गर्भवतीले बुझ्नै पर्ने कुराहरु
पर्सनालिटी डिसअर्डर
पुरुषमा हुने प्रोस्टेट क्यान्सर
मधुमेहः दीर्घजीवी हुन सकिन्छ
कसरी स्वस्थ रहन सकिन्छ !

स्वास्थ्य नागरिकको अधिकार

कर्णप्रिय होइन, लोकप्रिय हुनुपर्छ

तपाँइको ..... हामो डाक्टर
मासिक राशिफल
हेल्थ न्युज
हेल्थ टिप्स

 

मधुमेहः दीर्घजीवी हुन सकिन्छ

दिनेश गौतम

gautam_npj@yahoo.com

हट्टाकट्ठा शरीर भएका माधवराज भण्डारी ँनुन खाएको कुखुराजस्तो अल्छी मात्र नभएर बारम्बार ट्वाइलेट छिर्न थालेपछि शुभचिन्तकहरु सशंकित बने। ँहेडसर किन होला ट्वाइलेट गइरहने भन्दै सहकर्मी शिक्षकहरुले चियोचर्चो गर्न थाले। आफूलाई काम गर्ने जाँगर पनि पटक्कै नलागेपछि राजीनामा दिएर घर फर्कंदा उनले सबैको गाली सहनु पर्यो। अस्वस्थ शरीर मानसिक तनावले गर्दा उनी अचानक बेहोस भए। घरमा रुवाबासी भयो।

आर्यघाट लैजाँदै गर्दा बाटोमा भेटिएका डाक्टरले अस्पताल फर्काइदिएका कारण उपचार गरी आजभोलि उनी पनि हाँसीखुशी सक्रिय सार्थक जीवनयापन गरिरहेका छन्।बच्चादेखि वृद्धसम्मलाई सताउने प्रमुख स्वास्थ्य समस्याको रुपमा रहेको मधुमेह अर्थात् चिनीरोग -सुगर)ले भण्डारीलाई २८ वर्षको जवानीमै पिरोलेको थियो।

आर्यघाटबाट फर्काएर वीर अस्पताल लगी उपचार गरेको दुई दिनपछि होस खुलेको उल्लेख गर्दै भण्डारी भन्छन्- ँमेरो आँखामा जालो लागिसक्या थ्यो रे। आर्यघाटबाट फर्काइएको व्यक्ति बाँच्यो रे भन्दै तत्कालीन स्वास्थ्यमन्त्री भुवनलाल प्रधानलगायत थुप्रै व्यक्ति भेट्न आएका थिए।

भर्खरै ७५ औं जन्मदिन मनाएका भण्डारी मुस्कुराउँदै भन्छन्- ँरोगसँग डराउने, चिन्ता गर्ने हो भने झन् बढी आक्रमण गर्छ। बरु हाँसीखुशी आहारविहार बदलेर मधुमेह भगाउने वा नियन्त्रण गर्ने गर्नुपर्छ। हाल दैनिक दुई पटक इन्सुलिन इन्जेक्सन लिनुका साथै उच्च रक्तचाप हृदयघातको खतरा घटाउन औषधि सेवन गरिरहेका भण्डारी ४६ वर्षदेखि मधुमेहसँग मुकाबिला गरिरहेका छन्। यति लामो अनुभवकै कारणले होला मधुमेह रोगका बारेमा उनी डाक्टरले झैं व्याख्या गर्छन्।

मन स्वच्छ, शरीर स्वस्थ

विना कुनै तनाव मनलाई स्वच्छ राख्ने हो भने शरीर स्वस्थ फूर्तिलो हुन्छ। तर व्यस्त जीवनशैली भएका, आहारविहारको मतलब नराखी कामप्रति एकोहोरिने तनाव लिनेहरुलाई मधुमेह रोगले पछ्याइरहेको छ।

विश्वमै प्रमुख स्वास्थ्य समस्याको रुपमा मधुमेह रोग बढिरहेको उल्लेख गर्दै विश्व स्वास्थ्य संघले सजग सतर्क हुन आह्वान गरेको छ। संघको तथ्यांकअनुसार विश्वमा कम्तीमा पनि १७ करोड १० लाख व्यक्तिलाई मधुमेह भइसकेको छ। आगामी २२ वर्षभत्र यो संख्या बढेर दोब्बर हुने अनुमान गरिएको , जसमा अधिकांश मधुमेही विकासोन्मुख मुलुक हुनेछन्।

शारीरिक व्यायाम नगर्ने, खानपानमा पनि ध्यान नदिने नेपालको सहरी क्षेत्रमा मधुमेह घर-घरको रोगका रुपमा रहेको सम्बद्ध चिकित्सकहरु बताउँछन्। ४० वर्षमाथिका १९ प्रतिशत जनसंख्यामा मधुमेह देखिएको एक अध्ययनले देखाएको छ। मधुमेह विशेषज्ञ डा. मधुरदेव भट्टराई, डा. ध्रुवलाल सिंह डा. यूके श्रेष्ठले गर्नुभएको अध्ययन प्रतिवेदनमा ग्रामीण क्षेत्रमा प्रतिशतको हाराहारीमा मधुमेह पाइएको उल्लेख छ।

घिउ-तेलमा तारेका खानेकुरा खाने, हिँडडुल वा व्यायाम नगर्ने सधैँ सवारीसाधनमा हुइँकिने, व्यस्त तनावयुक्त जीवनशैली बिताउनेहरु बढिरहेकाले मधुमेह पनि फैलिरहेको छ। वरिष्ठ मुटुरोग विशेषज्ञ एवम् नेपाल मधुमेह समाजका संरक्षक डा. मृगेन्द्रराज पाण्डेका अनुसार हृदयघातको समकक्षता (equvalent) को रुपमा मधुमेहलाई लिने गरिन्छ। मधुमेहीलाई हृदयघात हुने खतरा हुन्छ। हृदयघातसँगै अन्य विभिन्न रोगसँग मधुमेहको एसोसियट सम्बन्ध रहेको हुन्छ। मधुमेहीले आफ्नो वजन घटाउने, फास्टफुड खाने बानी त्याग्न नियमित शारीरिक अध्यास गर्न सल्लाह दिंदै डा. पाण्डे भन्नुहुन्छ- ँस्ट्रेस -तनाव) भनेको डिस्ट्रेस (दुर्भाग्य) हो। त्यसैले तनावयुक्त जीवन जिउनु हुँदैन। झन् मधुमेही तनावबाट टाढिनुपर्छ। मधुमेहीलाई विभिन्न रोग लाग्न सक्ने प्रबल सम्भावना भएकोले जिन्दगीलाई रमेर जिएमा दीर्घजीवन पाइने चिकित्सकहरु बताउँछन्।

खल्तीमा चकलेट राखौं

धेरैलेे सुनेको तर पर्याप्त नबुझेको रोगका रुपमा मधुमेहलाई लिइन्छ। सरलरुपमा भन्नुपर्दा रगतमा चिनीको मात्रा आवश्यकताभन्दा बढी हुनुलाई मधुमेह भनिन्छ। रगतमा भएको चिनीको परिमाणलाई शरीरको पाचन ग्रन्थि (प्यान्क्रियाज)बाट उत्पादन हुने इन्सुलिन हर्मोनले शरीरका विभिन्न अंगहरुमा पठाउँछ। चिनीलाई शक्तिमा बदलेर इन्सुलिन हर्मोनले पठाइदिएपछि अंगहरु चलायमान गतिशील हुने गर्छन्।

खाद्यवस्तुबाट नै मानवशरीरमा चिनीको आपूर्ति हुन्छ। खाना खाएपछि रगतमा हुने चिनी प्यान्क्रियाजबाट उत्पादित इन्सुलिनबीच यस्तो समन्वय हुन्छ कि रगतमा चिनीको परिमाण बढ्यो भने इन्सुलिन पनि बढ्छ। चिनीको सतह घट्न थाल्यो भने इन्सुलिन पनि स्वतः घट्न पुग्छ। तर विविध कारणवश प्यान्क्रियाजबाट इन्सुलिनको उत्पादन हुन सकेन वा इन्सुलिन उत्पादन भयो तर चिनीलाई शक्तिमा परिणत गर्न सकेन भने मधुमेह रोग लाग्न पुग्छ। मधुमेह भयो भने शक्तिमा नबदलिएको चिनी रगतमा जम्मा भएर पिसाबबाट निक्लन थाल्छ। फलतः उसमा अल्छीपना आउने, बारम्बार