स्वास्थ्य मौलिक अधिकार वायुप्रदूषणले बिरामी बढाउँदै
 
चिन्ता हटाउने उपाय
प्रभावहीन बन्दै छन् एन्टिबायोटिक्स औषधि
शिशु विकासक्रमका चाखलाग्दा पक्ष
नग्नता अश्लील कि श्लील

सुत्केरीः रगत बगेर ज्यान जान सक्छ

ब्लड क्यान्सरः महँगो उपचार
अस्पताल बन्द भएपछि बिरामीको मृत्यु
कष्टकर समस्या पाइल्स

 

हेल्थ टिप्स
तपाँइको ..... हामो डाक्टर
मासिक राशिफल
हेल्थ न्युज

 

शिशु विकासक्रमका चाखलाग्दा पक्ष

डा. नृपेन्द्र तिवारी

डेन्टल सर्जन

बलबालिकाहरु जन्मनासाथ रोगका विभिन्न जोखिममा रहेका हुन्छन्। यस अवस्थामा उनीहरुको स्याहारसुसारमा निकै ध्यान पुर्याउनुपर्ने हुन्छ। उमेर छिप्पिंदै गएपछि यस्ता जोखिमहरु क्रमशः घट्दै जान्छन्

यसैगरी मानिसको बाल्यकाल निकै चाखलाग्दो रमाइलो पनि हुन्छ। यदि शिशुहरु स्वस्थ छन् भने उनीहरुको शारीरिक, मानसिक विकास पनि स्वाभाविकरुपमा हुँदै जान्छ।

तर उनीहरुलाई विभिन्न रोग लागेको वा राम्रो खानपान नभएको अर्थात् पोषणको कमी भएको भने शारीरिक, मानसिक विकास स्वाभाविकरुपमा हुन सक्दैन। यसमा बाबुआमा तथा अभिभावकले विशेष ध्यान पुर्याउनुपर्छ। स्वस्थ बालबालिकामा हुने स्वाभाविक विकास क्रमका बारेमा यहाँ केही जानकारी गराउने प्रयास गरिएको छ।एक महिनाको बच्चाः एक महिनाको बच्चाले आवाजको पहिचान गर्न सक्छ। आवाज सुनेर आँखा झिम्क्याउने, आँखा, मुखजस्ता शरीरका कुनै अंग आवाज आएतिर फर्काउने गर्न थाल्छ। आमासँग टाँसिन खोज्छ। खाना, सुरक्षा आदिको लागि आमा वा अरुमा निर्भर हुन्छ।४ देखि हप्ताः यस उमेरको बच्चासँग कुरा गर्दा, अंकमाल गर्दा, गाला चिउँडो सुमसुम्याउँदा मुस्काएको जस्तो गर्छ।

देखि महिनाः बच्चाले मामा, दादाजस्ता शब्दहरु अस्पष्ट रुपमा बोल्ने गर्छ। तर देखि ११ महिनामा यस्ता शब्दको बोलीमा क्रमिक रुपले स्पष्टता आउँछ। देखि महिनामा तलका अगाडिका दुईवटा दाँत उम्रिन थाल्छ।

देखि महिनाः बाई-बाई, टा-टा आदि गर्ने गर्छ। यो उमेरदेखि अपरिचित मानिससँग डराउन थाल्छ। आमाको अनुपस्थितिमा चिच्याउने, डराउने गर्छ। महिनाको उमेरमा माथिको अगाडिका दुईवटा दाँत उम्रिन थाल्छ। आफ्ना वरिपरि भएका सामान, खेलौनाहरु चलाएर खुशीको महसुस गर्न थाल्छ।

१८ महिनाः यस उमेरमा देखि २० शब्दको शब्दकोष प्रयोग गर्ने गर्छ। यसै क्रममा उसले आमाबुबाको बोलीको नक्कल गर्न खोज्छ।

१८ महिना देखि वर्षः यस उमेरको बच्चा एक्लै खेल्न सक्छ। बच्चाले खतरा, दुर्घटनाहरुको बारेमा सिक्दै जान्छ। जस्तै- आगोसँग डराउनु, सिँढी ओर्लिन नमान्नु, खाटबाट सतर्कतासाथ तल ओर्लिनु, एक्लै बस्न नरुचाउनु, सुरक्षा खोज्नु। यस्तै पानी छुनु, आफ्नै हातले खान खोज्नु, हातले दराज खोल्नु, ढोका खोल्नु, बन्द गर्नु जस्ता अनेक प्रयोगहरु गर्न खोज्छ। बच्चालाई शौचालय जान तालिम दिन सकिन्छ। सोहीअनुसार उसलाई दिसापिसाब लागेको जानकारी आमा-बुबा वा अभिभावकलाई इशारा, संकेत वा अन्य माध्यमले गराउन सक्छ। उचित पुरस्कार उचित दण्ड दिएर कुन-कुन कुरा राम्रो कुन-कुन कुरा खराब भन्ने चेतना/ज्ञान दिन सकिन्छ। वर्षको उमेरमा बच्चाको शब्दकोश बढेर सय शब्दसम्म पुग्छ।

देखि वर्षः बच्चाले भाषा बुझ्न थाल्छ। घरवरिपरिको बच्चासँग खेल्न रमाउँछ। बच्चाले केटा केटीमा फरक छुट्याउन सक्छ। लिंग पहिचान गर्न सक्छ। माता-पिता तथा अभिभावकको पहिचान गर्न सक्छ। क्रमशः अरुले गरेको कार्य नक्कल गर्न मन पराउँछ। बच्चामा कथावाचनको समेत क्षमता हुन्छ। उसले आफ्नो अनुभव अरुलाई सुनाउन सक्छ। नजानेको शब्दको बारेमा जान्न बुझ्न खोज्छ।

देखि १० वर्षः बच्चाको सीमित संसार क्रमशः ठूलो हुँदै जान्छ। बच्चा साथीभाइ तथा आमाबुबासँगको विछोडमा उदास हुन्छ। उनीहरुमा सफलता असफलताको बोध हुन्छ। बच्चा राम्ररी बोल्न, बुझ्न सक्छ। उसले एउटा व्यक्तित्व आर्जन गर्छ। तलको अगाडिको दूधे अस्थायी दाँत -लोअर डेसिडियस सेन्ट्रल इन्साइजर) झरेर स्थायी दाँत -परमानेन्ट सेन्ट्रल इन्साइजर) उम्रिन थाल्छ। यही वर्षको उमेरमा स्थायी बंगाराहरु -लोअर परमानेन्ट फस्ट मोलर) समेत उम्रिदै जान्छ। क्रमशः अन्य स्थायी दाँतसमेत उम्रिंदै जान्छ पुरानो एवम् अस्थायी दाँत झर्दै जान्छ।

समयचक्रसँगको यो व्यक्तित्व आर्जन गर्न नसक्ने बच्चामा भविष्यमा गएर हीनताबोध हुने, तनावग्रस्त हुने, सुस्त मनस्थितिको हुने, बौद्धिक क्षमता कम हुने, डराउने, एक्लै बस्न रुचाउने, अस्वाभाविक बानी-व्यहोरा हुने आदि हुन सक्छ। यस्ता लक्षण देखा परेमा <