स्वास्थ्य मौलिक अधिकार वायुप्रदूषणले बिरामी बढाउँदै
 
चिन्ता हटाउने उपाय
प्रभावहीन बन्दै छन् एन्टिबायोटिक्स औषधि
शिशु विकासक्रमका चाखलाग्दा पक्ष
नग्नता अश्लील कि श्लील

सुत्केरीः रगत बगेर ज्यान जान सक्छ

ब्लड क्यान्सरः महँगो उपचार
अस्पताल बन्द भएपछि बिरामीको मृत्यु
कष्टकर समस्या पाइल्स

 

हेल्थ टिप्स
तपाँइको ..... हामो डाक्टर
मासिक राशिफल
हेल्थ न्युज
 

 

ब्लड क्यान्सरः महँगो उपचार

शंकर खनाल

khanalnpj@yahoo.com

११ वर्षको छोरा मोहनको उपचार गर्न काठमाडौं आएकी जीवनकला भण्डारी उपचारमा लाग्ने खर्च सुनेर झस्किन्। ब्लड क्यान्सरबाट पीडित छोरालाई उपचार गर्नभन्दा उनले घर फर्कनु नै जाती ठानिन्। ँडाक्टरले वर्षसम्म उपचार गर्नुपर्ने लाख रुपियाँ लाग्ने भने, जीवनकलाले साधनासँग कुरा गर्दै भनिन्- त्यत्रो पैसा कहाँबाट ल्याउने भनेर घर फर्कन लागेकी थिएँ, फेरि डाक्टरले रोके। सुरुका महिना तपाईं खर्च गर्नुस्, पछि हामी सहयोग गर्र्छौं भनेका छन्।

खोटाङ जिल्लाको दिक्तेल गाविस खाल्ले गाउँकी मेनुका खत्रीले छोरा जन्माइन्। दुईको जन्मदै मृत्यु भयो। जुम्ल्याहा दुई छोरामध्ये एकको ब्लड क्यान्सरबाट मृत्यु भयो। साढे वर्षको छोरा सन्दीप पनि सोही रोगबाट पीडित छन्। तीन छोरा गुमाउनुपरेको पीडाभन्दा मेनुकालाई ब्लड क्यान्सर रोगी छोरालाई उपचार खर्च जुटाउन नसकिरहेकोमा चिन्ताले निकै पिरोलेको छ।

गाउँमा छँदा बिरामी छोरालाई उनले धामीझाँक्रीकोमा देखाइन्। धामीले बोका काटेर साप्सी पूजा पनि गरे। निको नभएपछि कालो जन्डिस हो भन्दै अस्पताल लान सल्लाह दिए। कात्तिक महिनादेखि कान्ति बालअस्पतालमा छोराको उपचार गराइरहेकी खत्रीको उपचारको क्रममा लाख रुपियाँभन्दा बढी खर्च भइसकेको छ। उनले भनिन्- ँभएको खेतबारी बेचेर पनि खर्च पुर्याउन सकिंदैन। कहाँबाट पैंसा जुटाउने हो ? उनका श्रीमान् नेपाली सेनामा जागिरे छन्। ँउहाँको कमाइले घर्रखर्च चलाउन पनि धौ-धौ हुन्छ, उनले भनिन्- ँनिःशुल्क हुन्छ भन्छन्, अहिलेसम्म कुनै औषधि पाएको छैन।

मोरङ जिल्ला डाँगीहाट- की विमला भण्डारीले सासू-ससुराको उपचार गर्दा लागेको ऋण तिर्न नपाउँदै वर्षको छोरा सौरभलाई ब्लड क्यान्सर रोग लाग्यो। उनको झन्डै ५० हजार रुपियाँ खर्च भइसकेको छ। जग्गाको नाममा कट्ठा मात्र छ। उनको परिवारले अरुको जग्गामा खेती गरेर साँझ-बिहानको छाक टार्ने गरेको छ।

सर्लाही घर भएका -१० वर्षा मनिष नामका एक जना बालकलाई पैसाको अभावमा घर फर्काइएको कुरा स्मरण गर्दै भण्डारीले गहभरि आँसु पारेर भनिन्- ँहाम्रो पनि ऋण पत्याउँदासम्म उपचार हुने होला, नत्र...

जीवनकला, मेनुका विमला तीनै जनाले काठमाडौंको महाराजगन्जस्थित कान्ति बालअस्पतालमा आफ्ना ब्लड क्यान्सर रोगी सन्तानको उपचार गराइरहेका छन्। उनीहरुको आफ्नै खर्चमा सन्तानको उपचार गर्न सक्ने अवस्था छैन। सबै सन्तानको जीवनरक्षाका लागि उनीहरु सरकारी सहयोगको आशामा छन्।

पहुँचबाहिरको उपचार

हाम्रो समाजमा क्यान्सर रोग निको हुँदै हुँदैन भन्ने गलत विश्वास छ। तर अहिले क्यान्सरको उपचार सम्भव भइसकेको छ। कान्ति बालअस्पतालका अंकोलोजी विभागका डा. कैलाश साह समयमा रोग पत्ता लगाएर सम्बन्धित विशेषज्ञसँग ठीक समयमा उपचार गर्ने हो भने रोग निको पार्न सम्भव हुने दाबी गर्नुहुन्छ। ँजति चाँडो आयो त्यत्ति निको हुने सम्भावना बढी हुन्छ, अस्पतालका सह-निर्देशकसमेत रहनुभएका डा. साहको भनाइ - ँसमयमै उपचार गरेमा ५० प्रतिशत क्यान्सर रोगी बाँच्ने सम्भावना रहन्छ। नियमित रुपमा क्यान्सरको उपचार गर्न केटालाई वर्षर केटीलाई वर्ष लाग्ने गर्छ।

ब्लड क्यान्सरको उपचारका लागि विकिरण उपचार -रेडियोथेरापी) रसायन औषधिद्वारा उपचार -केमोथेरापी) पद्धति अवलम्बन गरिन्छ। रेडियोथेरापी पद्धतिबाट विकिरण भएको मेसिनद्वारा क्यान्सरका कोषहरुलाई सेकेर उपचार गरिन्छ भने केमोथेरापी नसाबाट औषधि दिएर शरीरमा अनियन्त्रित रुपमा बढेका क्यान्सरका कोषहरु नाश गर्ने उपचार पद्धति हो। एक पटक रेडियोथेरापी गर्दा १० देखि २० हजार रुपियाँसम्म लाग्ने गर्छ भने केमोथेरापी गर्दा एउटा भाइल औषधिलाई सयदेखि १० हजार रुपियाँसम्म पनि लाग्न सक्ने डा. साहले जानकारी दिनुभयो।       

कान्ति बालअस्पताल, वीर अस्पताल, शिक्षण अस्पताल महाराजगन्ज, भक्तपुर क्यान्सर अस्पताल, भरतपुर क्यान्सर अस्पतालमा क्यान्सरको उपचार हुने गर्छ। निजीस्तरबाट खुलेका केही ठूला अस्पतालहरुले पनि सेवा दिइरहेका छन्, तर ब्लड क्यान्सरको उपचार अत्यन्तै महँगो छ। यसका औषधिहरु पनि महँगा छन्। यसको उपचार सर्वसाधारणको पहुँचबाहिर रहेको छ। एक खुराक औषधिलाई १० हजारसम्म पनि पर्न सक्छ। उपचारमा यति नै खर्च लाग्छ भनेर किटानीका साथ भन्न नसकिने चिकित्सकहरु बताउँछन्। कान्ति बालअस्पतालले देखि लाख रुपियाँ लाग्ने जनाएको तर यसअघि उपचार गराइसकेकाहरुले भने बढीमा लाख रुपियाँसम्म पनि खर्च लागेको रोगीका अभिभावकले साधनालाई बताए। एक पटक निको