|
अन्तरनिहित भावना, व्यवहार, बोलिचाली आदि कुराहरुको समग्र रुप हो, जुन स्थायी, प्रत्यासित र भरोसायोग्य हुन्छ। जब यी अन्तरनिहित गुणहरु त्यस व्यक्तिको सामाजिक, धार्मिक, आर्थिक पृष्ठभूमि विपरीत हुँदै जान्छन्, यिनै गुणहरु जब अव्यावहारिक हुन्छन् र चुनौती सामना गर्न या अन्तरसम्बन्धको विकास गर्न अक्षम हुन्छन् तब हामी यसलाई ँव्यक्तित्व विकार’ (Personality disorder) भन्छौं। यस किसिमका रोगीहरु समाजमा प्रशस्त भईकन पनि उनीहरुको पहिचान र उपचारमा कठिनाइहरु रहेका हुन्छन्। सर्वप्रथम त यस्ता समस्या भएका रोगीहरु आफ्नो समस्यालाई आत्मसात् गर्दैनन् र मनोरोग विशेषज्ञकहाँ जान रुचाउँदैनन्। आफ्नो समस्याले आफूलाई र आफ्ना वरपरका व्यक्तिलाई कस्तो पीडा भइरहेको छ भन्ने कुरालाई यी रोगीहरु पटक्कै मनन गर्न चाहँदैनन्। यिनै कारणले गर्दा यो रोगको उपचार गर्न निकै कठिन हुन्छ।
व्यक्तित्वसम्बन्धी मानसिक रोगका मुख्य कारणहरुमध्ये जैविक कारण त्यसमा पनि वंशाणुगत कारण नै मुख्य हो। हालसम्म जुम्ल्याहाहरुमा गरिएको अध्ययनले यस कुरालाई पुष्टि गरेको छ। वंशाणुगत कारणपछि अर्को एक प्रमुख कारण हर्मोनको गडबडी तल-माथि हुनु पनि हो। विशेषगरी पुरुष तथा महिलासम्बन्धी हर्मोनले मानिसको व्यक्तित्वलाई प्रभाव पारिरहेको हुन्छ। व्यक्तित्व विकार भएका व्यक्तिमा यी हर्मोनको गडबडी देखिन्छ। यसैगरी मस्तिष्कमा हुने विभिन्न किसिमका रसायनले पनि यो रोग उत्पन्न गर्नमा अग्रणी भूमिका खेलेको हुन्छ। जैविक कारणहरुबाहेक यो रोग लाग्ने विभिन्न मनोवैज्ञानिक कारणहरु पनि हुन्छन्। केटाकेटी उमेरमा भएका विभिन्न तनाव र प्रतिकूल परिस्थितिले पनि पछि गएर व्यक्तित्वसम्बन्धी समस्या देखिन सक्छ। केही अनुसन्धानकर्ताले शरीरको बनावट र शरीरका केही गुणहरुको सम्बन्ध रहेको पुष्टि गर्न खोजेका छन्। जे होस्, व्यक्तित्व र त्यससम्बन्धी हुने मानसिक समस्या कुनै एउटा मात्र कारणले नभई विभिन्न कारणले हुन सक्छ। कस्ता हुन्छन् त व्यक्तित्व विकार भएका रोगीहरु भन्ने पनि धेरैलाई जिज्ञाशा भइरहेको हुन्छ।
यी रोगीहरु यस्ता रोगीहरुका पंक्तिमा पर्छन्, जसले मनोरोग विशेषज्ञहरुलाई पनि निराश पार्न सक्छन्। यी बिरामीहरुलाई मानिसले रोगी नभई विभिन्न संज्ञा दिने गर्छन्। जस्तै कि खराब, झगडालु, अज्ञानी आदि। यो समस्यालाई धेरैले ँरोग’ भनेर बुझेका हुँदैनन्। यस्ता व्यक्तिहरु उल्लेख्य संख्यामा जेल परेका हुन सक्छन्। लागूऔषधको सेवनकर्ता र आपराधिक क्रियाकलापमा संलग्न पनि हुन सक्छन्। व्यक्तित्व विकारका रोगीहरुको लक्षण त्यस बेला मात्र प्रकट हुन्छ जब उनीहरु समाजसँग अन्तरक्रिया गर्छन्। एक्लै, समाजसँग टाढा रहेका व्यक्तिमा यी लक्षणहरु देखिंदैनन्। कुनै समस्या अथवा चुनौती सामना गर्दा उनीहरुभित्र भएका व्यक्ति विकारका लक्षणहरु अझ प्रस्ट भएर बाहिर आउँछन्। र, यो रोगमा सबभन्दा असर पार्ने भनेको रोगीसँग अरु व्यक्तिहरुको अन्तरसम्बन्ध नै हो। यिनीहरुको कार्यक्षमता र अरुसँग सुमधुर सम्बन्ध राख्न सक्ने क्षमता यही रोगका कारणले बिग्रिएको हुन्छ। आफूसँग प्रचूर मात्रामा क्षमता भईकन पनि चुनौतीहरुको सामना गर्ने तरिका र व्यक्तिहरुसँगको सम्बन्धमा हुने गडबडीले गर्दा कुनै पनि कार्य सफलतापूर्वक गर्न सक्दैनन्। यी रोगीहरुको पारिवारिक जीवन पनि अत्यन्त निराशाजनक हुन्छ। यिनीहरुको दाम्पत्य जीवन र प्रेमी-प्रेमिकाहरुबीचको सम्बन्ध क्षणिक र पीडादायी हुन्छ। कुनै एक काममा टिक्न नसक्नु र कार्यक्षेत्र परिवर्तन गरिरहनु पनि यसै रोगका कारणले हुन सक्छ। आत्महत्या गर्ने अथवा आत्महत्याको कोशिश गर्नेहरुमध्ये व्यक्तित्व विकार भएका व्यक्तिहरुको संख्या निकै हुन्छ। सतहीरुपमा हेर्दा यी व्यक्तिमा मानसिक समस्याले पीडितजस्तो नदेखिए पनि लामो अन्तरक्रियापछि मात्र यिनीहरुमा अन्तरनिहित व्यक्तित्व विकारका लक्षणहरु देखिन थाल्छन्। यिनीहरुसँगको मित्रता मानसिकरुपमा अत्यन्त पीडादायी भएको कुरा रोगीका परिवार |