जमानाअनुसार नै चल्नुपर्छ। लुगा छोटो हुँदैमा के हुने हो र, बानी-व्यहोरा पो ठीक हुनुपर्छ। अर्को मनले भनिरहेछ- त्यसो भनेर कहाँ हुन्छ, अरु मान्छेले के भन्लान् ? कुनै समयमा आमाबाबु आउँदा नातिनीको चाला देखेर के भन्ने होलान् भन्ने कुराले शरदलाई मन भारी बनायो। दुई पुस्ताबीचको यस किसिमको भिन्नताले उब्जाएको अप्ठयारो शरदको प्रश्न मात्रै होइन, कुनै न कुनै रुपमा प्रत्येक पुस्ताले यसलाई भोग्दै आएका छन्। मानवशरीरको नग्नताले एकातिर आकर्षित गर्ने गरेको छ भने अर्कोतिर लामो समयदेखि मानवजातिलाई पिरोलेको पनि छ। संसारभरि नै हेर्ने हो भने नग्नता सामान्य ठान्नेदेखि यसलाई वर्जित गर्नेसम्मका विविध विचार अनि अभियान देख्न पाउँछौं, लाग्छ- यो कहिल्यै नटुंगिने विवादमा पिल्सिरहन्छ।
नग्नता अर्थात् न्युडिटी (Nudity)को अर्थ शरीरमा कुनै वस्त्र वा लुगा नलगाउनु हो। कतिपय सांस्कृतिक परिवेशमा कम लुगा लगाउनु वा शरीरको कुनै भाग देखाउनुलाई पनि नग्नता भनिन्छ। त्यसैले परिभाषा तथा बुझाइमा निकै विविधता रहेको पाइन्छ। आफ्नै इच्छाले नग्न हुन्छ र यसो गर्दा उसमा लाजको भाव हुँदैन भने यस्तो अवस्थालाई नग्नता अर्थात् न्युडिटी भनिन्छ। नांगो (Naked) हुनु वा नांगोपन भने व्यक्ति आफैंले नचाहेको अवस्थामा हुने गर्दछ। नांगोपन व्यक्तिले नचाहेर पनि शरीरमा वस्त्र वा लुगा नभएको वा कुनै अंग देखिएको स्थिति हो। यस्तो स्थितिमा व्यक्तिलाई निकै लाजको अनुभूति हुन्छ। कुनै व्यक्तिको वस्त्र वा लुगा उसले नचाहँदा नचाहँदै पनि दबाब दिएर वा जबर्जस्ती फुकाल्न लगाइने वा फुकालिदिने स्थितिलाई नंगयाउनु स्ट्रिप्ड (Stripped) अर्थात् वस्त्रहरणको स्थिति हो। नग्नताको इतिहास लुगा वा वस्त्र प्रयोग नगरी, शरीरलाई नछोपी त्यसै राख्नु नग्नता भएको हुनाले नग्नताको इतिहासले वास्तवमा पहिरनको इतिहाससँग गहिरो सम्बन्ध राख्छ। मानवविकासको क्रमलाई नियाल्ने हो भने सिकारी घुमन्ते अवस्थामा लगभग पूर्ण नग्नतालाई सजिलै स्वीकार गरेका प्रमाणहरू भेटिन्छन्। सो समय वा सोभन्दा पहिले पहिरनको खासै विकास गरिसकेको देखिन्न। मानवजातिले करिब ३० हजार वर्ष वा सोभन्दा पहिलेदेखि सिएर लुगाको प्रयोग गरेको अनुमान छ। रौं कम भएको मानव नग्नशरीरमा जुम्राको विकास शायद सम्भव थिएन। यसरी मानव शरीरमा वस्ने जुम्राको विकास यस्तै १ लाख वर्षपहिले नै भइसकेको कुराले पनि लुगाको प्रयोग भइसकेको कुरालाई संकेत गरेको छ। त्यस बेलाको पहिरन झारपात वा छाला हुने र सजिलै कुहिएर जाने हुनाले यसै भन्न सकिन्न।
सुरुका पहिरनको कुरा गर्दा झारपात, पातपतिंगर, छाला |