Index

रक्सीः रमाइलोभन्दा बिस्मात बढी
मनतातो तेलबाट कपालको स्याहार
गम्भीर स्वास्थ्य समस्या बन्दै मोटोपन
बालमृत्युको मुख्य कारण निमोनिया
परीक्षामा सफल हुन खाना व्यवस्थापन
पुरुषको स्तन बढ्ने समस्या र यौनजीवनमा प्रभाव
महिलाको पिसाब चुहिने समस्याको उपचार
अनुहार कुरुप बनाउने सोराइसिसको उपचार
बहुउपयोगी आलस
सस्तो गुणस्तरीय सेवा दिँदै धुलिखेल अस्पताल
नेपालमा मिर्गौला रोगीको उपचार
थाइराइडको गडबडीले हुने गम्भीर आँखारोग
तपाईंको घरमा हाम्रा डाक्टर
राशिफल
हेल्थ न्युज
 

 

 

महिलाको पिसाब चुहिने समस्याको उपचार 

 जुनु भट्टर्राई

hellojunu@gmail.com

चार छोरी एक छोराकी आमा दोलखाकी देवकुमारी खड्कालाई पिसाब चुहिने समस्याले सताउन थालेको करिब वर्षभइसकेको पिसाब फर्ेर्ने इच्छा भएपछि पिसाब फर्ेन बस्नै नपाई पिसाब चुहिने समस्याले उनी हैरान छन् ँसुरु-सुरुमा बच्चाको आमालाई यस्तो समस्या सामान्य हो भन्ने ठान्थें तर पछि यसले निकै समस्यामा पार्यो गाउँकी स्वास्थ्य कार्यकर्ता नानीले यसको उपचार हुने बताएपछि यहाँ आएकी हुँ’, केही दिनअघि प्रसूति गृहमा भेटिएकी खड्काले साधनासँग भनिन्

खड्काको जस्तै समस्या बोकेर आएकी अर्की महिला हुन् झापाकी भवानी अधिकारी झापामै प्राइभेट कम्पनीमा कार्यरत उनले पिसाब चुहिने समस्याले आफ्नो काम दैनिक जीवनमा धेरै असर पुर्याइरहेको बताइन् ँहाच्छ्यूँ गर्दा होस् या खोक्दा, मेरो पिसाब नै अडिँदैन’ -उनले भनिन् अर्की एक महिलाले श्रीमान्सँग सहवासको समयमा पनि थाहै नपाई पिसाब छ्वाल्लै भइहाल्ने बताइन् ँश्रीमान्ले मेरो समस्या बुझेर मलाई उपचारको लागि यहाँ पठाउनुभएको हो’ -उनले भनिन्

यी महिलाका समस्याहरु पिसाब चुहिने समस्याबाट ग्रसित केही महिलाका उदाहरणहरु मात्र हुन् उनीहरुजस्ता हजारौं महिला यो समस्याबाट ग्रस्त बनिरहेको चिकित्सकहरु बताउँछन् पिसाब चुहिने समस्याको उचित निदान उपचार हुन नसक्नाले महिलाले ठूलो सामाजिक, शारीरिक एवम् मानसिक कष्ट भोग्नुपरेको पाइएको

पिसाब किन चुहिन्छ ?

वरिष्ठ युरोलोजिस्ट डा. अर्जुनदेव भट्टका अनुसार पिसाब चुहिने समस्याको कारण एउटै हुँदैन पिसाब चुहिनुका पनि धेरै कारणहरु हुन्छन् र्सवप्रथम के कारणले पिसाब चुहिएको भन्ने विषयमा विश्लेषण गर्नु जरुरी सामान्यतया पिसाब नफेरेको अवस्थामा मूत्रथैलीमा भएको प्वालबाट पिसाब बाहिर निस्कनु नै पिसाब चुहिने समस्या हो मूत्रनली ज्यादै भरपर्दो मांसपेशीले बनेको हुन्छ यही मांसपेशीले आवश्यकताअनुसार पिसाब सञ्चय गर्ने निष्कासन गर्ने गर्छ

डा. भट्ट भन्नुहुन्छ- ँजब मूत्रथैली वा त्यहाँ भएका स्नायुहरुको त्रुटिले वा मूत्रनलीको खराबीले  पिसाब सञ्चय गर्ने कार्यमा बाधा पुग्छ तब पिसाब चुहिन्छ कुनै-कुनै अवस्थामा महिलाको पिसाबथैली तलतिर झरेर, पिसाब नली हल्लिएर वा दोब्रिएर पनि पिसाब चुहिने समस्या देखा पर्छ तर सबै अवस्थामा यही कारण लागू नहुने डा. भट्टको कथन

बढ्दो कामको चापः पिसाब चुहिने समस्या

धेरैजसो महिला जुरुक्क उठ्दा, हाँस्दा, टुसुक्क बस्दा, हाच्छ्यूँ गर्दा, धेरै गह्रौं भारी उचाल्दा, यौनसर्म्पर्क गर्दा एक्कासि पिसाब चुहिएको अनुभव गर्छन् यो महिलाको मूत्रनलीभित्र एक्कासि परेको चापका कारण उत्पन्न भएको समस्या हो डा. भट्टका अनुसार जब महिलाको मूत्रथैलीको फेद तथा तल्लो पेटको समतल भाग बढी हल्लिन्छ, त्यस बेला यस्तो समस्या देखा पर्ने गर्छ गह्रौं भारी उठाउँदा वा तल्लो पेटलाई बढी चाप हुने खालको कार्य गर्दा एक्कासि पेटभित्र मूत्रनलीभित्र चाप वृद्धि हुन्छ त्यही समयमा अस्थिर मांसपेशी भएको मूत्रनली हल्लिएर मूत्रद्वारको मुख खोलिन्छ पिसाब चुहिन पुग्छ

करिब ५० प्रतिशत महिलामा पिसाब चुहिनाको कारण चापसँग सम्बन्धित नै हुन्छ कामकाजी महिला हुन् या गृहिणी, यस्ता समस्याले ग्रसित महिलाहरु शारीरिकरुपमा मात्र ग्रसित नभई मानसिकरुपमा पनि उत्ति नै पिरोलिइरहेका हुन्छन् कुन बेला आफ्नो पिसाब चुहिने समस्या देखा पर्ने हो भनी उनीहरु त्रसित भइरहेका हुन्छन् त्यसैले यस्तो समस्या ननिम्तियोस् भनी छिन्-छिन्मै पिसाब फर्ेन बसिहाल्ने गर्छन् डा. भट्टका अनुसार चापसँग सम्बन्धित पिसाब चुहिने अवस्थामा महिलाको मूत्रथैलीमा पूरा पिसाब भरिन पाउँदैन महिलाले पिसाब चुहिने डरले मूत्रथैलीमा थोरै पिसाब जम्मा हुनासाथ पिसाब फर्ेन जाने गर्छन् यसको कारण छिन्-छिन्मा पिसाब फर्ेर्नुपर्ने बानी नै बसी धेरै हैरानी बेहोर्नुपर्ने हुन्छ

पिसाबथैलीको क्रियाशीलताः पिसाब चुहिने समस्या

जब मानिसमा पिसाब फर्ेर्ने इच्छा हुन्छ त्यति बेला नै पिसाब फर्ेन अर्समर्थ पनि हुन सक्छ काम गरिरहेको अवस्थामा होस् या हिँडिरहेको अवस्थामा, जुनसुकै समयमा पनि पिसाब आउन सक्छ सामान्यतया मानिसमा केही समय पिसाब रोक्न सक्ने क्षमता हुन्छ तर पिसाब चुहिने समस्या भएका महिलामा भने पिसाब फर्ेर्ने इच्छा हुनेबित्तिकै पिसाब चुहिन थाल्छ, जति रोक्ने प्रयास गरे पनि रोक्न सकिंदैन पिसाब चुहावट नियन्त्रणबाहिर जान्छ

डा. भट्टका अनुसार पिसाब रोक्न नसक्नुको एक प्रमुख कारण पिसाबथैली अति क्रियाशील ९इखभच ब्अतष्खभ० हुनु हो यस अवस्थामा सम्पूर्ण पिसाब छ्वाल्लै जान सक्छ वा दुइ  सामान्य पिसाब फेराइको बीचमा धेरै चोटि केही मात्र पिसाब चुहिएर जान सक्छ बढी उमेर भएका महिलामा पिसाबथैली अति क्रियाशील हुने गर्छ पिसाब रोक्नै नसक्ने महिलामध्ये लगभग २० देखि ३० प्रतिशतमा यो अवस्था देखा पर्ने गर्छ

पिसाब चुहिनु एक जटिल अवस्था हो कसै-कसैमा पटक-पटक गरी थोरै पिसाब चुहिने गर्छ भने कसै-कसैलाई झन् छ्वाल्लै पिसाब जाने हुन्छ जति रोक्न खोजे पनि आफ्नो नियन्त्रणबाहिर आउने हुनाले यस्ता समस्या भएका महिलामा भय आतंकित मानसिकता सृजना हुन सक्ने डा. भट्ट बताउनुहुन्छ भय आतंकित मानसिकता भएपछि पिसाब चुहिने सम्भावना झनै बढी देखिन्छ त्यसैले राम्रो परामर्शदातासँग परामर्श लिनुपर्ने डा. भट्टको सुझाव

पिसाब चुहिने समस्याले क्यान्सर पनि हुन सक्छ

पिसाब चुहिने रोग धेरै महिलामा पाइन्छ यो समस्यालाई समयमै व्यवस्था गर्न नसक्दा लखौं महिलाको स्वास्थ्यस्थिति निकै जटिल बन्दै गइरहेको त्यही जटिल अवस्थामध्ये एक अवस्था हो मूत्रथैलीमा क्यान्सर डा. भट्टका अनुसार यदि केही महिलामा पटक-पटक पिसाबको संक्रमण -इन्फेक्सन) भएको भने त्यहाँ क्यान्सर ९ऋबचअष्लom कष्तग० को सृजना भएको हुन सक्छ जुन पिसाबथैलीको स्लेस -तह) मा देखिने गर्छ पटक-पटक पिसाबको इन्फेक्सनबाट मूत्रथैलीमा भएका तहहरुमा परिवर्तन आई उक्त क्यान्सर देखा पर्छ यसको समयमै निदान हुन नसके बिस्तारै बढ्दै गई दर्ीघरोग बन्न सक्छ

त्यसैले समयमै पिसाब चुहिने समस्याको निदान गरी उपचार गर्नु अति आवश्यक हुन्छ समयमै उपचार हुन सकेमा क्यान्सरबाट बच्ने मात्र होइन, पिसाब चुहिने समस्याबाट समेत मुक्त भई स्वस्थताका साथ बाँच्न सकिन्छ

गलत धारणाले समस्या जटिल बन्ने

पिसाब चुहिने समस्या धेरै महिलामा हुन्छ विभिन्न तथ्यांकअनुसार २० वर्षनाघेका महिलामध्ये करिब २५ प्रतिशतलाई यो समस्या देखा पर्छ नेपाली महिलामा यो रोगको अवस्था कस्तो भन्ने  विषयमा कुनै खास तथ्यांक पाइँदैन खासगरी महिलामा हुने पिसाब चुहिने समस्यालाई महिला आफैं समाजले पनि खुलारुपबाट प्रकाशमा ल्याउन नहुने विषय सम्भिmनाले पनि यो समस्या झन् जटिल हुन पुगेको

यो समस्यालाई बेवास्ता गर्दा लाखौं नेपाली महिलाको स्वास्थ्य सामाजिक स्थिति कमजोर हुन सक्छ पिसाब चुहिने समस्या खासगरी पाको उमेरमा प्रवेश गर्न सुरु गरेका महिलामा धेरै देखिन्छ यो समस्या कडा कसरत वा दैनिक गाह्रो काम गर्ने तथा धेरै बच्चा जन्माएका महिलामा अन्यको तुलनामा बढी देखिने गर्छ

महिनावारी सुक्ने अवस्था पुगेका महिलामा पनि पिसाब चुहिने समस्या आउन सक्छ यस उमेरका महिलामा हर्मोन शक्ति कम हुँदै जाने भएकाले मूत्रथैलीमा थोरै चाप पर्नासाथ मूत्रनली हल्लिने हुन्छ यसले गर्दा पिसाबथैलीमा पिसाब अनियन्त्रित भई बाहिर निस्कने हुन्छ तर नारी हर्मोनको प्रयोगबाट पिसाब चुहिनुमा कमी भएको भने पुष्टि हुन सकेको छैन तौल उचाइसँग मेल नखाने वा उचाइको अनुपातमा तौल बढी भने त्यस्ता महिलामा पनि पिसाब चुहिने समस्या देखिने सम्बन्धित विशेषज्ञहरु बताउँछन्

डा. भट्टका अनुसार यदि महिलाको उचाइसँग मेल खाने तौल भने त्यस्ता महिलामा पिसाब चुहिने समस्या अपेक्षाकृत कम हुन्छ बढी तौल भएका महिलाले जर्याकजुरुक गर्दा मात्रै पनि पेटको भागले मूत्रथैली थिचिइने पिसाब नियन्त्रण नभई चुहिने गरेको डा. भट्ट बताउनुहुन्छ शरीरको तौल जस्तो भए पनि शल्यक्रियाद्वारा पाठेघर निकालेका महिलामा पनि यो समस्या बढी देखिने गर्छ कतिपय महिलाले पिसाब चुहिने समस्यालाई सामान्य ठान्ने बच्चा जन्मिएपछि स्वाभाविक रुपमा यस्तो हुन्छ भन्ने गलत सोचाइले गर्दा समस्या झन् जटिल बन्ने गर्छ यो समस्यालाई समयमै उपचार गर्ने प्रयास गरेमा पूरै निको पार्न सकिने डा. भट्टको भनाइ

समयमै उपचार गरौं

सामान्यतया पिसाब चुहिने समस्याको समाधान हुन्छ तर धेरै जटिल अवस्था भएमा पूरै उपचार हुन नसके पनि धेरै हदसम्म उपचार हुन सक्छ जसलाई शरीरको उचाइसँग मेल खाने तौल नभएर वा तौल बढी भएर समस्या देखिएको हो, उसले आफ्नो तौल कम गर्ने कोशिश गर्नुपर्छ साथै पिसाब इन्फेक्सन हुन नदिने, यदि भइहालेमा समयमै उपचार गराउने, कसैको हर्मोनको कमीले समस्या देखिएको हो भने चिकित्सकको सल्लाहअनुसार हर्मोन शक्ति बढाउने खानेकुरा वा औषधि सेवन गर्नुपर्छ शारीरिक व्यायाम गर्दा मूत्रनली बलियो बनाउन मूत्रनलीलाई तन्काउने-खुम्च्याउने जस्ता अभ्यास गर्नाले पनि समस्याबाट बच्न सकिन्छ

यी सबै कुरा गर्दा पनि नभएमा शल्यक्रियाद्वारा उपचार गराउन सकिन्छ शल्यक्रियामध्ये सबैभन्दा प्रभावकारी अप्रेसनमा पिसाबको नलीको तल्लो भागमा कृत्रिम जाली राखी पिसाबको नलीलाई बलियो बनाउने विधि हो यसले पिसाबको नलीलाई यताउति हुन दिंदैन पिसाब चुहिने समस्या सधैँ सामान्य हुँदैन यस्तो समस्यालाई आफूभित्र मात्रै सीमित राख्ने आफन्त, नातेदार, साथीभाइको सर्म्पर्कमा आउन शंकोच मान्ने गरेको पाइन्छ, जुन एकदमै गलत हो यसको उपचार सम्भव हुने भएकाले समयमै उपचार गराएर स्वस्थ जीवन जिउनेे प्रयत्न गर्नुपर्छ

 

 [Kamanaa] [Sadhana] [Nepal Samacharpatra] [Mahanagar]] [Contact Us]


Copyright 2003-2010 newsofnepal
newsofnepal is the internet venture of Kamana News Publications
No content available in newsofnepal may be reused in anyway without written permission.