|
तपाईंका घरमा हाम्रा डाक्टर डा. हरिहर खनाल फिजिसियन/मुटुरोग विशेषज्ञ
(देवेन्द्र शाक्य, ठिमी, भक्तपुर) म ६५ वर्षो वृद्ध हुँ । मेरा हातगोडा दुख्ने र बाउँडिने गर्छ । जँचाउँदा ल्भगचयदष्ल त्बदभित दिइयो तर यसपछि झन् बाउँडिन थालेको छ । नाक-मुख सुक्खा हुने, आँखा धमिलो हुने गर्छ । किन यस्तो भएको र उपचार के होला ? देवेन्द्रजी, तपाईंले भनेजस्तो दिइएको चक्कीले झन् बढी बाउँडिने गराएको त होइन नै, बरु समस्याको सम्भावित निदानको कमीले यस्तो हुँदै गएको हुन सक्छ । किनभने समस्या बढ्दै जाँदा सहीरुपमा उपचार हुन सकेन । तपाईंले भनेका लक्षणहरु कता-कता चिनीरोगसँग मिल्दाजुल्दा लाग्छन् । फेरि उमेरले पनि चिनीरोग हुने सम्भावना प्रबल छ । अहिलेलाई चामलको भात, चिउरा, आलु, पिँडालु, चिनी, मिर्ठाईजस्ता रगतमा सहजै चिनीको मात्रा बढाउने खानेकुराहरुमा नियन्त्रण गर्नुहोस् । साथै जति सक्यो छिटो एक जना फिजिसियन भेटेर सल्लाह लिनुहोस् । अनि चिनीरोग भेटिएमा जति सक्यो चाँडो चिनीरोग विशेषज्ञ वा मुटुरोग विशेषज्ञ भेटेर सल्लाह लिनुहुन अनुरोध छ । (बिन्दु श्रेष्ठ, पाटनढोका, ललितपुर) आँखा कमजोर भएर चश्मा लगाएको ७ वर्षभयो । काम गर्दा, हिँड्दा चश्माले गर्दा अप्ठ्योरो हुने भएकाले आँखामै आइ कन्ट्याक लेन्स लगाउने विचार छ । यसबाट आँखामा पर्न सक्ने असरको सम्भावना कत्तिको छ ? बिन्दुजी, तपाईंले चश्मा लगाएको ७ वर्षभइसक्यो । यत्रो समय सहजै बित्यो भने अब त्यसको बदलामा आँखाभित्रै राख्ने लेन्सको महत्त्व कहाँबाट बढ्यो - हिँड्दा, भोज-भतेर जाँदा आदि अवस्थामा कन्ट्याट लेन्स लगाउन सकिन्छ । सिद्धान्ततः कन्ट्याक लेन्स र चश्माको काम उस्तै-उस्तै हो । यो कन्ट्याक्स लेन्स लगाउँदा सीधै आँखाभित्रै राख्नुपर्ने हुनाले राम्रो सरसफाइ तथा लेन्सको हेरविचारमा ध्यान पुगेन भने आँखाले नसहने, चिलाउने, दुख्ने भई आँखा रातो हुन सक्छ । साथै पाक्न पनि सक्छ । तर संसारमा धेरैले यस्तो लेन्स लगाएर जीवन गुजारेका छन् भने तपाईंलाई नहुने भन्ने कुरै आउँदैन । यसको नकारात्मक प्रभाव धेरै कम पाइन्छ । त्यसैले सकारात्मक सोच बनाएर आँखासम्बन्धी चिकित्सकको सल्लाहअनुसार गर्नुहोस् । (जगतमणि गौचन, बल्खु, काठमाडौं) म ४५ वर्षो भएँ । मलाई कब्जियतको समस्या छ । आयर्ुर्वेदिक तथा अन्य घरयासी औषधिहरु गर्दा केही ठीक हुन्छ तर पछि फेरि उही समस्या दोहोरिन्छ - यसबाट मुक्त हुने उपाय बताइदिनुहुन्छ कि ? गौचनजी, कब्जियत धेरै लामो समयसम्म हुन थालेमा अरु समस्या थपिंदै जाने कुनाले समाधानतर्फसोच्नै पर्ने हुन्छ । पहिलो तहको उपचारमा जीवनशैलीमा ल्याइने सुधार नै हो, जसमा खानपानमा ख्याल गर्ने सल्लाह दिइन्छ । प्रशस्त पानी पिउनुस्, सकेसम्म बढी रेसादार, खस्रो तथा प्राकृतिक खाना खाने गर्नुस् । साथै सहज पाच्य खानामा सक्दो नियन्त्रण गर्नुस् । स्याउ वा अन्य फलफूलसहित सागसब्जी, रेसादार एवम् छिप्पिएको तरकारी, च्याँख्ला वा आटाको रोटी, भात आदि खाने गरेमा लाभदायी हुन्छ । त्यस्तै प्राकृतिक र स्वच्छ खाना, हरियो तथा ताजा खाना, सलाद, साग आदि प्रशस्त खाने गर्नुपर्छ । यदि यसरी जीवनशैली परिवर्तनले मात्र भएन भने औषधि उपयोग गर्ने सल्लाह दिइन्छ । दिसा चिल्लो, चिप्लो, सहज बनाई दिसा राम्रोसँग गराउन स्थानीय वा अन्य औषधि दिन सकिन्छ । तपाईंले पनि यहाँ भनेजस्तै जीवनशैलीमा परिवर्तन गर्नेतर्फलाग्नुस्, भएन भने एक पटक पेटरोग विशेषज्ञ भेट्नुभएमा गुणात्मक सल्लाह पाउनुहुनेछ । (विनय खुलाल, बनेपा, काभ्रे) कपालको चाया हटाउने औषधि के होला - बताइदिनुभए धेरै आभारी हुने थिएँ । विनयजी, तपाईंलाई चायाले साह्रै सताएजस्तो लाग्यो । चायाको मुक्तिका लागि नियमित नुहाउने र चाया हटाउने खालको सेलसुन वा हेड एन्ड सोल्जर स्याम्पु उपयोग गर्न आमसल्लाह दिने गरिन्छ । यसले धेरै राम्रो भएका प्रतिक्रिया प्राप्त भएका छन् । साधारण तरिकाले ठीक नभएको वा जटिल अवस्था भएको छ भने एक पटक छालारोग विशेषज्ञ भेट्नुभएमा गुणात्मक सल्लाह पाउनुहुनेछ । (सुरेशमान महर्जन ठमेल, काठमाडौं) मैले हातगोडा मालिस गर्ने विद्युतीय मेसिन किनेको छु । हातगोडा दुखेको बेलामा यो भाइब्रेसन मेसिन लगाउँदा एकदमै रिलिफ अनुभव हुने भएकाले प्रायः दैनिक प्रयोग गर्ने गरेको छु । यसबाट कुनै असर त पर्दैन ? सुरेशजी, तपाईंले ल्याउनुभएको उपकरण गाह्रो हुँदा, दुख्दा प्रयोग गर्ने साधन हो, अहोरात्र नै यसले मालिस गर्ने होइन । मालिस गराउने भाइब्रेसन मेसिन मात्र होइन, कुनै पनि उपचार पद्धति आवश्यकभन्दा बढी उपयोग गरिएमा लाभभन्दा हानि गर्छ । ठूलो-ठूलो भाइब्रेसनयुक्त उपकरण चलाउनेहरुलाई पछि गएर भाइब्रेसन रोग विकास भएका धेरै घटना पाइएका छन् । तर्सथ गाह्रो हुँदा, दुख्दा वा बेचैन हुँदा सो मेसिन ५-७ दिन उपयोग गरे पनि सधैँ अर्थात् जरुरी नभएसम्म उपयोग गर्न आवश्यक देखिंदैन । (अनुप खनाल, कीर्तिपुर, काठमाडौं) मेरो रगतमा ट्राइग्लिसेराइड ९त्न्० को मात्रा उच्च भएकाले चिकित्सकको परामर्शमा ब्तयच २० नामको औषधि चार महिनादेखि सेवन गरिरहेको छु । तर हुनुपर्ने मात्रामा घटाउन सकिएको छैन । यसमा कस्तो खानपानले सुधार गर्न सकिएला ? अनुपजी, तपाईंलाई चिकित्सकले ट्राइग्लिसेराइड तथा कोलेस्ट्रोल दुवै घटाउन औषधि दिनुभएजस्तो लाग्यो । किनभने उक्त औषधिको भूमिका त्यस्तै हुन्छ । कहिलेकाहीँ खानामा नियन्त्रण गर्ने र जीवनशैलीमा परिवर्तन गर्ने बाटो नसमाएसम्म औषधिले मात्र ट्राइग्लिसेराइडको मात्रा नघट्न पनि सक्छ । त्यसैले दैनिक आधादेखि एक घण्टा नियमित व्यायाम तथा चिल्लोविहीन खाना खान तपाईंलाई सल्लाह दिन चाहन्छु । यदि जीवनशैलीले पुगेन भने औषधि सेवन गर्ने सल्लाह दिइन्छ । तपाईंले सबै कोलेस्ट्रोल परीक्षण -१२-१३ घण्टा पूरै खाली पेटको रगतमा यो परीक्षण गर्नुपर्ने हुन्छ नत्र सही नतिजा आउँदैन) गराएर मुटुरोग विशेषज्ञ भेट्नुभएमा सही सल्लाह प्राप्त हुने थियो । (चेतनकुमार र्राई, भोजपुर/ हालः मलेसिया) म २२ वषर्ीय युवक हुँ । म मलेसिया आएको ७ महिना भयो । मलाई काम गर्न मन नलाग्ने, समान्य टाउको दुख्ने, खान मन पनि त्यति नलाग्ने, थकान महसुस हुने गर्दछ । केही रकम नकमाई र्फकन सक्ने स्थिति नभएकाले उपचारका लागि सल्लाह चाहन्छु । र्राईजी, तपाईंले भनेका समस्या वा लक्षणहरुले यो नै रोग हो भनेर ठोकुवा गर्न मिल्ने छाँट देखिंदैन । तपाईंका समस्याहरु धेरैजसो मानसिक चिन्ता वा घरको बारेमा अधिक सोच तथा लगाब ९ज्omभ क्ष्अपलभकक० वा काम मन नपरेर हो वा काम गर्ने माहोल मन नपरेर हो अथवा कुनै अन्य समस्याको सुरुआतमा देखिने साधारण समस्याले हो, यसै भन्न सक्ने अवस्था रहेन । खाना राम्रोसँग खाने, आफ्नो काम तथा भविष्यको बारेमा आशावादी एवम् सकारात्मक सोच राख्ने र आफ्नो जीवनको लक्ष्यको गोरेटो नछाड्ने गर्नुस् । ध्यान वा योग गर्ने र गलत विचार आउन थालेमा आफूलाई अन्यत्रै मोड्ने प्रयास गर्नुस् । साथै प्रशस्त काम गर्ने, प्रशस्त आराम गर्ने, सुत्ने गर्नुस् । सबभन्दा महत्त्वपूर्ण कुरा आफूलाई व्यस्त राख्ने प्रयास गरी राम्रो विचार मात्र सोच्ने गर्नुभएमा सबै ठीक भएर जान पनि सक्छ । यदि त्यस्तो नभएमा अर्को बाटोस्वरुप एक जना फिजिसियन भेटेर आफ्ना कुरा राख्नुभएमा सल्लाह र सहयोग मिल्नेछ । (शशी गुरुङ, महेन्द्रपुल, पोखरा) मेरो अगाडिको एउटा दाँत अर्को दाँतमाथि खप्टिएर आएको छ । खप्टिएको दाँत उखेल्ने विचारमा छु । सो दाँत उखेल्दा सँगैको दाँत कमजोर हुन्छ भन्ने सुनेकाले के गरौं ? शशीजी, आजको समयमा तपाईंले सोध्ने र मैले चिठीबाटै दाँतको बारेमा उत्तर दिनु ठीक होइन । दाँतको एक्सरे गरेर दुवैको जरा, सम्बन्ध र उखेल्न मिल्ने वा नमिल्ने सबै कुरा दन्तचिकित्सकले निर्ण्र्ाागर्ने कुरा हो । त्यसैले छिटोभन्दा छिटो दाँतरोग विशेषज्ञ देखाएर चाहिएको उपचार प्राप्त गर्नुहोला भन्ने सल्लाह दिइन्छ । (चन्द्रा, भक्तपुर) म ३५ वषर्ीया विवाहित महिला हुँ । मेरो एउटा गोडा केही सानो (सुक्दै गएको) छ । जँचाएर औषधि सेवन गरिरहेकी छु । तर अहिले सो गोडा झनै छोटोजस्तो भएर हिँड्दा अप्ठ्यारो हुने गरेको छ । यो के भएको हुन सक्छ र उपचार के होला ? चन्द्राजी, एउटा खुट्टा सुक्दै जानुको कारण या त स्नायुको काममा कमी या रक्तसञ्चारमा कमी आउनाले हुन सक्छ । स्नायुको रोग भएमा त्यो खुट्टाको प्राकृतिक चलायमानमा कमी हुने, नचल्ने वा थाहा नपाउने हुन सक्छ । तपाईंको प्रश्नमा स्नायु रोगका बारेमा उल्लेख गरिएन । त्यसैले रक्तसञ्चारमा कमी वा मांसपेशीकै रोगका कारण त्यस्तो भएको हुन सक्छ । यसको उपचारमा निदानको निश्चितता आवश्यक हुन्छ, जुन अहिलेसम्म भएको छैन । त्यसैले स्नायु, मुटु तथा रक्तनलीका विशेषज्ञ र फिजिसियनसमेत सँगै भएको वीर अस्पताल वा शिक्षण अस्पतालमा आएर देखाउनुभएमा समस्याको निदान स्पष्ट हुने थियो । (प्रवेश लिगल, prashan_ligal@yahoo.com) म २० वर्षो भएँ । मेरा दुवै कान धेरै वर्षेखि सामान्य दुख्ने गरेकाले जँचाउँदा इयर ड्रम ९भ्बच मचum० मा प्वाल छ भनियो तर अहिले खासै दुख्ने, पोल्ने, पाक्ने भएको छैन । पानी पसेमा कहिलेकाहीँ दुख्ने गर्छ । उपचारका लागि सल्लाह पाऊँ । प्रवेशजी, तपाईंको कानको जालीको प्वाल टालो लगाएर, जाली पूर्ण पारेर ढाक्ने प्रक्रियाद्वारा उपचार गरिन्छ । यस्तो उपचार विधिलाई टिम्पानोप्लास्टी भन्ने गरिन्छ । यो नाक, कान, घाँटीका शल्य चिकित्सकहरुले गर्छन् । वीर अस्पताल वा शिक्षण अस्पतालमा आएर उपचार गराएमा तपाईंको अन्य सम्भावित खतरा पनि र्टर्नेछन् ।
|
| |
|
| |
Copyright 2003-2010 newsofnepal newsofnepal is the internet venture of Kamana News Publications No content available in newsofnepal may be reused in anyway without written permission. |