गर्भवतीले बुझ्नै पर्ने कुराहरु
पर्सनालिटी डिसअर्डर
पुरुषमा हुने प्रोस्टेट क्यान्सर
मधुमेहः दीर्घजीवी हुन सकिन्छ
कसरी स्वस्थ रहन सकिन्छ !

स्वास्थ्य नागरिकको अधिकार

कर्णप्रिय होइन, लोकप्रिय हुनुपर्छ

तपाँइको ..... हामो डाक्टर
मासिक राशिफल
हेल्थ न्युज
हेल्थ टिप्स

 

पुरुषमा हुने प्रोस्टेट क्यान्सर

प्रोस्टेट क्यान्सर एडेनोकार्सिनोमाको नामले पनि चिनिन्छ। यो प्रोस्टेट ग्रन्थिमा रहने क्यान्सरयुक्त ट्युमर हो। यो पुरुषहरुमा लाग्ने रोगमध्ये एक हो। साथै क्यान्सरका कारण हुने पुरुषको मृत्युमध्ये दोस्रो प्रमुख कारण यसलाई मानिन्छ। वर्षौंसम्म यसका लक्षण नदेखिने हुनाले साधारणतया समयमै यसको पहिचान गर्न गाह्रो हुन्छ। तर खानपिन, वंशाणुगत वातावरणीय कारणबाट प्रोस्टेट क्यान्सर हुने खतरा महसुस भयो भने समयमै स्वास्थ्य परीक्षण गराई रोग लागेको /छैन, निक्र्योल गर्न सकिन्छ।

यो रोग लाग्न थालेका अधिकांश पुरुषलाई ५५ वर्षा वा त्योभन्दा माथिल्लो उमेरमा मात्र यसका प्रारम्भिक लक्षणहरु देखा पर्छन्। वास्तवमा बुढ्यौलीको कारणभन्दा यो रोग लाग्नमा प्रमुखरुपमा अधिक धूमपान, मद्यपान, शारीरिक परिश्रमहीन जीवनशैली, गह्रौं धातुसँगको सम्पर्क अति चिल्लोयुक्त खानपिन आदि हुन्।

 

लक्षण पत्ता लगाउने तरिका

प्रोस्टेट ग्रन्थिको परीक्षण गराएर अधिकांश व्यक्तिले यो रोग लागेको पत्ता लगाउन सक्छन्। प्रोस्टेट क्यान्सरले सामान्यतया लक्षणहरु देखाउँदैन। प्रायः प्रोस्टेट ग्रन्थिमा क्यान्सर गहिरिएपछि मात्र लक्षण पनि देखा पर्छन्। ती लक्षणहरुमध्ये पिसाब फेर्न गाह्रो हुने वा विशेषगरी राति छिन्-छिन्मा पिसाबले च्याप्ने, पिसाब फेर्दा वीर्य स्खलन हुँदा दुख्ने, पिसाब रोकेर फेर्न सुरु गर्दा गाह्रो हुने, रोकिएर पिसाब निस्कने वा पिसाबको बहाव कडा नहुने पिसाब वा वीर्यमा रगत देखिने आदि प्रमुख हुन्। त्यस्तै बिरामीलाई नितम्ब, माथिल्लो तिघ्रा तल्लो ढाड दुखेको महसुस हुन्छ। यी प्रारम्भिक लक्षण देखा परेको बेला क्यान्सरको स्थिति विकास भइसकेको हुन्न। त्यसैले तत्कालै स्वास्थ्य परीक्षण गराई चिकित्सकको सल्लाह लिनु उचित हुन्छ।

आधुनिक औषधि उपचार विज्ञानले प्रोस्टेट क्यान्सर पत्ता लगाउन डिजिटल रेक्टल इक्ज्याम -डीआरई) प्रोस्टेट स्पेसिफिक एन्टिजेन -पीएसए) गरी दुई थरी विधि प्रयोगमा ल्याएको छ। डीआरई विधिअनुसार चिकित्सकले मलद्वार -रेक्टम) मा औंला छिराउँछन्। रेक्टमको ठीक अगाडि प्रोस्टेट ग्रन्थि रहेको हुन्छ। यस विधिबाट चिकित्सकले प्रोस्टेट ग्रन्थिवरपर डल्लो, गाँठो अन्य सम्भावित कडा वस्तु छाम्न सक्छन्। त्यस्ता वस्तुहरु क्यान्सरयुक्त छन् वा छैनन् भनी पत्ता लगाउन थप परीक्षणको आवश्यकता हुन्छ।

प्रोस्टेट क्यान्सरको प्रारम्भिक लक्षण थाहा पाउन बिरामीको रगतमा प्रोस्टेट स्पेसिफिक एन्टिजेनको परिमाण परीक्षण गरिन्छ। ५० वर्ष पुगेको पुरुषलाई चिकित्सकहरुले डीआरई पीएसए दुवै परीक्षण गराउने सल्लाह दिन सक्छन्। तर यो रोग लाग्ने खतरा बढी रहेको महसुस भएमा ४० वर्षको उमेरमै यी दुवै विधिबाट परीक्षण गराए पनि हुन्छ।

कसैलाई यस्तो क्यान्सर भेटिएमा आत्तिइहाल्नुपर्दैन। यसका थुप्रै उपचार विधिहरु छन्। उपचार गरेमा यसबाट बच्न सकिन्छ। दक्ष अनुभवी चिकित्सक, साथीभाइ परिवारको राम्रो सहयोग एवम् साथ पाएमा उपचारबाट पूर्ण स्वास्थ्य लाभ गर्न सकिन्छ। तर कम्तीमा पनि वर्षको एक-दुई पटक आफूलाई यो रोग लागेको /छैन भनी चिकित्सककहाँ परीक्षण गराइरहनु बेस हुन्छ।

प्रोस्टेट पुरुष प्रजनन प्रणालीभित्र रहेको एक ग्रन्थि हो। यो पिसाबथैलीको ठीक मुनि रहेको हुन्छ। यो पिसाबथैली खाली गराउने वीर्यको केही अंश निर्माण गर्ने तरल पदार्थ बोक्ने नली अर्थात् युरेथ्राको केही भागको वरपर रहेको हुन्छ। यो ग्रन्थि रेक्टमको ठ्याक्कै अगाडि रहने भएकाले रेक्टममार्फत नै यसलाई पहिल्याउन सकिन्छ। दुई भागमा बाँडिएको यो ग्रन्थि बाह्य तहले ढाकिएको हुन्छ।

उपचारबारे जान्नुपर्ने कुराहरु

वास्तवमा अचेल यस क्यान्सरको थुप्रै प्रकारका उपचारहरु छन्। यसका लागि सही पायक पर्ने उपचार पाउन आफैंले विभिन्न उपचार विधिबारे अध्ययन गरी जानकारी लिन सकिन्छ। त्यसका लागि बिरामीको प्रोस्टेटमा क्यान्सरको ट्युमर फैलिसकेको /छैन, थाहा पाउनुपर्छ। यदि त्यहाँ ट्युमर भएमा त्यो ट्युमर अझै फैलिन सक्ने नसक्ने स्थितिमा उपचारको तरिका निर्भर हुन्छ। त्यसका लागि रेडिएसन थेरापी रेडिकल प्रोस्टेटेक्टोमी नामक शल्यक्रिया विधि अपनाइने गरिन्छ। तर ट्युमर ठूलो नभएसम्म कुनै उपचार सुरु गरिंदैन।

रेडिकल प्रोस्टेटेक्टोमी शल्यक्रियाबाट प्रोस्टेट ग्रन्थि त्यसको वरपर रहेका