|
गर्भाधान भएपछि महिनावारी रोकिनु सामान्य प्रक्रिया हो, तर महिनावारी रोकिंदैमा गर्भवती भएको भनेर ठोकुवाचाहिँ गर्न सकिन्न। केही महिलाहरुलाई गर्भवती भए पनि रक्तस्राव हुन सक्छ। यसले गर्भवती भए, नभएको सम्बन्धमा शंका उत्पन्न गराउन सक्छ। यसका लागि पिसाब जाँच गराउनुपर्छ। यसरी जाँच गराउँदा पनि भरपर्दो स्वास्थ्य प्रयोगशाला छैन भने गलत रिपोर्ट आउने सम्भावना पनि हुन्छ। गर्भवती भएपछि शरीरमा सामान्य परिवर्तनहरु आउँछन्। जस्तो- वाक-वाक लाग्ने, बढी थकाइ लाग्ने, स्तन भारी हुने, पिसाब छिटोछिटो हुने लक्षणहरु देखिन्छन्। तर कतिपय महिलालाई यस किसिमको लक्षण नदेखिन पनि सक्छ। धेरै महिलालाई बिहानीपख वाकवाक लाग्ने हुन्छ, कतिपयलाई बान्तासमेत हुन्छ। गर्भवती भएको ३/४ महिनापछि यो समस्या स्वतः हट्छ। गर्भवती भएको अवधि बढ्दै गएपछि स्तनको आकार बढेर आउँछ र मुन्टोवरिपरिको कालो भाग बढी गाढा देखिन्छ। गर्भवती अवस्थामा पिसाब छिटोछिटो हुनु नराम्रो होइन। मूत्राशयमाथि भ्रूण बस्ने हुँदा यसले थिच्दै जाँदा छिटोछिटो पिसाब लाग्न सक्छ।
गर्भाधान भइसकेपछि सुरुका अवस्थामा निकै थकाइको महसुस हुन्छ। त्यसकारण राति सुत्नुबाहेक दिउँसो पनि प्रशस्त आरामको जरुरत पर्छ। गर्भवती भएको १२ हप्तासम्म बाहिरबाट पेटमा छाम्दा भ्रूणको आकार सामान्यतया थाहा पाउन सकिन्न। ६ हप्ताको अवधिमा भ्रूण कुखुराको फुल जत्रो र ८ हप्तामा क्रिकेटको बल जत्रो हुन्छ। ८ देखि १२ हप्तामा भने पाठेघरको आकार टाउकोजस्तो भएर बढ्छ। भ्रूण बढ्दै गएपछि पाठेघरको आकार पनि बढ्दै जान्छ, पाठेघर नरम र प्लास्टिकजस्तो भएर आउँछ। आठ हप्तादेखि १२ हप्ताको बीचमा भ्रूणको रक्तसञ्चार प्रणाली विकसित हुन्छ। १८ हप्ता पुगेपछि शिशुले सास फेर्न थाल्छ। २० हप्ता पुगेपछि दुवै ओठ चलाउन थाल्छ र बच्चा चलेको पनि थाहा हुन्छ। २८ देखि २९ हप्तामा भ्रूणले पोषण तत्त्व लिनका लागि सक्रियतापूर्वक चुस्न थाल्छ। २८ हप्तापछि गर्भस्थ शिशुको जन्म भएमा बाँच्न सक्छ। तर २८ हप्ताभन्दा अघि बच्चा पैदा भएमा त्यसलाई गर्भपतन भनिन्छ। गर्भधारण गरेका कति महिलामा आफैं गर्भपतन हुन्छ भन्ने कुरा यकिन भन्न नसकिए पनि ५ जना गर्भवतीमा १ जनामा आफैं गर्भपतन हुने अनुमान गरिएको छ। त्यसबाहेक कतिपयले आफ्नो गर्भपतन आफैंले पनि गराएका हुन्छन्। स्वतः गर्भपतन हुनुका कैयौं कारणहरु हुन सक्छन्। यी सबै कारणहरु थाहा नभए पनि हालसम्म निम्न कारणहरु थाहा पाइएका छन्। आमालाई उच्च रक्तचाप वा मुटुको दीर्घरोग भएमा, विशेष रोगको कारणबाट ज्वरो आएमा, अन्तस्राव ग्रन्थिको गडबडी भएमा, पाठेघर कम विकसित भएको वा जन्मजात असामान्य भएको अवस्थामा गर्भपतन हुन सक्छ। त्यस्तै कतिपय अवस्थामा भ्रूण विकसित हुन सक्दैन। कहिलेकाहीँ भ्रूण सामान्यभन्दा अर्कै ठाउँमा वृद्धि हुन्छ, यस्तो अवस्थामा पनि गर्भपतन हुन सक्छ। कतिपय अवस्थामा महिलाको शरीरले असामान्य भ्रूणलाई अस्वीकार गर्छ। उमेरले पनि महिलाको गर्भपतनमा असर पुग्छ। जति पाको उमेर भयो उति नै बढी गर्भपतन हुने सम्भावना हुन्छ। मधुमेह, कलेजोका रोगहरुले पनि गर्भपतन गराउन सक्छ। संक्रमण, फोलिक एसिडको कमी, धूमपान, मद्यपान, थकावट, यात्रा, हर्मोनको असन्त |