गर्भवतीले बुझ्नै पर्ने कुराहरु
पर्सनालिटी डिसअर्डर
पुरुषमा हुने प्रोस्टेट क्यान्सर
मधुमेहः दीर्घजीवी हुन सकिन्छ
कसरी स्वस्थ रहन सकिन्छ !

स्वास्थ्य नागरिकको अधिकार

कर्णप्रिय होइन, लोकप्रिय हुनुपर्छ

तपाँइको ..... हामो डाक्टर
मासिक राशिफल
हेल्थ न्युज
हेल्थ टिप्स

 

रोक्न सकिन्छ पाठेघरको मुखको क्यान्सर

डा. विजयलाल गुरुवाचार्य

शरीरको कुनै पनि भागमा कुनै पनि उमेरमा क्यान्सर हुन सक्छ। हाम्रो शरीरको प्रत्येक अंग जीवकोषबाट बनेको हुन्छ। यी जीवकोषहरु नियमित रुपमा विभाजन भइरहेका हुन्छन्। यो विभाजन हुने प्रक्रिया अनियमित रुपमा बन्न लागेपछि क्यान्सरयुक्त जीवकोषहरु उत्पत्ति हुन्छन्। यस्ता जीवकोषले आफ्नो नजिकमा रहेका अन्य सामान्य कोषलाई नोक्सान पुर्याउँछन्। यो क्रम बढ्दै जाँदा बिस्तारै क्यान्सरयुक्त जीवकोषहरु शरीरको अरु भागमा फैलिन थाल्छन् रोगको विकास हुन्छ।

शरीरको विभिन्न भागमा क्यान्सर हुन सक्छ तापनि पाठेघरको मुखको क्यान्सर महिला स्वास्थ्यको एक प्रमुख समस्या हो। साधारणतया यो रोग ४० वर्षको उमेरपछि हुन सक्ने रोग हो। नेपालजस्तो गरिब तथा अविकसित देशहरुमा भने यो रोग ३० वर्ष अथवा सो भन्दा पनि कम उमेरमा देखिएको छ। यो कुन महिलालाई कसरी हुन्छ भन्ने कुरा ठीक तरिकासँग जानकारी गराउन सकिन्न। तर कम उमेरमा विवाह भएका, सानो उमेरदेखि यौनसम्बन्ध राखेका, धेरै बच्चा भएका तथा धेरै जनासँग यौनसम्पर्क राख्ने गरेका महिलाहरुमा यो रोग लाग्ने सम्भावना बढी हुन्छ। ह्युमन पापिलोमा भाइरस अर्थात् एच.पी.भी. को संक्रमण नै यो रोगको प्रमुख कारण हो।

रोगको लक्षण

यो रोगको कुनै पनि लक्षण नहुन सक्छ। सुरुका लक्षणहरुमा सहवासपछि रगत देखिनु, पाठेघरको मुख छुँदा रगत आउनु तथा महिनावारीको बीचमा रगत बग्नु हो। समयमा ठीक उपचार भएमा रोग बढ्न पाउँदैन। अन्यथा यो रोग फैलिएर पाठेघरको मुखमा गाँठो आई घाउ हुन्छ पछि गएर यो रोग शरीरको अन्य भागमा फैलिंदै जान्छ।

जीवाणु पाठेघरको क्यान्सर

संसारभरि देखिएको पाठेघरको क्यान्सरमध्ये ९९ प्रतिशतमा एच.पी.भी. पाइएको छ। १५ प्रकारका एच.पी.भी. ले क्यान्सर गराउन सक्छ। पाठेघरको जीवकोषमा एच.पी.भी. को संक्रमणले शरीरको जीवकोषको प्रोटिनसँग एच.पी.भी. (E6 तथा E7) को प्रोटिनको रासायनिक प्रक्रिया हुँदा शरीरको जीवकोष क्यान्सरमा परिवर्तन हुन्छ। एसिया महादेशमा ८३ प्रतिशत पाठेघरको क्यान्सर एच.पी.भी. १६ तथा १८ को संक्रमणले भएको पाइएको छ।

क्यान्सरविरुद्ध खोप

पाठेघरको मुखको क्यान्सरविरुद्धको खोप विश्वमा क्यान्सरविरुद्धको प्रथम खोप हो। यो एच.पी.भी., ११, १६ तथा १८ विरुद्ध लड्न सक्ने क्षमता भएको खोप हो। यो खोप साधारणतया ११-१२ वर्षा नानीहरुलाई दिन सिफारिस गरिएको छ। तर वर्ष उमेरका नानीहरुलाई पनि दिन सकिन्छ। महिनाभित्र तीन वटा खोप र्सर्ुइमार्फत दिइन्छ। पहिलो खोप दिएको महिनामा दोस्रो तथा महिनामा तेस्रो खोप दिइन्छ।

हाल एच.पी.भी १६ तथा १८ विरुद्ध लड्न सक्ने क्षमता भएको खोप पनि विश्वबजारमा पाइन्छ। सन् २००६ देखि चल्तीमा आएको यो खोप हाल धेरै मुलुकमा प्रचलनमा ल्याइएको छ।

रोगको निदान

यो रोगको निदानका लागि विभिन्न परीक्षणहरु गरिन्छ।

?   सिलर टेस्टः यो टेस्ट गर्दा पाठेघरको मुखमा आयोडिन लगाइन्छ। आयोडिन लगाएपछि स्वस्थ भाग खैरो तथा क्यान्सर हुन सक्ने भाग फिका पहेँलो देखिन्छ। यो अत्यन्तै सरल प्रक्रियाको टेस्ट हो।

?   पैप स्मियर (PAP Smear) यो प्रविधि विश्वमा ५० वर्षअघिदेखि लागू भएको हो। यो प्रविधिले क्यान्सर भएको/नभएको तथा क्यान्सर हुन सक्ने सुरुका लक्षणहरु थाहा पाउन सकिन्छ। यो सरल विधि हो। यसको परीक्षण गर्दा महिलाहरुलाई केही असुविधा हुँदैन। २१ देखि २९ वर्षको उमेरमा वर्षको एकचोटि तथा ३१-६९ वर्षको उमेरमा देखि वर्षको अन्तरमा यो टेस्ट गराउन प्रत्येक महिलालाई सिफारिस गरिन्छ। लगालग तीनवटा टेस्टमा केही खराब नदेखिएमा पछि गएर ‘PAP Smear’ नगराउँदा पनि फरक पर्दैन।

?   बायोप्सीः पाठेघरको मुखको सानो टुक्रा मासु निकालेर क्यान्सर /छैन भनी पत्ता लगाउन सकिन्छ। यसबाट रोग सुरुको अवस्थामा वा फैलिसकेको भन्ने थाहा पाउन सकिन्छ।

उपचार

सुरुको अवस्थामा कोण बायोप्सी वा पाठेघरको मुख सर्जरीद्वारा निकालेर उपचार गरिन्छ। रोग फैलिएको अवस्थामा रेडियो