|
हेल्थ न्युज दुर्गम क्षेत्रमा औषधिको मूल्य अत्यधिक नेपाल स्वास्थ्य अनुसन्धान परिषद्ले हालै गरेको एक अध्ययनअनुसार अत्यावश्यक औषधिहरु अधिकतम खुद्रा मूल्यभन्दा कैयौं गुणा बढी मूल्यमा बेच्ने गरेको पाइएको छ। हुम्ला जिल्लामा प्यारासिटामोल चक्कीको अधिकतम खुद्रा मूल्य २ रुपियाँभन्दा बढी नपर्नेमा ८ रुपियाँसम्म लिने गरेको पाइएको छ। यस्तैगरी कोट्रिमोक्साजोल ट्याब्लेट २०३ प्रतिशत, अल्बिन्डाजोल २१३ प्रतिशत, अल्बिन्डाजोल ट्याब्लेट १५० प्रतिशत, डेक्सट्रोफान १२५ प्रतिशतसम्म बढी मूल्य लिई बेच्ने गरेको पाइएको छ। यस्तै अन्य कैयौं औषधिमा पनि शतप्रतिशतभन्दा बढी मूल्य लिई बेच्ने गरेको पाइएको छ। त्यस्तै ओखलढुंगा जिल्लामा गरिएको अध्ययनअनुसार भिटामिन ँबी’ कम्प्लेक्स अधिकतम खुद्रा मूल्यभन्दा १३० प्रतिशत, डेक्ट्रोफान ७५ प्रतिशत, मेट्रो चक्की ६४ प्रतिशत, कोट्रिमोक्साजोल ६० प्रतिशतसम्म बढी मूल्य लिई बिक्री गर्ने गरेको पाइएको छ। नेपाल स्वास्थ्य अनुसन्धान परिषद्ले हालै एक कार्यक्रमको आयोजना गरी उक्त अध्ययन प्रतिवेदन सार्वजनिक गर्यो। उक्त कार्यक्रममा नेपाल स्वास्थ्य अनुसन्धान परिषद्का सदस्य सचिव डा. शरद वन्तले सहरको तुलनामा दुर्गम क्षेत्रमा औषधिको मूल्य कति फरक छ भन्ने कुरा स्वास्थ्य नीतिसँग पनि सम्बन्धित भएकाले परिषद् र औषधि व्यवस्था विभागले संयुक्तरुपमा यसबारे अध्ययन गरेको जानकारी गराउनुभयो। औषधिको मूल्य निर्धारणसम्बन्धमा कार्यपत्र प्रस्तुत गर्दै औषधि विशेषज्ञ प्रा.डा. कुमुदकुमार काफ्लेले आवश्यकताअनुसार औषधि प्राप्त गर्न नसक्नुमा यसको मूल्य पनि महत्त्वपूर्ण कुरा भएकाले सरकारले नीति-नियम बनाउँदा यस्ता कुरामा ध्यान दिन आवश्यक रहेको बताउनुभयो। मध्यमश्चिममा स्वास्थ्य पत्रकारिता तालिम स्वास्थ्य विषयमा कलम चलाउने सञ्चारकर्मीहरुको दक्षता वृद्धिका लागि नेसनल मेडिया डेभलपमेन्ट सेन्टरले सुर्खेतको वीरेन्द्रनगरमा हालै पाँचदिने स्वास्थ्य पत्रकारिता तालिम सम्पन्न गरेको छ। प्रजनन स्वास्थ्य विषयमा केन्द्रित उक्त तालिममा मध्यपश्चिमाञ्चल क्षेत्रका ६ जिल्लाका २४ जना पत्रकारहरु सहभागी थिए। तालिममा सहभागी पत्रकारहरुमध्ये ३ जनालाई लेखनवृत्ति दिने कार्यक्रमसमेत रहेको नेसनल मेडिया डेभलपमेन्ट सेन्टरका अध्यक्ष विष्णु शर्माले जानकारी दिनुभएको छ। चिकित्सक संघले संरक्षण कानुन माग्यो स्वास्थ्यकर्मी र स्वास्थ्यसंस्थामा असुरक्षा बढेको जनाउँदै नेपाल चिकित्सक संघले स्वास्थ्य व्यवसाय संरक्षणसम्बन्धी कानुन अध्यादेशमार्फत ल्याउन माग गरेको छ। उपचारका क्रममा बिरामीको मृत्यु भएपछि चिकित्सकको लापरबाहीको कारण देखाउँदै बिरामीका आफन्तले अस्पतालमा तोडफोड गर्ने, चिकित्सकमाथि हातपात गर्नेजस्ता कारणले सर्वसाधारण र चिकित्सकबीचको सम्बन्धमा समेत नकारात्मक असर परेको संघले जनाएको छ। चिकित्सकको लपरबाहीको समेत अध्ययन गरी कारबाही गर्न सकिने प्रावधानसहितको उक्त ऐन तत्काल ल्याउन संघले माग गरेको हो। नौ अर्बको औषधि खपत नेपालमा वार्षिकरुपमा करिब ९ अर्ब रुपियाँको औषधि खपत हुने गरेको छ। यसमध्ये करिब ४० प्रतिशत स्वदेशी उत्पादनबाट पूर्ति हुने गरेको छ। नेपाल औषधि उत्पादक संघद्वारा काठमाडौंमा आयोजना गरिएको औषधि उत्पादन प्रदर्शनी ँनेपाल फर्मा एक्स्पो-२००८’ को कार्यक्रममा उक्त जानकारी दिइएको हो। दुईदिने प्रदर्शनीमा स्वदेशी र विदेशी गरी ७५ वटा औषधि कम्पनीको सहभागिता रहेको थियो। आगामी १० वर्षभित्र स्वदेशमा माग हुने औषधिमध्ये ८० प्रतिशत नेपाली उत्पादकबाट आपूर्ति गर्ने लक्ष्य राखिएको छ। बर्डफ्लु भित्रिन नदिन उच्च सतर्कता भारतको पश्चिम बंगालमा देखिएको बर्डफ्लु रोग नेपाल भित्रिन नदिन उच्च सतर्कता अपनाएको बताइएको छ। सरकारले बर्डफ्लु सङ्क्रमणको दृष्टिले ३०, ३० र १५ जिल्लालाई क्रमश अति जोखिम, मध्यम जोखिम र न्यून जोखिममा वर्गीकरण गरी विशेषज्ञ टोली परिचालन गरेको जानकारी दिएको छ। बर्डफ्लु भित्रिन नदिन भारतबाट कुखुरा-अण्डा आयात गर्न रोग लगाइएको छ। काठमाडौंका पत्रकारलाई निःशुल्क स्वास्थ्य सेवा जन युनिटी लाइफ हस्पिटल एन्ड रिर्सच सेन्टरले नेपाल पत्रकार महासंघसँग आबद्ध काठमाडौं उपत्यकारका पत्रकाहरुलाई निःशुल्क स्वास्थ्य सेवा उपलब्ध गराउने भएको छ। महासंघ काठमाडौं शाखासँग आबद्ध पत्रकारलाई निःशुल्क स्वास्थ्य सेवा दिने अस्पतालका अध्यक्ष श्रीप्रसाद गुरुङले हालै बताउनुभयो। मिर्गौला र मूत्ररोग विज्ञहरुको सम्मेलन सम्पन्न दक्षिण एसियाका नेफ्रोलोजिस्ट र (Nephrologist) युरोलोजिस्ट ट्रान्सप्लान्ट सर्जन (Urologists Transplant Surgens) हरुको सातौं सम्मेलन हालै काठमाडौंमा सम्पन्न भयो। फागुन २३ देखि २५ गतेसम्म आयोजना गरिएको सो कार्यक्रममा दक्षिण एसियाका नेपाललगायत भारत, पाकिस्तान, बंगलादेशका करिब १ सय ४० जना विशेषज्ञहरुको सहमागिता थियो। उक्त कार्यक्रममा सिंगापुर, जापान, क्यानडा, जर्मनी, अस्ट्रेलिया, रोमानिया, बेल्जियम, अमेरिका, बेलायत आदिका करिब |