|
मोटाएको देख्दा खुशी हुने र पाहुना आएमा मीठो खानेकुरा, घिउ आदि दिई सत्कार गर्ने हाम्रो संस्कार अद्यावधि रहनाले पनि मोटोपनको समस्यासँग लड्न गाह्रो भएको छ। हुन त भोकमरी, कष्टकर जीवन आदि कारणले कुपोषण भई कम तौल हुने समस्या पनि नभएको चाहिँ होइन। एकातिर दुर्गम क्षेत्रमा कुपोषणको समस्या छ भने अर्कोतिर सहरी क्षेत्र तथा आधुनिक जीवनशैलीमा रमाउनेहरुलाई मोटोपनको समस्याले सताइरहेको छ।
मोटोपन भनेको शरीरमा आवश्यकता भन्दा बढी बोसो थुप्रिनु हो। संसारमा डेढ अर्बभन्दा बढी मान्छे मोटा छन्, जसको तौल चाहिनेभन्दा ज्यादा छ। ती मध्ये ४० करोडचाहिँ अति मोटा छन्। अझ यो मोटोपना नयाँ पिँढीमा ५० प्रतिशतभन्दा बढी भएकाले भविष्य डरलाग्दो छ। २५ देखि ३४ वर्ष उमेर समूहका साधारण व्यक्तिभन्दा मोटाहरुको मृत्यु १२ गुणाले बढी पाइएको छ भने ३५ देखि ४४ वर्षउमेर समूहमा ६ गुणा बढी भएको पाइएका छ। त्यस्तै तौल ज्यादा भएका मोटा व्यक्तिहरुमा उच्च रक्तचाप ३ गुणाले बढ्छ। विश्वमा अन्तिम दशकमा २५ प्रतिशतले बढेको चिनीरोगको कारण पनि मोटोपन नै हो भन्ने मानिएको छ। मोटोपनसँग जोडिएका रोगहरुमा उच्च रक्तचाप, चिनीरोग, सुत्दा श्वास रोकिने, घुर्ने, श्वास-प्रश्वासमा गडबडी हुने, ढाड र जोर्नीको रोग, हृदयघात तथा अरु मुटुका रोग, कोलेस्टेरोल तथा स्ट्रोक, पाठेघर, स्तन तथा आन्द्राको क्यान्सर, दम, आदि हुन्। यस्ता मोटा व्यक्तिको उपचारका क्रममा अप्रेसन गर्नुपर्दा पनि जटिलता बढी हुन्छ। मोटाहरु दुब्ला-पातलाभन्दा सुस्त, ढिला, अल्छी त हुन्छन् नै, त्यसमाथि काम गर्ने क्षमता पनि उनीहरुमा कमी हुन्छ। सामाजिकरुपमा पनि प्रायः सबैले मोटालाई ँमोटे’ भनिरहने हुनाले उनीहरुको स्वभाव नै परिवर्तन हुने, रिसाउने, झर्किने हुन्छ। सुरुमा आफू मोटो हुँदा सबैको दृष्टि पर्ने र क्या मोटाएछ भन्दा गौरव गर्ने मोटा व्यक्तिहरु पछि समाजमा आफ्नो महत्त्व घट्न थाल्यो भनेर चिन्ता गर्न पनि पछि पर्दैनन्। तर उनीहरु नै खानेकुरा देख्नासाथ मन थाम्न पनि सक्दैनन्। दुई दिनको जिन्दगीमा के पो होला र - जे त होला नि अहिलेलाई खाइहालौं भन्ने ठान्छन्। अझ कति त राति लुकेर खाने गर्छन्। तर दिउँसोचाहिँ केही खान्न र पनि घट्दैन भनेर बहस गरिरहन्छन्। कतिपय अवस्थामा मोटोपना घटाउन गाह्रो हुने र चाहेर पनि घटाउन नसकिने हुन्छ।
तौलको मूल्यांकन गर्न शरीरको तौल द्योतक (Body Mass Index) उपयोग गर्ने गरिन्छ। शरीरको तौल द्योतक पत्ता लगाउन शरीरको उचाइअनुरुपको तौल हुनुपर्ने भनी तुलनात्मरुपमा अनुपात निकालिन्छ। यसको अनुपात हेर्दा माथि तौल किलोग्राममा र तल उचाइ वर्गमिटरमा राखी हिसाब गरेर निकालिन्छ। त्यस्तै ठिक्क चाहिने तौलको सल्लाह दिँदा वा तालिका बनाउँदा यही सूत्र प्रयोग गरिन्छ। संसारमै सबैले मानेको ठिक्कको शरीरको तौल द्योतक पुरुषको लागि २०-२५ हो भने महिलाको लागि १९-२४ हो। कुनै व्यक्तिको उचाइ एक मिटर ६० से.मि. छ र तौल ७० किलो छ भने यो द्योतक (Index) ७०/(१.६)२= ७०/२.५६=२७.३ भयो। ठिक्कभन्दा यो ज्यादा भएकोले मोटो, धेरै तौल भएको, बढी वजनयुक्त भन्न सकिने भयो। त्यस्तै उक्त व्यक्तिलाई चाहिने तौल निकाल्न परेमा २० to २५ = तौल/२.५६ अथवा तौल = (२०-२५) हृ २.५६ भयो। त्यस्तै हिसाब गर्दा तौल = ५१.२ देखि ६४.० सम्म ठिक्क पाइन्छ। तसर्थ त्यस व्यक्तिको ११ किलो |