Index

नेपालीहरुमा बढ्दो मानसिक रोगको पीड

हिँडाइमा बाधा पुर्याउने रक्तनली अवरोधको उपचार

पुरुष बाँझोपनको उपचार
समलिंगीहरुमा बढ्दै एचआईभी संक्रमण
लिङंगको बाङंगोपनको उपचार
स्वस्थ रहनका लागि सुखी जीवन
जाडोमा छालाको हेरविचार
पाठेघरको मुखको क्यान्सरः बच्ने उपायहरु
एड्सको पीडा सुडानी महिलामा पनि उस
आकर्ष कसरी बन्ने ?

भाइरल फिवर के हो ?

छाला सुन्दर राख्न म्वाइस्चराइजरको प्रयोग
खानाको उचित छनोटले खेलाडीको क्षमतामा वृद्धि
म्याग्दी जिल्ला अस्पतालको कमजोर स्वास्थ्य सेवा
रक्तअल्पताको उपचार
तपाईंको घरमा हाम्रा डाक्टर
राशिफल
हेल्थ न्युज

 

 
 

 

पुरुष बाँझोपनको उपचार

  डा. सुमनराज ताम्राकार

  स्त्री तथा प्रसूति रोग विशेषज्ञ

 अस्पतालमा दैनिक बिरामी जाँच्ने क्रममा गर्भ तुहिने समस्या भएका महिलाहरुको व्यथाजस्तै निःसन्तान भएका पुरुषको समस्या पनि उत्तिकै टिठलाग्दो रुपमा देखिने गरेको हुन्छ कतिपय अवस्थामा साधारण जाँच गरेपछि सम्बन्धित दम्पतीसँग गर्भ प्रक्रियाबारे राम्ररी छलफल गरेकै भरमा दुइ -तीन महिनापछि गर्भधारण भएका  खुसीका खबरहरु पनि सुनिने गर्छन् भने कतिपयमा लामो उपचार पनि गर्नुपर्ने स्थिति आएको हुन्छ जे भए पनि यसरी उपचारमा आउनेहरुमध्ये धेरैले उपचारमा  सफलता पाएका हुन्छन्  

नेपालको पर्रि्रेक्ष्यमा विवाहको एक-दुइ  वर्षम्म कुनै साधन नअपनाई यौनसर्म्पर्क राख्दा पनि गर्भ रहेन भने निःसन्तान भएको मानिन्छ प्राथमिक प्रकारको निःसन्तानको समस्यामा विवाह

(यौनसर्म्पर्क) देखि नै गर्भ रहेको हुँदैन भने दोस्रो प्रकारको निःसन्तानको समस्यामा पहिल्यै कुनै किसिमको गर्भ रहिसकेको हुन्छ

करिब १० प्रतिशत दम्पतीमा निःसन्तानको समस्या हुन सक्छ निःसन्तान हुनुको कारणमा करिब ३० देखि ४० प्रतिशतमा पुरुषमा खराबी, ४० देखि ५० प्रतिशतमा महिलामा खराबी, १० प्रतिशतमा दुवैमा खराबी तथा बाँकी १० प्रतिशतमा कुनै कारण नै पत्ता लाग्दैन यस लेखमा  पुरुषजन्य निःसन्तानका कारणहरु, पुरुषको कारण हुने निःसन्तानको जाँच एवम् उपचारको चर्चा गरिएको

पुरुषजन्य निःसन्तानका कारणहरु

पुरुषजन्य निःसन्तानका मुख्य कारणहरुमा शुक्रकीट बन्ने प्रक्रियामा समस्या, बनिसकेको वर्ीय बाहिर आउने बाटोमा समस्या, योनिमा वीय स्खलन हुन समस्या तथा शुक्रकीटको बनावटमा समस्या आदि हुन्

अण्डाशय अण्डकोषमा नझर्नाले, अण्डकोष सुन्निनाले, वंशाणुगत वा कतिपय औषधि तथा इन्डोक्राइन -अन्तस्राव) ग्रन्थिको कार्यमा खराबीको कारणले शुक्रकीट बन्न अप्ठ्यारो पर्न सक्छ त्यसैगरी शुक्रकीटवाहिनी नली नै नहुने, शुक्रकीटको चाल नै ढिलो हुने एवम् संक्रमण तथा चोटका कारणले शुक्रकीटवाहिनी नली नै थुनिने हुन सक्छ मानसिक समस्या -लि? नउठ्ने वा उत्तेजित नहुने, शीघ्र स्खलन हुने) तथा पुरुषमा पिसाब खुल्ने प्वाल बेठाउँमा भयो भने वर्ीय योनिमा जम्मा हुन पाउँदैन त्यस्तै शुक्रकीटको चाल, संख्या, बनावटमा तथा यसमा पोषिलो पदार्थ नपुग भयो भने पनि निःसन्तानको समस्या हुन सक्छ

नियमित रुपमा एक वर्षम्मको कुनै साधनविना सहवासपछि पनि बच्चा नभएमा जाँच गराउनु राम्रो हुन्छ यदि महिलाको उमेर ३५ पुरुषको उमेर ४० नाघिसकेको भने महिनासम्ममा बच्चा भएन भने सम्बन्धित चिकित्सककहाँ जँचाउनुपर्छ विवाहको दोस्रो वर्षछि प्रजनन क्षमता दरमा निकै कमी हुने हुनाले चाँडै स्वास्थ्यपरीक्षण गराउनुपर्छ सामान्य जानकारी एवम् सल्लाहबाट ठीक पार्न सकिने समस्याहरुका लागि ढिलो गर्नु हुँदैन

पुरुषका कारण हुने निःसन्तानको जाँच

प्रभावित व्यक्तिको उमेर, विवाहको समय, पहिले विवाह गरिसकेको भए सो श्रीमतीबाट बच्चा भएको/नभएको बारेमा चिकित्सकलाई जानकारी गराउनुपर्छ त्यस्तै गरी धूमपान वा मद्यपान गर्ने बानी भएको/नभएको सम्बन्धमा पनि जानकारी आवश्यक हुन्छ यस्तै कुनै यौनरोग, हाँडे, मधुमेह, अण्डकोषवरिपरि कुनै समस्या भएको वा पहिले कुनै शल्यक्रिया गरिसकेको भए सो बारे पनि जानकारी दिनुपर्छ लामो समयसम्म तापमा बसी गर्नुपर्ने कार्य गरेको भए सो सम्बन्धमा आफ्नो चिकित्सकलाई परीक्षणका क्रममा जानकारी दिनुपर्छ यौनसर्म्पर्कका दौरान यौना? उत्तेजित पार्न वीय स्खलनसम्बन्धी कुनै समस्या /छैन सो सम्बन्धमा पनि जानकारी गराउनुपर्छ

शारीरिक जाँचको क्रममा यौना?को पनि राम्ररी जाँच गर्नुपर्छ त्यसपछि वीय जाँच -सकिन्छ भने तीन दिनसम्म सहवास नगरी) गरी शुक्रकीटको संख्या, शुक्रकीटको चाल, बनावट तथा अन्य कुनै पीप वा संक्रमण /छैन, थाहा पाउनुपर्छ

कतिपय पुरुषको वीयको सामान्य जाँचपछि रगतमा अन्य हर्मोन -शुक्रकीट उत्पादन तथा परिपक्व बनाउन मद्दत गर्ने) सम्बन्धी जाँच गर्नुपर्ने हुन्छ अण्डकोष तथा वरिपरिको भिडियो एक्सरे, अण्डाशयबाट थोरै मासु निकालेर गरिने जाँच -बायोप्सी) वा सियो हालेर गरिने कोषको जाँच एवम् वंशाणु अंशबारे पनि जाँच गर्नुपर्ने हुन सक्छ

निःसन्तानको समस्याको उपचार

पोसिलो खाना खाने, शारीरिक तौल नियन्त्रणमा राख्ने, धूमपान-मद्यपान त्याग्नुका साथै यौना?वरिपरि बढ्ता न्यानो हुने गरी वा तातो बनाउने कसिलो बस्त्र लगाउनु हुँदैन दिनहुँ पटक-पटक यौनसर्म्पर्क राख्दा वर्ीयको गुणस्तर घट्ने हुनाले निःसन्तानको समस्या भएकामा मासिक स्रावको उर्वरा समय ख्याल राखी मात्र शारीरिक सर्म्पर्क राख्नर्ुपर्छ सम्बन्धित चिकित्सकबाट यससम्बन्धी प्रस्ट जानकारी पाउन सकिन्छ मासिक स्रावको उर्वरा समय ठ्याक्कै थाहा पाउन आवश्यक परे आफ्नो कोठाको भित्तेपात्रो -क्यालेन्डर) मै चिनो लगाइराख्नुर्ुपर्छ भिटामिनर् , सी तथा बी १२, फोलिक एसिडयुक्त खानेकुराले शुक्रकीट बन्न मद्दत गर्छ

पुरुषको शरीरमा रहेको हर्मोनको उतारचढावको कारण शुक्रकीट उत्पादनसम्बन्धी समस्या भएको अवस्थामा यसको उपचार तथा व्यवस्थापन उचित तवरले गर्नुपर्छ जननेन्द्रिय तथा वर्ीयमा संक्रमण भएको पाइएमा यसको उपचार त्यहीअनुरुप गर्नुपर्छ

वर्ीयमा शुक्रकीटको संख्या कम भने कृत्रिमरुपमा वर्ीय निकाली सामान्य सरसफाइपछि विशेष किसिमको पाइप -क्याथेटर) बाट महिलाको पाठेघरमा राखिदिन सकिन्छ तर वर्ीयमा शुक्रकीट छँदै छैन भने दम्पतीको आपसी सल्लाहमा अन्य पुरुषको वर्ीय प्रयोग गरेर बच्चा पाउने तथा धर्मपुत्र/पुत्री पाल्नुको विकल्प छैन

अण्डाशयबाट गरिएको मासुको जाँच -बायोप्सी) मा भेटिएको अपरिपक्व शुक्रकीटलाई विशेष उपचारपछि विशेष सूक्ष्मदर्शक यन्त्रको सहयोगले महिलाले उत्पादन गरेको डिम्बभित्र छिर्राई कृत्रिम गर्भाधान गराउने उपाय इक्सी -इन्ट्रा साइटोप्लाज्मिक र्स्पर्म इन्जेक्सन) गर्न सकिन्छ यो प्रविधि खर्चिलो एवम् नेपालमा उपलब्ध नहुन पनि सक्छ

शीघ्रपतन, लि? नउठ्ने तथा योनिभित्र लि? छिराउन समस्या भएकामा मनोवैज्ञानिक परामर्श दिनर्ुपर्छ अण्डकोषमा पानी भरिएको -हाइड्रोसिल), अण्डाशयबाट रगत फर्काएर लाने शिरा झोलिएको तथा हर्नियाको समस्या भएको अवस्थामा सामान्य शल्यक्रियाको जरुरत पर्न सक्छ यी उपचारबाट सामान्य सुधार हुन सक्छ

साधना हेल्थ एन्ड ब्युटी मासिकको आगामी अंकमा महिलाजन्य निःसन्तानका कारणहरु, महिलाका कारण हुने निःसन्तानको जाँच  एवम् उपचारबारे उल्लेख गरिनेछ

स्वस्थ वर्ीयसम्बन्धमा विश्व स्वास्थ्य संगठनले तयार गरेका आधारहरु

 विर्यको मात्रा मिलिलिटरभन्दा बढी हुनर्ुपर्छ

 शुक्रकीटको संख्या कम्तीमा करोड प्रतिमिलिलिटर हुनर्ुपर्छ

 शुक्रकीटको चाल ५० प्रतिशतभन्दा बढी सक्रिय प्रकारको हुनर्ुपर्छ

शिक्रकीटको बनावट ३० प्रतिशतभन्दा बढी सामान्य प्रकारको हुनर्ुपर्छ

 कुनै पीप वा श्वेत रक्तकोष नभएको तथा अन्य कुनै संक्रमणको शंका नरहेको हुन्ुपर्छ

विनाकारण पनि निःसन्तानको समस्या

करिब १० प्रतिशतमा विनाकारण पनि निःसन्तानको समस्या हुन सक्छ विस्तृत जाँचपछि पनि कुनै कारण खुट्याउन सकिँदैन यस्तो महिलामा डिम्बवाहिनीनली खुल्ला /छैन भनी गरिने सामान्य जाँचपश्चात् प्राकृतिक यौनसर्म्पर्कबाट मात्र पनि गर्भ रहन सक्छ कतिपय दम्पतीमा भने पुरुषको वर्ीय सामान्य तथा महिलाको दुवै डिम्बवाहिनीनलीहरु खुल्ला भन्ने प्रमाणित भएपछि डिम्ब बढी उत्पादन हुने औषधि सेवनपछि प्राकृतिक यौनसर्म्पर्कबाट वा कृत्रिम गर्भाधानबाट गर्भ रहन सक्छ

निःसन्तानको समस्या भएका दम्पतीमा उपचार गरेको  दुइ  वर्षअवधिमै ३०-४० प्रतिशतले गर्भाधान गर्न सक्छन् यदि कृत्रिम गर्भाधानको सहायता लिएको खण्डमा यो सफलता ६० प्रतिशतसम्म पुग्छ कृत्रिम गर्भाधानका कारण कहिलेकाहीँ गर्भ तुहिने, पाठेघरबाहिर गर्भ रहने सम्भावना दोब्बर शिशु वा नवजात बच्चाको मुत्यु हुने सम्भावना पनि दोब्बर हुन्छ

 [Kamanaa] [Sadhana] [Nepal Samacharpatra] [Mahanagar]] [Contact Us]


Copyright 2003-2009 newsofnepal
newsofnepal is the internet venture of Kamana News Publications
No content available in newsofnepal may be reused in anyway without written permission.