|
हेल्थ टिप्स साइड इफेक्टः धूमपानविरुद्धको औषधि धूमपानको लतबाट छुटकारा पाउनका लागि मानिसले विभिन्न किसिमका उपाय अपनाउँछन्। यसका लागि कतिपयले औषधिको पनि सहारा लिइरहेका हुन्छन्। यसरी प्रयोग गरिने औषधिहरुमध्ये केहिले शरीरलाई हानि पनि पुर्याउन सक्ने पाइएको छ। यस्तै औषधिमध्ये पिफिजर इंक कम्पनीद्वारा वितरित औषधि ९अजबलतष्ह० पनि हो। धूमपानविरुद्धको यो औषधि प्रयोग गर्दा छटपटी हुने, डिप्रेसन हुने र आत्महत्या गर्ने किसिमको गतिविधि गर्न सक्ने भएकाले यस्ता औषधि प्रयोग गर्ने मानिसको अनुगमन गर्नुपर्ने सो औषधि उत्पादक कम्पनीले नै जानकारी दिएको छ। पिफिजर इंक औषधि उत्पादन गर्ने विश्वको एउटा ख्यातिप्राप्त कम्पनीमा पर्छ। यसले अमेरिकी खाद्य तथा औषधि प्रशासनसँग मिलेर काम गर्छ। न्यूयोर्कमा रहेको यो कम्पनीले अमेरिकामा औषधि बेच्न सन् २००७ मा स्वीकृति पाएयता अमेरिकाका करिब ४० लाख मानिसलाई सो औषधि सिफारिस गरिसकिएको छ। यो औषधि धूमपानको लत छुटाउन प्रभावकारी भए तापनि यसको प्रयोगले बानीव्यहोरा परिवर्तन हुने, छटपटी हुने उदासीपन आउने, आत्महत्या गर्न मन लाग्नेजस्ता मानसिक समस्या सिर्जना हुन सक्ने भएकाले यी औषधि सिफारिस गर्दा सचेत रहन औषधि उत्पादक कम्पनीले चिकित्सकहरुलाई जानकारी गराएको छ। यो औषधिको प्रयोगले बिरामीमा उदासीपन आउने, आत्महत्या गर्न मन लाग्ने, उत्तेजक व्यवहार गर्ने सम्बन्धमा अमेरिकी खाद्य तथा औषधि प्रशासनले गत नोभेम्बर महिनामा नै सचेत गराइसकेको थियो। धूमपानको लत छुटाउने यो औषधिको अहिले व्यापक मात्रामा विज्ञापन भइरहेको छ। विज्ञापनको प्रभावमा परेर आफूखुशी यस्ता औषधि प्रयोग गर्नु हुँदैन। सम्बन्धित चिकित्सकको सल्लाह लिएर निगरानीमा मात्र औषधि प्रयोग गर्नुपर्ने सल्लाह दिइएको छ। - रोयर्टस मोबाइल फोनले केटाकेटीलाई हानि पुर्याउन सक्छ मोबाइल फोन तथा वायरलेस उपकरणहरुको प्रयोगले गर्भवती महिला तथा केटाकेटीमा पुर्याउन सक्ने हानिसम्बन्धमा विस्तृत अध्ययन गर्न आवश्यक भएको कुरा अमेरिकाको नेसनल रिर्सच काउन्सिलले हालै बताएको छ। केही अध्ययनहरुले मोबाइल फोन र ब्रेन ट्युमरको सम्बन्धबारेमा केही नयाँ तथ्यहरु फेला परेकाले यससम्बन्धमा विस्तृत अध्ययनको आवश्यकता रहेको औंल्याइएको छ। अमेरिकाको खाद्य तथा औषधि प्रशासनले नेसनल रिसर्च काउन्सिललाई यससम्बन्धी संक्षिप्त प्रतिवेदन दिन आग्रह गरेको थियो। काउन्सिलले अमेरिकी कंग्रेस र संघीय सरकारलाई यो सम्बन्धमा आवश्यक प्रतिवेदन बुझाइसकेपछि इन्जिनियर र जीव वैज्ञानिकहरुको समेत परामर्शमा उक्त प्रतिवेदन सार्वजनिक गरिएको हो। रेडियो फ्रिक्वेन्सी रिसिभर तथा एन्टेनाहरुको बढ्दो प्रयोगले खासगरी बढ्दो उमेरका केटाकेटी र गर्भवती महिलालाई हानि पुर्याउन सक्ने अध्ययनकर्ताले जानकारी दिएका छन्। यस्ता रेडियो फ्रिक्वेन्सी रिसिभरले साँच्चै कति हानि पुर्याउँछ भन्ने कुरा एकिनका साथ भन्न नसकिए पनि बढ्दो उमेरका केटाकेटीको वृद्धिका क्रममा रहेका अंग तथा कोषहरुमा असर पुर्याउन सक्ने खोजकर्ताहरुको दाबी छ। अहिले बालबालिकाले कलिलो उमेरमै लामो समयसम्म मोबाइल फोन प्रयोग गरिरहेका छन्। यसलाई प्रोत्साहन गर्नु नहुने सल्लाह दिइएको छ। - हेल्थ नेट क्याल्सियम र हृदयघात बुढेसकालमा खासगरी महिलाहरुले हड्डी मजबुत बनाउन सेवन गर्ने क्याल्सियम (Calcium Supplements) ले हृदयघातको सम्भावना वृद्धि गर्न सक्ने कुरा न्यूजिल्यान्डका अनुसन्धानकर्ताहरुले हालै बताएका छन्। उनीहरुले हालै गरेको अनुसन्धानमा उक्त क्याल्सियमको सेवनले हृदयघातको सम्भावनालाई बढाएको पाइए पनि यसले पार्ने विस्तृत प्रभावका सम्बन्धमा भने अझै अनुसन्धानको आवश्यकता रहेको औंल्याएका छन्। बृटिश जर्नलमा हालै प्रकाशित लेखमा औकलैन्ड विश्वविद्यालयका अनुसन्धानकर्ता इअन रैडले यस्ता क्याल्सियम सप्लिमेन्टले फाइदाभन्दा बेफाइदा बढी गर्न सक्ने औंल्याएका छन्। बुढेसकालमा धेरै महिलाले हड्डी मकाउने तथा कमजोर हुने (Osteoporosis) समस्याबाट बच्नका लागि क्याल्सियम सेवन गर्ने गर्छन्। बुढेसकालमा खासगरी महिलाका हाड कमजोर भएर भाँच्चिने सम्भावना भएकाले क्याल्सियम सेवन गर्न सिफारिस गरिन्छ। अनुसन्धानकर्ताहरुले महिनावारी बन्द भइसकेका औसत ७४ वर्ष उमेर पुगेका करिब १ हजार ४ सय ७१ जना स्वस्थ महिलाहरुलाई सो अध्ययनमा सहभागी गराएका थिए। यी सहभागी महिलामध्ये ७ सय ३२ जनालाई हरेक दिन क्याल्सियम (Calcium) र ७ सय ३९ जनालाई प्लेसिबो (Placebo) सेवन गर्न दिएर ५ वर्षसम्म अनुगमन गरिएको थियो। अनुसन्धानकर्ताहरु भन्छन्- यी महिलाहरुमा प्लेसिबो लिनेभन्दा क्याल्सियम लिने बढी महिलाहरुमा हृदयघातको अनुभव भएको थियो। क्याल्सियमले हृदयघातको सम्भावना बढाउनेसम्बन्धी यो अनुसन्धान प्रतिवेदन सम्पूर्णरुपमा पूर्ण नभए पनि क्याल्सियमको प्रयोगले वृद्ध महिलाहरुमा हृदयसम्बन्धी समस्या ल्याउन सक्ने |