गर्भवतीले बुझ्नै पर्ने कुराहरु
पर्सनालिटी डिसअर्डर
पुरुषमा हुने प्रोस्टेट क्यान्सर
मधुमेहः दीर्घजीवी हुन सकिन्छ
कसरी स्वस्थ रहन सकिन्छ !

स्वास्थ्य नागरिकको अधिकार

कर्णप्रिय होइन, लोकप्रिय हुनुपर्छ

तपाँइको ..... हामो डाक्टर
मासिक राशिफल
हेल्थ न्युज
हेल्थ टिप्स

निःशुल्क बुद्ध मैत्रेय सोल थेराप

इन्क्युभेटर थन्क्याएर बिरामी अन्यत्र

 

प्रसूतिपछिको यौनसम्पर्क

डा. राजेन्द्र भद्रा

अमिता सुमन मातापिता बनेको झन्डै दुई महिना हुन लागेको छ। उनीहरुबीच यौनसम्पर्क नभएको पनि दुई महिना जति हुन लागिसकेको छ। यौनेच्छा दिन-प्रतिदिन प्रबल बन्दै आए पनि यौनसम्पर्क गर्न हुन्छ कि हुँदैन, कतै हानि पो पुग्छ कि, सुत्केरी भएको कति समयपछि यौनसम्पर्क राख्न उचित होला जस्ता प्रश्नले सुमनलाई निकै सताएको छ।

आमा बन्नु आफैंमा नारी यौनिकताको एक उत्कृष्ट अभिव्यक्ति हो। त्यसैगरी कसैको पिता हुनु पनि उनको यौनिकताको उत्कृष्ट अभिव्यक्ति हो। यथार्थ के हो भने यौनसम्पर्कको परिणतिको रुपमा अन्त्यमा बच्चा जन्मन्छ। यो वंश परम्पराको लागि आवश्यक अनि प्रकृति निर्देशित कुरा हो। यो एक सृष्टि हो। त्यसैले कुनै पनि समाजमा सन्तानको जन्म विशेष महत्त्वले हेरिन्छ। सन्तान जन्मनु आमाको लागि मात्र होइन, पिता परिवारको लागि पनि सुखद कुरा हो।

यौनजीवनको नै यो एक महत्त्वपूर्ण पक्ष भए पनि सन्तान जन्मने क्रममा यौनक्रियाकलापमा संलग्न हुने कुरामा भने केही भिन्नता आउन सक्छ। यौनेच्छा वा जाँगर मात्रै होइन, यौनप्रतिको दृष्टिकोणमा पनि परिवर्तन आउन सक्छ।

सुमन अमिताको जस्तो स्थितिबाट प्रत्येकजसो पत्नीव्रता पिता बनेका पुरुषले वा पत्रि्रता आमा बनेका नारीले यौनसम्पर्क कहिलेदेखि राख्ने वा राख्न हुने वा नहुने भन्ने द्विविधाको समस्या भोग्नुपरेको हुन्छ। नियमित रुपमा गरिने यौनसम्पर्कको क्रम यस अवस्थामा टुटेको हुन्छ यसलाई फेरि कसरी निरन्तरता दिन सकिन्छ भन्ने प्रश्नको ठोस जवाफ पाउन गाह्रो हुने गरेको पाइन्छ। सजिलै यसबारे कुराकानी गर्न मिल्छ, आवश्यक सल्लाह नै पाइन्छ। दुःखको कुरा के भने चिकित्सक वा स्वास्थ्यकर्मीले पनि यसबारे स्पष्टरुपमा राम्ररी बताउने गर्दैनन्।

सुत्केरीपछि यौनजीवनमा असर पार्ने कुरा

कतिपय शारीरिक वा मानसिक कारणले शिशुको जन्मपछि दम्पतीको यौनजीवनमा वा यौनक्रियाकलापमा नकारात्मकरुपमा प्रभाव परिरहेको हुन सक्छ। शारीरिक कारणमा थकान, स्तनको भारीपन, पीडाजस्ता कारण प्रमुख हुन्छन् भने मानसिक वा भावनात्मक कुरामा शरीरको विम्ब, निराशाजस्ता कुराले प्रभाव पारिरहेको हुन्छ। शिशुको जन्म आफैंमा सुखद पक्ष भए पनि शिशु जन्मेका सुरुका महिनाहरू तनावमुक्त भने हुँदैन। यस बेला आफैंमा बाझिने किसिमका भावनाहरू आउन सक्छन्।

थकानः प्रस्रवको थकाइपछि आमाले आराम गर्नुको सट्टा शिशुको हेरचाहको जिम्मेवारी लिनुपर्ने प्राकृतिक बाध्यता छ। यो कार्यमा पर्याप्त समय लाग्ने मात्र होइन, प्रशस्तै कार्य गर्नुपर्ने हुन्छ। जसको कारणले स्वाभाविक रुपमा निकै थकाइ लाग्ने हुन्छ। बच्चाको हेरचाहको लागि जुनसुकै बेला तयार रहनुपर्छ आवश्यकता हुनासाथ काम गरिहाल्नुपर्छ। स्तनपान गराउनुपर्ने होस् वा दिसापिसाबपछि सफा गर्ने कुरा होस्, शिशु स्याहारका यी कामले आमालाई व्यस्त बनाउँछ। अन्य व्यक्तिजस्तो मस्त हुने गरेर रातभरि सुत्न पनि नपाइने हुँदा थकान बढी नै हुन्छ। बच्चाको हेरचाह मात्रैले होइन, सुत्केरी अवस्थामै पनि ँबुहारी महिलाले कतिपय घरेलु कार्यमा लाग्नुपर्ने हुन्छ।

स्तनपानः गर्भावस्था सुरु भएपछि सुत्केरी अवस्थामा स्तनहरू भारी केही दुख्ने हुन्छ। यस्तो बेलामा महिलाको स्तनको स्पर्शप्रतिको प्रतिक्रिया पनि यौनको दृष्टिले फरक हुन सक्छ। कतिपय महिलालाई सो यौनउत्तेजक लाग्नुको सट्टा असजिलो लाग्न सक्छ। स्तनपानसँगै सम्बन्धित हर्मोनको मात्रामा भएको परिवर्तनले इस्ट्रोजनको मात्रामा केही कमी ल्याउँदा योनिमा केही सुख्खापन पनि हुन सक्छ।

केगेल कसरतः प्रस्रव अवस्थामा शिशु बाहिर निस्कन भगक्षेत्रको मांसपेशी -योनि, मूत्रनली गुदद्वार) लचिलो हुन सक्ने किसिमको हुन्छ। यो मांसपेशी पुरानै अवस्थामा आए पनि यौनक्रियाकलापका लागि सहज भइसकेको हुँदैन। यो मांशपेशी कसरत गरेर बलियो बनाउन सकियो भने सहज हुन्छ। यौना· क्षेत्रको मांसपेशीलाई बलियो बनाउन गरिने कसरतलाई नै केगेल (Kegel) कसरत भनिन्छ।

यस्तो कसरत गर्नका लागि महिलाले निम्न कुरा गर्नुपर्ने हुन्छ। सबैभन्दा पहिले प्युबोकक्सिजिअस (pubococcygeus) भनिने मांसपेशी समूहलाई पहिचान गर्नुपर्छ। यसको लागि पिसाब फेर्दै गर्दा मांसपेशीको संकुचन गरेर पिसाब रोक्ने प्रयास गर्ने यो प्रक्रिया दोहोर्याउने, तेहर्याउने गरेर सो मांसपेशीको पहिचान गर्नुपर्छ। यही पिसाब रोक्न प्रयोग गरिने मांसपेशी नै सो मांसपेशी हो। यसले योनिद्वारलाई पनि घेरेर राखेको हुन्छ। यसको कसरत गर्न सुरु गर्नुपर्छ। सुरुमा करिब सेकेन्डसम्म बेस्सरी खुम्च्याएर राख्ने छाड्ने अर्थात् खुकुलो बनाउने गर्नुपर्छ। बिस्तारै