गर्भवतीले बुझ्नै पर्ने कुराहरु
पर्सनालिटी डिसअर्डर
पुरुषमा हुने प्रोस्टेट क्यान्सर
मधुमेहः दीर्घजीवी हुन सकिन्छ
कसरी स्वस्थ रहन सकिन्छ !

स्वास्थ्य नागरिकको अधिकार

कर्णप्रिय होइन, लोकप्रिय हुनुपर्छ

तपाँइको ..... हामो डाक्टर
मासिक राशिफल
हेल्थ न्युज
हेल्थ टिप्स

 

हेल्थ टिप्स

 

हात मिलाउनुभन्दा चुम्बन स्वस्थकर

अन्तर्राष्ट्रिय अनुसन्धानकर्ताको एक दलले विभिन्न व्यक्तिमा अध्ययन गरी एक-अर्कामा हात मिलाएर बधाई अर्थात् स्याबासी दिनुभन्दा गालामा चुम्बन गरेर स्याबासी दिन स्वस्थकर हुने पत्ता लगाएका छन्। उनीहरुले अनुसन्धानका क्रममा चुम्बनको सट्टा हात मिलाउँदा फ्लु पेटमा हुने ब्याक्टेरियाबाट संक्रमण हुन सक्ने बताएका छन्।

प्रमुख शोधकर्ता लन्डन स्कुल अफ हाइजिनका प्राध्यापक सैली ब्लुमफिल्डका अनुसार संक्रमणको दृष्टिमा हात अति संवेदनशील अंग हो। किनकि हातले जमिन वा जस्तोसुकै वस्तुमा छोएको हुन्छ सोही हात विभिन्न व्यक्तिको हातमा मिलाउँदा संक्रमण फैलिन सक्छ। हात मिलाउनु सामान्य प्रक्रिया हो तर हात मिलाउनुअघि जोसँग हात मिलाइँदै उसले के-के कस्तो-कस्तो वस्तु छोएको भन्ने कुराप्रति ध्यान गएको पाइँदैन।

प्रा. सैली ब्लुमफिल्डले रोगी व्यक्तिसँगको चुम्बनबाट चाहिँ बच्नुपर्ने तर अन्य व्यक्तिसँग हात मिलाउनुभन्दा चुम्बन गरेर स्याबासी दिनु श्रेयष्कर हुने बताएका छन्। यसो गर्दा कम संक्रमण हुने गाढा मित्रताको महसुस हुने बताइन्छ।

- स्रोतः इन्टरनेट

  बहिरोपन बढ्दै

हालैको एक अध्ययनअनुसार विश्वका मानिसमा तीव्रगतिमा बहिरोपनको वृद्धि भइरहेको छ। खासगरी आधुनिक उपकरणहरुको प्रयोगका कारण सो समस्या समयसँगै वृद्धि भएर गइरहेको बताइएको छ। ताजा अध्ययनअनुसार विश्वका करिब ५० करोड मानिस कुनै नै कुनै किसिमको बहिरोपनको सिकार भएका छन्। रिपोर्टअनुसार बहिरोपनको समस्या युवाहरुमा बढी देखिएको छ।

कलकारखाना, मोटरगाडीहरुको ध्वनि प्रदूषण, टेलिफोनको बढी प्रयोग नै अहिले बढिरहेको बहिरोपनको मुख्य कारण रहेको अनुसन्धानकर्ताहरुले बताएका छन्। श्रवणशक्तिलाई दुरुस्त अवस्थामा राख्नका लागि कानलाई असर पुर्याउने खालका ध्वनि प्रदूषणबाट अलग रहन अनुसन्धानकर्ताले सुझाव दिएका छन्।  - हेल्थ नेट

 रक्तचाप घटाउन भटमास

वैज्ञानिकहरुले सोयाबिन अर्थात् भटमासबाट बनाइएका खाद्यपदार्थ स्वास्थ्यका लागि लाभदायक हुने पुष्टि गरेका छन्। ट्युलेन युनिभर्सिटीका वैज्ञानिकले उच्च रक्तचापबाट ग्रसित सय वयष्क व्यक्तिमा परीक्षण गरी उक्त कुरा पत्ता लगाएका हुन्। उनीहरुले गरेको परीक्षणमा सोयाबिनले कोलेस्टेरोल मात्र घटाएको होइन कि रक्तचापसमेत घटाएको थियो।

अनुसन्धानका क्रममा वैज्ञानिकले सय जना उच्च रक्तचापका वयष्क व्यक्तिमध्ये आधालाई दैनिक ४० ग्राम सोयाबिनको रस मिलाएको बिस्कुट बाँकीलाई गहुँबाट बनाइएको बिस्कुट सेवन गराएका थिए।

चार महिनापछि सोयाबिनबाट बनेको बिस्कुट खानेहरुको रक्तचाप चार प्वाइन्टले घटेको पाइयो भने गहुँबाट बनेको बिस्कुट खानेहरुको रक्तचाप जस्ताको तस्तै रहेको पाइयो।

त्यसैले स्वस्थताका लागि भटमासबाट निर्मित तोफु, सोया दूध आदि सेवन गर्न अनुसन्धानकर्ताले सल्लाह दिएका छन्। उच्च रक्तचापबाट पीडितहरुका लागि यस्तो खाद्यपदार्थ लाभदायक हुनेछ।  स्रोतः हेल्थ

 [Kamanaa] [Sadhana] [Nepal Samacharpatra] [Mahanagar]] [Contact Us]


Copyright 2003-2008 newsofnepal
newsofnepal is the internet venture of Kamana Prakashan Samuha
No content available in newsofnepal may be reused in anyway without written permission.