|
सूर्यको प्रकाशबाट पाइने तापले न्यानो र भिटामिन डी दुवै दिन्छ। भिटामिन डीको अभावले बालबालिकालाई रिकेट्स रोग लागेर अपांग बनाउन सक्छ। भक्तपुर नगरपालिका वडा नं. ३ मा एकै परिवारका तीन सन्तानलाई रिकेट्स रोग लाग्यो। लक्ष्मी र लालबहादुर मानन्धरका छोरा कबिर, राजकुमार तथा छोरी लक्ष्मीश्वरीलाई रिकेट्सको समस्या देखा पर्यो। सोही वडाकै रामप्यारी बल्ल र लक्ष्मीकेशरी बल्लका दाजुबहिनीलाई पनि रिकेट्सको समस्याले सतायो। हुन त यो सरुवा रोग होइन। एकै परिवारका धेरै जनालाई यो रोग कसरी लाग्यो त ? रिकेट्सको क्षेत्रमा काम गर्ने समुदायमा आधारित पुनर्स्थापना संस्था (सीबीआर) भक्तपुरका सहजकर्ता नरेन्द्र भुजू भन्नुहुन्छ- ँघाम लाग्ने ठाउँमा घर नभएर हो। बच्चा अवस्थामा घामबाट पाइने भिटामिन डी पर्याप्त भएन।’
भक्तपुर सीबीआरका संयोजक रमेशराम श्रेष्ठ सबै किसिमका अपांग बालबालिकाका लागि काम गर्दै गर्दा रिकेट्स रोगी फेला पारेको बताउनुहुन्छ। अधिकांश रोगी नेवार समुदायका छन्। भक्तपुर नगरमा २ देखि ३ सय मिटर लामा अँध्यारा गल्ली छन्। यहाँ बस्नेहरुले सूर्यको प्रकाश त के, उज्यालो पनि देख्न कठिन हुन्छ। घरमा दिउँसै बत्ती बाल्नुपर्ने हुन्छ। यस्ता गल्लीमा बस्ने परिवारका बालबालिकालाई रिकेट्स रोग लागेको सीबीआर भक्तपुरको अध्ययनले जनाएको छ।
घनाबस्ती भएकाले कोठा, घर, चोक एकदमै नजिक हुनु, घामबाट वञ्चित हुनु, गरिबीको कारण भिटामिन डी पाइने पोषिला खानेकुरा खान नपाउनु, बढ्दो उमेरका बालबालिकाको उचित सरसफाइ नहुनु, बाबुआमा काममा व्यस्त हुनाले सन्तानका लागि प्रशस्त समय दिन नसक्नु र धेरै सन्तान जन्माउनुहुन्न भन्ने जनचेतनाको अभावमा छिटो-छिटो बच्चा जन्मिई पहिलो बच्चाले आमाको दूध प्रशस्त खान नपाएर पनि भक्तपुरमा रिकेट्सको समस्या देखिएको छ। पछिल्लो चार-पाँच वर्षएता रिकेट्सको प्रकोपमा कमी आएको अध्ययनले देखाएको छ। अभिभावकले स्वास्थ्य शिक्षा र सरसफाइसम्बन्धी जानकारी पाउँदै गएको र खानपानमा सुधार भएकाले रिकेट्सको प्रकोप क्रमशः घट्दै गएको अध्ययनकर्ता रमेशराम श्रेष्ठ बताउनुहुन्छ। के हो त रिकेट्स ? भिटामिन डी र क्याल्सियमको अभावमा बालबालिकाको हाड नरम एवम् कमजोर हुने एक प्रकारको रोग हो रिकेट्स। जन्मेदेखि किशोरावस्थामा नटेकेका अझ भनौं हाडजोर्नी पूर्णरुपमा विकसित नभइसकेका बालबालिकालाई यो रोगको बढी खतरा हुने चिकित्सकहरु बताउँछन्। हाडजोर्नी रोग विशेषज्ञ डा. अशोककुमार बास्कोटा भिटामिन डीयुक्त पोषिला खानेकुराका साथै सूर्यको पारिलो घामबाट वञ्चित भएर बढ्दो उमेरका बालबालिकाहरु रिकेट्सको समस्यामा परेको बताउनुहुन्छ। ँघामबाट भिटामिन डी मात्र होइन, धेरै फाइदा हुन्छ’, डा.बास्कोटा भन्नुहुन्छ- ँभिटामिन डीले क्याल्सियमको शोषण गरेर हाड मजबुत बनाउने काम गर्छ। शरीरलाई आवश्यक पर्ने मिनरल्सहरु राम्रोसँग समायोजन हुन सकेन भने हड्डी लुलो र कमजोर हुन्छ। त्यसैले जहाँ-जहाँ भार पर्ने ठाउँ हुन्छ, त्यहीँको हड्डी टेढो हुन्छ।’ ललितपुरको बी एन्ड बी अस्पतालका प्रमुख हाडजोर्नी र्सजनसमेत रहनुभएका डा. बास्कोटा रिकेट्स रोग लागेपछि बच्चाको |