स्वास्थ्य मौलिक अधिकार वायुप्रदूषणले बिरामी बढाउँदै
 
चिन्ता हटाउने उपाय
प्रभावहीन बन्दै छन् एन्टिबायोटिक्स औषधि
शिशु विकासक्रमका चाखलाग्दा पक्ष
नग्नता अश्लील कि श्लील

सुत्केरीः रगत बगेर ज्यान जान सक्छ

ब्लड क्यान्सरः महँगो उपचार
अस्पताल बन्द भएपछि बिरामीको मृत्यु
कष्टकर समस्या पाइल्स

 

हेल्थ टिप्स
तपाँइको ..... हामो डाक्टर
मासिक राशिफल
हेल्थ न्युज

 

कस्तो छ अस्पतालको खाना ?

दिनेश गौतम

gautam_npj@yahoo.com

मुलुकका ठूला सरकारी अस्पतालहरुमा आउने बिरामीले उपचारका क्रममा विभिन्न समस्या भोग्नुपरे तापनि अस्पतालको निःशुल्क खाना (डाइट) प्रति भने सन्तुष्टि व्यक्त गर्छन्।शरीरलाई ऊर्जा दिन रोगविरुद्ध लड्न सक्ने क्षमता प्रदान गर्ने खानाको सन्दर्भमा सम्बन्धित अस्पतालका डाइट शाखा इन्चार्ज एवम् डाइटिसियनहरु सचेत देखिन्छन्।

कतिपयले आफ्नो अस्पतालको खानाको खुराकमा परिमार्जनको आवश्यकता औंल्याएका छन्। वीर अस्पतालको विद्यमान डाइट प्रणालीप्रति असन्तुष्टि जनाउँदै शाखा इन्चार्ज एवम् डाइटिसियन राजेश्वरी पाण्डे सुधारको खाँचो भएको बताउनुहुन्छ।त्यस्तै त्रि.वि. शिक्षण अस्पताल महाराजगन्ज, डाइट शाखा इन्चार्ज कल्याणी खनाल विगतमा उपलब्ध भौतिक सामग्रीहरु बिग्रिएका कारण केही कठिनाइ भइरहेको बताउनुहुन्छ। परोपकार प्रसूति तथा स्त्रीरोग अस्पताल थापाथलीमा दक्ष ँकुकको पनि अभाव छ। पाटन अस्पतालमा भर्ना भएका बिरामीका लागि निःशुल्क डाइटको व्यवस्था नै छैन। मुलुकको एकमात्र कान्ति बालअस्पतालकी डाइटिसियन रेखा अधिकारीलाई पनि अस्पतालमा भर्ना भएका बिरामी, बालबालिकाका लागि टेन्डर प्रणालीअन्तर्गतको खाना दिने गरिएकोमा चित्त बुझेको छैन।स्तरीय उपचार सेवा प्रदान गर्ने सुविधा सम्पन्न काठमाडौंका सरकारी अस्पतालमा कार्यरत डाइटिसियनहरु बिरामीलाई दिइने खानाप्रति असन्तुष्ट छन्। अस्पताल व्यवस्थापन पक्षको कमजोरीका कारण ँडाइट शाखा सुव्यवस्थित हुन नसकेको उनीहरुको आरोप छ। एक डाइटिसियन भन्छिन्- ँसित्तैमा खान-बस्न पाइया भन्ने सोचका साथ बिरामी मख्ख छन्। उता अस्पतालको व्यवस्थापन पनि ँआ... बिरामीको खाना हो नि भनेर त्यति चासो राख्दैन।

भोजन पनि औषधि हो

अज्ञानताका कारण कतिपय व्यक्तिहरु बिरामी भएपछि औषधिमा मात्र ध्यान दिने गर्छन्। तर सम्बन्धित चिकित्सकहरु भने रोग निको पार्न औषधिसँगै भोजनको पनि महत्त्वपूर्ण भूमिका हुने बताउँछन्।

त्रि.वि. शिक्षण अस्पताल महाराजगन्जका निर्देशक डा. महेश खकुरेलका अनुसार रोगअनुरुपको उचित भोजन गर्दा अप्रेसन गरेका बिरामीलाई पनि छिट्टै निको हुन मद्दत पुग्छ। उहाँ थप्नुहुन्छ- ँभोक मार्न वा पेट भर्नका लागि मात्र होइन, स्वस्थ जीवनका लागि पनि स्वस्थ आहार चाहिन्छ। त्यसैले भोजन पनि औषधि हो।

वीर अस्पतालकी डाइटिसियन राजेश्वरी पाण्डे अज्ञानतासँगै आर्थिक अभावका कारणले गर्दा पनि बिरामीमा उपचारका क्रममा औषधिमा मात्र जोड दिने प्रवृत्ति रहेको बताउनुहुन्छ। आफ्नो लामो अनुभव सुनाउँदै उहाँ भन्नुहुन्छ- ँवार्डका बिरामी मात्र होइन पेइङ क्याबिनमा भएका बिरामीमा समेत औषधि नै सबै कुरा हो भन्ने भ्रम छ। रोगअनुरुप शरीरलाई आवश्यक पर्ने सम्पूर्ण पौष्टिक तत्त्वहरु उचित मात्रामा समावेश भएको सन्तुलित भोजन खानुपर्छ, जसले बिरामीलाई स्वाद सन्तुष्टिसँगै रोग निको पार्न सघाउँछ।

आर्थिकरुपमा अलि विपन्न वर्गका व्यक्तिहरु आउने सरकारी अस्पतालहरुमा भर्ना भएका बिरामीलाई उपचारसँगै निःशुल्क खाना खुवाएर चाँडै बिसेक गराउने नीति लिएको पाइन्छ। यसका लागि कतिपय अस्पतालमा डाइट शाखा कर्मचारी व्यवस्था गरिएको छ। तर त्यस शाखालाई प्रभावकारी बनाउने प्रयास गरेको प्रायः पाइँदैन।

कुल्लीलाई दिनेजस्तो खाना

मुलुकको सबैभन्दा ठूलो वीर अस्पतालको डाइट शाखाको भौतिक अवस्था नाजुक भए पनि अस्पतालले सित्तैमा दिने खानाप्रति भने बिरामीहरु सन्तुष्ट छन्। गोरखा जिल्लाको मसेल-, घ्याम्पेसारका अर्जुन बानियाँ भन्छन्- ँघरको जस्तो अस्पतालमा कहाँ पो पाइएला ? तर पनि जे , त्यसैमा सन्तुष्ट छु।

डाइटिसियन पाण्डेका अनुसार बिहानको ब्रेकफास्टमा विगतमा कप चिया दिने गरिएकोमा त्यसलाई हटाई जनरल बेडका प्रत्येक बिरामीलाई २५० मिलिलिटर दूध दुई पिस बिस्कुट दिने गरिएको छ। डायबिटिजका बिरामीलाई क्रिमक्रेकर बिस्कुटको साथमा दूध दिइन्छ।

डाक्टरद्वारा परीक्षणपश्चात् बिरामीको लागि चाहिने खाना लेखिदिने व्यवस्था छ। सोही अनुरुप डाइट शाखाका भान्छेहरु सम्पूर्ण वार्ड घुमी डाइट अर्डरको लागि तयार पारिएका फर्महरु संकलन गर्छन्। संकलित फर्मबमोजिम इन्चार्जले डाइट स्केलअनुसार खानाको परिमाण तय गरिन्छ। , इन्चार्जको सुपरिवेक्षणमा खाना तयार हुन्छ। बिहानको खानामा फुल डाइटअन्तर्गत भात, दाल, तरकारी, मासु दिइन्छ। बिहानको यस खानामा रोगको प्रकृतिअनुरुप हाफ डाइटको पनि व्यवस्था छ। त्यस्तै चपाटी डाइटअन्तर्गत गहुँको रोटी, दाल, तरकारी, मासु दिइन्छ।

जनरल वार्डका बिरामीलाई दिउँसो बजेतिर खाजास्वरुप चिया एक-एक कप बिस्कुट आधा पुरिया -सातवटा) दिइन्छ। बेलुकाको खाना पनि बिहानजस्तै हुन्छ। तर मासु भने दिइँदैन। २०५६ सालदेखि थप खानाको व्यवस्था गरिएको भए तापनि कार्यान्वयन भने अधुरो छ। अस्पतालका