Index.htm

जलवायु परिवर्तनको असरः खतरनाक रोगहरुमा वृद्धि
कपाल झर्ने समस्या र समाधान
बुढेसकालमा कसरी स्वस्थ रहने ? 

सौर्न्दर्य बढाउन फेसियल एनालाइसिस

काम गर्ने महिलाहरुलाई कस्तो खाना उपयुक्त हुन्छ ?

घुँडा दुखाइको उपचार

किशोरीहरुको तल्लो पेट दुख्ने समस्या
सुन्दरता बिगार्ने अनुहारको चाया
किशोरावस्थाको परिवर्तनशील यौनस्वास्थ्य
नाथ्री फुट्ने समस्या
नेपाली र सुडानी महिलाको समान स्वास्थ्य पीडा
 थाहा नपाई ज्यान लिने उच्च रक्तचाप
उपचारपछि पाठेघर खस्न छोड्यो
तपाईंको घरमा हाम्रा डाक्टर
हेल्थ न्युज
राशिफल

JH

 
 

 

राशिफल

पौष १५-माघ १४

-ज्यो. रामानन्द शर्मा

मेष

पौषपर्यन्त समय प्रतिकूल कसैबाट झुटो आरोप लाग्न सक्छ रुघाखोकी, दम, बाथजन्य रोगबाट पीडित हुनुपर्ला साहस-उत्साहमा कमी आउने, मान-प्रतिष्ठा जोगाउन गाह्रो पर्ने, लेनदेनसम्बन्धी कारोबार असफल हुनेछ माघ लागेपछि समय अनुकूल शुभ मा·लिक कार्यको आयोजना हुने, सन्तान सुख मिल्ने, चल-अचल सम्पत्ति वृद्धि हुने, रोकिएका कतिपय कार्य-योजनाहरु सम्पन्न हुने, व्यापारर्ीवर्गलाई अपेक्षित लाभ मिल्ने, वैदेशिक रोजगारबाट लाभ मिल्नेछ

वृष

महिना मिश्रति फलदायक आकस्मिकरुपमा आइलाग्ने रोगहरु यदाकदा देखा परे तापनि धेरैजसो समय स्वस्थताका साथ बित्नेछ घरेलु आवश्यकता पूरा हुने, साहस-पराक्रम बढ्ने, वैदेशिक यात्रा वा आवास परिवर्तनको योग नजदिकी व्यक्तिहरुसँग मनमुटाव हुनेछ स्वतन्त्र व्यापारबाट अपेक्षित लाभ मिल्न सक्छ जोखिमपूर्ण कार्यमा लगाएको लगानी डुब्न सक्छ माघ लागेपछि स्थायी खालको नवीन उपलब्धि हासिल हुने, आध्यात्मिक सोच बढ्नेछ

मिथुन

दर्ीघकालीन कार्य-योजनाहरु कार्यान्वयन हुन सक्छन् कसै-कसैलाई विवाह तथा कसैलाई सन्तान प्राप्तिको योग आरोग्य लाभ मिल्नाले जीवनदायिनी शक्तिको विकास हुने, अचल सम्पत्ति वृद्धि हुने, सेवा क्षेत्रमा पदोन्नति वा अन्य लाभ मिल्नेछ व्यापारादि स्वतन्त्र व्यवसायबाट पर्याप्त आम्दानी हुने, सकारात्मक चिन्तनको विकास हुने, राजनीतिक उपलब्धि हासिल हुने, प्रेम प्रसंगले स्थायित्व लिन सक्छ राजकाज, न्याय, सम्पादन आदि क्षेत्रमा सफलता मिल्नेछ ।र्

कर्कट

पौषपर्यन्त समय शुभ स्वास्थ्य लाभ मिल्नाले कार्यक्षमताको विकास हुनेछ विवादित समस्याको टुंगो लाग्ने, उत्साह-उमंग पलाउने, समय-परिस्थितिले साथ दिने, रोजगारमूलक शिक्षामा सहभागी भइने, रोजगार प्राप्तिको अवसर मिल्ने, भौतिक सुख-समृद्धि बढ्नेछ प्रतिष्ठित जनको सहयोगबाट काम बन्नेछ माघ लागेपछि प्रतिकूल परिस्थितिसँग जुझ्नुपर्ला आयको तुलनमा खर्च धेरै हुने, विरोधीद्वारा षड्यन्त्र नहोला भन्न सकिन्न रोगको प्रकोप बढ्ने, अपयश मिल्नेछ

सिंह

पौषपर्यन्त गोचर अशुभ मानसिक संर्घष्ा बढ्ने, वैदेशिक रोजगारको सिलसिलामा झन्झट देखा पर्नेछ उदर विकार, एवम् रुघाखोकीजन्य विकार बढ्ने, व्यापार-व्यवसायमा व्यवधान नआउला भन्न सकिन्न, सम्मानमा चोट पुग्नेछ माघ लागेपछि समय बलवान् सुखद परिणाम हात लाग्नेछ चिताएको काम बन्ने, साहस-पुरुषार्थ बढ्ने, विरोधीमाथि विजयश्री मिल्ने, लेनदेनसम्बन्धी कारोबार सफल हुने, प्रेमप्रसंग गाँसिने, व्यापारमा लगानी हुने, शुभ मांगलिक कार्यको आयोजना हुनेछ

कन्या

महिना आरोह-अवरोहमा बित्नेछ घरेलु आवश्यकताहरु पूरा गर्न गाह्रो पर्नेछ बुद्धि-विवेकले काम नगर्दा गल्तीमाथि गल्ती नहोला भन्न सकिन्न नजदिकी व्यक्तिसँग विवाद उत्पन्न हुनेछ साहस-उत्साह सेलाएर जानेछ खराब संगतले पुलिस चौकीसम्म नपुर्याउला भन्न सकिन्न आकस्मिक झमेलाहरुसँग संर्घष्ा गर्नुपर्ला आर्थिक अभावले गर्दा धेरै योजनाहरु स्थगित होलान् लामो दूरीको यात्रा हुने, स्वजनसँग वैरभाव उत्पन्न हुन सक्छ कार्यक्षेत्र लथालिंग हुनेछ मन चिन्तित हुनेछ

तुला

पौषपर्यन्त गोचर बलवान् हरेक खाले भौतिक सुख-समृद्धिको उपभोग हुनेछ आरोग्य लाभ मिल्नाले जीवनदायिनी शक्तिको विकास हुने, अचल सम्पत्ति वृद्धि हुने, साहस-पुरुषार्थ बढ्ने, राजनीतिकर्मीहरुलाई अपेक्षित सफलता मिल्ने, परीक्षा प्रतियोगितामा सफलता मिल्नेछ माघ लागेपछि किर्ंकर्तव्यविमूढको स्थिति आउने, नकारात्मक सोच पलाउने, कार्य-व्यवसायमा व्यवधान आउने, प्रोपर्टर्ीीबन्धी विवाद उत्पन्न हुने, यात्रामा व्यवधान एवम् असफलता मिल्नेछ

वृश्चिक

पौषपर्यन्त विविध समस्याहरुसँग जुझ्नुपर्ला साहस-उत्साहमा कमी आउने, रुघाखोकी एवम् छातीसम्बन्धी समस्याले पिरोल्ने, शारीरिक निर्बलता बढ्ने, व्यापार-व्यवसायमा घाटा हुने, समयको उल्टो गतिले गर्दा आर्थिक स्थिति कमजोर हुनेछ विवादित समस्याले दुःख दिनेछ राज्यपक्षबाट कष्ट मिल्नेछ माघ लागेपछि समयले साथ दिनेछ रोग-व्याधिबाट मुक्ति मिल्ने, सहकर्मीबाट सहयोग पाइने, पदप्राप्तिको योग, विरोधीमाथि विजयश्री मिल्ने, बैंक ब्यालेन्स बढ्ने, मान-प्रतिष्ठा मिल्नेछ

धनु

महिना आरोह-अवरोहमा बित्नेछ विविध रोग-व्याधिले गर्दा कार्यक्षमतामा ह्रास आउने, दुष्टजनसँगको संगतले गर्दा घाटा मात्र हात लाग्ने, मानसिक पीडा थपिनेछ सम्मानमा चोट पुग्न सक्छ रोजगार-व्यवसायमा व्यवधान उत्पन्न हुने, सेवा क्षेत्रमा स्थानान्तरण हुन सक्छ कार्यक्षेत्रमा विलम्ब हुने, व्यवहार-कुशलतामा ह्रास आउने, वैदेशिक रोजगारको सिलसिलामा ठगिनुपर्ला आफन्तजनसँग मनमुटाव हुने, राज्यपक्षबाट पीडा मिल्ने, प्रेम विछोड हुनेछ

मकर

महिना मिश्रति फलदायक गोचरमा स्थित एघारौं स्थानको बृहस्पतिले धेरै क्षेत्रमा शुभ परिणाम नल्याउला भन्न सकिन्न पुरुषार्थ सफल हुने, धार्मिक अनुष्ठान एवम् शुभ-मांगलिक कार्यको आयोजना हुने, उत्साह-उमंग पलाउने, स्वतन्त्र व्यापार-व्यवसायबाट पर्याप्त आम्दानी हुनेछ कसै-कसैलाई अचल सम्पत्ति वृद्धि हुने, नजदिकी सम्बन्धबाट लाभ मिल्ने, नवीन कार्यको थालनी हुनेछ कतिपय अशुभ ग्रहहरुको प्रभावले गर्दा दाम्पत्य जीवनमा असन्तोष, नैराश्यता, घरेलु दायित्व थपिनेछ

कुम्भ

पौषपर्यन्त समय बलवान् स्वास्थ्यमा सुधार आउने, रोजगारसम्बन्धी तालिममा सफलता पाइने, प्रतिष्ठित जनको सहयोगबाट काम बन्ने, विरोधीमाथि विजयश्री मिल्नेछ कृषि, वाणिज्य, पर्यटन, रियल स्टेट आदि व्यवसायबाट पर्याप्त आम्दानी हुने, राज्यपक्षबाट सम्मान मिल्ने, सामाजिक क्षेत्रमा सम्मान मिल्ने, लाभदायी योजना सम्पन्न हुनेछ माघ लागेपछि प्रतिकूल परिस्थितिसँग जुझ्नुपर्ला स्वास्थ्यमाथि प्रतिकूल असर पर्ने, दूरदराजको यात्रामा नियास्रो लाग्ने, आर्थिक संकट भोग्नुपर्नेछ

मीन

महिना श्रेष्ठ फलदायक रोगव्याधिबाट छुटकारा पाइनेछ जीवनमा नयाँ ताजगीको अनुभूति हुनेछ सेवाक्षेत्रमा लाभ मिल्ने, बेरोजगारलाई रोजगार मिल्ने योग घरेलु सुख-समृद्धि बढ्ने, सन्तान पक्षबाट सन्तोष मिल्ने, प्रेमप्रसंगको गाँठो बलियो हुनेछ मांगलिक कार्यको आयोजना हुनेछ वैदेशिक यात्रामा वाञ्छित सफलता मिल्ने, प्रतिष्ठित जनबाट कृपा मिल्ने, राजकाज, न्याय, सम्पादन आदि क्षेत्रमा सफलता पाइने, राजनीतिक सक्रियता बढ्नेछ  

 [Kamanaa] [Sadhana] [Nepal Samacharpatra] [Mahanagar]] [Contact Us]


Copyright 2003-2010 newsofnepal
newsofnepal is the internet venture of Kamana News Publications
No content available in newsofnepal may be reused in anyway without written permission.