गर्भवतीले बुझ्नै पर्ने कुराहरु
पर्सनालिटी डिसअर्डर
पुरुषमा हुने प्रोस्टेट क्यान्सर
मधुमेहः दीर्घजीवी हुन सकिन्छ
कसरी स्वस्थ रहन सकिन्छ !

स्वास्थ्य नागरिकको अधिकार

कर्णप्रिय होइन, लोकप्रिय हुनुपर्छ

तपाँइको ..... हामो डाक्टर
मासिक राशिफल
हेल्थ न्युज
हेल्थ टिप्स

 

हेल्थ न्युज

 बालमृत्युदर घटाउन सफलता

विगत १० वर्षको अवधिमा पाँच वर्षमुनिका बालबालिकाको मृत्युदरमा उत्साहजनक कमी आएको बालस्वास्थ्य महाशाखाका निर्देशक डा. यशोवर्द्धन प्रधानले बताउनुभएको छ। विश्वका बालबालिकाको अवस्थाबारे प्रतिवेदन सार्वजनिक गर्न युनिसेफद्वारा हालै ललितपुरमा आयोजित कार्यक्रममा डा. प्रधानले सन् १९९६ मा प्रतिहजार जीवित जन्ममा बालमृत्यु दर ११८ भएकोमा २००१ मा ९१ सन् २००६ मा ६१ मा झरेको जानकारी दिनुभयो।

डा. प्रधानका अनुसार बालमृत्यु दर घटाउन विश्व स्वास्थ्य संघ युनिसेफले गरेका अध्ययनबाट आएका प्रतिवेदनको सुझावअनुसार नेपालले काम गरेकोले बालमृत्यु दर घटाउन सफलता मिलेको हो। बालमृत्युका प्रमुख कारण बनिरहेका झाडापखाला, श्वासप्रश्वास रोग नियन्त्रणका लागि समुदायमा आधारित कार्यक्रम सञ्चालन गरी सफलता प्राप्त गरिएको हो। यसैगरी भिटामिन जुकाको औषधि वितरण नियमित, विशेष खोप कार्यक्रम सञ्चालन, कुपोषण नियन्त्रण कार्यक्रम आदि सञ्चालन गरिएकाले विश्वमै उदाहरणीय बन्ने गरी नेपालमा बालमृत्यु दर घटाउन सफलता मिलेको हो।

सो कार्यक्रममा विश्व स्वास्थ्य संघका प्रतिनिधि डा. कान्तुनले विश्वमा हरेक दिन २६ हजार बालबालिका मर्ने गरेको त्यसमध्ये धेरै श्वासप्रश्वास झाडापखालाका कारण मर्ने गरेको जानकारी दिनुभयो। उहाँले नेपालले शिशु मृत्युदर घटाउन आमा शिशुको लागि एकीकृत स्वास्थ्य सेवा कार्यक्रम ल्याउनुपर्ने बताउनुभयो।

अमेरिकी सहयोग नियोग, स्वास्थ्य तथा परिवार नियोजन कार्यक्रमकी निर्देशक एन पेनिस्टोनले बालमृत्यु दरको आधा संख्या महिनाभित्रका शिशुको हुने गरेको संक्रमण तथा निसास्सिएका कारण उनीहरुको मृत्यु हुने गरेकाले यसको नियन्त्रणका लागि कार्यक्रम केन्द्रित हुनुपर्ने बताउनुभयो। युनिसेफ दक्षिण एसिया क्षेत्रीय कार्यालयका सल्लाहकार इअन पेट्टले नेपाल बालमृत्यु दर धेरै घटाउने तीनवटा देशमध्ये पर्ने उल्लेख गर्दै समुदायमा आधारित कार्यक्रम नै सफलताको कारण रहेको बताउनुभयो। त्यस्तै युनिसेफकी नेपाल प्रतिनिधि गिल्लियन मेल्लसोपले विश्वका बालबालिकाको स्थितिबारे जाकारी गराउँदै एकीकृत स्वास्थ्य रणनीतिले बालबालिकाको जीवन जोगाउन सकिने बताउनुभयो। सो अवसरमा ँविश्वका बालबालिकाको अवस्था २००८ को प्रतिवेदन संयुक्तरुपमा सार्वजनिक गरिएको थियो।

 स्वदेशमै इन्टर्नसिप गर्न माग

विदेशमा डाक्टरी विषयको अध्ययन गरिरहेका विद्यार्थीहरुले स्वदेशमै इन्टर्नसिप गर्न पाउनुपर्ने माग गरेका छन्। नेपाल-चीन राष्ट्रिय अभिभावक संघले राजधानीमा यस्तो माग गर्दै स्वदेशमा गर्न नपाउने सरकारी निर्णयको विरोध प्रदर्शन गरेको थियो। संघले स्वास्थ्य राज्यमन्त्री शशी श्रेष्ठलाई ज्ञापनपत्र बुझाएर सो विषयमा ध्यानाकर्षण गराएको छ। चीनमा रही इन्टर्नसिप गर्दा गाउँमा जानुपर्ने हुँदा गाउँलेहरुले अंग्रेजी भाषा नबुझ्ने भएकाले भाषागत समस्या हुने यहाँको इन्टर्नसिप महँगो भएको कारण स्वदेशमै गर्न पाउनुपर्ने अभिभावकहरुको माग रहेको छ।

 नयाँ सौन्दर्यसामग्री बजारमा

स्वास्थ्य सौन्दर्य सामग्रीको व्यवसाय गर्दै आएको भीएलसीसीले अनुहारको सुरक्षा गरी सुन्दरता वृद्धि गर्न तीन किसिमका सौन्दर्यसामग्री बजारमा ल्याएको छ। छालामा प्रत्यक्षरुपमा देखिने चाउरीपना, डन्डिफोरलगायत अन्य समस्याहरु बुटोक्स, फिलर्स केमिकल पिलिङबाट हट्ने कम्पनीको दाबी छ। नेपालमा पहिलो पटक यी सौन्दर्यसामग्री उपलब्ध गराइएको उल्लेख गर्दै भीएलसीसी हेल्थ केयर सौन्दर्य सेवाका भाइस प्रेसिडेन्ट एवम् छालारोग विशेषज्ञ डा. सुशान्त सेट्ठीले साइड इफेक्टको कुनै खतरा नभएको बताउनुभयो।

काठमाडौंको तातो सुख्खा मौसमले छालालाई बिगारिरहेको बेला छालालाई मुलायम आकर्षक बनाउन यी सौन्दर्यसामग्रीले सहयोग पुर्याउने कम्पनीको दाबी छ।

 कन्डम नयाँ डिजाइनका प्याकमा

नेपाल सीआरएस कम्पनीले हालै गर्भनिरोधका अस्थायी साधन ढाल डिलक्स तथा प्यान्थर प्रिमियम कन्डमको नयाँ डिजाइनका प्याक सार्वजनिक गरेको छ। कन्डमको गुणस्तर चिल्लोपनालाई कायम राख्दै प्रयोगकर्तालाई आकर्षित गर्न उक्त कन्डमहरुलाई नयाँ डिजाइनका प्याकमा ल्याएको नेपाल सीआरएस कम्पनीले जनाएको छ।

 रुकुममा स्वास्थ्यकर्मीको अभाव

सरकारले रिक्त भएका स्वास्थ्य संस्थामा यस वर्षदेखि अस्थायी स्वास्थ्यकर्मीको व्यवस्था गरेको भए पनि रुकुम जिल्लाका उपस्वास्थ्य चौकीहरु अझै ग्रामीण स्वास्थ्य कार्यकर्ताको भरमा सञ्चालन भएका छन्। पेउघा, झुला महत उपस्वास्थ्य चौकीमा ग्रास्वाकाले प्रमुख भई काम गरिरहेका छन्। ँडाक्टर (अहेव) नभएर समस्या परेको , बिरामीको राम्ररी उपचार भएको छैन