दयनीय अवस्थामा भक्तपुर अस्पताल
टेस्टटयुब बेबीको संख्या सय नाघ्यो
आधा बालबालिका कुपोषणको सिकार
सेवा समर्पणः
प्याराफिलियाः असामान्य वस्तुबाट यौनउत्तेजना
बाथमुटुरोग नियन्त्रणको प्रयास
प्रौढावस्थामा पोषणको समस्या
पित्तथैलीको पत्थरी
नेपालको डाक्टरी शिक्षाप्रति विदेशीको आकर्षण

कलेजोको शत्रु हेपाटाइटिस बी

तराईमा झाडापखालाको समस्या
किशोर-किशोरी र मानसिक स्वास्थ्य
तपाँइको ..... हामो डाक्टर
मासिक राशिफल
हेल्थ न्युज

 

सुख्खा याममा छालाको स्याहार

बिनु श्रेष्ठ

ब्युटिसियन

वातावरणीय सुख्खापनले हाम्रो शरीरको छालामा नराम्रो असर पार्छ। जसले गर्दा कपालमा सुख्खापन वृद्धि भई हाँगा फाट्ने, जिङ्ग्रिंग पर्ने, फुस्रो देखिने, टुक्रिनेजस्ता समस्या आउने गर्छ। त्यस्तै हातगोडा फुट्नु, चिरा पर्नु, अनुहारको छाला फुट्नु, फुस्रो हुनु, चाउरीपना बढ्नु, कक्रक्क पर्नुजस्ता समस्या पनि हुने गर्छ। छालामा हुने सुख्खापन वृद्धिबाट कत्लाजस्तो सुख्खापन देखिनु तथा चिरा पर्नु स्वाभाविक हो। तसर्थ सुख्खापनबाट बचाउन छालाको सुरक्षा स्याहार जरुरी हुन्छ।जाडोमा पानी पिउने, नुहाउने, हातगोडा धुनेजस्ता क्रियाकलाप कम भई पानीको प्रयोग कम हुनुले पनि छालालाई स्वाभाविकरुपमा शरीरभित्रबाट प्रदान हुने प्राकृतिक म्वाइस्चर कम हुन्छ।

तसर्थ अनुहार, हातगोडा मनतातो पानीले धुने, पानी पिउने कार्य आवश्यक हुन्छ। ज्यादै तातोपनको प्रयोगबाट पनि छालामा भएको स्वाभाविक चिल्लो पखालिन्छ परिणामस्वरुप सुख्खापन झनै बढ्ने गर्छ। तसर्थ ज्यादै तातो पानीको प्रयोग गर्नु गलत हुन्छ। बढी घाम, हिटर, आगो, एसी आदिमा बस्दा पनि प्राकृतिक कोमलता कम हुने गर्छ।

छालाको सफाइका लागि क्रिम वा म्वाइस्चराइजरयुक्त साबुनको प्रयोग गर्नुपर्छ। यसले मयल निकाल्नुका साथै छालामा भएको म्वाइस्चरलाई जोगाएर थप म्वाइस्चर प्रदान गरी छालालाई सुख्खा हुनबाट जोगाउँछ। गुलाब जल ब्रान्डी थोरै मिसाएर छालामा लगाउनाले छालालाई नरम, मुलायम, कोमल राख्छ। छालामा क्रिम, कोल्ड क्रिम वा तेल लगाउँदा मसाज गर्नुपर्छ। मसाजबाट क्रिम, तेल छालाभित्र पस्न गई पोषण प्रदान गर्छ, रक्तसञ्चार वृद्धि भई लाली प्रदान गर्छ, मसल्स लुज बनाएर रिल्याक्स प्रदान गर्छ परिणामस्वरुप छाला स्वस्थ एवम् सुन्दर बन्छ। व्यायाम, घरेलु वा व्यावसायिक कामकाज गर्नुपर्छ। यसले शरीरलाई स्फूर्ति प्रदान गर्छ ताजापन महसुस गराउँछ।

ग्लिसरिन कागतीको रसमिश्रति लोसनमा क्रिम वा म्वाइस्चराइजर मिसाएर लगाउनाले छालालाई सफा, नरम, सुन्दर बनाउँछ। सुन्तला हुने मौसममा यसको बोक्रालाई पेस्ट बनाई रोगन बदाम तेल मिसाएर अनुहार एवम् अन्य भागको छालामा लगाउने दूधले भिजाएर मसाज गर्ने गर्नाले मृतत्वचा हट्नुका साथै यसले छालालाई नरम एवम् ताजा बनाउँछ। यस्तै दूध मह मिसाएर हल्का तातो बनाई लगाउनाले पनि छालालाई सुख्खापनबाट जोगाउँछ।

चिसोले शरीरलाई कमजोर, अल्छी बनाउने गर्छ। जसको सीधा प्रभाव छालामा पर्न जान्छ। परिणामस्वरुप कमजोर, निस्तेज, नीलो, पहेँलो, चाउरी, दागयुक्त, सुख्खा, फुस्रो फुटेको छाला हुन्छ। तसर्थ बिहानीपखको न्यानो घाममा बस्ने गर्नाले अनुहारको छालामा चमक चढ्छ शरीरलाई स्फूर्ति प्रदान गर्छ। घामबाट प्राकृतिकरुपमा शरीरले भिटामिन डी प्राप्त गर्छ, जुन छाला हड्डीको स्वास्थ्यको लागि आवश्यक हुन्छ। तर धरैबेर घाममा बस्दा वा काम गर्दा भने छालालाई हानि पनि पुर्याउन सक्छ।

मख्खनमा थोरै बेसार मिसाएर अनुहारको साथै अन्य भागमा लगाउनाले पनि छाला सुन्दर, चिल्लो, नरम बन्छ। यस्तै दूध बदामको पेस्ट बनाई अनुहारमा लगाउँदा अनुहार सफा उज्यालो बन्छ।

सफा, उज्यालो, कान्तिमय अनुहार एवम् छालाको लागि मुख्यतया सुख्खापनबाट बचाउनुपर्छ। चिसो हावा चल्ने ठाउँमा जाँदा घाममा बस्दा पनि छालाको सुरक्षामा ध्यान दिनुपर्छ।

 [Kamanaa] [Sadhana] [Nepal Samacharpatra] [Mahanagar]] [Contact Us]


Copyright 2003-2008 newsofnepal
newsofnepal is the internet venture of Kamana Prakashan Samuha
No content available in newsofnepal may be reused in anyway without written permission.