स्वास्थ्य मौलिक अधिकार वायुप्रदूषणले बिरामी बढाउँदै
 
चिन्ता हटाउने उपाय
प्रभावहीन बन्दै छन् एन्टिबायोटिक्स औषधि
शिशु विकासक्रमका चाखलाग्दा पक्ष
नग्नता अश्लील कि श्लील

सुत्केरीः रगत बगेर ज्यान जान सक्छ

ब्लड क्यान्सरः महँगो उपचार
अस्पताल बन्द भएपछि बिरामीको मृत्यु
कष्टकर समस्या पाइल्स

 

हेल्थ टिप्स
तपाँइको ..... हामो डाक्टर
मासिक राशिफल
हेल्थ न्युज
 

 

चिन्ता हटाउने उपाय

डा. हरिहर खनाल (एमडी, एमडी तथा पीएचडी)

harikhanal@yahoo.com 

ँचिता चिन्ता दुवैको काम जलाउने हो, चिताले मृत्युपर्यन्त जलाउँछ भने चिन्ताले जिउँदै जलाउँछ। यो भनाइ नै चिन्ता के होला भन्ने कुराको एउटा परिभाषा, अर्थ वा वास्तविकता हो।

चिन्ता मानवको मनोवैज्ञानिक धरातलमा रही भावनात्मकरुपमा देखा पर्ने अभिव्यक्त गुण हो। चिन्ता नै नहुने मान्छे कल्पना गर्न पनि सकिंदैन। यसमा चिन्तालाई जितेका, चिन्ता नलिनेहरुचाहिँ केही अपवाद पनि हुन सक्छन्।

होइन भने सबैले चिन्ता गर्छन्। चिन्ता त्यो पनि चाहिने मात्रामा हुन्छ भने स्वास्थ्यको लागि, प्रगतिको लागि अति आवश्यक रहन्छ। चिन्ता गर्दै गरिएन भने पनि वा आवश्यक हुने मात्राको चिन्ता रहेन भने पनि प्रगति हुन्छ, सामाजिक सम्बन्ध दिगो रहन्छ, मेहनत नै गरिन्छ।

परीक्षाअगाडिको प्रशिक्षार्थीको चिन्ता, विवाह हुनुपूर्व जीवनसाथी तथा आफ्नो सम्बन्ध भविष्यको चिन्ता, प्रेमी-प्रेमिकाबीचमा एकले अर्को पक्षलाई पीडा, दुःख, चोट नपुर्याउने वा गुमाउने चिन्ता, भविष्यमा सुरक्षित काम, स्वास्थ्य तथा शान्तिपूर्ण जीवनयापन गर्न पाउने/नपाउने जस्ता चिन्ता वास्तविक अलि-अलि सबैले गर्ने प्राकृतिक एवम् केही आवश्यक चिन्ताका दायरा हुन्। यस्ता आवश्यक चिन्ताहरुले गल्ती गर्नबाट बचाउने, मेहनत गर्ने योजना गर्ने तथा होसियारी पाइला चाल्ने गराउने हुन्छ। तर त्यसको उल्टो अत्यधिक चिन्ता, बेचैन, अनिर्णित एक्लिने हुन थाल्यो भने प्रगतिको साटो अधोगति, स्वास्थ्यको साटो बिरामी, सुखको साटो दुःख मात्र पाइन्छ। यसका साथै चिन्ताको भूमरीमा डुबेर त्यसबाट निस्कन नै सकिंदैन। चाहिने नचाहिने उत्कण्ठाहरु, विचारहरुको खाडल गहिरिंदै गएर निकासै नपाउने गरी मानसिक रोगी बन्न सकिन्छ।

चिन्ताको कारणले धेरै लक्षण विकसित हुन्छन् वा देखा पर्न सक्छन्। यी लक्षणहरु चिन्ताले हुन्छन्। ती अन्य रोगसँग मिल्दाजुल्दा पनि हुन सक्छन्। वास्तविक चिन्ताको निदान उपचार हुन पाएको हुँदैन। बिरामीहरु एकपछि अर्को चिकित्सककहाँ पुग्छन्। मानिसमा देखिने यस्ता लक्षणहरु फरक-फरक हुन सक्छन्। चिन्ताको गहिराइ हेरेर कोहीलाई कम, कोहीलाई बढी लक्षण देखिन सक्छ।

यसका भौतिक लक्षणहरुमा नाडी छिटो-छिटो चल्नु, मुटु ढुकढुक गर्नु, श्वास फेर्न गाह्रो हुनु, हत्केलामा पसिना आउनु, हात काँप्नु, मुख सुक्नु, वाकवाकी लाग्नु, भोक नलाग्नु वा तीतो स्वाद आउनु, टाउको दुख्नु, पेट-छाती वा अन्य भाग दुख्नु आदि मुख्य हुन्।

त्यस्तै भावनात्मक लक्षणहरुमा असुरक्षित महसुस हुनु, निर्णय गर्ने क्षमता घट्नु, आत्मविश्वास तथा आत्मनिर्णयमा कमी हुनु, ध्यान केन्द्रित गर्न नसक्नु, छोपेजस्तो हुनु , शंका लागेजस्तो हुनु, बिर्सने ज्यादा हुनु आदि मुख्य हुन्।

यदि चिन्ता ठिक्क मानवस्वभावभित्र रहने, परेको बेलामा चिन्तित भए पनि अन्य समयमा परिस्थिति घटनाअनुसार आफूलाई ढाल्न सक्ने अवस्थासम्मलाई स्वाभाविक मानिन्छ। तर यो अवस्थाभन्दा पर पुगिएमा चिन्ता अलि बढी नै भएको मानिन्छ। यसरी प्राकृतिक तथा हुनै पर्नेभन्दा अलि बढी चिन्तित भएमा मनोवैज्ञानिकरुपमा प्रभाव देखिन्छ। साथै लक्षण पनि देखिन थाल्छन्। यदि योभन्दा अझ बढी नै चिन्तित हुन थालियो भने मानसिक रोगको सुरु अवस्थाको सम्पूर्ण सोचाइमा गडबडी -जेनेरलाइज्ड इन्जाइटी डिसअर्डर) भन्ने समस्या विकास हुन सक्छ। यदि यो स्तरको चिन्ता गडबडी भयो भने उपचारमा पनि विशेषज्ञ तहमै जानुपर्ने हुन सक्छ। साथै उपचार गर्न पनि अप्ठेरो हुने, ढिलो मात्र सुधार हुने अवस्था आउन सक्छ।

चिन्ता कुन अवस्थामा भन्ने कुरा छुट्याउन वा चिन्न अति आवश्यक छ। अलि बढी चिन्ता भएमा छुट्याउन सकिने गरी केही लक्षणहरु देखिन सक्छन्। जस्तो-

-    अरु धेरैले चिन्ता नगर्ने वा गर्न नपर्ने कुरामा आफू चिन्तित भएको महसुस गर्नु वा अरुमा त्यस्तो देखिनु।

-    चिन्ता रोक्न वा चिन्ताबाट मुक्त हुन नसक्नु। यसले गर्दा बेचैन भइरहनु तथा आरामसँग रहन नसक्नु।

-    चिन्ताले कुनै फाइदा वा समाधान दिएको कुनै उदाहरण नपाइनु।

-    चिन्ता नगरेमा वा निश्चिन्त रहेमा आकाशै खस्ला, जहाजै डुब्ला वा भवितव्य नै आइपर्लाजस्तो महसुस हुनु।

-    आफ्नो जीवनका सम्पूर्ण अवस्था, घटना, परिस्थिति अनुकूल सहज हुँदाहुँदै पनि चिन्ता गरिरहनु वा निश्चिन्त हुनुको चिन्ता लाग्नु।

यी सबै परोक्षरुपमा मूल्यांकन गर्ने अवस्था छुट्याउने लक्षणहरु हुन्। यदि यस प्रकारका लक्षण बढीभन्दा बढी पाइन थालेमा जसरी पनि