साल खस्ने र अस्पतालसम्म ल्याइपुर्याउने चाँजोपाँजो मिलाउँदामिलाउँदै उनको मृत्यु भैसकेको रहेछ। अन्य तीनवटा बच्चाकी आमा ती महिलाले यस पटकको गर्भमा नियमित जाँच गराएको/नगराएको वा गर्भावस्थामा अन्य कुनै स्वास्थ्य समस्या थियो/थिएन भन्ने बारेमा उनका श्रीमान् अनभिज्ञ थिए। गर्भावस्थामा कडा खालको रक्तअल्पता भएकी महिलाले सुत्केरी बेथामा हुने सामान्य रक्तश्राव पनि थेग्न सक्दैनन्। आकस्मिक कक्षमा कडा रक्तअल्पताको कारण कागजी सेतो देखिएकी ती महिलाको मृत्यु सम्भवतः अधिक रक्तश्रावको कारणले भएको हुन सक्छ। यस्तै केही महिनाअगाडि रोल्पाबाट ल्याइएकी सुत्केरी महिलाको हेमोग्लोबिन २ ग्राम प्रतिशत -कम्तीमा १० ग्राम प्रतिशत हुनुपर्ने) मात्र थियो। उनका श्रीमान् यतै इँटाभट्टामा काम गर्ने रहेछन्। पाँच दिनको बेथापछि बच्चा पाएकी श्रीमतीको पाठेघरबाट सोह्रौं दिनमा साल खसेको रहेछ। यसै कारण थला परेकी ती महिलालाई उनका श्रीमान् गाउँ पुगेर यहाँसम्म ल्याउँदा ३५ दिन बितिसकेको थियो। उनको भाग्य, बाँच्नु लेख्या रहेछ १ यतिका दिनपछि त्यस्तो कडा रक्तअल्पता भई आएकी उनलाई ६ पोका ताजा रगत, सलाइन पानी, प्रतिजैविक -एन्टिबायोटिक) लगायत अन्य आवश्यक औषधिहरु दिएइयो। करिब २ हप्तामा त उनी तङ्ग्रिएर घर फर्किइन्।
सुत्केरी बेथाका चार चरणहमध्ये तेस्रो चरण आमाको लागि निकै महत्त्वपूर्ण हुन्छ। प्रथम र दोस्रो चरणमा कुनै अनपेक्षित घटना नभए पनि तेस्रो चरणमा अत्यधिक रक्तश्राव हुने, साल -काँडा) अड्किने, धेरै रगत बग्नाले बेहोस हुने, छातीमा रक्तनली थुनिने तथा कहिलेकाहीँ पाठेघर उल्टिनेजस्ता जटिलताहरुका कारण सम्बन्धित विशेषज्ञको मेहनत पनि खेर जान सक्छ। सैद्धान्तिक रुपमा योनिद्वारबाट बच्चा जन्मिदा ५ सय मि.लि.भन्दा बढ्ता र सिजरियन शल्यक्रियाद्वारा बच्चा निकाल्दा १ हजार मि.लि.भन्दा बढ्ता रगत बग्ने समस्यालाई सुत्केरीपश्चात् अत्यधिक रक्तश्राव मानिन्छ। तर व्यावहारिक परिभाषामा बच्चा जन्मिएलगत्तै सुत्केरी महिलाको स्वास्थ्य स्थितिमा नकारात्मक असर पर्ने -नाडीको गति छिटो हुने, रक्तचाप घट्ने आदि) गरी जननेन्द्रियबाट हुने जतिसुकै परिमाणको रक्तश्रावलाई पनि अधिक मानिन्छ। नेपालको परिप्रेक्ष्यमा धेरै महिला घरमै सुत्केरी हुने प्रचलन अझै व्याप्त छ। त्यसैले यसको समस्या कति छ भन्ने लेखाजोखा राख्न गाह्रो छ। अस्पतालमा सुत्केरी हुने तथा सुत्केरी बेथाका दौरान जटिल अवस्थाका कारण अस्पताल ल्याइने सुत्केरी महिलामध्ये २ प्रतिशतमा अधिक रक्तश्रावको समस्या पाइएको छ। विकसित देशहरुको दाँजोमा नेपालमा गर्भवती तथा सुत्केरीका कारण अकालमा हुने मातृ मृत्युदरको संख्या अझै धेरै छ। यो संख्या २८१ प्रतिलाख छ। जबकि विकसित देशहरुमा यो २ अंकमा पनि छैन। नेपालमा मातृ मृत्युदर बढी हुनुका कारणमध्ये सुत्केरीपश्चात् अत्यधिक रक्तश्राव हुनु प्रमुख हो। नेपालको सन्दर्भमा पनि राजधानी एवम् सहरी क्षेत्रका महिला र विकट गाउँका महिलाबीचको मातृ मृत्युदरमा निकै असमानता छ। छोरा नै पाउन धेरै बच्चा पाउने, जन्मान्तर नराखी खुरुखुरु बच्चा पाउने, स्वास्थ्य सेवा सुलभ भएका ठाउँमा पनि गर्भवती जाँच नगराउने, रगत बढ्ने औषधि तथा खानेकुरा नखाने चलन पिछडिएका, दलित तथा निरक्षर जमातमा अझै व्याप्त छ। उनीहरुलाई लक्षित गरी स्वास्थ्य चेतना तथा सेवा कार्यक्रम नचलाएसम्म मातृ मृत्युदरबीचको उक्त खाल्टो पुर्न गाह्रो छ। सुत्केरीपश्चात् पाठेघर खुम्चिन |