|
|
|
|
धेरैलाई
सताउने
समस्या
एलर्जिक
राइनाइटिस
डा.
राजेश
प्रधानांग
होमियोप्याथिक
चिकित्सक
सुनिताले
प्रत्येक
बिहान
आफ्नो
कोठा
सफा
गर्दा
उनलाई
हाच्छिउँ
आउने
र
नाकबाट
पानी
बहने
गथ्र्यो।
तर
यसलाई
स्वाभाविक
प्रक्रिया
ठानेर
उनी
बेवास्ता
गर्थिन्।
बिस्तारै
समस्याले
च्याप्दै
लगेपछि
लगातार
हाच्छिउँ
आउने,
नाक
बन्द
हुने,
नाकबाट
पानी
बगिरहने,
आँखा-नाक
रातो
हुनुका
साथै
चिलाउने
गर्न
थाल्यो।
त्यसैले
उनले
आफ्नो
कोठा
सफा
गर्न
नै
छोडिदिइन्।
यस्ता
समस्याले
धेरैलाई
सताउने
गर्छ,
जसलाई
एलर्जिक
राइनाइटिस
(Allergic
Rhinitis)
भनिन्छ।
साधारण
भाषामा
भन्ने
हो
भने
एलर्जिक
राइनाइटिस
भनेको
नाकमा
हुने
एलर्जी
हो।
एलर्जी
एक
संवेदनशील
प्रतिक्रिया
हो।
यस
अवस्थामा
हाम्रो
शरीरमा
बाह्य
वस्तु
(Antigen)
प्रवेश
गरेपछि
त्यसविरुद्घ
शरीरमा
भएको
प्रतिरक्षात्मक
शक्ति
(Antibody)
ले
प्रतिक्रिया
देखाउँछ।
श्वास
फेर्दा
हावासँगै
नाकभित्र
अनेकौं
स-साना
कणहरु
प्रवेश
गर्छन्।
ती
प्रवेश
गरेका
कणहरुलाई
नाकमा
रहेका
रौंले
छान्ने
काम
गर्छ।
एलर्जिक
राइनाइटिस
नाकको
प्वालभित्र
हुने
भित्ताको
बाह्य
तह
(Nasal Mucosa)
ले
बाह्य
वस्तुको
सर्म्पकमा
आउँदा
देखाउने
संवेदनशील
प्रतिक्रिया
हो।
|
 |
धूवाँ,
धूलो,
ढुसी,
परागकण,
घरपालुवा
जनावरहरुको
रौं
आदि
वस्तुको
कारणले
यो
समस्या
उत्पन्न
हुन
सक्छ।
यस्ता
वस्तुबाट
निस्कने
कणहरु
नाकभित्र
प्रवेश
गरेपछि
रगतमा
रहेको
एक
प्रकारको
प्रोटिन
इमिनोग्लेबुलिन-ईले
त्यस
वस्तुविरुद्ध
प्रतिक्रिया
सुरु
गर्छ,
फलस्वरुप
शरीरमा
विभिन्न
रसायनहरु
जस्तै-
हिस्टामिन,
प्रोस्टाग्लान्डिन
उत्पादन
भएपछि
यो
समस्याका
लक्षणहरु
देखा
पर्छन्।
यो
रोग
वंशाणुगत
पनि
हुन
सक्छ।
यदि
आमाबाबुमध्ये
कुनै
एक
वा
दुवै
जना
यो
रोगले
पीडित
भएमा
बच्चाहरुमा
यो
समस्या
हुने
सम्भावना
क्रमशः
२०
प्रतिशत
र
४०
प्रतिशत
हुने
गर्छ।
यो
रोग
नवजात
शिशुदेखि
लिएर
बूढापाका
सबैमा
हुन
सक्छ।
साधारणतया
यो
रोगको
लक्षण
१२-१६
वर्षको
उमेरदेखि
सुरु
हुन्छ।
यस
समस्यामा
लगातार
१०
देखि
२०
पटकसम्म
हाच्छिउँ
आइरहने,
नाक
बन्द
हुने,
नाकबाट
पानी
बगिरहने
र
नाकको
भित्रपट्टि
चिलाउने
गर्दछ।
साथै
आँखा
रातो
हुने,
आँसु
बगिरहने
र
चिलाउने
हुन्छ।
तालु
र
घाँटी
चिलाउने
हुन्छ।
अत्यन्त
गाह्रो
भएमा
श्वासनली
संकुचित
भएर
सास
फेर्न
गाह्रोसमेत
हुन
सक्छ।
वर्षभरि
नै
यस्तो
समस्याले
पिरोलिरहने
व्यक्तिहरुमा
भने
यी
लक्षणहरु
हल्कारुपमा
हुन्छन्।
वर्षभरि
नै
रुघा
लागिरहने,
नाक
बन्द
रहने,
गन्ध
थाहा
नहुने,
कान
कम
सुन्ने,
घाँटी
खसखस
भइरहने
र
जीर्ण
खोकी
हुने
गर्छ।
यो
रोग
धेरै
पुरानो
भएमा
स्वर
केही
रुखो
हुन
सक्छ।
यो
रोगबाट
बच्ने
सबैभन्दा
उत्तम
उपाय
भनेको
जुन
चीजबाट
एलर्जी
हुन्छ,
त्यसको
पहिचान
गरेर
त्यसबाट
बच्नुपर्छ।
चिकित्सकसँग
सल्लाह
लिएर
एलर्जी
टेस्ट
पनि
गर्न
सकिन्छ,
जसबाट
बिरामीलाई
कुन
कारणले
एलर्जी
भए/नभएको
थाहा
हुन
सक्छ।
सहरमा
धेरैजसो
प्रदूषणयुक्त
वातावरणमा
बाँच्नुपर्ने
हामी
सबैले
सकेसम्म
धूवाँ-धूलोबाट
बच्नुपर्छ।
त्यसको
लागि
मास्कको
प्रयोग
गर्नुपर्छ।
कहिलेकाहीँ
घरपालुवा
जनावर
हटाउनुपर्ने
हुन
सक्छ।
साथै
सिरानीहरुमा
प्लास्टिक
लगाउँदा
धेरै
फाइदा
हुने
गर्छ।
यसका
अतिरिक्त
पर्याप्त
मात्रामा
झोलयुक्त
पदार्थ
खानुपर्छ,
आराम
गर्नुपर्छ,
बाफ
(Steam
inhalation)
लिने
गर्नु
पनि
फाइदाजनक
हुन्छ।
यो
रोगको
उपचार
गरिएन
भने
विभिन्न
समस्या
उत्पन्न
हुन
सक्छ।
लगातार
नाक
बन्द
हुनाले
पिनास
हुन
सक्छ,
नाकमा
मासु
पलाउन
सक्छ,
कानमा
संक्रमण
भएर
पाक्ने
समस्या
हुन
सक्छ।
मुखबाट
सास
फेर्नुपर्ने
हुनाले
दाँतमा
कीरा
लाग्न
सक्छ।
सबैभन्दा
ठूलो
समस्या
भनेको
पछि
गएर
दम
(Bronchial
Asthama)
ले
सताउनु
हो।
यो
समस्या
हुने
मानिसलाई
दम
हुने
सम्भावना
चार
गुणा
बढी
हुन्छ।
साधारणतया
धेरै
मानिसले
यो
समस्याका
लागि
विभिन्न
औषधि
प्रयोग
गरे
तापनि
समस्याहरुबाट
मुक्ति
पाइएको
कमै
भेटिन्छ।
एक
पटक
समस्या
सुरु
भएपछि
लामो
समयसम्म
औषधिको
प्रयोग
गरिरहनुपर्ने
बाध्यताबाट
टाढा
रहनका
लागि
कारणहरुप्रति
विशेष
सावधानी
अपनाउनुपर्छ।
आफूलाई
कस्तो
वस्तुबाट
वा
कस्तो
अवस्थामा
एलर्जी
हुने
गर्छ,
त्यस्तो
अवस्थाबाट
टाढै
रहने
प्रयास
गर्नुपर्छ।
विभिन्न
किसिमका
उपचार
पद्धतिबाट
उपचार
गरेर
यसबाट
मुक्ति
पाउन
सकिन्छ।
एलर्जीसम्बन्धी
विशेषज्ञले
यस्तो
समस्याको
उपचारका
लागि
विशेष
सहयोग
पुर्याउन
सक्छन्।
साथै
वास्तविक
विषयगत
योग्यताप्राप्त
होमियोप्याथिक
चिकित्सकहरुले
पनि
यसको
उपचारमा
मद्दत्त
गर्न
सक्छन्।
होमियोप्याथिक
पद्धतिमा
बिरामीको
सम्पूर्ण
समस्या
विवरणहरु
-केस
टेकिङ)
लिएपछि
एक
पटकमा
केवल
एउटा
नाम
भएको
औषधि
से |