स्वास्थ्य मौलिक अधिकार वायुप्रदूषणले बिरामी बढाउँदै
 
चिन्ता हटाउने उपाय
प्रभावहीन बन्दै छन् एन्टिबायोटिक्स औषधि
शिशु विकासक्रमका चाखलाग्दा पक्ष
नग्नता अश्लील कि श्लील

सुत्केरीः रगत बगेर ज्यान जान सक्छ

ब्लड क्यान्सरः महँगो उपचार
अस्पताल बन्द भएपछि बिरामीको मृत्यु
कष्टकर समस्या पाइल्स

 

हेल्थ टिप्स
तपाँइको ..... हामो डाक्टर
मासिक राशिफल
हेल्थ न्युज

 

प्रभावहीन बन्दै छन् एन्टिबायोटिक्स औषधि

दिनेश गौतम

dineshnp@hotmail.com

टाइफाइड भएको बेला एन्टिबायोटिक औषधि सिप्रोफ्लोक्सासिन खाएका सुवर्ण थापालाई पछि पुनः टाइफाइड हुँदा सोही एन्टिबायोटिक औषधिले कामै गरेन। उनी भन्छन्- ँडाक्टरले अलि कडा खालको एन्टिबायोटिक दिएपछि बल्लतल्ल बिसेक भो।

काठमाडौं, शान्तिनगरका थापाजस्ता कैयौं बिरामीलाई कतिपय एन्टिबायोटिक औषधिको प्रभाव नपरेपछि सोभन्दा कडा खालको औषधि दिनुपरेको सम्बन्धित चिकित्सकहरु बताउँछन्। रोग निम्त्याउने जीवाणु -ब्याक्टेरिया) मार्नका लागि प्रयोग गरिने एन्टिबायोटिक औषधि प्रभावहीन हुनुमा बिरामी स्वयम् पनि जिम्मेवार देखिन्छन्।वरिष्ठ फिजिसियन डा. एमके पियाका अनुसार बिरामीले रोगविरुद्ध एन्टिबायोटिक औषधि पूरा मात्रा नखाई बीचैमा छोड्दिनाले रोग पुनः बल्झिन सक्छ। औषधि खाँदाखाँदै बीचैमा छोड्दा शरीरभित्रका ब्याक्टेरियाहरु पूर्णहरुपले नष्ट भइसकेका हुँदैनन्। फलस्वरुप, जीवित ब्याक्टेरिया शक्तिशाली भएर एन्टिबायोटिक औषधि नै पचाइदिन सक्ने क्षमता -रेसिस्टेन्ट) वृद्धि हुन्छ पुरानो एन्टिबायोटिकले कामै नगर्ने हुन्छ।यसका साथै, बजारमा अहिले दर्जनौं औषधि कम्पनीले उत्पादन गरेका विभिन्न एन्टिबायोटिकहरु पाइन्छन्, जसमध्ये कतिपय एन्टिबायोटिक औषधिहरु गुणस्तरहीन छन्। सम्बन्धित चिकित्सकहरुका अनुसार गुणस्तरहीन एन्टिबायोटिक्सका कारण पनि बिरामीलाई औषधिले कुनै प्रभाव पार्न सक्दैन।

साल्मोनेल्ला टाइफी नामक ब्याक्टेरियाका कारण टाइफाइड हुन्छ। बर्सेनि करिब लाखको मृत्यु गराउने टाइफाइडका ब्याक्टेरियाहरु शक्तिशाली हुँदै गएका छन्। विश्वका विभिन्न ठाउँमा क्लोरामफेनिकोल अन्य एन्टिबायोटिकले प्रभाव पार्न छोडेका छन्। गम्भीर प्रकृतिको झाडापखाला -पेट दुख्ने, बान्ता हुने, ढाड दुख्ने जलवियोजनसँगै हल्का ज्वरो आउने) मा यसअघि जस्तो ँलोपरामाइड एन्टिबायोटिक्सको प्रेस्क्राइब हुन छाडेको छ। यो एन्टिबायोटिक्स पनि प्रभावहीन हुँदै गएको चिकित्सकहरु बताउँछन्।

ब्याक्टेरियाविरुद्ध प्रयोग

ब्याक्टेरियाबाट हुने सङ्क्रामक रोगको उपचारका लागि प्रतिजैविक औषधि -एन्टिबायोटिक) को प्रयोग गरिन्छ। टाइफाइड, क्षयरोग, निमोनिया, एक्युट डायरिया, आउँ-रगत -डिसेन्ट्री), लहरे खोकी, भ्यागुते रोग, धनुष्टड्ढार, प्लेग, कुष्ठरोग, मस्तिष्कज्वरो -मेनेन्जाइटिस), हैजा, यौनजन्य रोगलगायतका रोगहरु ब्याक्टेरियाबाट हुने गर्छन्। यी रोगहरु लागेको यकिन भएमा चिकित्सकले प्रायः एन्टिबायोटिक औषधि प्रेस्क्राइब गर्छन्।

वरिष्ठ फिजिसिएन डा. पिया भन्नुहुन्छ- ँरोग उत्पन्न गर्ने ब्याक्टेरिया मार्नुका साथै रोगलाई झन् बढ्न वा सर्नबाट एन्टिबायोटिक औषधिले रोक्ने काम गर्छ।

मुख, आन्द्रा, प्रजनन अंगलगायत शरीरका नरम संवेदनशील अंगमा ब्याक्टेरियाहरु फैलिने गर्छन्। जीव वैज्ञानिकहरुले संसारमा लाखौं ब्याक्टेरियाहरु भएको पत्ता लगाएका छन्। ब्याक्टेरियाविरुद्ध एन्टिबायोटिक औषधि भरपर्दो मान्ने गरिन्छ। विश्वमा टाइफाइडबाट मृत्यु हुनेहरुमध्ये अधिकांशको मृत्यु चाँडै एन्टिबायोटिक औषधि सेवन गर्न नपाएर हुने गरेको छ। उचित एन्टिबायोटिकको प्रयोग नभएमा १५ देखि २० प्रतिशतमा यो रोग बल्झिने खतरा हुन्छ।

त्यस्तै कुष्ठरोगीले पनि तत्काल एन्टिबायोटिक खानुपर्ने हुन्छ। कुष्ठरोगीको नाकबाट दैनिक जीवाणुहरु बाहिर निस्किरहेका हुन्छन्। ती जीवाणु अर्थात् ब्याक्टेरियाहरु कम्तीमा सात दिनसम्म सुकेको सिँगानमा पनि बाँचेका हुन्छन्। एन्टिबायोटिकका साथसाथै अन्य बहुऔषधियुक्त उपचारले कुष्ठरोग निको हुने चिकित्सकहरु बताउँछन्।

वरिष्ठ मुटुरोग विशेषज्ञ डा. प्रकाशराज रेग्मीका अनुसार मुटुमा इन्फेक्सन भयो भने एन्टिबायोटिकको आवश्यकता पर्छ। उहाँ भन्नुहुन्छ- ँमुटुको भल्भमा इन्फेक्सन हुँदा एन्टिबायोटिक नदिने हो भने बिरामीको ज्यानै जान सक्छ।

बाथमुटुरोगको प्रारम्भीक चरणमा घाँटीमा सङ्क्रमण हुन्छ। त्यही बेला एन्टिबायोटिक दिएर नियन्त्रण गरियो भने सो रोग मुटुमा पुग्न पाउँदैन। डा. रेग्मी थप्नुहुन्छ- ँएन्टिबायोटिकले उपचारात्मक निदानात्मक दुवै काम गर्छ।

ब्याक्टेरियाबाट हुने रोगविरुद्ध प्रयोग हुने एन्टिबायोटिकको महत्त्वलाई हेर्दा यो जीवनदायी -लाइफ सेभिङ) औषधिका रुपमा पनि रहेको छ। तर बिरामीले आफूखुशी एन्टिबायोटिक खाएमा वा डाक्टरको निर्देशनबमोजिम पूरा अवधिसम्म नखाई बीचैमा छोडेमा यो औषधि झन् समस्या बन्न सक्ने डा. पिया बताउनुहुन्छ।

बढ्दै दुरुपयोग

एन्टिबायोटिक औषधिको दुरुपयोग बढ्दै गएकोले यी औषधिहरु मानवस्वास्थ्यका लागि खतरा बन्दै गएका छन्।

बिरामीलाई एन्टिबायोटिक प्रेस्क्राइब गर्नुअघि कुन ब्याक्टेरियाका कारण रोग लागेको हो भनी छुट्याउन कल्चर सेन्सिटिभिटी परीक्षण गर्नु महत्त्वपूर्ण मानिन्छ। कफ, पिसाब, रगतमा ब्याक्टेरियाहरु धेरै हुने भएकोले यी पदार्थको कल्चर गरेर सङ्क्रमण गर्ने ब्याक्टेरिया पत्ता लगाउनुपर्छ। यसपछि पत्ता लागेको ब्याक्टेरियाविरुद्ध कुन एन्टिबायोटिक प्रभावकारी हुन्छ भनी सेन्सिटिभिटी परीक्षण गरेर मात्र औषधि प्रेस्क्राइब गर्नुपर्दछ।

विकसित मुलुकहरुमा कल्चर सेन्सिटिभिटी परीक्षण गरेर मात्र औषधि प्रेस्क्राइब गर्नुपर्ने अनिवार्य नियम छ। तर नेपालमा भने सम्बन्धित चिकित्सकले क्लिनिकल परीक्षणकै आधारमा एन्टिबायोटिक दिने गरेका छन्। नेपाल फर्मास्युटिकल्स एसोसियसनका