गर्भवतीले बुझ्नै पर्ने कुराहरु
पर्सनालिटी डिसअर्डर
पुरुषमा हुने प्रोस्टेट क्यान्सर
मधुमेहः दीर्घजीवी हुन सकिन्छ
कसरी स्वस्थ रहन सकिन्छ !

स्वास्थ्य नागरिकको अधिकार

कर्णप्रिय होइन, लोकप्रिय हुनुपर्छ

तपाँइको ..... हामो डाक्टर
मासिक राशिफल
हेल्थ न्युज
हेल्थ टिप्स

 

ट्राफिक प्रहरीको स्वास्थ्य समस्या

शंकर खनाल

khanalnpj@yahoo.com

कविता भट्टलाई नेपाल प्रहरीको पेसा परिवर्तन गर्न मन थियो। ट्राफिक प्रहरीमा दुई महिने काज पाउँदा उनी निकै खुशी मात्र भइनन् कि जनपथबाट ट्राफिक प्रहरीमै काम गर्ने सोच बनाइन्। दुई महिने काज नसकिंदै प्रहरी जवान भट्ट अब कहिल्यै ट्राफिक प्रहरीमा नजाने बताउँछिन्।

ँदिनभरि उभिंदा साँझ भत्भती खुट्टा पोल्छ, गोरखाको नारेश्वर- की भट्टले ट्राफिक प्रहरी भएर काम गर्दाको अनुभव सुनाइन्

 ँसुरु-सुरुमा / दिन बिरामी परें, अरु साथीहरु झन् धेरै दिनसम्म बिरामी भए।छोटो समयमा भोग्नुपरेका स्वास्थ्य समस्याले अहिले भट्टको सोच बदलिएको छ। उनी बाध्यता परेबाहेक भुलेर पनि ट्राफिक प्रहरीको जागिर नखाने बताउँछिन्। ट्राफिक प्रहरीमा काम गर्ने अन्य जवानहरुले पनि जनपथ प्रहरीतिर जान चाहेको उनले खुलासा गरिन्।

कविता मात्र होइन, चोक-चोकमा बसेर दुर्घटना हुनबाट जोगाई अरुको जीवनरक्षा गर्ने ट्राफिक प्रहरीहरु कुनै कुनै स्वास्थ्य समस्याबाट पीडित हुने गरेका छन्। सहरी क्षेत्रमा सवारीसाधनको बढ्दो चाप छ। गाडीबाट आउने चर्को आवाज फालिने विकारयुक्त धूवाँका साथै जीर्ण सडकबाट उड्ने धूलोका कारण ट्राफिक प्रहरीहरु ध्वनि वायु प्रदूषणबाट बढी प्रभावित भएका छन्। लगातार लामो समयसम्म उभिइरहनुपर्दा हाडजोर्नीको समस्याबाट पनि पीडित भएको विभिन्न अध्ययनहरुले देखाएका छन्। कार्यक्षेत्रमा खटिने ट्राफिक प्रहरीहरुको स्वास्थ्य परीक्षण गर्दा अधिकांशलाई नाक, कान, घाँटीसम्बन्धी समस्याहरु देखिएको छ। बढ्दो ध्वनि, वायु, पानी माटो प्रदूषणका कारण ट्राफिकहरुले स्वास्थ्य समस्या झेल्नुपरेको ती अध्ययनहरुले देखाएका छन्।

क्षेत्रपाटीको प्रेम मेमोरियल अस्पताल तथा अनुसन्धान केन्द्रले जेठ महिनामा ट्राफिक प्रहरीको निःशुल्क स्वास्थ्य परीक्षण गर्दा धेरैजसोमा नाक, कान, घाँटी -ईएनटी) को समस्या पाइएको थियो। सय जना ट्राफिक प्रहरीलाई गरेको स्वास्थ्य परीक्षणमा झन्डै आधा जतिमा ईएनटीका समस्याहरु पाइएको थियो। सय ५२ जनामा यो समस्या देखा परेको अध्ययन रिपोर्टले जनाएको छ। सो क्रममा ९५ जनालाई हाड-जोर्नी १२ जनालाई दाँतको समस्या पाइएको थियो।

त्यसैगरी महाराजगन्जको कान्तिपुर डेन्टल अस्पतालले असार महिनामा ट्राफिक प्रहरीको दन्त स्वास्थ्यसम्बन्धी अध्ययन गरेको थियो। काठमाडौंको रामशाहपथ, कालीमाटी, गौशाला, महाराजगन्ज कोटेश्वरका ट्राफिक युनिटका झन्डै सय जना ट्राफिक प्रहरीको निःशुल्क स्वास्थ्य परीक्षण गरिएको थियो।

परीक्षणमा उनीहरुमा दाँत कीराले खाएको, गिजा सुन्निने, गिजाबाट रगत आउने समस्या भएको पाइएको थियो। मुखको अल्सरबाट समेत उनीहरु पीडित थिए। अध्ययनका लागि सय ७१ जनासँग सोधपुछ गर्दा अधिकांशले दन्तरोग विशेषज्ञको बारेमा जानकारी नभएको बताएका थिए। उपचारमा संलग्न दन्तरोग विशेषज्ञ डा. बीएम श्रेष्ठले भन्नुभयो- ँखैनी खाएर गिजामा घाउ भई कत्तिको क्यान्सर हुने खतरा पनि थियो।

सो अवसरमा ट्राफिक प्रहरीहरुलाई दन्तस्वास्थ्य शिक्षा दिनुको साथै दाँतको सुरक्षाका लागि राम्रा बानी नराम्रा बानीको बारेमा पनि अवगत गराइएको अस्पतालका प्रमुख कार्यकारी निर्देशकसमेत रहनुभएका डा. श्रेष्ठले प्रस्ट पार्नुभयो।

हरेक दिन कुनै कुनै समस्या

एक वर्षअघि ड्युटीमा गएका प्रत्येक १० जनामध्ये जना ट्राफिक प्रहरीलाई कुनै कुनै समस्या हुने गरेको महानगरीय ट्राफिक प्रहरी महाशाखाका एसएसपी भीष्म प्रसाईंको अनुभव छ। एसएसपी प्रसाईं आजभोलि भने यस्तो स्वास्थ्य समस्या नहुने दाबी नै गर्नुहुन्छ।

ट्राफिक प्रहरीको नियमित स्वास्थ्य परीक्षण गर्ने गरिएको, अनिवार्यरुपमा मास्क लगाउने काम भएको खानेपानीमा सुधार गरेपछि स्वास्थ्य सेवामा सुधार आएको प्रसाईंले बताउनुभयो। तर ड्युटीमा खटिने गरेका ट्राफिक प्रहरीहरु भने अझै पनि हरेक दिन कुनै कुनै स्वास्थ्य समस्या हुने गरेको बताउँछन्।

हरेक दिन सानो-ठूलो गरी झन्डै १५ हजार गाडी गुड्ने राजधानीको नयाँ बसपार्क क्षेत्रमा ड्युटी गर्ने सोम श्रेष्ठ ड्युटी गरेको दिन कहिले थकाइ लाग्ने कहिले रुघाखोकी लाग्ने, ढाड दुख्ने, छाती दुख्ने, खुट्टाको कुर्कुच्चा दुख्ने गरेको अनुभव सुनाउँछन्। ँशारीरिक रुपमा