गर्भवतीले बुझ्नै पर्ने कुराहरु
पर्सनालिटी डिसअर्डर
पुरुषमा हुने प्रोस्टेट क्यान्सर
मधुमेहः दीर्घजीवी हुन सकिन्छ
कसरी स्वस्थ रहन सकिन्छ !

स्वास्थ्य नागरिकको अधिकार

कर्णप्रिय होइन, लोकप्रिय हुनुपर्छ

तपाँइको ..... हामो डाक्टर
मासिक राशिफल
हेल्थ न्युज
हेल्थ टिप्स

निःशुल्क बुद्ध मैत्रेय सोल थेराप

 

निःशुल्क बुद्ध मैत्रेय सोल थेरापी

मानिसको स्वास्थ्य उपचार तथा आनन्दमय तनावमुक्त जीवनका लागि संसारमा विभिन्न किसिमका उपचार पद्धतिहरुको विकास गरिएको छ। यस्ता पद्धतिहरुमध्ये कतिपय आधुनिक विज्ञानसँग सम्बन्धित छन् भने कतिपय पद्धतिहरु परम्परागत विश्वास मूल्य-मान्यताहरुसँग सम्बन्धित छन्। यस्तै परम्परागत मूल्य मान्यताहरुमा आधारित बुद्ध मैत्रेय सोल थेरापी।

हिज होलिनेस बुद्ध मैत्रेयद्वारा सिर्जना गरिएको बुद्ध मैत्रेय सोल थेरापी ध्यान गर्ने नयाँ किसिमको प्रविधि हो। यो प्रविधि अमेरिकाको ओरेगनमा जन्मिएका सनद कुमाराले विकास गरेका हुन्। उनलाई तिब्बतीहरुले हिज होलिनेस जेट्सन ग्याल्वा जन्मा गोम्पोको नामबाट चिन्दछन्। उनलाई मेडिसिन बुद्धका अवतार पनि मान्दछन्।

उनले विकास गरेको ध्यान गर्ने विधिमा आधारित ध्यान नेपालमा पनि सुरु गरिएको छ। नेपालमा यो ध्यान हिज होलिनेस बुद्ध मैत्रेय ट्रिटमेन्ट एन्ड हिलिङ सेन्टर स्वयम्भूमा सञ्चालित छ। हाल यो ध्यान बिहान ११ बजेदेखि साँझ बजेसम्म सञ्चालन गरिएको छ। एक-एक घण्टा अवधिको यो ध्यान एक पटकमा तीन जनाले गर्न सकिन्छ। यो ध्यान हाल निःशुल्करुपमा उपलब्ध गराइएको सो संस्थाका अध्यक्ष डा. राजेश प्रधानांगले बताउनुभएको छ।

डा. प्रधानांगका अनुसार यो ध्यान गर्ने विधिमा एक घण्टाको अवधिका लागि प्रत्यकलाई छुट्टै कोठा उपलब्ध गराइन्छ ध्यान गर्ने व्यक्ति एक्लै बसेर ध्यान गर्छन्। उक्त सोल थेरापी ध्यान कोठामा एक ठूलो साम्भाला ध्यान गर्ने पिरामिड राखिएको ध्यान गर्ने व्यक्ति सुत्नका लागि मेटाट्रोन म्याट (ओछ्यान) छ। त्यो म्याटसँग वज्र जोडिएको छ। ध्यान गर्ने व्यक्तिलाई सो ओछ्यानमा सुतेर वज्र समाती बुद्ध मैत्रेयका प्रवचन, भजन, संगीत भएको सोल थेरापी सिडी हेडफोनबाट सुनाइन्छ। सोल थेरापी संगीत ध्यान गर्ने प्रक्रियाको एक स्रोत हो। यो थेरापी व्यक्तिगत वा ग्रहहरुबाट पर्ने प्रभावको उपचार गर्ने एक प्रमुख प्रक्रिया हो।

डा. प्रधानांग भन्नुहुन्छ- सोल थेरापी ध्यान गर्ने विधि पिरामिड, साम्भाला उपचार गर्ने वस्तुहरु सोल थेरापी संगीतको समिश्रण हो। यो मानिसमा भएको नराम्रो सोच एवम् विचार रोगहरुको उपचार गर्ने एक विज्ञान हो। साम्भाला ध्यान गर्ने पिरामिडहरु मिश्रका ठूला विख्यात पिरामिडहरुको नाप नक्सासँग मेल खाने गरी बनाइएका छन्। यी सामग्रीहरु अमेरिकाबाटै ल्याइएका हुन्। एक पटक मिलाएर राखिएपछि पिरामिड परिचालित हुन्छ यसले एक सय मिलको व्यास क्षेत्रसम्म आफ्नो ऊर्जा प्रवाह गर्ने बताइएको छ। पिरामिडले एक मन्दिर वा मण्डलाले जस्तै ध्यान गर्ने आध्यात्मिक वातावरण सिर्जना गर्छ। डा. प्रधाना?का अनुसार यसमा ध्यान गर्दा असामञ्जस्यता, गहिरो निद्रा नलाग्नेजस्ता कारणहरुको उपचार गरी समस्यामुक्त बनाउँछ। साथै यो सोल थेरापी ध्यानले ध्यानकर्ताको मनमा भएका नकारात्मक सोच ऊर्जा हटाई शरीरिक एवम् मानसिक सन्तुलन कायम गर्न मद्दत मिल्ने कुरा डा. प्रधाना? बताउनुहुन्छ।

हाल स्वदेशी तथा विदेशी सबैलाई निःशुल्क ध्यान गराउने गरिएकोमा ध्यानकर्ताहरुको चाप निकै बढेकाले भविष्यमा विदेशीहरुसँग न्यूनतम शुल्क लिने सोच रहेको बताइएको छ।

 [Kamanaa] [Sadhana] [Nepal Samacharpatra] [Mahanagar]] [Contact Us]


Copyright 2003-2008 newsofnepal
newsofnepal is the internet venture of Kamana Prakashan Samuha
No content available in newsofnepal may be reused in anyway without written permission.