गर्भवतीले बुझ्नै पर्ने कुराहरु
पर्सनालिटी डिसअर्डर
पुरुषमा हुने प्रोस्टेट क्यान्सर
मधुमेहः दीर्घजीवी हुन सकिन्छ
कसरी स्वस्थ रहन सकिन्छ !

स्वास्थ्य नागरिकको अधिकार

कर्णप्रिय होइन, लोकप्रिय हुनुपर्छ

तपाँइको ..... हामो डाक्टर
मासिक राशिफल
हेल्थ न्युज
हेल्थ टिप्स

 

स्वास्थ्य नागरिकको अधिकार

कर्णप्रिय होइन, लोकप्रिय हुनुपर्छ

लक्ष्मण अधिकारी

adhikari2007@yahoo.com

सर्वसाधारण नेपाली जनताले प्रभावकारी स्वास्थ्य सेवा प्राप्त गर्न नसक्नुमा महँगीका कारण स्वास्थ्य सेवा खरिद गर्न नसक्नु सेवा नै उपलब्ध नहुनु मुख्य हुन्।

स्वास्थ्यलाई संवैधानिकरुपमै जनताको मौलिक हकका रुपमा स्थापित गरेर सरकाले स्थानीयस्तरका स्वास्थ्य संस्थामा निःशुल्क स्वास्थ्य सेवा उपलब्ध गराउने प्रयास सुरु गरेको छ। २०६३ साल माघ गते अन्तरिम संविधान जारी भए पनि सोअघि नै सात दलीय सरकारले २०६३ मंसिरबाट आर्थिक दृष्टिले सिमान्तकृत अवस्थामा रहेका गरिब वर्गलाई निःशुल्क स्वास्थ्य सेवा उपलब्ध गराउने प्रक्रिया सुरु गरिसकेको थियो। यसका लागि मानिसहरुलाई अति गरिब, गरिब सम्पन्न तीन वर्गमा वर्गीकृत गरेर अति गरिब गरिबलाई निःशुल्क स्वास्थ्य सेवा उपलब्ध गराउने निर्णय गरिएको थियो। यसका साथै अपांग महिला स्वयंसेविकाहरुलाई पनि यो सुविधा पाउने सूचीमा राखिएको थियो।

 

गरिबी निवारण कार्यक्रम लागू भएका मानव सूचांक कमजोर ठानिएका सुत्केरी प्रोत्साहन भत्ता दिइएका ३५ जिल्लाका २५ शय्यासम्मका अस्पतालमा आकस्मिक, अन्तर? बहिर? तीनवटै क्षेत्रमा यो सेवा लागू गरिएको थियो। यसका अतिरिक्त ४० जिल्लाका अस्पतालमा आकस्मिक अन्तर? सेवा निःशुल्क गर्ने कार्यक्रम लागू गरिएको थियो।

यस वर्ष २०६४ असोज २१ गते मन्त्रिपरिषद्ले उपस्वास्थ्य चौकी स्वास्थ्य चौकीबाट दिइँदै आएको सेवालाई पूर्णरुपमा निःशुल्क गर्ने निर्णय गरी गत माघ गतेबाट लागू नै गरिसकेको छ। स्वास्थ्यलाई मौलिक हकको रुपमा स्थापित गरेर निःशुल्क स्वास्थ्य सेवा उपलब्ध गराउने कार्यक्रमको थालनीलाई लोकतान्त्रिक सरकारको जनताको स्वास्थ्यप्रतिको असल दृष्टिकोण भन्न सकिन्छ।

स्वास्थ्यमन्त्री गिरिराजमणि पोखरेलका अनुसार निर्णय असोजमा भएको भए तापनि सबै जिल्लामा आवश्यक थप औषधि पुर्याउनका लागि करिब तीन महिनाको समयावधि बाँकी राखेर माघ गतेबाट कार्यक्रम लागू गरिएको हो। तर कार्यक्रम लागू भएपछि पनि काठमाडौं उपत्यकासँग जोडिएका गाविसमा औषधि नपुगेको गुनासो प्रकाशमा आएको छ।

यसका अतिरिक्त काठमाडौं उपत्यकाबाहिर पनि औषधि तथा त्यसका लागि आवश्यक बजेट पुग्न नसकेको गुनासो सम्बन्धित विभिन्न अस्पतालका पदाधिकारीहरुले गरिरहेका छन्। तीन महिनाभन्दा बढी तयारीको समयावधि हुँदा पनि उद्देश्यअनुरुप कार्यक्रम कार्यान्वयन गर्न नसक्नुले स्वास्थ्य मन्त्रालयले संविधानको भावना सरकारको निर्देशनबमोजिम काम गर्न नसकेको देखिन्छ।

निःशुल्क होइन, प्रभावकारी सेवा

स्वास्थ्यलगायत सरकारका विभिन्न कार्यक्रमहरु जनसहभागितामा सञ्चालन गर्ने अहिले विश्वमा नै लहर चलेको छ। जनसहभागितामा सञ्चालित स्वास्थ्यसम्बन्धी थुप्रै कार्यक्रमहरु अफ्रिकी मुलुकहरुमा सफल भएका देखिएका छन्। तर नेपालमा जनसहभागिताविना नै निःशुल्क स्वास्थ्य कार्यक्रम ल्याइएको छ। निःशुल्क कार्यक्रमलाई नराम्रो कसैले नभन्ला, तर विदेशीको आर्थिक सहयोगमा सञ्चालित यो कार्यक्रम कत्तिको दिगो हुन्छ ? यो चाहिँ महत्त्वपूर्ण सबाल हो। अफ्रिकी मुलुकमा सफल भएको जनसहभागितामूलक कार्यक्रम ँसामुदायिक औषधि कार्यक्रम नेपालका धेरै जिल्लामा लागू गरिएकोमा यहाँ पनि सफल नै रहेको थियो। तर अहिले सरकारले निःशुल्क औषधि वितरण गर्न थालेपछि यो कार्यक्रम बन्द हुन थालेको छ। जनसहभागितामा सञ्चालित कार्यक्रम दिगो हुन्छ तर अरुको भरमा निःशुल्क बाँडिएको औषधि सेवा कहिलेसम्म चल्छ, भन्न सकिन्न।

ग्रामीण क्षेत्रमा निजी क्षेत्रबाट स्वास्थ्य सेवा प्रायः उपलब्ध नै छैन। भए पनि व्यापारीकरण भएको यो स्वास्थ्य सेवा अधिकांश ग्रामीण जनताले खरिद गर्नै सक्तैनन्। स्वास्थ्य उपचारका लागि कि धामीझाँक्री, कि सरकारी स्वास्थ्य सेवामा नै भर पर्नुपर्छ। ग्रामीण क्षेत्रमा केही गरिब मानिसहरु १०/१५ रुपियाँको दर्ता शुल्क तिर्न नसकेर स्वास्थ्य केन्द्रमा जाँदैनन्। उनीहरुका लागि निःशुल्क स्वास्थ्य सेवा पाउनु निकै राम्रो हो। तर बहुसंख्यक ग्रामीण जनता सरकारी स्वास्थ्य केन्द्रको सामान्य दर्ता शुल्क तिर्न सक्छन् उनीहरु सरकारी स्वास्थ्य केन्द्रमा जान्छन् तर नियमित औषधिको आपूर्ति, उपकरणहरुको अभाव स्वास्थ्यकर्मीहरुको अनुपस्थितिले गर्दा उनीहरुलाई सेवा उपभोगमा कठिनाइ छ। निःशुल्कभन्दा पनि सेवाको नियमित उपलब्धता उनीहरुका लागि महत्त्वपूर्ण हो।

हुन माघ गतेबाट निःशुल्क स्वास्थ्य सेवा