गर्भवतीले बुझ्नै पर्ने कुराहरु
पर्सनालिटी डिसअर्डर
पुरुषमा हुने प्रोस्टेट क्यान्सर
मधुमेहः दीर्घजीवी हुन सकिन्छ
कसरी स्वस्थ रहन सकिन्छ !

स्वास्थ्य नागरिकको अधिकार

कर्णप्रिय होइन, लोकप्रिय हुनुपर्छ

तपाँइको ..... हामो डाक्टर
मासिक राशिफल
हेल्थ न्युज
हेल्थ टिप्स

 

खानेकुराबाट पत्थरी समस्याको उपचार

जया प्रधान

प्रायः वयष्क उमेरमा महिलामा भन्दा पुरुषमा हुने मिर्गौला एवम् पित्ताशय (Bladder) मा हुने पत्थरको प्रमुख कारण मौसम, पिसाबनलीमा हुने संक्रमण, वंशाणु भए तापनि दैनिक खाने खानाले पनि ठूलो प्रभाव पारेको हुन्छ।

घाममा बढी समय काम गर्दा पसिना निस्कने हुन्छ, साथै गर्मी मौसममा पानीको सेवन कम गरेमा पिसाब पनि थोरै लाग्ने हुन्छ, जसले गर्दा पिसाबमा लवणहरु जम्मा हुन थाल्छ पत्थरको रुप लिन थाल्छ।

यसैगरी वंशाणुगत युरिक एसिड अक्जालेट (Oxalate) को मोटाबोलिजममा गडबड हुनाले पनि मिर्गौलामा पत्थर बन्ने सम्भावना बढी हुन्छ। पत्थर बन्न मद्दत पुर्याउने तत्त्वहरु खानाबाट प्रशस्त प्राप्त भएको स्थितिमा पनि यो समस्या आउन सक्छ। क्याल्सियम, फोस्फरसजस्ता तत्त्वहरु शरीरमा आवश्यक भए पनि पत्थर बन्ने प्रवृत्ति भएको शरीरको लागि भने यी तत्त्व तथा प्युरिन अक्जालेटले नकारात्मक प्रभाव पार्न सक्छ।पत्थरबाट हुने असह्य पीडालाई कम गर्न नदुख्ने औषधि सेवन गर्नुपर्ने हुन्छ अथवा पत्थरको आकार हेरी विशेष प्रविधि (Laproscopy) द्वारा सो पत्थर निकाल्नुपर्ने हुन्छ। एकचोटि पत्थर बनेपछि बराबर बनिरहने हुनाले माथि उल्लिखित उपायहरुभन्दा पनि सरल, विनाझन्झट दैनिक खानामा उचित प्रकारका खाद्यपदार्थको छनोट गर्न सकेमा यस समस्यालाई नियन्त्रण गर्न सकिन्छ।

साधारणतया मिर्गौलामा बन्ने पत्थर क्याल्सियम पत्थर, अक्जेलेट पत्थर युरिक एसिड पत्थर गरी तीन प्रकारका हुन्छन्। नब्बे प्रतिशत जति मिर्गौलामा बन्ने पत्थरमा प्रमुखरुपमा क्याल्सियम तत्त्व एमोनियम, म्याग्नेसियम, फोसफेट, अक्जालेट, कार्बोनेटका लवण हुन्छन्। कहिलेकाहीँ शरीरमा भिटामिन ँए को कमी तर भिटामिन "डी" बढी भई प्याराथाइराइड (Parathyroid gland) को कार्यमा गडबडी हुँदा पनि पत्थर हुन्छ भन्ने कुरा अध्ययनले देखाएको छ।

प्रायः अक्जालेट पत्थर खस्रो, कडा सुकेको रगतजस्तो हुन्छ भने युरिक एसिड पत्थर खैरो कडा हुन्छ। यसैगरी फोस्फेट पत्थर सेतो, चकजस्तो नरम हुन्छ। पत्थर पिसाबको नलीमा अड्केमा वा पत्थरको आकार ठूलो भई निस्कन नसकेमा असह्य पीडा हुने, पिसाब बाक्लो तथा रातो हुने, पिसाबमा रगत देखा पर्ने, संक्रमण हुने, ज्वरो आउने, बान्ता हुने लक्षण देखा परेमा सम्बन्धित डक्टर देखाई आवश्यक परामर्श लिनुपर्ने हुन्छ।

मिर्गौलामा पत्थर बन्ने प्रवृत्ति भने बारम्बार बन्ने दुःख दिइरहने हुनाले त्यस्ता व्यक्तिले दैनिक खानपानमा विशेष सावधानी अपनाउनुपर्ने हुन्छ। किनकि कतिपय पत्थर खानामा भएका तत्त्वहरुको असन्तुलनबाट बन्ने हुनाले ती तत्त्वहरु भएका खाद्यपदार्थको पहिचान गरी परहेज गर्नुपर्ने हुन्छ। यसप्रकारको पत्थरको समस्यालाई नदुख्ने औषधि सेवन गरेर केही समयको लागि पीडाबाट छुटकार मिले पनि फेरि बल्झिने हुनाले नियन्त्रण गर्न दैनिक खानामै विशेष ध्यान दिनुपर्छ।

पौष्टिक दृष्टिकोणले पत्थर रोगबाट पीडित हुँदा यसको समाधानको लागि गरिएको व्यक्तिगत अनुभवलाई दृष्टिगत गर्दा कतिपय यस्ता खाद्यपदार्थहरु छन् जसले मिर्गौलामा पत्थर बन्नबाट रोक्न तथा नियन्त्रण गर्न मद्दत पुर्याएका छन्। यस समस्याको प्रमुख समाधानको उपाय प्रशस्त मात्रामा सफा पानी तथा झोल पदार्थ सेवन गर्नु पत्थर बन्न सहयोग पुर्याउने तत्त्वहरु क्याल्सियम, फस्फोरस, प्युरिन, अक्जालेट, चिल्लो पदार्थ बढी भएको खाद्यपदार्थहरु दैनिक भोजनमा परहेज गर्नु नै हो।

पानी तथा झोल पदार्थ बढी सेवन गर्नाले पनि कसै-कसैको पत्थर निस्कन सक्छ। यसरी निस्केको पत्थर प्रयोगशालामा जाँच गराउँदा कुन प्रकारको हो, सोको पहिचान गर्न सकिन्छ त्यसैअनुरुप खान हुने नहुने खाद्यपदार्थको छनोट गर्न सकिन्छ। यस्तो स्थितिमा केही निश्चित खाद्यपदार्थ मात्र भोजनमा परहेज गर्नुपर्ने हुन्छ। तर पत्थरको पहिचान गर्न नसकेमा धेरै प्रकारका खाद्यपदार्थ वञ्चित गर्दा पौष्टिक तत्त्वको अभावमा स्वास्थ्यमा झन् प्रतिकूल असर पर्न सक्छ।

त्यसकारण पत्थरको समस्या भएका व्यक्तिहरुले तथा तिनका परिवारले यो समस्या बल्झाउने तत्त्व भएका खाद्यपदार्थको पहिचान गरी त्यसको बदलामा कुन खाद्यपदार्थ समावेश गर्दा भोजन सन्तुलित उपयुक्त हुन्छ भन्ने कुरा जान्न आवश्यक पर्छ। समयमै सतर्कता अपनाउन नसकेमा बारम्बार पत्थर बन्नाले मिर्गौलामा थप भार परी यसको काममा बाधा पुग्नुको साथै नराम्रो असर पर्न सक्छ।

समस्याको पहिचान गरी दैनिक भोजनमा फेरबदल गर्दा बनिसकेको पत्थर घोलिएर पिसाबबाट चाहिँ आउँदैन। यदि सानो आकारको भने पिसाबबाट निस्कन सक्छ। यसरी भोजनमा फेरबदल गर्दा मिर्गौलामा पत्थर बन्ने कामलाई भने नियन्त्रण कम गर्न सकिन्छ। दैनिक उचित खाद्य पदार्थबाहेक शरीरले आवश्यक पानी झोल पदार्थ पाएको भने मिर्गौलामा