Index

रक्सीः रमाइलोभन्दा बिस्मात बढी
मनतातो तेलबाट कपालको स्याहार
गम्भीर स्वास्थ्य समस्या बन्दै मोटोपन
बालमृत्युको मुख्य कारण निमोनिया
परीक्षामा सफल हुन खाना व्यवस्थापन
पुरुषको स्तन बढ्ने समस्या र यौनजीवनमा प्रभाव
महिलाको पिसाब चुहिने समस्याको उपचार
अनुहार कुरुप बनाउने सोराइसिसको उपचार
बहुउपयोगी आलस
सस्तो गुणस्तरीय सेवा दिँदै धुलिखेल अस्पताल
नेपालमा मिर्गौला रोगीको उपचार
थाइराइडको गडबडीले हुने गम्भीर आँखारोग
तपाईंको घरमा हाम्रा डाक्टर
राशिफल
हेल्थ न्युज
 

-

पुरुषको स्तन बढ्ने समस्या र यौनजीवनमा प्रभाव

 डा. राजेन्द्र भद्रा

१९ वषीय किशोर हुँ   १३-१४ वर्षो उमेरमा मेरो स्तनको मुन्टोमा केही भएको जस्तो लाग्यो तर सुरुमा मैले वास्ता गरिनँ थिचेको बेलामा कहिलेकाहीँ दुख्थ्यो डाक्टरलाई देखाउँदा स्वतः हराएर जाने कुरा बताएका थिए १५-१६ वर्षो भएको बेला थिचेर निकाल्ने प्रयास गरें तर काम लागेन   त्यसो गरेमा मुन्टो अझै ठूलो हुन्छ भन्ने सुनें त्यसकारण मैले त्यसो गरिनँ मलाई महिला हुने हुँ कि भन्ने डर लाग्यो त्यस बेलाको भन्दा अहिले स्तन केही ठूलो भएको , त्यति धेरै होइन तर र्सट आदि लगाउँदा सजिलै थाहा पाउन सकिन्छ यसले गर्दा मैले मेरो व्यक्तित्त्व नै हराएको महसुस गरेको छु मलाई यो के भएको हो - यो निको पार्न सकिने उपाय बताइदिनुभए आभारी हुने थिएँ

- अभिषेककुमार शर्मा

के पुरुषको पनि स्तन हुन्छ ?

स्तन भन्नासाथ सामान्यताया महिलाको नै सम्झने गरिन्छ तर पुरुषमा स्तन विकसित नभए पनि स्तनका तन्तुहरू हुन्छन् महिलाको छातीमा रहेका विशेष ग्रन्थिले शिशुको पोषणको लागि आवश्यक दूधको उत्पादन गर्छ स्तन यौनको दृष्टिकोणले पनि एकदम महत्त्वपूर्ण अंग हो पुरुषको मुन्टो वरिपरिको भाग यौन संवेदनशील हुन सक्छ बाल्यकालमा केटा केटीको स्तन उस्तै हुने भए पनि किशोरावस्था पुगेपछि हर्मोनको प्रभावले केटीहरुमा स्तनको विकास तीव्र गतिमा हुन थाल्छ तर केटामा भने त्यस्तो हुँदैन

पुरुषमा स्तन ठूलो हुने यस्तो अवस्थालाई अंग्रेजीमा गाइनेकोमस्टिया (Gynecomastia )भनिन्छ यो शब्द ग्रिक भाषाका दुइ  वटा शब्द (Gyne जसको अर्थ महिला Mastos  जसको अर्थ स्तन हुन्छ) मिलेर बनेको तर व्यावहारिक रुपमा यस शब्दको अर्थ पुरुषहरूमा असामान्य रुपमा स्तन ठूलो हुनुलाई नै बुझाउँछ

पुरुष स्तन यौनिकता

महिलाको हकमा विकसित स्तनले यौन आकर्ष बनाउँछ, त्यसैले महिला स्तन वा वक्षस्थललाई सक्दो उन्नत बनाउन प्रयासरत रहन्छन् कतिपय यसलाई आत्मसम्मानको कुरा ठान्छन् स्तनको विषयमा महिलामा स्वास्थ्यभन्दा सुन्दरताको कारणले बढी चिन्ता गरिने कुरा पाइएको पुरुषमा भने कुरा केही फरक उन्नत वक्षस्थल वा स्तनले महिला वा नारित्वलाई चिनाउँछ, शायद त्यसैले होला पुरुषमा विकसित स्तन हुनुलाई नकारात्मक रुपमा लिइन्छ

स्तन ठूला भएका पुरुषलाई असामान्य पुरुषको रुपमा लिइन्छ पुरुषमा स्तन बढ्ने कुराले साथीभाइमाझ लाजको कुरा हुन्छ यसलाई सक्दो लुकाउने गरिन्छ त्यसैले उनीहरू र्सार्वजनिक स्थलमा शरीरको माथिल्लो भाग नग्न पार्दैनन् र्सट वा शरीरको माथिल्लो भागमा लगाइने लुगा पनि निकै नै खुकुलो लगाउँछन् कतिले स्तन विकसित हुन नपाओस् भनेर पट्टी नै बाँध्ने गर्छन् भने कतिले निचोर्ने पनि गर्छन् शरीरको माथिल्लो भाग नग्न पार्नुपर्ने खेल वा पौडी खेल्न पनि प्रायः जाँदैनन्

आफूमा भएको विकसित स्तनको कारणले कुनै युवतीसँग गहिरो सम्बन्ध बनाउन पनि हिचकिचाउँछन् त्यसैले उनीहरूको यौनअनुभव हुने सम्भावना पनि न्यून हुने गर्दछ मनभित्र यौनेच्छा वा प्रेमसम्बन्ध बढाउने चाहना भए पनि युवतीले स्तनको कुरालाई लिएर के-कस्तो ठानिदिने हो भनेर चिन्ताले नै अघि बढ्न दिँदैन कतिपय अवस्थामा पुरुषको स्तन बढेको कारण गम्भीर प्रकृतिको हुन सक्छ यौनेच्छा सामान्यरुपमा नहुन सक्ने स्थिति रहन सक्छ भन्ने कुरा बिर्सनु हुन्न

पुरुषमा स्तन किन बढ्छ ?

४० देखि ६० प्रतिशत पुरुषहरूले कुनै कुनै बेला स्तन बढेको अनुभव गरेका हुन्छन् यसरी स्तन ठूलो हुने सम्भावित कारणहरुमा किशोरावस्था प्रवेशसँगैको परिवर्तन, स्टेरोइड औषधिको दुरुपयोग, मोटोपन, टयुमर, वंशाणुगत खराबीहरू, कतिपय औषधिका नकारात्मक असरहरू, उमेर बढ्नुजस्ता अनेक कारणहरू पर्छन् मूलभूतरुपमा भन्नुपर्दा धेरैजसो स्थितिमा सामन्यरुपमा पाइने हर्मोनको मात्रामा भएको गडबडी तथा त्यसले स्तनको तन्तुमा पारेको असरले यस्तो हुने गर्छ स्तन यसरी बढ्ने स्थिति किशोरावस्थाका केटाहरूमा निकै देखिन्छ थुप्रै कारणहरू भए पनि छोटकरीमा भन्नुपर्दा यस्तो हुनुको कारण इस्ट्रोजन हर्मोनको मात्रा रगतमा बढी हुनु, महिला तथा पुरुष हर्मोनको बीचको आनुपातिक सन्तुलनमा गडबडी हुनु वा अन्य कुनै शारीरिक खराबी वा औषधिको प्रयोगले हर्मोनको असन्तुलन हुनु हो

कतिपय स्थितिमा सामान्य शरीरक्रियामै भएको असन्तुलनले यस्तो गराउँछ नवशिशुमा आमाको हर्मोनको प्रभावले स्तन बढेको देख्न सकिन्छ तर यस्तो अवस्था केही हप्तामै कम भएर जान्छ किशोरावस्थामा स्तन बढ्ने

(Pubertal Gynaecomastia) पनि अण्डकोषबाट उत्पादन हुने महिला हर्मोन पुरुष हर्मोनको आनुपातिक रुपमा बढी हुन जान्छ

शरीरमा भएका अन्य खराबी वा विकृतिका कारणले वयष्क वा पाको उमेरका पुरुषलाई पनि स्तन बढ्ने समस्याले सताउन सक्छ हर्मोनयुक्त औषधि वा हर्मोनको कार्यलाई प्रभावित गर्ने औषधिको प्रत्यक्ष वा अप्रत्यक्ष सेवनले पनि स्तनमा वृद्धि गराउन सक्छ

किशोरमा स्तन बढ्नु

किशोरहरूमा यसरी स्तन बढ्ने स्थितिलाई अंग्रेजीमा प्युबर्टल गाइनेकोमास्टिया (Pubertal Gynecomastia )भनिन्छ सरदर १४ वर्षो उमेरसम्मका करिब ३८ प्रतिशत किशोरहरूमा यस्तो हुने देखिन्छ   धेरैजसोमा मुन्टोको वरिपरिको कालो भाग एरिओला (Areola) को मुनितिर केही दुख्ने किसिमका तन्तुहरु बढेका हुन्छन् तर कसै-कसैमा यो महिलाको स्तनजस्तै हुन्छ अन्य अन्तःश्रावी ग्रन्थिको खराबीकोे कारणले किशोरावस्थामा समस्या हुने भए पनि विरलै मात्र देखिन्छ

करिब सेमिसम्म बढेका स्तनका तन्तु ७५ प्रतिशत जति किशोरहरूमा कुनै उपचारविना आफैं हराएर जान्छन् वर्षभत्रमा करिब ९० प्रतिशतमा यी लक्षणहरू आफैं केही महिनामा वा किशोरावस्था सकिएपछि हराएर जान्छन् तर बाँकी १० प्रतिशत -जसको स्तन ठूलै रहन्छ) लाई भने मानसिक तथा सामाजिक रुपमा पनि समस्या परेको हुन सक्छ लाज लाग्ने, उत्पीडन, अपमानको साथै आफैंलाई घृणा गर्नेजस्ता कतिपय कुरा पनि हुन्छन् व्यक्तित्व नै हराएको जस्तो लाग्ने पनि हुन सक्छ

केही किशोरहरूको छातीमा बोसो बढी हुन गएको कारणले पनि स्तन बढेको जस्तो देखिन्छ तर वास्तवमा स्तन बढेको हुँदैन

रोगको कारणले स्तन बढ्नु

शरीरमा भएका विभिन्न रोग वा खराबीका कारणले इस्ट्रोजन वा टेस्टेस्टेरोन हर्मोनको प्रभावमा असन्तुलन हुन सक्छ यस्तो कि इस्ट्रोजनको उत्पादन बढी हुने कारणले वा टेस्टेस्टेरोन हर्मोनको कमी वा त्यसको प्रभावमा कमी हुने भएर हुने गर्दछ यस्तो हुनुमा विभिन्न जन्मजात समस्या हुन सक्छन् त्यसैगरी अण्डकोषको भाइरल संक्रमण, अण्डकोषमा लागेको गम्भीर चोटपटक, मिर्गौलाको खराबीजस्ता समस्याले पनि यस्तो गराउन सक्छ

इस्ट्रोजनको उत्पादन बढी हुनुमा कलेजोको सिरोसिस, थाइराइड ग्रन्थिको खराबी, थाइरोटक्सिकोसिस (Thyrotoxicosis) , एडे्रनल ग्रन्थिको क्यान्सर वा अन्य खराबीजस्ता कारण पनि हुन सक्छन्

औषधिको प्रयोगले पुरुष स्तन बढ्नु

अन्य कुनै रोग वा खराबीको उपचारको लागि प्रयोग गर्ने औषधिको असरको कारणले पनि स्तन बढ्ने हुन सक्छ मानिसले प्रयोग गर्ने कतिपय औषधिमा महिला हर्मोनको जस्तै गुण भएका रसायन हुन सक्छन् इस्ट्रोजनको उत्पादन बढाउने क्लोमिफेन होस् वा टेस्टेस्टेरोन हर्मोनको उत्पादनमा कमी ल्याउने स्पाइरोनोल्याक्टोन वा केटोकोनाजोल, यस्ता औषधिका उदाहरण हुन्

कतिपय स्थितिमा यस्ता औषधिको प्रयोग गरिएका पशुपक्षीबाट उत्पादित खाद्यपदार्थ पनि हामीले अप्रत्यक्षरुपमा सेवन गर्न पुग्छौं भन्ने कुरालाई पनि बिर्सनु हुन्न यसले पनि स्तन बढाउन सक्छ अचेल एनाबोलिक स्टेरोइड प्रयोग गर्ने शारीरिक सुगठनकर्ता (Body Builder) को पनि स्तन बढ्ने समस्या देखिन सक्छ

पुरुषमा स्तन वृद्धिको निदान उपचार

रोगको निदान अर्थात् रोग के हो वा के कारणले भनेर पत्ता लगाउनु उपचारको लागि आवश्यक यसको लागि चिकित्सकको सहयोग लिनुपर्ने हुन्छ चिकित्सकले यो समस्याको इतिहासदेखि, कुनै औषधिको प्रयोग, खानपानदेखि जीवनशैलीसम्बन्धी अनेक प्रश्न सोध्न सक्छन् धेरैजसो स्थितिमा रोगको इतिहास तथा शारीरिक परीक्षणबाटै समस्याको निदान गर्न सकिन्छ किशोरावस्थाको कारणले स्तन वृद्धि भएको स्थितिमा थप जटिल परीक्षण गरिराख्नु आवश्यक छैन

तर कतिपय स्थितिमा वास्तविक कारण थाहा पाउन विभिन्न परीक्षण गराउनुपर्ने हुन सक्छ स्तनको वृद्धिको कारण थाहा पाउन स्तनको म्यामोग्राफी, अल्ट्रासोनोग्राफी, सिटीस्क्यान जस्ता परीक्षणको साथै स्तनको बढेको तन्तुबाट सानो र्सर्ुइले कोषिकाहरू निकालेर कोषको सूक्ष्म अध्ययन गर्नुपर्ने हुन्छ समस्या स्तनमा भए पनि थाइराइड ग्रन्थि, अण्डकोषको परीक्षण गर्नुपर्ने हुन्छ त्यसबाहेक कलेजो वा मूत्र प्रणाली -मिर्गौला) मा केही खराबी कि भनेर पनि परीक्षण गर्नुपर्ने हुन्छ साथै आवश्यक परेमा हर्मोनको मात्रा हर्ेन रगतको परीक्षण पनि चिकित्सकले गराउन सक्छन्

रोग वा समस्याको निदानअनुसार नै उपचार गरिन्छ किशोरावस्थाको कारणले स्तन वृद्धि भए पनि यदि सेमिभन्दा बढीको भने पूरै मात्रामा हराएर नजान सक्छ यस्तो स्थितिमा शल्यचिकित्साको सहयोग लिनुपर्ने हुन्छ यसको लागि शल्यचिकित्सकसँग सर्म्पर्क राख्नुपर्ने हुन्छ

यदि औषधिको प्रत्यक्ष वा अप्रत्यक्षरुपमा सेवन हुन गएको स्थितिमा त्यसै अनुरुप व्यवस्थापन गर्नुपर्ने हुन्छ कतिपय स्थितिमा चिकित्सकले अवस्थाको मूल्याड्ढन गरेर इस्ट्रोजन वा टेस्टेस्टेरोनको उत्पादन वा प्रभावमा असर पार्ने किसिमको विभिन्न औषधि पनि सेवन गर्न दिन सक्छन्

यौनिकतामा भएका समस्याको समाधान

कुनै पुरुषमा स्तन ठूलो हुँदा यौनसम्बन्धी मनमा अनेक कुरा खेल्न थाल्छन्् त्यसैले यसको व्यवस्थापन जरुरी विशेष गरेर पुरुषत्व हराउने भय हुन सक्छ किशोरावस्थाको बेलामा हुने यो समस्या आफैं कम भएर जाने भएको हुनाले शरीरको ँविम्बप्रति सामञ्जस्यता आइहाल्छ कतिपयले हल्का ठूलो स्तन भएर पनि सामान्यरुपमा लिएका हुन्छन् तर शारीरिकरुपमा स्तन सानो पारिएपछि त्यससम्बन्धी समस्या पनि कम हुने नै भए तर कतिपय रोगको स्थिति या त्यसमा प्रयोग गरिने औषधिका कारणले यौनेच्छामा नै नकारात्मक असर पार्न सक्छ यस्तो बेला वैकल्पिक औषधि खानुपर्ने हुन्छ कारण हटाएपछि समस्याको समाधान हुन्छ नै

शारीरिकरुपमा शल्यचिकित्साबाट स्तनको आकारलाई कम गरे पनि यसरी स्तन ठूलो हुनुले परेको मानसिक पक्षहरूमा पनि सामञ्जस्यता ल्याउन विचार गर्नुपर्ने हुन्छ स्तन ठूलो हुँदैमा जीवन नै बर्बाद हुने होइन त्यसैले अनावश्यकरुपमा निराश हुनुको सट्टा अब स्तनलाई कसरी सानो बनाई जीवनलाई सकारात्मक पक्षतिर लाने भन्ने विचार गर्नु आवश्यक हुन्छ अनावश्यकरुपमा निराश हुनुको सट्टा यसको उपचारतिर ध्यान दिन्ुपर्छ

वयष्क वा पाको उमेरमा स्तन ठूलो हुनुले मात्र समस्या देखाउँदैन तर यसले शरीरमा कुनै गम्भीर असर परेको संकेत गरेको हुन सक्छ शरीरमा कुनै गम्भीर समस्या पर्नुले प्रत्यक्ष वा परोक्षरुपमा यौनजीवनलाई असर गर्न सक्छ त्यसैले सही निदान उपचारका लागि प्रयास गर्नुपर्छ, जसले गर्दा यौनआनन्द मजाले उठाउन सकियोस्

 

 [Kamanaa] [Sadhana] [Nepal Samacharpatra] [Mahanagar]] [Contact Us]


Copyright 2003-2010 newsofnepal
newsofnepal is the internet venture of Kamana News Publications
No content available in newsofnepal may be reused in anyway without written permission.