडो
ओडाल्ने
ड्याक्ची
र
केही
दाउरा
पनि
साथमै
हुन्छ।
जंगल
या
गाउँ
केही
परबाह
नगरी
निर्धक्क
बास
बस्छन्।
साथमा
रहेका
राडीपाखी
र
दापभित्रको
खुकुरी
रातका
साथी
हुन्।
भनिन्छ-
उनीहरू
जति
इमानदार
छन्,
आइलाग्नेमाथि
त्यसरी
नै
खनिन्छन्
पनि।
झर्ने
क्रममा
बालबच्चा
र
मट्टीतेल,
नुन,
चामल,
चिनीलगायतका
मरमसला
लिएर
उक्लिँदै
गरेका
उनीहरूलाई
बाटैभरि
भेट्न
सकिन्छ।
हिमाली
क्षेत्रको
सीमित
स्रोतबाट
जीवन
नधानिएपछि
तल
झर्नु
उनीहरूको
बाध्यताजस्तै
बनेको
छ।
जाडोयाममा
ग्रामीण
क्षेत्र
घुम्दा
आम्दानीको
स्रोत
जुटाउनुका
साथै
सँगै
आएका
केटाकेटीले
स्थानीय
रहनसहन
र
चालचलन
पनि
सिक्ने
गर्छन्।
त्यस
क्षेत्रमा
लामो
समय
सरकारी
सेवामा
बिताएकाहरूको
अनुभवमा
केही
वर्षगाडिसम्म
नयाँ
मानिस
पुग्दा
घरभित्र
या
जंगलतिर
लुक्न
जाने
केटाकेटी
अहिले
आगन्तुकका
वरपर
झुम्मिन
थालेका
छन्।
व्यापारका
लागि
यहाँको
इमानदारी
अनि
सरल
जीवनशैलीले
काम
गरेको
बताइन्छ।
भनिन्छ-
धागो
बिकाउन
सियो
सित्तैमा
दिन
जानेका
छन्।
तल्लो
भेगमा
घर
भ |