|
नेपालीहरुमा बढ्दो मानसिक रोगको पीडा लक्ष्मण अधिकारी adhikari2007@yahoo.com विदेशमा पैसा कमाएर काठमाडौंमा घर बनाउने सपना बोकी साउदी अरब पुगेका बाह्रबिसेका एक जना शर्ेपा दुइ वर्षछि मानसिक रोगले विछिप्त बनेर खाली हात घर फर्के ।
गाउँका धेरै युवाहरु विदेशमा गएर पैसा कमाउन थालेपछि २२ वर्षा पर्वतका एक युवा पनि आर्थिक उन्नतिका अनेक सपना बुन्दै मलेसियातिर लागेका थिए । जानेबित्तिकै काम त पाए तर त्यहाँ गर्नुपर्ने कडा श्रम, रोजगारदाताको कठोर व्यवहार, फरक हावापानी, भाषाको समस्या, सामाजिक व्यवहार आदि कारणले उनमा मानसिक तनाव सुरु भयो । आफूले काम गरेअनुसार तलब सुविधा नपाएकोले उनलाई हीनताबोध भयो र केही समयमै मानसिक रोग ड्रि्रेसन भयो । भाषाको समस्याले उपचार भएन । ड्रि्रेसनले कडा रुप लिंदै गएपछि उनी आत्महत्याको निर्णय पुगे । यो थाहा पाएर अन्य नेपालीहरुले पैसा उर्ठाई नेपाल पठाइदिए । खाली हात काठमाडौं उत्रिएका उनी दुइ महिनाको उपचारपछि हाल स्वस्थ भएका छन् । यस्तै रेसिडेन्सियल भिसा पाएर बेलायत गएकी एक लाहुरेकी श्रीमती बेलायत पुगेर डिपार्टमेन्टल स्टोरमा काम त पाइन् तर कडा काम, भाषाको समस्या, सांस्कृतिक-सामाजिक बेमेल आदिका कारण निरास तथा उदास बन्न लागिन् । हप्ताको दुइ दिन छुट्टीमा उनी घरमा केही गर्न नसक्ने अवस्थामा पुगिन् । सोमबार सम्झेपछि आत्तिने, झस्किने समस्याले ग्रस्त बनिन् । अनेक मानसिक रोगले ग्रस्त बनेपछि नेपाल फर्किएर ६ महिनासम्म उनको मानसिक उपचार गर्नुपरेको सम्बद्ध चिकित्सकले बताएका छन् । विदेश जानेहरुमा मानसिक रोग धरै
ओम अस्पतालका मानसिक रोग विशेषज्ञ डा. पुष्पप्रसाद शर्मा भन्नुहुन्छ- ँवैदेशिक रोजगारीमा जानेहरुमध्ये अधिकांशलाई भाषाको समस्या छ । कडा कामको दबाब, सामाजिक-सांस्कृतिक समायोजनमा समस्या, परिवारसँगको सम्बन्ध विच्छेद, हीनताबोध, नोकरी पाउन ठूलो लगानी गरेकाले काम गर्नै पर्ने बाध्यता आदिले वैदेशिक रोजगारीमा जानेमध्ये धेरै मानसिक तनावमा छन् र तीमध्ये धेरै ड्रि्रेसनलगायतका मानसिक रोगका कारण पीडित भई उपचार गर्न स्वास्थ्य संस्थामा जाने तर भाषाको समस्याले आफ्नो पीडा भन्न नसक्दा मानसिक रोगको उपचारै गर्न नसकेर नेपाल आउने गरेका छन् ।’ आफ्नो क्लिनिकमा मासिक १५/१६ जना बिरामी वैदेशिक रोजागरीमा गएकामध्ये हुने गरेको उहाँ बताउनुहुन्छ । मानसिक रोग अस्पताल जावलाखेलका प्रमुख तथा मानसिक रोग विशेषज्ञ डा. सुरेन्द्र शेरचन पनि विभिन्न कारणले गर्दा हाल नेपालीहरुमा मानसिक रोग वृद्धि भइरहेको पाइएको बताउनुहुन्छ । मानसिक रोग विज्ञहरुका अनुसार वैदेशिक रोजगारीका लागि जाने पुरुषहरुभन्दा महिलाहरुमा मानसिक समस्या बढी देखिने गरेको छ । महिलाहरु बढी घरेलु कामदारका रुपमा जाने हुँदा उनीहरुलाई विशेष गरी पुरुषहरुबाट दर्ुर्व्यवहार हुने, यौनशोषण हुने कारणले धेरै महिलाहरु विभिन्न मानसिक रोगले ग्रस्त भई विछिप्त हुने गरेका छन् भने कतिपयले आत्महत्या नै गरेका घटनाहरु पनि प्रकाशमा आइरहेका छन् । मानसिक रोग विशेषज्ञ डा. विश्वबन्धु शर्मा भन्नुहुन्छ- ँविदेशी कलेजमा भर्ना हुनसाथ जागिर पाइन्छ भनी दलाल कम्पनीहरुको फन्दामा परेर युरोप, अमेरिका अस्ट्रेलियामा विनायोजना हामफालेर पढ्न गएकाहरु रोजगारीको अभाव, खर्च समस्या, योग्यता, भाषा र काम गर्ने दक्षताको अभावले मानसिक पीडाग्रस्त भई पढ्न पनि नसक्ने र र्फकन पनि नसक्ने भएर बस्छन् र कतिपय मानसिक समस्याको उपचारका लागि आउने गरेका छन् ।’ उहाँका अनुसार राम्रो सुविधा पाएर आवासीय भिसामा बेलायत जाने लाहुरेका परिवारमा पनि भाषा, संस्कृति, रहनसहन, कामको अभाव आदि कारणले मानसिक समस्या भई उपचारका लागि आउनेहरु पनि प्रशस्तै छन् । मानसिक समस्याले उत्पादकत्वमा ह्रास, अपराधमा वृद्धि
पहाडमा खाद्यान्न उत्पादनमा भइरहेको कमी, विकासका पर्ूवाधारको अभावले मानिसहरु सहरतिर पसेका छन् भने तर्राई आन्दोलनले असुरक्षाको महसुस भई मानिस पहाडी क्षेत्रतिर लागेका छन् । यसले तर्राई, पहाड सबैतिरको सामाजिक संरचनामा परिवर्तन गरेको छ । कैयौं पुस्तादेखि बसोबास गरेका स्थानहरु छोडेर बुढेसकालमा बाध्यतावश नयाँ ठाउँमा र्सर्नुपर्दा उनीहरुलाई सामाजिक, सांस्कृतिक समस्या, रहनसहन-हावापानीको समस्या, आर्थिक उपार्जनका अवसर गुमाउनुपरेका समस्या, भावनात्मक सम्बन्ध भएका स्थानहरुको त्यागलगायतका कारणले उनीहरुमा भावनात्मक जलन, उदासीपन, निरासा, चिडचिडाहटजस्ता विभिन्न किसिमका मानसिक समस्या देखा परेका छन् । डा. पुष्पप्रसाद शर्मा भन्नुहुन्छ- ँअहिले युवाहरुमा उपभोक्तावादी सोच वृद्धि भएको छ । नयाँ-नयाँ मोटरसाइकल, नयाँ मोबाइल चाहिने, फेसन गर्ने, रेस्टुराँ जाने संस्कृतिको विकासले उनीहरुको महत्त्वाकांक्षा बढाएको छ तर सो महत्त्वाकांक्षा पूरा गर्न स्रोत-साधनको कमी, रोजगारीको अभाव भएकाले उनीहरुमा निरासा र उदासपनजस्ता मानसिक समस्या देखिएका छन् । यसले उनीहरुलाई लागू पदार्थको दर्ुर्व्यसन, अधिक मादक पदार्थको सेवन गर्नेजस्ता लत बसाइरहेको छ ।’ डा. विश्वबन्धु शर्मा भन्नुहुन्छ- ँसमाजमा यस किसिमको समस्या वृद्धि गर्नमा राजनीतिक पार्टर्ीीको गैरजिम्मेवारीपूर्ण शैली प्रमुखरुपमा जिम्मेवार छ । राजनीतिक द्वन्द्वले असुरक्षा र अनिश्चितता सिर्जना गरेको छ । राजनीतिक पार्टीले युवाहरुलाई आश देखाएर पछि लगाउने, भिडाउने र सत्तामा पुगेपछि उनीहरुको चाहना पूरा नगर्ने हुँदा युवाहरु निरास हुन्छन् ।’ उहाँ भन्नुहुन्छ- ँयुवाहरुमा यो समस्या बढी देखिएकाले यसबाट देशको उत्पादकत्वमा ह्रास आएको छ । पारिवारिक संरचना भत्किएको छ । समाजमा वैमनश्यता, झै-झगडा र अपराध बढाएको छ । यस्तै कराण हाल युवाहरुमा आत्महत्या पनि वृद्धि भइरहेको छ ।’ उहाँका अनुसार मानसिक रोगमा वृद्धि भएपछि यसले मुटुरोग, अधिक मोटोपन, डायबिटिज तथा यौनसंक्रमितजस्ता शारीरिक रोगमा पनि वृद्धि हुन्छ । मानसिक रोगीले बढी धूमपान गर्ने भएकाले क्यान्सर, फोक्सोको रोगमा वृद्धि हुन्छ । मानसिक रोगीमा कतिपय औषधिका कारण, हिँडडुल कम गर्ने र बढी खाने कारणले मोटोपन, डायबिटिज, मुटुरोग देखा पर्ने गरेको छ । प्राथमिकतामा नपरेको मानसिक रोग
नेपालको सर्न्दर्भमा हर्ेर्ने हो भने पनि शारीरिक रोगको तुलनामा मानसिक रोगको क्षेत्रमा खासै काम भएको छैन । नेपालमा मानसिक रोगको उपचारको थालनी २०२० सालमा वीर अस्पतालबाट नेपालका पहिलो मानसिक रोग विशेषज्ञ डा. विष्णुप्रसाद शर्माले गर्नुभएको हो । २०३५ सालमा यसलाई स्तरवृद्धि गरी ५० शय्याको बनाउने निर्णय भयो । वीर अस्पतालबाट २०४० सालमा यो विभाग जावलाखेलको हाल रहेको भवनमा सारिएको हो । २०३५ सालमा भएको निर्ण्र्ाानुरुप नै यो अस्पतालमा हालसम्म पनि ५० बेड मात्र रहेकाले सरकारले मानसिक रोगको उपचार सेवालाई प्राथमिकतामा नराखेको देखिन्छ । सबै क्षेत्रीय अस्पताल, अञ्चल अस्पतालमा मानसिक रोगको विभाग खोली मानसिक स्वास्थ्य सेवा प्रदान गर्ने सरकारले योजना तय गरेको बर्र्सौं बितिसक्दा पनि योजनाअनुसार काम भएको छैन । सरकारको एकमात्र मानसिक रोग अस्पतालका प्रमुख डा. सुरेन्द्र शेरचनका अनुसार हाल पोखरा, विराटनगर, नेपालगन्ज र भरतपुरका सरकारी अस्पतालमा मात्र मानसिक रोग उपचार विभाग रहेका छन् । सरकारको मानसिक स्वास्थ्यसम्बन्धी नीतिमा मानसिक स्वास्थ्य सेवालाई सामान्य स्वास्थ्य सेवासँग एकीकृत गर्ने र न्यूनतम सुविधा र्सवसुलभ र कम खर्चिलो रुपमा उपलब्ध गराउने, मानसिक स्वास्थ्यका क्षेत्रमा आवश्यक पर्ने जनशक्ति तयार गर्दै मानसिक रोगीहरुको आधारभूत मानवअधिकारको संरक्षण गर्ने र मानसिक स्वास्थ्यका बारेमा जनचेतना जगाउने उल्लेख भए तापनि यसतर्फखासै प्रगति नहुँदा र्सवसाधारणको मानसिक स्वास्थ्य उपचार प्रभावकारीरुपमा हुन सकिरहेको छैन । मानसिक रोगप्रति भ्रम मानसिक स्वास्थ्य समस्या एउटा प्रमुख जनस्वास्थ्य समस्यामध्येमा पर्ने भए तापनि राज्यले यसलाई त्यति धेरै महत्त्व दिइरहेको देखिंदैन । शारीरिक रोगका सम्बन्धमा धेरै मानिस सचेत भए तापनि मानसिक रोगलाई हर्ेर्ने दृष्टिकोण फरक हुनु तथा ज्ञानको कमीका कारण धेरै बिरामीहरु उपचार गर्न नजाने वा ढिलो उपचार गर्न जाने गर्छन् । सामान्यतया र्सवसाधारणले मानसिक रोग भन्नाले केवल साइकोसिस वा कडा खालको मानसिक रोगलाई मात्र लिने गरेका छन्, यो गलत हो । सम्पूर्ण मानसिक रोगीहरुमध्ये ५ प्रतिशतलाई मात्र कडा खालको मानसिक रोग -पागलपन) हुन्छ । अरु मानसिक रोगीहरु सामान्य मानिसहरुजस्तै देखिन्छन् तर उनीहरुमा पीडा भने भइरहेको हुन्छ । बोलीचाली, व्यवहार मनस्थिति, काम गराइबाट उनीहरु मानसिक रोगी हुन् भन्ने थाहा हुँदैन । सम्पूर्ण नेपालीहरुमध्ये २५ देखि ३० प्रतिशतसम्मलाई मानसिक रोग हुने गरेको स्वास्थ्य मन्त्रालयको अनुमान छ । तर उपचारका लागि थोरै मात्र जान्छन् । यसको मूल कारण जनचेतनाको कमी र पर्याप्त सेवा उपलब्ध नहुनु नै हो । हाल नेपालमा करिब ५० जना मात्र मानसिक रोग विशेषज्ञ भएकाले जनशक्तिको निकै कमी देखिन्छ । जनशक्ति कमी भएकै कारण पनि निजी क्षेत्रबाट पनि यो सेवा मागअनुरुप उपलब्ध हुन सकेको छैन । भएका जनशक्ति राजधानीमै केन्द्रित भएकाले राजधानीबाहिरका धेरै बिरामीले धामीझाँक्री र शारीरिक रोगको उपचार गर्ने डाक्टरहरुमा भर पर्नुपर्ने स्थिति छ, जुन प्रभावकारी उपचारका दृष्टिले गलत हो । नेपालको खासगरी ग्रामीण क्षेत्रमा मानसिक रोगलाई धेरैले भूतप्रेत-बोक्सीको प्रभाव, पर्ूवजन्मको पापको परिणामका रुपमा लिने र उपचारका लागि पनि यस्तै गलत उपायहरु अपनाउने गरिन्छ । धेरै बिरामीहरु झारफुक गर्न धामीझाँक्रीकहाँ जाने, तातो पन्यूँले शरीर डाम्ने, भूत झार्ने, पन्छाउनेजस्ता काममा समय बिताउँछन् र रोग अझ कडा हुँदै जान्छ । कतिपयलाई मानसिक रोगको उपचार हुन्छ भन्ने ज्ञान पनि छैन । मानसिक रोग विशेषज्ञहरुका अनुसार सबै मानसिक रोगको उपचार हुन्छ र अधिकांश मानसिक रोग पूर्णरुपमा ठीक पनि हुन्छ । कुनै-कुनै मानसिक रोगमा चाहिँ लामो समय औषधि खाइरहनुपर्ने पनि हुन सक्छ । विभिन्न कारणले गर्दा मानसिक रोगीहरुको संख्या बढिरहेको सर्न्दर्भमा उपलब्ध उपचार सेवा ज्यादै कम देखिन्छ । जनचेतनाको कमीले उपचार नै गर्न नआउने प्रवृत्ति एकातिर छ भने उपचार सेवा राजधानीमा त्यो पनि सीमित मात्रामा हुनु अझ विडम्बनापूर्ण छ । देशबाहिर रोजगारीमा गई देशको अर्थतन्त्र नै मजबुत बनाउन सहयोग पुर्याइरहेका २०-२५ लाख युवाहरुको मानसिक स्वास्थ्यसम्बन्धमा त झन् कुनै कार्यक्रम छैन । यस्ता युवाहरुलाई लक्ष्य गरी कार्यस्थलमै मानसिक उपचार तथा परामर्श सेवा उपलब्ध गराउन र देशमा पनि मागअनुरुपको सेवा उपलब्ध गराउन आवश्यक छ ।
नेपालमा देखिने प्रमुख मानसिक रोगहरु न्युरोसिस न्युरोसिस सामान्य खालको मानसिक रोग हो । यो रोग धेरै प्रकारको हुन्छ । पूरा जनसंख्याको झन्डै १० प्रतिशतलाई न्युरोसिस भएको हुन्छ । यो रोग लागेका मानिसलाई आफू बिरामी छु भन्ने कुरा थाहा हुन्छ र उपचारका लागि आफै जान्छन् पनि । तर यस्ता मानिस आफूलाई रोग लागेको कुरा लुकाउन खोज्छन् । उपचारका लागि पनि धेरैजसो धामीझाँक्रीकहाँ नै जान्छन् । चिकित्सककहाँ जानेहरु पनि प्रायः मानसिक रोगको चिकित्सककहाँ भन्दा शरीरिक रोगको चिकित्सककहाँ जाने गरेको मानसिक रोग विशेषज्ञहरु बताउँछन् । मानसिक रोगबारेमा चेतनाको कमी र मानसिक रोगप्रति समाजको गलत दृष्टिकोणका कारण पनि यस किसिमको समस्या आएको सम्बद्ध विज्ञहरुको भनाइ छ । ड्रि्रेसन ड्रि्रेसनलाई उदासीपन पनि भनिन्छ । ड्रि्रेसन धेरैलाई हुने तथा धेरैले महसुस गरेको रोग हो । मानिसमा उदासीपन बढ्दै जाँदा ड्रि्रेसन हुन्छ । कम्तीमा दुइ हप्तासम्म लगाताररुपमा उदासीपनको अनुभूति हुनुका साथै नकारात्मक विचारहरु मात्र मनमा आउने, कुनै कुरामा चाख नलाग्ने, शरीरिक र मानसिकरुपमा कमजोरीका लक्षणहरु देखिन थालेपछि यसलाई ड्रि्रेसन भनिन्छ । ड्रि्रेसन धेरै प्रकारको हुन्छ । यो रोग कुनै पनि उमेर-समूहका व्यक्तिलाई हुन सक्छ । यो रोग पुरुषभन्दा महिलामा बढी हुने गरेको छ । सम्पूर्ण जनसंख्याको करिब ६ प्रतिशतलाई यो रोग देखिने गरेको छ । सुस्त मनस्थितिर् र्सवसाधारण मानिसको बुद्धिको स्तर ९क्ष्त्त० ९० भन्दा कम भएको अवस्थालाई सुस्त मनस्थिति भनिन्छ । सामान्यतया मानिसको बौद्धिक स्तर ९क्ष्त्त० ९० देखि ११० को बीचमा हुन्छ । तर सुस्त मनस्थिति भएका बिरामीहरुमा बुद्धिको स्तर ७० भन्दा पनि कम भएको पाइन्छ । बुद्धिको स्तर कुन हदमा छ, त्यसको आधारमा बिरामीलाई वर्गीकरण गरी उपचार गरिन्छ । करिब ३ प्रतिशत मानिस यो रोगबाट पीडित भएका हुन्छन् । साइकोसिस साइकोसिस भएको बिरामीलाई आफू रोगी छु भन्ने ज्ञान हुँदैन र ऊ औषधि उपचार गर्न पनि मान्दैन । त्यसकारण बिरामीको सहमतिबेगर पनि अस्पताल भर्ना गरी उपचार गर्नुपर्ने हुन सक्छ । यो कडा खालको मानसिक रोग हो । यसलाई मानसिक सन्तुलन ब्रि्रेको भन्ने पनि गरिन्छ । सम्पूर्ण जनसंख्याको करिब २ प्रतिशतमा यो रोग भएको पाइन्छ । शारीरिक रोगका कारणले हुने कडा खालको मानसिक रोग र मानसिक कारणले हुने कडा खालको मानसिक रोग गरी यो दुइ प्रकारको हुन्छ । छारेरोग छारेरोग धेरै प्रकारको हुन्छ । कुनै छारेरोगमा बेहोस हुने गरेको भए पनि कुनै-कुनै छारेरोगमा बिरामी बेहोस हुँदैन । छारेरोग कुनै पनि उमेरका मानिसलाई हुन सक्छ । छारेरोग हुनुको कारण उमेरअनुसार फरक-फरक हुन्छ । छारेरोग जनसंख्याकोे करिब १ प्रतिशतलाई हुने गरेको पाइएको छ । व्यक्तित्व गडबडीर् पर्सनालिटी डिर्सअर्डर अर्थात् व्यक्तित्व गडबडीको रोग लागेको मानिसको आफ्नो व्यक्तित्वमा नै गडबडी भएको हुन्छ । मानिसको अनुभूति, विचार व्यवहारलाई हेरेर उसको व्यक्तित्व निर्धारण गरिएको हुन्छ । १५ वर्षन्दा माथिको उमेरमा मात्र व्यक्तित्वले आफ्नो स्वरुप लिने भएकाले १५ वर्षन्दा कम उमेरको व्यक्तिमा यो मानसिक रोगको निदान गरिंदैन । व्यक्तित्वको गडबडी धेरै प्रकारको हुन्छ । त्यसमध्ये एन्टिसोसल पर्सनालिटी डिर्सअर्डर एउटा प्रमुख हो । यसमा सामाजिक मूल्य-मान्यताको बेवास्ता गर्ने, सामाजिक मूल्य-मान्यता भंग गर्दा आनन्दको अनुभूति गर्ने, एक पटक गल्ती गरेपछि सोबाट पाठ नसिक्ने र यस्ता गलत कार्य फेरि पनि दोहोर्याएर गर्ने प्रवृत्ति हुन्छ । यो रोग सम्पूर्ण जनसंख्याको करिब एक प्रतिशतलाई हुने गरेको पाइएको छ । हिस्टेरिया हिस्टेरिया पनि एउटा मानसिक रोग हो । यो रोग खासगरी स्कुल पढ्ने उमेरका केटीहरुमा बढी देखिन्छ । नेपालका कतिपय स्कुलहरुमा एकैचोटि धेरै किशोरीहरुलाई मास हिस्टेरियाका रुपमा देखा पर्ने गरेको पनि पाइएको छ । यो रोग प्रायः कमजोर मन भएका, अरुप्रति निर्भर हुने, आफ्नो प्रशंसा होस् भन्ने चाहना राख्ने, अपरिपक्व व्यक्तित्व भएकाहरुमा बढी देखिन्छ । चिन्ताबाट पैदा हुने यो सामान्य मानसिक रोग हो । यो रोग लाग्दा बेहोस भएजस्तो गरी पल्टिने, बेहोसमा कराउने, हातखुट्टा दरो पारी दाँत किट्ने, अरुले सम्हाल्न खोज्दा विरोध गर्ने हुन्छ । छोप्न छोडेपछि बिरामी पूरै ठीक देखिन्छ । यसका अतिरिक्त मादक पदार्थको दर्ुर्व्यसन, लागू पदार्थको दर्ुर्व्यसनलाई पनि मानसिक रोगकै समूहमा राखिएको छ । यस्ता दर्ुर्व्यसनीहरु मादक तथा लागूपदार्थको सेवन नगरी बस्न नसक्ने र यस्ता वस्तु सेवन नगर्दा विभिन्न किसिमका शारीरिक, मानसिक लक्षणहरु देखिने तथा सेवन गरेपछि केही समय ठीक हुने हुन्छन् । यसका साथै अन्य प्रकारका मानसिक रोगहरुमा साइको सेक्सुअल डिर्सअर्डर, साइको सोमाटिक रोगहरु, केटाकेटीमा देखिने भावनात्मक गडबडीहरु र केटाकेटीको व्यवहारमा देखिने गडबडीहरु, बिछ्यौनामा पिसाब गर्ने, न्रि्रावस्थामा डराउने, झस्कने वा हिँड्ने, केटाकेटीमा ज्यादै चकचक गर्ने, अब्सेसिब कम्पल्सिप न्यूरोसिस -बराबर हात धुने, सफाइमा बढी ध्यान दिने, एउटै कुरालाई पटक-पटक गन्ने) आदि छन् ।
|
| |
|
| |
Copyright 2003-2010 newsofnepal newsofnepal is the internet venture of Kamana News Publications No content available in newsofnepal may be reused in anyway without written permission. |