Index

रक्सीः रमाइलोभन्दा बिस्मात बढी
मनतातो तेलबाट कपालको स्याहार
गम्भीर स्वास्थ्य समस्या बन्दै मोटोपन
बालमृत्युको मुख्य कारण निमोनिया
परीक्षामा सफल हुन खाना व्यवस्थापन
पुरुषको स्तन बढ्ने समस्या र यौनजीवनमा प्रभाव
महिलाको पिसाब चुहिने समस्याको उपचार
अनुहार कुरुप बनाउने सोराइसिसको उपचार
बहुउपयोगी आलस
सस्तो गुणस्तरीय सेवा दिँदै धुलिखेल अस्पताल
नेपालमा मिर्गौला रोगीको उपचार
थाइराइडको गडबडीले हुने गम्भीर आँखारोग
तपाईंको घरमा हाम्रा डाक्टर
राशिफल
हेल्थ न्युज
 

-

परीक्षामा सफल हुन खाना व्यवस्थापन

 जया प्रधान

jayapradhan@gmail.com

परीक्षा चाहे ठूलो होस् वा सानो, परीक्षा दिनुपर्दा वा परीक्षा नजिकै आउँदा जो-कोही पनि डराउने तथा चिन्तित हुने गर्छन् परीक्षामा सफलता पाउन पर्ूवतयारी, अध्ययन, एकाग्रता, लगनशीलता आवश्यक हुन्छ साथै दैनिक खानपानमा पनि ध्यान दिनु अत्यन्त जरुरी हुन्छ अध्ययनले सफलता चुम्न सक्छ भने उचित खानपानले सफलतामा पुर्याउने खुड्किलो तयार पार्दछ

प्रायजसो विद्यार्थीमा परीक्षा नजिकिंदै आउँदा मन अत्तालिने खानाप्रतिको रुचि घट्ने हुन्छ यस्तो स्थितिमा न्रि्रा लाग्न नदिन बढी मात्रामा चिया-कफी पिउने, खानाको परिमाण आवश्यकताभन्दा कम गर्ने तथा अन्य औषधि खाने गरेको पाइन्छ यसले गर्दा विद्यार्थीमा बढी थकानको महसुस हुने, एकाग्रतामा कमी आउने, कमजोर हुने हुन्छ समयमै स्थितिमा सुधार गर्न नसकेमा परीक्षाको समयमा बिरामी हुन सक्ने परीक्षामा राम्रो गर्न नसकी सफलताबाट हात धुनुपर्ने स्थितिसम्म आउन सक्छ

दैनिक आवश्यक पर्ने पौष्टिक तत्त्वहरु जस्तै- कार्बोहाइड्रेट, प्रोटिन, चिल्लो पदार्थ, भिटामिन, खनिज पदार्थ, पानी ठीक परिमाणमा रहेको सन्तुलित भोजनको व्यवस्था गर्नुपर्छ यस समयमा शरीरको कार्य सुचारुरुपले सञ्चालन गर्न आवश्यक शक्तिबाहेक शरीर सक्रिय राख्न मस्तिष्क चुस्त राख्न केही विशेष पौष्टिक तत्त्व आवश्यक पर्ने हुन्छ

हुन व्यक्तिको उमेर, अवस्था, शारीरिक क्रियाकलापअनुसार दैनिक आवश्यक पर्ने पौष्टिक तत्त्वको परिमाण फरक-फरक हुन्छ साधारणतया परीक्षाअगाडि विद्यार्थी शारीरिकरुपले भन्दा पनि मानसिकरुपले तनावमा रहने भएकाले यस स्थितिमा उनीहरुको बेसल मेटाबोलिजम दर (Basal Metabolism Rate ) करिब १० प्रतिशतले बढ्ने हुन्छ शरीरको थप आवश्यकता पूर्ति गर्नको लागि गुणात्मक परिमाणात्मकरुपले सबै प्रकारका पौष्टिक तत्त्व उपलब्ध हुने किसिमले दैनिक भोजनको व्यवस्था गर्नुपर्छ आवश्यकताअनुसार उचित व्यवस्था गर्न सकेमा प्राप्त पौष्टिक तत्त्वहरुले -आफ्नो काम गर्न सक्ने हुन्छ जस्तै खानामा कार्बोहाइड्रेट कमी भने त्यस्तो स्थितिमा खानामा भएको प्रोटिन तत्त्वले गर्नुपर्ने काम नगरी कार्बोहाइड्रेटको काम अर्थात् शक्ति दिनेमा खर्च हुन्छ

जसरी विशुद्ध गुणस्तरीय इन्धनबाट कुनै पनि मेसिन सुचारुरुपले बाधाविना चल्छ, त्यसैगरी इन्धनस्वरुप गुणस्तरीय खानाको उपयोगबाट शरीरमा स्फूर्ति पैदा हुनुको साथै मस्तिष्क चुस्त, दुरुस्त भएर अध्ययनमा एकाग्रता भई परीक्षामा सफलता हासिल गर्न सकिन्छ

आजकल विद्यार्थीले प्रायः साथीको सिको गरी बढी चिया-कफी खाने तथा समय सदुपयोग हुन्छ भन्ने अभ्रि्रायले तयारी खाद्यपदार्थ बढी खाने गर्छन् यस किसिमको खाना खाने प्रवृत्तिलाई निरन्तरता दिएमा स्वास्थ्यमा ह्रास आउने प्रबल सम्भावना हुन्छ त्यसकारण विद्यार्थी स्वयम्, अभिभावक, रेखदेख गर्ने व्यक्तिका साथै होस्टेलका विद्यार्थीको लागि विद्यालय प्रशासन, होस्टेल वार्डनले दैनिक तालिका मिलाएर आवश्यकताअनुसार सन्तुलित भोजनको व्यवस्था गर्नुपर्छ

शिक्षकले प्रदान गरेको उपयुक्त मार्गदर्शन, विद्यार्थीको एकाग्रता, परिश्रम उचित भोजनले परीक्षामा सफलता प्राप्त गर्न सक्ने भएकाले अभिभावक तथा विद्यार्थीले पढाइसँगै खानासम्बन्धी कुरामा ध्यान दिन जरुरी हुन्छ

दैनिक भोजन नियमित, ठीक समयमा, उचित परिमाणमा हुन जरुरी हुन्छ पेटभरि एकैचोटि खानुभन्दा ठीक अन्तरालमा खाँदा बेस हुन्छ मुख्य खानाको बीच-बीचमा लिइने खाजा (Snack) क्यालोरीयुक्तभन्दा पोषणयुक्त  (Nutrient Dense ) हुनुपर्छ

विद्यार्थीले बिहानको खाना कहिल्यै छोड्नुहुँदैन बिहान कफी-चिया लिने गरेको भने त्यसको साथै प्रोटिन, क्याल्सियम, फाइबरयुक्त अन्य खाद्यपदार्थ जस्तै- Cereal, दूध, अण्डा आदि लिनर्ुपर्छ विद्यार्थीको भोजनमा मौसमअनुसारको ताजा फलफूल तथा फलफूलको रस समावेश गर्नुपर्छ

यसैगरी हरियो सागसब्जी कम्तीमा पनि दिनको दुइ  पटक समावेश गर्नुपर्छ काँचै खान सक्ने हरियो सागसब्जी राम्ररी पखालेर सलादको रुपमा लिन सकिन्छ त्यस्तै चिया, कफी लिनु भने दिनको वा साढे कपभन्दा बढी नलिँदा बेस हुन्छ बढी पिउनाले यसमा भएको क्याफिन (Caffeine) ले एकाग्रतामा कमी ल्याउने, हडबडाउने हुन्छ भन्ने कुरा अध्ययनले देखाएको चिया पिउनु भने हरियो चिया, (Green Tea) हर्बल चिया (Herbal Tea )आदि उपयुक्त हुन्छ साथै ताजा फलफूलको जुस, दूध, सागसब्जीको रस आदि लिनु बेस हुन्छ

क्याल्सियम, लौहतत्त्व, भिटामिन जस्ता तत्त्वहरु प्राप्त गर्न औषधिको रुपमा चक्की सेवन गर्नु (Supplement) भन्दा पनि प्राकृतिक खाद्यपदार्थ विद्यार्थीको भोजनमा समावेश गर्दा आवश्यक तत्त्व प्राप्त गर्नुका साथै एन्टिअक्सिडेन्ट तत्त्वसमेत प्राप्त भई मस्तिष्कलाई सक्रिय चुस्त राख्न मद्दत मिल्छ

दैनिक खाने खानामा कार्बोहाइड्रेट विशेषतः पोलिस्याकराइड कार्बोहाइड्रेट -पूरै अन्न, सागपात, फलफूल) युक्त खाद्यपदार्थ समावेश गर्दा आवश्यक शक्ति प्राप्त गर्नुको साथै फाइबर तत्त्व पनि प्राप्त गर्न सकिन्छ कार्बोहाइड्रेटबाहेक भोजनमा प्रोटिनयुक्त खाद्यपदार्थलाई प्राथमिकतामा राख्नर्ुपर्छ सम्भव भएसम्म अण्डा, माछा, मासु, दही, चीज भोजनमा समावेश गर्नुपर्छ किनकि यी खाद्यपदार्थको प्रोटिनमा एक  प्रकारको एमिनो एसिड (Tyrosine) हुन्छ यसले मस्तिष्कलाई चुस्त सक्रिय राख्न मद्दत पुर्याउँछ

यदि माछा-मासुजस्ता महँगा खाद्यपदार्थ भोजनमा समावेश गर्न नसकेमा अन्न गेडागुडीको उचित समिश्रणबाट पनि आवश्यक प्रोटिन प्राप्त गर्न सकिन्छ मस्तिष्कको कार्यमा थप टेवा पुर्याउने पौष्टिक तत्त्व- ओमेगा फ्याटी एसिड तथा सेलिनियमयुक्त खाद्यपदार्थ- माछा, हरियो सागसब्जी, दूध आदिले मस्तिष्क स्वस्थ राख्नुका साथै शक्ति एवम् आत्मविश्वास बढाउन मद्दत पुर्याउँछ

परीक्षाको समयमा नयाँ प्रकारका खाना प्रायोगमा ल्याउनुभन्दा दैनिक नियमित भोजनमा समावेश गरेका खाद्यपदार्थको छनोट गर्दा बेस हुन्छ किनकि नयाँ खाद्यपदार्थले स्वास्थ्यमा एलर्जीजस्तो प्रतिकूल असर पर्न सक्ने हुन्छ मस्तिष्क स्वस्थ राख्न आराम न्रि्राको पनि जरुरी हुन्छ तर परीक्षाको दिन टन्न खाना खानाले आलस्य न्रि्रा लाग्न सक्ने हुँदा हलुका पोषिलो खाना मात्र खानुपर्छ

 

 

नुडल्स हालेको सुप

प्रायः बालबालिका युवावर्गले रुचाएको, भान्साघरमा सजिलै उपलब्ध हुने खाद्यसामग्रीको समिश्रणबाट स्वादिलो एवम् पोषिलो टालुमिन सुप  (Talumein Soup) बनाउन सकिन्छ

आवश्यक सामग्रीः

- व्यक्तिका लागि)

कुखुराको मासुको रस    कप

उमालेको कुखुराको मासु            आधा कप

काटेको गाजर   आधा कप

काटेको काउली  आधा कप

काटेको बन्दा     आधा कप

काटेको च्याउ    आधा कप

गालेभेंडाको प्युरी          टेबल चम्चा

उमालेको नुडल्स           कप

सोया सस         आधा चिया चम्चा

चिनी    आधा चिया चम्चा

नुन       स्वादअनुसारर्

कर्नफ्लोर          चिया चम्चा

कालो मरिच      आधा चिया चम्चा

विधिः

र्सवप्रथम कुखुराको मासुको रसमा क्युब आकारमा काटेको गाजर, मसिनो गरी काटेको काउली बन्दा हाली छोपेर मधुरो आँचमा देखि मिनेट जति उमाल्नर्ुपर्छ

त्यसपछि यसमा स्वादअनुसार नुन, सोयासस, गोलभेंडाको प्युरी, चिनी हालेर चलाई यसमा अगाडि उमालेर क्युब आकारमा काटेको कुखुराको मासु, उमालेको नुडल्स हालेर हल्कासाथ चलाएर उमाल्नर्ुपर्छ यदि बाक्लो झोल बनाउनु भने टेबल चम्चा पानीमा कर्नफ्लोर घोलेर हाल्न सकिन्छ

माथि उल्लिखित सुपलाई साकाहारी बनाउनु भने मासुको रसको सट्टा विभिन्न सागसब्जीको रस मासुको सट्टा तोफु हालेर बनाउन सकिन्छ

 

 [Kamanaa] [Sadhana] [Nepal Samacharpatra] [Mahanagar]] [Contact Us]


Copyright 2003-2010 newsofnepal
newsofnepal is the internet venture of Kamana News Publications
No content available in newsofnepal may be reused in anyway without written permission.