|
पाठेघरको मुखको क्यान्सरः बच्ने उपायहरु जुनु भट्टर्राई Hellojunu@gmail.com
भक्तपुर क्यान्सर अस्पतालकी स्त्रीरोग विशेषज्ञ डा. सरिता घिमिरे भन्नुहुन्छ- ँनेपालमा बर्सर्ेे सबैभन्दा बढी पाठेघरको मुखको क्यान्सर देखिने गरेको छ ।’ साधारणतया यो रोग ४० वर्षछि देखा पर्ने भए तापनि नेपालजस्तो अविकसित देशमा भने यो रोग ३० वर्षअथवा सोभन्दा कम उमेरका महिलाहरुमा समेत देखा पर्ने गरेको पाइएको छ । विश्वमा प्रतिवर्ष५ लाख मानिसलाई पाठेघरको मुखको क्यान्सर हुने गर्दछ । अन्दाजी २ लाख महिलाहरुको यो रोगबाट मृत्यु हुन्छ । ४०-५० वर्षघिसम्म अमेरिका, बेलायत तथा अन्य विकसित मुलुकहरुमा यो रोग महिलाहरुको मृत्युको प्रमुख कारण थियो । नेपालमा प्रतिवर्षकति महिलालाई यो रोग लाग्छ र कतिको मृत्यु हुन्छ भन्ने सही तथ्याड्ढ छैन । विश्व स्वास्थ्य संगठनका अनुसार विश्वभरिमा सबैभन्दा बढी पाठेघरको मुखको क्यान्सर रोगी भारतमा छन् । डा. घिमिरेका अनुसार नेपालमा यसबारे कुनै खास अध्ययन नभए पनि भारतकै अनुपातमा नेपाली महिलामा पनि पाठेघरको मुखको क्यान्सर हुने सम्भावना रहेको छ । कसरी हुन्छ पाठेघरको मुखको क्यान्सर ? क्यान्सर रोग विशेषज्ञ डा. घिमिरे भन्नुहुन्छ- ँकुनै निश्चित कारणले पाठेघरको मुखको क्यान्सर हुन्छ भनेर किटान गर्न नसकिने भए पनि ह्युमन पापिलोमा नामक भाइरस (HPV) नै यसको मुख्य कारण हो । एचपीभी एक साधारण भाइरस हो, जुन यौनसर्म्पर्कमार्फ एक-अर्कामा र्सर्ने गर्छ । एचपीभी संक्रमणको खासै उपचार छैन । हालसम्म विश्वमा करिब ६४ करोडभन्दा बढी मानिस एचपीभी संक्रमित छन्, जसमा पुरुषको तुलनामा महिला धेरै नै बढी छन् । विश्वको तथ्याड्ढलाई केलाउँदा यौनक्रियाकलापमा संलग्न ५० देखि ८० प्रतिशत महिलालाई जीवनमा कम्तीमा एक पटक उक्त भाइरसले दुःख दिने गरेको पाइएको छ । यही भाइरसको कारण लगभग ३० वर्षो उमेरमा उक्त क्यान्सर देखा पर्ने गर्छ । एचपीभी भाइरस धेरै प्रकारको भए तापनि १३ प्रकारको भाइरसले मात्र पाठेघरको मुखको क्यान्सर निम्त्याउने चिकित्सकहरु बताउँछन् । पहिलादेखि नै यस्ता भाइरस भएकाहरुसँग यौनसर्म्पर्क राख्दा पनि उक्त भाइरस संक्रमण हुन सक्छ । एचपीभी शारीरिक सर्म्पर्क गर्दा छालाबाट छालामा निकट सर्म्पर्कले फैलिने डा. घिमिरे बताउनुहुन्छ । यस्ता विषाणुले गर्भाशयको मुखको कोषिकाहरुमा परिवर्तन ल्याउन सक्छन् र पाठेघरको मुखको कोषिका विकसित भई त्यसको परिणामस्वरुप वर्षौंपछि क्यान्सर हुन सक्छ । करिब ७० प्रतिशत पाठेघरको क्यान्सर एचपीभीसँग सम्बन्धित रहेको पाइएको छ । पाठेघरको जीवकोषमा एचपीभीको संक्रमणले शरीरको जीवकोषको प्रोटिनसँग एचपीभी (E6 तथा E7) को प्रोटिन रासायनिक प्रक्रिया हुँदा शरीरको जीवकोष क्यान्सरमा परिवर्तन हुन्छ । एसिया महादेशमा ८३ प्रतिशत पाठेघर क्यान्सर एचपीभी संक्रमणको कारणले हुने गरेको पाइएको छ । एचपीभी संक्रमण हुने खतरा महिलासँग यौनसर्म्पर्क गर्ने पुरुषको यौनिक क्रियाकलापमा पनि निर्भर रहने डा. घिमिरे बताउनुहुन्छ । ँयौनसर्म्पर्कको बेला वर्ीय योनिबाहिर स्खलन गराउँदा एचपीभी संक्रमणबाट बच्न सकिन्छ भन्ने सोचाइ धेरै मानिसमा रहेको छ । यो एकदमै गलत हो । डा. घिमिरे भन्नुहुन्छ- ँछालासँग सम्बन्धित संक्रमण भएकाले योनिबाहिर स्खलन गरे पनि भाइरस संक्रमण हुने गर्छ ।’ त्यस्तैगरी धूमपान गर्ने, गर्भनिरोधक चक्कीको उपयोग गर्ने, धेरै सन्तान जन्माएका, धेरै कम उमेरमा यौनसर्म्पर्क गरेका, धेरै व्यक्तिहरुसँग यौनसर्म्पर्क गरेका, आफ्नो श्रीमान् वा श्रीमतीका धेरै यौनसाथी भएकाहरुमा पाठेघरको मुखको क्यान्सर हुने सम्भावना बढी रहन्छ । कसरी थाहा पाउने ?
अन्य लक्षणमा ँपोलिभक’ वा कम्मरको हाड दुख्ने, दिसा-पिसाब गर्न गाह्रो हुनेजस्ता समस्याहरु देखा पर्ने गर्छन् । तर यस्ता लक्षण अन्य कारणले समेत हुन सक्ने भएकाले चिकित्सकीय परीक्षणले आफ्नो लक्षणको कारण थाहा हुन सक्छ । सुरु-सुरुमा पहिलेको भन्दा बढी गन्हाउने पानी बग्ने, पटक-पटक संक्रमित भइराख्ने, पानीमा रगत मिसिएको हुन सक्ने हुन्छ । महिनवारी बन्द भइसकेका महिलाहरुमा फेरि रगत देखा परेमा यो रोग लागेको शंका गर्न सकिन्छ । यो क्यान्सर सुरुको अवस्थामा पत्ता लागे शतप्रतिशत निको हुने भएकाले समयमै परामर्श लिनुपर्ने डा. घिमिरेको सुझाव छ । समयमै निदानः प्याप स्मेयर सबै महिलाहरुले २५ वर्षकाटेपछि नियमित पाठेघरको क्यान्सरसम्बन्धी प्याप स्मेयर (Pap Smear) परीक्षण गराउनुपर्ने डा. घिमिरे बताउनुहुन्छ । यो प्रविधि विश्वमा ५० वर्षघिदेखि प्रचलनमा आएको हो । यो प्रविधिले क्यान्सर भएको/नभएको तथा क्यान्सर हुन सक्ने सुरुका लक्षणहरु थाहा पाउन सकिन्छ । यो अत्यन्तै सरल विधि हो । यसको परीक्षण गर्दा महिलालाई कुनै असुविधा हुँदैन । हरेक विवाहिता महिलाले वर्षा १ पटक नियमित प्याप स्मेयर परीक्षण गराउनुपर्छ । यो तुरुन्तै गर्न सकिने जाँच भएकाले नजिकैको स्वास्थ्य केन्द्र, अस्पतालहरुमा अथवा स्त्रीरोग विशेषज्ञहरुद्वारा गराउन सकिन्छ । जाँच गराउँदा नदुख्ने, बेहोस हुनु नपर्ने र ५ देखि १५ मिनेटमै सकिने भएकाले यो जाँच गराउँदा कुनै समस्या आउँदैन । उपचार सम्भव
रोग लागेर उपचार गर्नुभन्दा लाग्नै नदिन अपनाउनुपर्ने उपायहरुलाई ध्यानमा दिई धूमपान, मद्यपानबाट टाढै रहने, धेरै जनासँग यौनसर्म्पर्क नगर्ने, बर्सर प्याप स्मेयर परीक्षण गर्ने र अन्य अंगहरुको जस्तै यौना?को पनि सरसफाइमा विशेष ध्यान दिने गर्नाले उक्त रोगबाट बच्न सकिन्छ । क्यान्सरविरुद्ध खोप पाठेघरको मुखको क्यान्सरविरुद्धको खोप विश्वमा क्यान्सरविरुद्धको प्रथम खोप हो । सन् २००६ को जुनमा पहिलो पटक एचपीभीविरुद्ध अनुमोदित खोप मर्ेकस गार्डसिलको बिक्री गर्ने अनुमति दिइएको थियो । २००७ को अप्रिलसम्म विश्वका ७० वटाभन्दा बढी मुलुकमा यो खोपले अनुमति प्राप्त गरिसकेको छ । नेपालको सर्न्दर्भमा पाठेघरको मुखको क्यान्सरबारे रोगीहरुमध्ये ७० प्रतिशत महिला क्यान्सरबारे केही ज्ञान नभएका, कम शिक्षित र गाउँघरमा बसोबास गर्नेहरु पर्दछन् । ती महिलाहरु कसैले पनि प्याप स्मेयर जाँच गराएका छैनन् । नेपालमा यो रोगको निदान र उपचार हुने व्यवस्था भइसकेको छ । तर रोग र यसको उपचारको विषयमा गाउँघरका महिलालाई अझै पनि सन्देश नपुगेकाले रोग लाग्नेको संख्या वृद्धि हुँदै गइरहेको छ । हाल देशमा पाठेघरको मुखको क्यान्सर निदान गर्न र उपचार गर्ने सबै सुविधा उपलब्ध छ । उपचारका लागि विदेशमा जान जरुरी छैन । तर गाउँघरका गरिब परिवारका महिलासम्म यससम्बन्धी जानकारी पुग्न नसकेको र निदान एवम् उपचार सेवाबारे उनीहरुलाई थाहा नभएकोले गर्दा उनीहरुले उपचारबाट वञ्चित हुनुपरेको छ । पाठेघरको क्यान्सर रोकथाम गर्न सकिने रोग हो । विभिन्न किसिमका उपायहरु अपनाएर धेरै महिलालाई यो रोग लाग्नबाट बचाउन सकिन्छ । यसका लागि हालको अवस्थामा रोग लाग्ने कारणहरुको बारेमा सन्देश फैलाउनुपर्ने आवश्यकता छ ।
|
| |
|
| |
Copyright 2003-2009 newsofnepal newsofnepal is the internet venture of Kamana News Publications No content available in newsofnepal may be reused in anyway without written permission. |