स्वास्थ्य मौलिक अधिकार वायुप्रदूषणले बिरामी बढाउँदै
 
चिन्ता हटाउने उपाय
प्रभावहीन बन्दै छन् एन्टिबायोटिक्स औषधि
शिशु विकासक्रमका चाखलाग्दा पक्ष
नग्नता अश्लील कि श्लील

सुत्केरीः रगत बगेर ज्यान जान सक्छ

ब्लड क्यान्सरः महँगो उपचार
अस्पताल बन्द भएपछि बिरामीको मृत्यु
कष्टकर समस्या पाइल्स

 

हेल्थ टिप्स
तपाँइको ..... हामो डाक्टर
मासिक राशिफल
हेल्थ न्युज

 

व्यायामसँगै खानामा ध्यान दिनु आवश्यक

जया प्रधान

विशेषगरी सहरी जीवनशैली व्यतीत गरिरहेका युवायुवती, वयष्क तथा प्रौढहरु आफूलाई चुस्त-स्फूर्त राख्ने अभिप्रायले विभिन्न प्रकारका योग, व्यायाम, खेल, प्रभातकालीन हिँडाइ (Morning Walk) जस्ता शारीरिक क्रियाकलापप्रति आकर्षित भएका देखिन्छन्। हुन सुसंगठित चुस्त शरीर रहनु स्वास्थ्यको दृष्टिकोणले पनि उपयुक्त हुन्छ। अझ परिवर्तित जीवनशैली, तनावपूर्ण जीवन, शारीरिक क्रियाकलापमा आएको सुस्तता आदि कारणबाट स्वास्थ्यमा पर्ने नकारात्मक प्रभावलाई कम गर्नमा यस्ता क्रियाकलापले ठूलो टेवा पुर्याएको हुन्छ।

शरीर स्वस्थ राख्ने उद्देश्यले गरिने कुनै पनि प्रकारका शारीरिक व्यायाम गर्दा शरीरको वनावट, स्वास्थ्यस्थिति पोषणस्तरलाई ख्याल राख्नुपर्छ। मांसपेशीको क्षमता, श्वासप्रश्वास तथा मुटुको क्रियाकलाप, शारीरिक वनावटको साथसाथै व्यक्तिको पोषणको अवस्था कुनै पनि प्रकारको सन्तुलित व्यायामबीच सामाञ्जस्य हुन जरुरत छ।

विविध प्रकारका शारीरिक व्यायामलाई निरन्तरता दिंदा पनि शरीरको तौल नघटेको, दिनभरि आलस्य सुस्त भएको, शरीर कमजोर भएको गुनासो प्रायः सुनिन्छ। शरीर, उमेर, शारीरिक अवस्था, लिंगअनुरुपको व्यायाम नभएमा, दैनिक खाने खाना सन्तुलित शरीरको आवश्यकताअनुसार शक्ति परिपूर्ति नभएमा आवश्यक मात्रामा अक्सिजन प्राप्त नहुँदा प्रायः यस्ता समस्याहरु देखिन्छन्।

जसरी दैनिक खाइने हरेक पटक -विशेषगरी तीन पटक) को भोजन शरीरको आवश्यकताअनुरुप परिमाणात्मक गुणात्मक हुनुपर्छ, त्यसरी नै दैनिक गरिने व्यायाम पनि व्यक्तिको शरीरको अवस्था अनुकूल हुन जरुरत पर्छ। दैनिक खाने खाना गरिने व्यायामबीच अन्तरसम्बन्ध हुन्छ। दैनिक गर्ने व्यायामअनुरुप सन्तुलित भोजन प्राप्त गर्न सकेमा यसबाट स्वास्थ्यमा सकारात्मक प्रभाव पर्छ।

खेलाडी तथा केही विशेष समूह -शारीरिक सुसंगठनमा लोगका व्यक्तिहरु) बाहेक प्रायजसोले शरीरको तौल घटाउन दैनिक व्यायाम गर्ने गर्छन्। विशेषगरी युवायुवतीहरु दुब्लो बन्ने तौल घटाउने उद्देश्यले व्यायाम गर्न रुचाउनुको साथै दैनिक छाक छोड्ने, विविध खानेकुराहरु खानामा संलग्न नगर्ने वा परहेज गर्ने गर्छन् भने अर्कोतिर वयष्क तथा प्रौढले तौल घटाउन व्यायाम गरे तापनि दैनिक खाइने खानामा कुनै सतर्कता अपनाएको देखिंदैन। यी दुवै स्थितिमा व्यायामको कुनै औचित्य रहँदैन, उल्टो स्वास्थ्यस्थिति खस्किन्छ।

कुनै पनि शारीरिक व्यायामको लागि थोरै वा धेरै शक्तिको आवश्यक पर्छ। व्यायाम गर्दा वा कुनै पनि शारीरिक क्रिया गर्दा शरीरमा सञ्चित रहेको शक्ति नै खर्च हुन्छ। साधारण अवस्थामा भन्दा व्यायाम गर्दा थप शक्ति जरुरत पर्छ। शरीरमा शक्ति सञ्चित नरहेको अवस्थामा खानाबाट पनि पूर्ति हुन नसकेको अवस्थामा शक्तिको अभाव भई थाक्ने आलस्य बढ्ने हुन्छ। त्यसकारण शरीरको अवस्थाअनुरुप उपयुक्त व्यायामको साथसाथै दैनिक खाने खानामा शक्ति दिने पौष्टिक तत्त्वको परिमाण पनि व्यवस्थित गर्नुपर्छ।

व्यायामको लागि आवश्यक पर्ने शक्तिको प्रमुख स्रोत पनि कार्बोहाइड्रेट हो। शरीरले खानाबाट प्राप्त गरेको कार्बोहाइड्रेट ग्लुकोजको रुपमा रगतमा ग्लाइकोजिन (Glucogen)को रुपमा मांसपेशी एवम् कलेजोमा जम्मा हुन्छ। ग्लाइकोजिन शक्तिको सञ्चित रुप हो। आवश्यक परेको समयमा यही ग्लाइकोजिन अक्सिडेसन भई शक्ति प्रदान गर्छ।

एक साधारण, स्वस्थ, सक्रिय व्यक्तिको दैनिक भोजनमा विशेषगरी जटिल प्रकारको कार्बोहाइड्रेटबाट ५५ देखि ६० प्रतिशत क्यालोरी शक्ति प्राप्त हुन्छ। यस प्रकारको कार्बोहाइड्रेट शरीरभित्र बिस्तारै टुक्रने हुनाले यसले रगतमा चिनीको परिमाण सन्तुलित राख्न मद्दत गर्छ। यसबाहेक शरीरमा आवश्यकभन्दा बढी कार्बोहाइड्रेट भएमा ग्लाइकोजिनको रुपमा कलेजोमा जम्मा हुन्छ, जुन शरीरको आवश्यकताअनुसार शक्ति दिने कार्यमा खर्च हुन्छ।

चिल्लो पदार्थको परिमाण साधारण अवस्थामा जस्तै कुल प्राप्त हुने क्यालोरीको २५ देखि ३० प्रतिशत हुनुपर्छ। तौल घटाउने अभिप्रायले व्यायाम गर्दा प्रायजसोले दैनिक भोजनमा चिल्लो पदार्थको परिमाण ज्यादै कम गर्छन्। यसरी भोजनमा चिल्लो कम गर्दा चिल्लोमा घोलिने भिटामिनहरु शरीरमा राम्ररी सदुपयोग नहुने स्थिति आउँछ। साथै केही हर्मोनहरु बन्न नसक्ने हुन्छ। अझ महिलाको शरीरमा चिल्लो पदार्थ १८ प्रतिशतभन्दा कम भएमा स्वास्थ्यमा नकारात्मक असर पर्न सक्छ। मांसपेशी तन्तुमा जम्मा भएको ग्लाइकोजिन साधारण व्यायामबाट पनि शक्तिमा परिणत हुन्छ तर जम्मा भएको चिल्लो पदार्थ शक्तिमा रुपान्तरण गर्न अक्सिजन आवश्यक पर्छ। अक्सिजन प्राप्त हुने किसिमको व्यायाम (Aerobic exercise) बाट मात्र सञ्चित चिल्लो पदार्थ अक्सिडेसन भएर शक्ति दिन्छ।

साधारणतया व्यायाम गर्दा प्रोटिनको दैनिक आवश्यकता बढाउन जरुरी छैन। कुल क्यालोरीमध्ये १० देखि १५ प्रतिशत शक्ति प्रोटिनबाट प्राप्त हुनुपर्छ। शरीरमा कार्बोहाइड्रेट अभाव