गर्भवतीले बुझ्नै पर्ने कुराहरु
पर्सनालिटी डिसअर्डर
पुरुषमा हुने प्रोस्टेट क्यान्सर
मधुमेहः दीर्घजीवी हुन सकिन्छ
कसरी स्वस्थ रहन सकिन्छ !

स्वास्थ्य नागरिकको अधिकार

कर्णप्रिय होइन, लोकप्रिय हुनुपर्छ

तपाँइको ..... हामो डाक्टर
मासिक राशिफल
हेल्थ न्युज
हेल्थ टिप्स

 

कुष्ठ रोगः उपचारबाट निको हुन्छ

मञ्जु गुरुङ

ललितपुरको लेले गाविसमा रहेको कुष्ठरोगसम्बन्धी सुविधा सम्पन्न आनन्दवन अस्पतालमा विद्यार्थी लिएर भ्रमणमा गएका स्कुलका प्रिन्सिपल कुष्ठरोगीहरुलाई राखिएको वार्डमा पस्न हिच्किचाए। उनी अझै पनि कुष्ठरोगीहरुदेखि डराउनु नै यसको मूल कारण थियो। त्यसैगरी उपचार गर्न सोही अस्पताल पुगेका विद्यावारिधि प्राप्त एक विद्वान् बाबुलाई इन्जिनियर डाक्टर भइसकेका छोराछोरी तथा श्रीमतीले समेत यो रोग लागेपछि हेयको दृष्टिले हेर्ने गरेको अनुभव सोही अस्पतालका फिजियो टेक्निसियन अर्जुन कार्कीले सुनाए।

नेपाली समाजमा परम्परागतरुपमा नै कुष्ठरोग लागेका मानिससँग डराउने तथा उनीहरुलाई हेयभावले हेर्ने गरिन्छ। तर अहिले औषधि उपचार गर्दा यो रोग राम्रोसँग निको हुने भएकाले यसप्रति मानिसहरुको सोचाइमा निकै ठूलो परिवर्तन आइसकेको छ। समाजमा शिक्षा जनचेतनाका कारणले पनि यस्ता रोगीप्रति मानिसको सोचाइमा निकै परिवर्तन आएको छ।

वास्तवमा समाजमा कुष्ठरोगीहरु समस्याका रुपमा नभई उनीहरुप्रतिको मानिसहरुको धारणाचाहिँ समस्याको रुपमा रहेकोमा यस्तो धारणामा आएको परिवर्तनले बिरामीहरुको उपचारमा निकै सहजता आएको छ।     

अहिले एड्स क्यान्सरजस्ता रोगले विश्वलाई चुनौती दिइरहेको परिप्रेक्ष्यमा विश्वका कैयौं राष्ट्रबाट उन्मूलनसमेत भइसकेको कुष्ठरोग नेपाली समाजमा अझै पनि काँढाझैं बिजेर बसिरहेको छ। यसलाई उन्मूलन गर्न तथा यसले निम्त्याएको सामाजिक समस्या समाधान गर्नको निम्ति अहिले सरकारलगायत विभिन्न संघसस्थाहरु सक्रिय रहेका छन्। अन्तराष्ट्रिय लेप्रोसी मिसन, अन्तर्राष्ट्रिय नेपाल फेलोसिप नेदरल्यान्ड लेप्रोसी रिलिफलगायत अन्तर्राष्ट्रिय गैरसरकारी संस्थाहरुले यो रोग उन्मूलन गर्न नेपाल सरकारलाई सहयोग गरिरहेका छन्। १० हजार जनसंख्यामा एक जना मात्र कुष्ठरोग लागेको मानिस भेटिएमा उन्मूलन भएको मानिन्छ।

स्वास्थ्य सेवा विभागअन्तर्गत कुष्ठरोग नियन्त्रण महाशाखाका प्रमुख सुष्मा बैदवारले जानकारी गराउनुभए अनुसार कुष्ठरोग निवारण गर्न सरकारले देशभरि नै निःशुल्क औषधि तथा तालिम सीपमूलक कार्यक्रम उपलब्ध गराउँदै आएको छ। यो रोग नेपालको ४२ जिल्लामा निवारण भइसकेको भने तराईका १४ जिल्लामा बढी मात्रामा देखिएको छ। हिमाल पहाडभन्दा तराई भेगमा यो रोग लागेका मानिसको संख्या बढी पाइएको छ। सिमानापारि भारतमा काम गर्न जाने नेपालीहरुले यो रोग सारेर ल्याउने तथा जनसंख्याको चापका कारण विशेषगरी पूर्वाञ्चल मध्यमाञ्चलका तराई जिल्लामा बढी प्रभावित भएको पाइन्छ।

नेपालमा यो रोगसम्बन्धी उपचार गर्ने पोखरामा ग्रिन पाश्चर -हरियो खर्क), काठमाडौंमा आनन्दवन अस्पताल, धनुषाको लालगढमा सुर्खेतमा गरी चार ठूला अस्पताल रहेका छन्। सरकारको पछिल्लो तथ्यांकअनुसार २०६३।६४ मा हजार सय १७ नयाँ कुष्ठरोगीहरु फेला परेका छन्। यो रोगका कारण अंगभंग भएका हालसम्म नेपालभरि कति छन् भन्ने तथ्यांक उपलब्ध हुन नसके तापनि हालै गरेको एक अध्ययनअनुसार चितवन जिल्लामा मात्र करिब सय भेटिएको पाइएको छ।

कुष्ठरोग श्वास-प्रश्वासको माध्यमबाट कीटाणु प्रवेश गरी सर्ने रोग हो। औषधि सेवन नगरेका धेरै कीटाणु भएका रोगीबाट मात्र यो रोग सर्छ। यो रोगले जुनसुकै अवस्था, वातावरण समुदायलाई नछोड्ने भए पनि वर्षन्दा मुनि ६० वर्षभन्दा माथिका मानिसमा भने कम पाइएको कुष्ठरोग निवारण महाशाखा जनस्वास्थ्य निरीक्षक विष्णु पौडेलले बताउनुभयो।

विगत ५० वर्षदेखि नेपालमा काम गर्दै आएको लेप्रोसी मिसन आनन्दवन अस्पतालले कुष्ठरोगीहरुको पूर्ण उपचार मात्र हैन, यो रोगका कारणले निम्त्याएको आर्थिक, मानसिक तथा सामाजिक परिणामको उन्मूलन गरी असल जीवनयापनका लागि रुपान्तरण गर्नेतर्फ पनि काम गर्न थालेको छ। अंगभंग भएका कुष्ठरोग प्रभावितहरुलाई रोजगारको व्यवस्था तथा उनीहरुका बालबालिकालाई छात्रवृत्ति -हालसम्म करिब सय) समेत प्रदान गरिंदै आएको अस्पतालका निर्देशक शोभाकर कँडेलले जानकारी गराउनुभयो।

विश्व स्वास्थ्य संगठनले सन् २००० सम्म विश्वबाटै यो रोग उन्मूलन गर्ने लक्ष्य लिए तापनि हाल विश्वमा ब्राजिल, कंगो, मोजाम्बिक नेपाल गरी चार राष्ट्रमा मात्र निवारण हुन बाँकी देखिएको आनन्दवन अस्पतालका तालिम अधिकृत गोपाल पोखरेलले जानकारी गराउनुभयो। साथै हरेक जनवरी महिनाको अन्तिम आइतबार कुष्ठरोग दिवस पर्ने भएकोमा यसपालि ५५ औं कुष्ठरोग दिवस २७ जनवरीका दिन मनाइयो। नेपालमा हाल यो रोग महारोग हैन, जाती हुने रोग हो भन्ने विषयमा अदालतमा मुद्दा दर्ता गरेको पनि उहाँले जानकारी गराउनुभयो।

कुष्ठरोग के हो ?

यो रोग मानिसको छाला स्नायु -नसा) मा प्रभाव पार्ने पुरोनो रोग हो। यो रोग ढिलो गरी लाग्ने बिस्तारै निको भए पनि मानिस मर्दैन। यो एक प्रकारको सरुवा रोग हो। यो रोग माइकोब्याक्टेरियम ल्याप्रो नामको