गर्भवतीले बुझ्नै पर्ने कुराहरु
पर्सनालिटी डिसअर्डर
पुरुषमा हुने प्रोस्टेट क्यान्सर
मधुमेहः दीर्घजीवी हुन सकिन्छ
कसरी स्वस्थ रहन सकिन्छ !

स्वास्थ्य नागरिकको अधिकार

कर्णप्रिय होइन, लोकप्रिय हुनुपर्छ

तपाँइको ..... हामो डाक्टर
मासिक राशिफल
हेल्थ न्युज
हेल्थ टिप्स

 

तपाईंको घरमा हाम्रा डाक्टर

डा. हरिहर खनाल

मुटुरोग विशेषज्ञ

सामान्य परिश्रम गर्दा वा अलि छिटो हिँड्दा स्वाँ-स्वाँ बढ्छ। छातीमा गाँठो परेजस्तो भई श्वास फेर्न गाह्रो हुन्छ। मुटुको चाल नै रोकिने हो कि जस्तो हुन्छ। लामो श्वास तान्ने-छोड्ने गर्दै आराम गरेमा सामान्य अवस्थामा आउँछ। ४० वर्षपनि नकाट्दै भएको यस समस्याबाट कसरी मुक्ति पाउने ?

- शिवशंकर शर्मा

ताहाचल कालीमाटी, काठमाडौं

शर्माजी, रोगले उमेर पर्खंदैन। तपाईंको रोगको प्रकृति हेर्दा दम नै जस्तो लाग्छ। तर त्यो दम फोक्सोबाट उठेको पनि हुन सक्छ, मुटुबाट पनि हुन सक्छ। त्यसलाई छुट्याएर मात्र सही रुपमा उपचार गर्न सकिन्छ। तपाईंको समस्याको विश्लेषण गर्ने हो भने खुट्टा सुन्निने कि, श्वास लिन फ्याँक्न कुनचाहिँ अप्ठ्यारो हुन्छ, कुनचाहिँ प्रक्रिया सहज कुनचाहिँ गाह्रो हुन्छ, श्वास फेर्दा मुरली बजेजस्तो आवाज आउँछ कि, खोकी पनि लाग्छ कि आदि प्रश्नहरुको उत्तर प्राप्त हुनु जरुरी देखिन्छ। यसको उत्तरबाट फोक्सोको वा मुटुको दम (दाहिने मुटुको फेल वा देब्रे मुटुको फेल) भन्ने सम्भावना पत्ता लगाएर प्रारम्भिक औषधि गर्ने तथा छातीको एक्स-रे, ईसीजी, इकोकार्डियोग्राफीजस्ता अन्य निश्चित परीक्षण गरी स्पष्ट हुन सकिन्छ। फोक्सोको दम भएमा वा दाहिने मुटु फेल भएमा श्वास फेर्न सजिलो पार्ने औषधि दिइन्छ भने मुटुको देब्रेपट्टिको फेल वा मुटुको दम भएमा अर्कै औषधि दिन सकिन्छ। तसर्थ तपाईंलाई मेरो अति जरुरी सल्लाह कि एक्स-रे, ईसीजी, मुटुको भिडियो सेवा प्राप्त अस्पतालमा गएर मुटुरोग विशेषज्ञसँग परीक्षण गराउनुस्।

 

आँखा जँचाउँदा कुनै समस्या नदेखिए पनि डाक्टरको सल्लाहबमोजिम Iuderal – 40 औषधि एक हप्ता सेवन गरें। तर कुनै कुराको निर्णय लिन नसक्ने, स्मरणशक्ति ह्रास हुने, आत्मबल कमजोर हुने, मन आत्तिने, टाउको दुख्नेजस्ता समस्या यथावत् छन्। यो समस्याबाट मुक्ति पाउने उपाय के होला ?- राजु क्षेत्री, दोहा, कतार

राजुजी, तपाईंको समस्या सुन्दा दुःख लाग्यो। तर पनि सल्लाह दिनुपर्दा तपाईंको समस्या कुनै खास रोगको कारण नभई आत्मबल कमजोर वा इच्छाशक्ति कमजोर भएर भएको हो। शायद तपाईंले घर, परिवार, साथीभाइ तथा परिवेशको याद चाहिनेभन्दा धेरै गर्नुभयो भावुक हुनुभयो। धेरै कुरा सँगै छलफल गरी परामर्शमार्फत समाधान गर्न सकिन्थ्यो। पत्राचारबाट सल्लाह दिन सक्ने भनेको नियमित कसरत, योग, ध्यान गर्ने, चिन्ता नगर्ने, आत्मबल बढाउने तथा आफूप्रति पूर्ण विश्वस्त हिम्मतवाला हुने आदि कुराहरु नै हुन्। जीवनमा सकारात्मक कुरामा ध्यान दिने, मन बुझाउने, हरेक समस्याको पृष्ठभूमि वास्तविकता व्याख्या गर्ने मन बुझाउने गर्नु आवश्यक हुन्छ। तपाईंलाई खास डरलाग्दो रोग नभएको कुरामा ढुक्क हुनुभए हुन्छ।

 मुटुरोगले आँखा सुन्निन सक्छ भन्ने सुनें। के यो सही हो ? मुटुरोगबाट आँखालाई पर्ने असरबारे जानकारी पाऊँ।

- सुक्मिता अधिकारी, दामन, मकवानपुर

सुक्मिताजी, मुटुको रोगले आँखा मात्रै नभएर सबै शरीर सुन्निने हुन सक्छ। सुरुमा खुट्टा सुन्निने, त्यसपछि पेट हुँदै पूरै शरीर सुन्निने हुन्छ। त्यस्तै फोक्सोमा पानी जम्ने भएर दम फुल्ने पनि हुन्छ। त्यस्तै कोलेस्टेरोल वा रक्तचाप बढी भएमा आँखामा प्रभाव परेर दृष्टि कम हुन सक्छ। रक्तचाप भएर आँखाका -साना रक्तनली घाइते हुन्छन्। त्यसैले हरेक रक्तचापका बिरामीले आँखा पनि परीक्षण गराउनु आवश्यक छ। त्यसैगरी कोलेस्टेरोल बढी भएमा वा मुटुरोगजस्तै चिनीरोग पनि भएमा आँखामा खराब प्रभाव पर्ने भएकोले आँखा परीक्षण अत्यावश्यक हुन्छ।

  ४६ वर्षको भएँ। मेरो अण्डकोषभित्र सामान्य किसिमले दुख्ने गर्छ। यसरी दुख्नु केको लक्षण हुन सक्छ ? उपचारका लागि सल्लाहको अपेक्षा गर्दछु।

- जितमान महर्जन, बल्खु, काठमाडौं

जितमानजी, अण्डकोषभित्र दुख्नुको कारण उक्त स्थानको जलन, संक्रमण आदिले हुन सक्छ। कहिलेकाहीँ चिसोले वा अलि कसिएको लुगा लगाउने बानी भएमा दबाब परेर पनि त्यस्तो हुन सक्छ। दुखाइले हैरान गर्यो भने तपाईं काठमाडौंमै भएकाले युरो शल्यचिकित्सक भेटेर उपचार गराउन सल्लाह दिइन्छ। अहिले चिकित्सक नभेट्दासम्म हल्का लुगा