|
समलिंगीहरुमा बढ्दै छ एचआईभी संक्रमण जुनु भट्टर्राई hellojunu@gmail.com
संक्रमित भएको २ वर्षछि साथीहरुको सहयोगमा यौनिक तथा लै?कि अल्पसंख्यकहरुको संरक्षणका लागि स्थापना भएको नीलहीरा समाजको सर्म्पर्कमा पुगे । जीवनप्रति निरास भएका उनलाई केही गर्ने आश पलायो । उनी अहिले निलहीरा समाज नारायणगढ शाखाको संयोजक भएर आफूजस्तै धेरै साथीहरुको हेरचाह र सेवामा संलग्न छन् । ँजीवनमा कहिल्यै पनि महिलासँग यौनसर्म्पर्क नगरेकोले आफूलाई एचआईभी संक्रमण कसरी हुन्छ - भनेर सुरुमा विश्वास नै लागेन । एक दिन नीलहीरा समाजमा आबद्ध एक अपरिचित व्यक्तिले कन्डम प्रयोग नगरे पुरुष-पुरुषबीच यौनसर्म्पर्कबाट एचआईभी र्सछ भनेर बुझाएपछि म झसङ्ग भएँ’ -बरालले साधना प्रतिनिधिसँग भने । राजुजस्ता धेरै पुरुष अज्ञानताकै कारण एचआईभीको जोखिममा पर्दै गइरहेका छन्, जसको मुख्य कारण समलिंगी यौनसर्म्पर्क नै हो । एचआईभी संक्रमणका अन्य कारणहरुप्रति सचेत भए पनि पुरुष-पुरुषबीच यौनसर्म्पर्कबाट यो विषाणु र्सछ भन्ने थाहा नपाएकाले उनीहरुको यस्तो हालत भएको नीलहीरा समाजका अध्यक्ष एवम् संविधानसभा सदस्य सुनिलबाबु पन्त बताउँछन् । नेपालमा हजारौं पुरुष समलिंगी यस्तै अवस्थामा छन् । समाजमा दबिएर बसेका पुरुष समलिंगीहरुमध्ये खासगरी भारतमा काम गर्न गएर फर्केकाहरु एचआईभी संक्रमणको चपेटामा बढी परेका छन् । राजु बराल तिनीहरुमध्ये एक हुन् । उनी भारतको पञ्जावमा बस्दा समलिंगी पुरुषका साथी बनेका थिए । उनी भन्छन्- ँसुरुमा केटा-केटाबीच पनि यस्तो हुँदोरहेछ भनेर अचम्म लाग्यो, पछि बानी परेपछि म उनीहरुप्रति आकषिर्त हुन थालें ।’ विशेषगरी भारततिर सिमाना जोडिएका ठाउँमा ज्यालादारी गरेर गुजारा चलाउने, गरिबी, आर्थिक अवस्था कमजोर भएकाहरु, यौन पेसालाई व्यवसाय बनाएका समलिंगी, तेस्रोलिंगी र उनीहरुको सर्म्पर्कमा जाने जो-कोही संक्रमणमा पर्ने गरेको पाइएको छ । कतिपय कन्डम लगाउन मन नपराउने र हेलचेक्रयाइँले जोखिममा पर्ने गर्छन् भने कतिपयलाई चाहिँ कन्डमको प्रयोगबारे ज्ञान नै छैन । हातमा सीप र नोकरी नहुनु, घरपरिवारबाट पनि अपहेलित हुनाले विभिन्न किसिमका आश्वासन देखाई यौनसर्म्पर्कमा सहभागी गराउनु, काम लगाइदिन्छु भनी फकाई-फुल्याई भारतमा लगी हिजडाहरुको समूहमा लगेर यौन पेसामा संलग्न गराउने गरेको तीतो यथार्थ आफूले धेरै पटक सुन्दै आएको सुनिलबाबु पन्त बताउँछन् । एचआईभीको संक्रमण तेस्रो लिंगीलाई मात्र नभएर असुरक्षित यौनसर्म्पर्क गर्ने जो-कोहीलाई पनि हुन सक्छ । यसको जोखिम दिनानुदिन बढ्दै गएको छ । साथै यस्तो समस्या देशको प्रमुख राजमार्ग, सहरी क्षेत्रलगायत मुलुकको अधिकांश क्षेत्रमा विस्तार हुँदै गइरहेको छ । नीलहीरा समाज चितवनले २०६४ बैशाखयता गरेको ११९ पुरुष समलिंगीको रगत परीक्षणबाट ३९ जनामा एचआईभीको संक्रमण भएको पाइएको थियो । तीमध्ये २३ जना भारतको होटल, कलकारखानाहरुमा काम गरी र्फकनेहरु रहेको नीलहीरा समाज नारायणगढ शाखाका संयोजक राजु बराल बताउँछन् । संस्थाको सर्म्पर्कमा आउनुअघि उनीहरु कसैलाई पनि समलिंगी यौनव्यवहारबाट एचआईभी र्सछ भन्ने जानकारी थिएन । यस्ता संक्रमितमध्ये अधिकांश विवाहित पनि भएकाले तिनीहरुका श्रीमतीहरु पनि चरम जोखिममा रहेका छन् । उच्च जोखिममा समलिंगी र तेस्रो लिंगी
नीलहीरा समाजको पेयर एजुकेटर भोलेन्टियर तथा तेस्रो लिंगीको ब्युटी एन्ड ब्रेन २००७ की उपाधि विजेता सन्ध्या लामा भन्छिन्- ँकन्डम नलगाएर पुरुष-पुरुषबीचको यौनसर्म्पर्कबाट पनि एचआईभी र्सछ भन्दा सुरुमा सबै आर्श्चर्य मान्छन् । त्यस्तै पुरुष-पुरुषबीचको यौनसर्म्पर्कमा महिलाहरुमा जस्तो चिप्लो पदार्थ नआउने र बढी खस्रो हुनाले गुदद्वार च्यातिने, चोटपटक लाग्ने सम्भावना बढी रहन्छ । जसले गर्दा एचआईभी र्सर्ने सम्भावना बढ्दो रुपमा रहँदै आएको छ । समलिंगीको माध्यमबाट फैलँदै गएको संक्रमण रोक्न यस क्षेत्रमा कसैले पनि चासो देखाएका छैनन् । जोखिममा रहेका समलिंगीहरुलाई आफ्नो यौनव्यवहारबाट एचआईभी र्सर्ने जानकारी नहुनु त्यसैको परिणाम हो । सरकारले एचआईभी/एड्स नियन्त्रण गर्न चेतनामूलक सन्देश दिन थालेको १५/१६ वर्षभइसकेको छ तर कन्डम प्रयोग नगरी पुरुष-पुरुषबीचको यौन क्रियाकलापबाट पनि एचआईभी र्सछ भन्ने अहिलेसम्म पनि एउटै सूचना प्रवाह नभएको पन्तको गुनासो छ । उनी भन्छन्- ँधेरैजसो सरकारी तथा गैरसरकारी संस्था र निकायहरुले पनि एचआईभी र्सर्ने कारणको रुपमा महिला र पुरुषबीचको असुरक्षित यौनसर्म्पर्कको मात्र प्रचार गर्ने गरेका छन् । जसले गर्दा समलिंगी, तेस्रो लिंगी मात्र नभएर सिङ्गो समाज नै जोखिममा पर्दै आएको छ । उपयोगी कन्डम नहुनाले जोखिम बढी समलिंगीले प्रयोग गर्नका लागि बजारमा उपयुक्त कन्डमको अभाव रहेको समलिंगी राजु बराल बताउँछन् । समाजमा उनीहरुप्रति अनुकूल वातावरण त छैन नै, यौनसर्म्पर्कमा प्रयोग हुने उपयोगी कन्डम पनि छैन । जसको कारणले एचआईभीको खतरा बढेको छ । समलिंगी व्यवहार अपनाएका कारण थुप्रै युवाहरुले घर र समाजबाट अपहेलित हुनुपरेको छ । समाजबाट त्यस्ता युवाहरु यौन पेसा अंगाल्न बाध्य हुन्छन् र केटाहरुले केटासँगै यौनसर्म्पर्क गर्दा एचआईभी संक्रमण हुन्छ भन्ने धेरैले हेक्का राखेका हुँदैनन् । अरुले प्रयोग गर्ने कन्डम नै प्रयोग गर्दा गुदद्वार बढी खस्रो हुनाले च्यातिने, प्वाल पर्नेजस्ता विभिन्न समस्या आउने हुनाले झन्झट मान्ने गर्छन् । बरालका अनुसार कन्डम प्रयोग गरी यौनसर्म्पर्क गर्दा झन्झट हुने भएपछि प्रयोग नै नगर्ने बानी बस्छ र यसले एचआईभी नियन्त्रणमा चुनोती थपिंंदै आएको छ । पुरुष-पुरुषबीचमा हुने गुदामैथुन वा मुख-मैथुनबाट एचआईभी संक्रमणको खतरा बढी नै रहन्छ, त्यसैले यस्ता कार्य कन्डमविना नगर्न बरालको सुझाव छ । ँसमलिंगीको कुरा सुन्दा जसलाई पनि कम महत्त्व र अनौठो लाग्छ, तर यस्ता कुरा एचआईभी नियन्त्रणका दृष्टिले एकदमै गम्भीर हुन्’, राष्ट्रिय यौनरोग तथा एचआईभी नियन्त्रण केन्द्रका निर्देशक डा. कृष्णकुमार र्राई बताउनुहुन्छ- ँसमाजले उनीहरुको व्यवहारमा परिवर्तन नल्याउन्जेल यस्ता समस्या नियन्त्रणमा आउन सक्दैनन् । उनीहरुबीचको यौनजन्य व्यवहार रोक्नभन्दा एचआईभीको जोखिम कसरी रोक्न सकिन्छ भन्ने सोचेर कार्यक्रम ल्याइनु जरुरी छ ।’ सामाजिक कारणले पनि संक्रमण बढ्दै छ
तर विभिन्न पर्व-संस्कृतिहरुमा नाचगान गर्दै हिँडेर गुजारा चलाउँदै आएका तेस्रो लिंगी र समलिंगीहरुलाई सरकारले कुनै पहिचान नदिएका कारण अधिकारबाट वञ्चित गरिंदै आएको छ । राज्यले दिनुपर्ने सेवा-सुविधा त परै राखौं उनीहरुले आफ्नै परिवारबाट पनि विभेद खेप्दै आएका छन् । पहिचानको समस्या एकातिर छ भने चाहनाअनुसार उनीहरुले जीवनयापन गर्न नपाउनु र परिवारको दबाबमा परी इच्छाविपरीत विवाहबन्धनमा बाँधिनुले विवाहबाहिरको यौनसर्म्पर्कमा सक्रियता बढ्दै गइरहेको छ । यसका कारण आफ्नो श्रीमती र छोराछोरीमा समेत एचआईभीको जोखिम बढ्दै गइरहेको छ । ँयदि समाजले उनीहरुलाई स्वेच्छाले बाँच्न दिने हो भने विवाहबाहिरको यौन सक्रियतामा नियन्त्रण ल्याउन सकिन्छ’ -सभासद पन्त भन्छन् । उनी भन्छन्- ँयसबाट एक समलिंगी र तेस्रो लिंगीलाई मात्र नभएर सिंगो समाजलाई नै एचआईभीको जोखिमबाट मुक्त राख्न सकिन्छ ।’ नेपालमा एचआईभी संक्रमण गराउने एउटा सक्रिय समूह पुरुष समलिंगी ( MSM) हो । नेपालका एचआईभी संक्रमितहरुमध्ये ३.६ प्रतिशत पुरुष समलिंगीहरु रहेको सरकारी तथ्याड्ढले देखाएको छ । नीलहीरा समाजका अध्यक्ष पन्त सरकारी तथ्याड्ढ वास्तविकताभन्दा किनै कम भएको बताउँछन् । देशभरिका ८ देखि १० लाख समलिंगी पुरुषमध्ये २६ देखि ३३ हजार एचआईभी संक्रमित भएको हुन सक्ने उनको दाबी छ । समलिंगीहरुको अवस्था कस्तो छ भनेर अध्ययन गर्ने काममा पनि सरकारले उदासीनता देखाएको पन्तको गुनासो छ । उनी भन्छन्- ँसमलिंगीहरुसँग सम्बन्धित तथ्याड्ढ नै सरकारी व्यवस्थाको प्रमाण हो ।’ राष्ट्रिय यौनरोग तथा एचआईभी नियन्त्रण केन्द्रका निर्देशक डा. कृष्णकुमार र्राई म समलिंगी छु भनी समाजमा खुलेर प्रस्तुत हुने वातावरण नभएको कारणले पनि समलिंगी र तेस्रो लिंगीको तथ्याड्ढ वास्तविकतामा आउन नसकेको स्वीकार्छन् । समलिंगीहरुमा एचआईभीको जोखिम घटाउन नीलहीरा समाजले २० वटा सहरमा एचआईभी रोकथाम कार्यक्रम चलाएको उक्त संस्थाले बताएको छ । संयुक्त राष्ट्र संघीय विकास कार्यक्रम (युएनडीपी) को आर्थिक सहयोगमा सञ्चालित यो कार्यक्रमअर्न्तर्गत पुरुष समलिंगीहरु पत्ता लगाई एचआईभी रोकथाम र मानवअधिकारसम्बन्धी तालिम दिने एवम् एचआईभी परीक्षण गर्ने कार्यक्रम सञ्चालन गरिएको छ । ती सहरहरुमा स्वेच्छिक रगत परीक्षणबाट फेला परेका संक्रमितहरुको सख्या एक हजार नाघिसेकेको नीलहीरा समाजले जानकारी दिएको छ । खासगरी भारतीय सीमावर्ती सहरहरुमा बढी संक्रमित भेटिएका छन् । संक्रमितहरुको उपचार र पुनः स्थापनाका लागि नीलहीरा समाजको कुनै कार्यक्रम छैन । नीलहीरा समाजका अध्यक्ष पन्त भन्छन्- ँहामीसामु आएका संक्रमितहरुको अवस्था एकदमै नाजुक छ । उनीहरु उपचार र रोजगारी चाहन्छन् तर हामीसँग सीमित आर्थिक स्रोत भएकाले चाहेजति सहयोग पाउँदैनन् । उचित परामर्शका लागि समेत जनशक्ति नभएकाले परिवारबाट अपहेलित र समाजबाट विभिन्न लाञ्छना खेप्नुपरेको छ ।’ धेरै समलिंगीका यौनसाथी सीमित भए पनि कतिपयले पैसाका लागि यौन व्यवसाय अंगालेका छन् । यस्ता यौनकर्मीहरु एचआईभीको संक्रमणको जोखिममा सजिलै पर्ने गर्छन् । सामाजिक मान्यताभन्दा भिन्नै यौन व्यवहार गर्ने गरेकाले समलिंगी समुदायलाई दुर्व्यवहार हुने हुँदा आफूहरु खुल्न नसकेको अर्का एक समलिंगी पुरुष बताउँछन् ।
|
| |
|
| |
Copyright 2003-2010 newsofnepal newsofnepal is the internet venture of Kamana News Publications No content available in newsofnepal may be reused in anyway without written permission. |