स्वास्थ्य मौलिक अधिकार वायुप्रदूषणले बिरामी बढाउँदै
 
चिन्ता हटाउने उपाय
प्रभावहीन बन्दै छन् एन्टिबायोटिक्स औषधि
शिशु विकासक्रमका चाखलाग्दा पक्ष
नग्नता अश्लील कि श्लील

सुत्केरीः रगत बगेर ज्यान जान सक्छ

ब्लड क्यान्सरः महँगो उपचार
अस्पताल बन्द भएपछि बिरामीको मृत्यु
कष्टकर समस्या पाइल्स

 

हेल्थ टिप्स
तपाँइको ..... हामो डाक्टर
मासिक राशिफल
हेल्थ न्युज
 

 

छालाको जटिल रोग सोराइसिस

बिम्मी शर्मा/वीरगन्ज

केही दिनदेखि धनबहादुरको छाला चिलाउन थाल्यो। साथै खस्रो भएर सतहबाट उठेजस्तो देखिन थालेकाले उनले घरेलु उपचार गराए। तर कति गर्दा पनि ठीक नभएपछि ५५ वर्षीय धनबहादुर दिक्क भएर वीरगन्जको नारायणी उपक्षेत्रीय अस्पतालमा जँचाउन पुगे। डाक्टरले उनलाई सोराइसिस (Psoriasis) भएको बताए। सोराइसिस छालामा हुने रोग हो, जुन नियन्त्रणमा आउँछ तर ठीक भने हुँदैन।

सोराइसिस छालामा हुने एउटा यस्तो रोग हो, जसको सम्बन्ध शरीरको प्रतिरक्षा प्रणालीसँग छ। यो रोग मानिसमा बाहिरी संक्रमणबाट नभएर वंशाणुगत कारणले हुने गर्छ। यो रोग कुनै पनि समयमा हुने भए पनि मुख्यतया १५-२० वर्ष र ५५-६० वर्षको उमेरमा बढी हुन सक्ने नारायणी उपक्षेत्रीय अस्पताल वीरगन्जका चर्मरोग विशेषज्ञ डा. समन प्रसाद जानकारी दिन्छन्।सोराइसिस रोग हुने कारणबारे विभिन्न शोधहरु भए पनि के कारणले यो रोग हुन्छ भन्ने एकिनसाथ पत्ता लाग्न सकेको छैन।

 शरीरको प्रतिरक्षा प्रणालीमा गडबडी भएपछि छालाको कोशिकाहरुमा एक्कासि वृद्धि हुन थाल्छ। एउटा सामान्य निरोगी छालाका कोशिकाहरु पूर्ण विकसित भएर सतहबाट उप्किन करिब ३० दिन लाग्छ तर सोराइसिसका रोगीहरुमा कोशिकाहरु हप्तामै विकसित भएर छाला उप्किन थाल्छ। पूर्ण विकसित कोशिकाहरु समूह बनाएर सोराइसिस प्रभावित छालामाथि चम्किलो कडा रुपमा देखा पर्न थाल्छ। डा. प्रसाद भन्छन्- ँछालाको हेरचाह सरसफाइमा कमी भएर यो रोग हुने होइन।

स्थानीय २० वर्षीय सन्तोष यादवलाई यो रोगले सताएपछि उनी पनि अस्पतालमा जँचाउन गए। उनलाई प्लैक सोराइसिस भएको रहेछ। प्रभावितमध्ये धेरैलाई यही प्लैक सोराइसिस हुने गरेको डा. प्रसाद बताउँछन्। यादवलाई कुहिना, हात घुँडामा प्लैक सोराइसिस भएको थियो। यदि बाबुआमा दुवैलाई यो रोग भने छोराछोरीलाई पनि यो रोग हुन सक्ने खतरा ७० प्रतिशतसम्म हुन्छ भने उनीहरुमध्ये कुनै एकलाई यो रोग भने छोराछोरीलाई २५ प्रतिशतसम्म यो रोग हुन सक्ने खतरा भएको डा. प्रसाद बताउँछन्।

छालामा घाउ, संक्रमण या कुनै औषधिको दुष्प्रभावले यो रोग अझ बढ्न सक्छ भने सूर्यको ताप प्रभावित ठाउँलाई कोट्याइरहँदा पनि सोराइसिस बढ्ने गर्छ। लाटो छाला पहिला घाउ भएको छालामा पनि यो रोग हुन सक्ने सम्भावना हुन्छ। डा. प्रसाद भन्छन्- ँसोराइसिस रोग निको पार्ने कुनै औषधि नभए पनि नियमित साबुन क्रिमको प्रयोगले नियन्त्रणमा ल्याउन सकिन्छ तर रोग फेरि बल्झिने खतरा जीवनभर हुन्छ। जाडो याममा बढी देखा पर्ने यो रोगले रक्सी-चुरोट खानेलाई बढी प्रभावित गर्ने भएकोले यो रोगबाट बच्न रक्सी-चुरोटबाट टाढै रहनुपर्ने डाक्टरको सल्लाह छ।

अस्पतालमा जँचाउन आएकी एक वृद्धा सीतादेवीको हातखुट्टा सोराइसिसले गर्दा विकृत भइसकेका छन्। प्रभावित अंगहरु डाक्टरले हेर्नुपर्नेमा ती महिला आफ्नो हातखुट्टा डाक्टरलाई देखाउन अप्ठ्यारो मानिरहेकी थिइन्। करिब ६० वर्षी उनको नङमा पनि सोराइसिस भएको रहेछ। यस रोगमा नङको प्राकृतिक रंग गायब भएर प्वाल पर्नको साथै नङ टुट्न थाल्छ। सोराइसिस भएको हो वा होइन भन्ने पत्ता लगाउन रगत वा अन्य कुनै परीक्षणबाट थाहा नहुने डा. प्रसाद बताउँछन्। तर सोराइसिसबाट शरीरमा अन्य समस्या देखा पर्न थालेको छैन भन्ने जान्नका लागि कहिलेकाहीँ छालाको बायोप्सी भने गर्नुपर्ने हुन्छ।

सोराइसिस रोग विभिन्न प्रकारको हुने गर्छ, जसमध्ये प्लैक सबैभन्दा बढी हुने सोराइसिस हो। यसको विकृत रुप एर्रि्रोडमिक हो। यसले शरीरको धेरै भागलाई चपेटामा पार्नुका साथै तापक्रम नियन्त्रण गर्ने क्षमतामा पनि कमी ल्याउँछ।

अर्को हो आर्थराइटिस सोराइसिस। यसमा छालाको साथै हड्डीको सन्धिस्थलमा पनि रोगको प्रभाव देखिन थाल्छ। यसले सबैभन्दा बढी औंलाका जोर्नीहरुमा असर गर्छ, जसले गर्दा औंला सुन्निन थाल्छ। पछि गएर यसको असर कम्मर, घुँडा मेरुदण्डमा पनि देखा पर्न सक्ने डा. प्रसाद जानकारी दिन्छन्। त्यस्तै फ्लैक्सरल सोराइसिस छातीको तल्लो भाग, कम्मर, जाँघ, काखीजस्ता मोडिने खुम्चिने अंगमा बढी हुने गर्छ।

पसिना निस्किंदा वा छाला धेरै घस्रिंदा यो उग्ररुपमा देखा पर्छ। पानीको थोपाजस्तो देखिने ग्यटैट सोराइसिस घाँटीमा कुनै प्रकारको संक्रमण भएमा शरीरको माथिल्लो भागमा हुने गर्छ। यसमा छालामा -साना दाग देखा पर्छ।

नेपालमा कुल जनसंख्याको प्रतिशतमा यो रोग देखिएको