नदिएकोले यस क्षेत्रका सेवाग्राही पीडित बनिरहेका छन्। यस अस्पतालमा वर्षौंदेखि इन्क्युभेटर भए तापनि प्राविधिकको अभाव देखाएर प्रयोगमा नल्याई जनतालाई दुःख दिने काम मात्र भएको छैन, राष्ट्रिय सम्पत्तिको समेत दुरुपयोग भएको पाइएको छ। समयभन्दा पहिला जन्मिएका कमजोर बच्चालाई आमाको गर्भमा रहँदा जुन न्यानोपन अनुभव हुन्छ, बाहिर पनि त्यही न्यानोपन दिन र नवजात बच्चालाई अतिरिक्त स्याहारसुसारका लागि इन्क्युभेटरमा राखिन्छ। बिजुलीबाट चल्ने सिसाको बाकस आकारको यो इन्क्युभेटर संवेदनशील मेसिन हो। यसमा शिशुको अवस्था हेरेर अक्सिजन र तापको व्यवस्था मिलाइन्छ। यसलाई चलाउनका लागि तालिमप्राप्त कर्मचारीको आवश्यकता पर्छ।
वीरगन्जको यस सरकारी अस्पतालमा यो मेसिन चलाउने प्राविधिकको अभाव रहेको छ, जसले गर्दा थुप्रै नवजात शिशुहरुले सो सेवा पाउन नसक्दा बाध्य भएर सीमापारि रक्सोलमा उपचार गराउन जानुपरेको छ।
यस्तै पीडित अर्की अभिभावक हुन् लक्ष्मी साह। गरिब लक्ष्मीको छोरा पनि नौ महिना नपुगी जन्मिएको थियो। बच्चालाई इन्क्युभेटरमा राखेर नस्याहारे बच्चा बाँच्न गाह्रो हुने डाक्टरले भनेपछि उनले पनि आफन्तसँग रकम सापट लिएर बच्चालाई डंकन अस्पताल लगेकी थिइन्। तर अशिक्षित लक्ष्मीलाई वीरगन्जको यस सरकारी अस्पतालमा इन्क्युभेटर भएर पनि प्रयोगमा नल्याइएकोले डंकन जानुपरेको भन्ने थाहा छैन। उनी भन्छिन्- ँडाक्टरले बच्चा सानो र कमजोर भएकाले तातो पार्ने मेसिनमा राख्नुपर्छ भनेकाले त्यो यहाँ नभएर डंकन लगेकी हुँ।’ यससम्बन्धमा अस्पतालको प्रसूति कक्षमा काम गर्ने मीरा गुरुङ भन्छिन्- ँमैले यो अस्पतालमा काम गरेको २२ वर्ष भयो, त्यही बेलादेखि मैले यो मेसिन स्टोरमा थन्केको देखेकी थिएँ, अहिलेसम्म प्रयोगमा आउन सकेको छैन।’ करिब ८ वर्षदेखि यहाँ कार्यरत प्रसूति कक्षकी इन्चार्ज गीता केसी पनि गुरुङकै कुरा दोहोर्याउँदै भन्छिन्- ँयो इन्क्युभेटर चलाउन जान्ने मान्छे नहुँदा थन्केकोथन्क्यै छ।’ एक दिनमा करिब २० जना महिला प्रसूतिका लागि यहाँ आउँछन्, जसमध्ये सधैँजसो भर्खर जन्मेका तीन जना जति बच्चालाई इन्क्युभेटरको आवश्यकता पर्छ। तर इन्क्युभेटर भएर पनि प्रयोगमा नआउँदा ती नवजात शिशुहरुलाई डंकन अस्पताल पठाउनुपर्छ। केसी अगाडि भन्छिन्- ँहो हामीले बाध्य भएर त्यस्ता बच्चालाई डंकन रेफर गर्ने गर्र्छौं।’ यस नारायणी उपक्षेत्रीय अस्पतालका स्टोरकिपर टंकराज चिमरिया इन्क्युभेटर स्वास्थ्य मन्त्रालयले धेरै वर्षअघि पठायो तर त्यसलाई कसरी र कहिले चलाउने थाहा नभएको बताउँछन्। दुई-तीनवटा इन्क्युभेटर चल्ने हालतमा छन् भने बाँकी दुई-तीनवटा बिग्रेका छन्। बिग्रेकोमा अर्को सामान हालेमा चल्ने कान्ति बालअस्पतालबाट आएका एक जना प्राविधिकले भनेको सम्झिंदै चिमरिया अगाडि भन्छन्- ँआफ्नै खर्चमा इन्क्युभेटर चलाउन सिकाउन आएका ती प्राविधिकले भने पनि बिग्रेकोलाई बनाइएन र |