Index

नेपालीहरुमा बढ्दो मानसिक रोगको पीड

हिँडाइमा बाधा पुर्याउने रक्तनली अवरोधको उपचार

पुरुष बाँझोपनको उपचार
समलिंगीहरुमा बढ्दै एचआईभी संक्रमण
लिङंगको बाङंगोपनको उपचार
स्वस्थ रहनका लागि सुखी जीवन
जाडोमा छालाको हेरविचार
पाठेघरको मुखको क्यान्सरः बच्ने उपायहरु
एड्सको पीडा सुडानी महिलामा पनि उस
आकर्ष कसरी बन्ने ?

भाइरल फिवर के हो ?

छाला सुन्दर राख्न म्वाइस्चराइजरको प्रयोग
खानाको उचित छनोटले खेलाडीको क्षमतामा वृद्धि
म्याग्दी जिल्ला अस्पतालको कमजोर स्वास्थ्य सेवा
रक्तअल्पताको उपचार
तपाईंको घरमा हाम्रा डाक्टर
राशिफल
हेल्थ न्युज

 

 
 

 

हिँडाइमा बाधा पुर्याउने रक्तनली अवरोधको उपचार

 डा. उत्तमकृष्ण श्रेष्ठ

कन्सल्टेन्ट कार्डियोभास्कुलर र्सजनमानिसको सारा अंगमा रगतको प्रभाव हुन जरुरी यसबाट शरीरका अंगहरुले अक्सिजनलगायत अरु आवश्यक खाना प्राप्त गर्दछन् मुटुबाट अन्य अंगमा रगत लग्ने नलीलाई धमनी -आर्टरी) भनिन्छ भने मुटुसम्म रगत पुर्याउने नलीलाई शिरा (भेन) भनिन्छ

आर्टरी विभिन्न कारणले भिन्न-भिन्न रोगको सिकार बन्छ जुन अंगमा रगत पुर्याउने आर्टरीमा रोग लाग्छ, त्यही अंग रोगी हुन पुग्छ साँघुरिएर, बन्द भएर, केही भाग फुलेर, संक्रमण भएर आदिबाट आर्टरी ग्रसित हुन सक्छ यी विभिन्न रोगहरुमध्ये आर्टरी साँघुरिएर या क्रमशः बन्द भएर लाग्ने रोगलाई एथेरोस्क्लेरोसिस भनिन्छ यो रोग आर्टरीमा लाग्ने रोगहरुमध्येको प्रमुख नै मान्न सकिन्छ

यो रोगबाट देखिने लक्षणको ज्ञानको कमीले गर्दा धरैजसो व्यक्ति डाक्टरकहाँ ढिलो पुग्ने गर्छन् रोगले निकै च्यापेपछि उपचार विधि पनि ढिलो हुने हुनाले यस रोगबारे समयमै ध्यान पुर्याउनु जरुरी हुन्छ रोगको सुरुको अवस्थामा उपचार गराएका बिरामीले डाक्टरबाट निकै मद्दतको अपेक्षा राख्न सक्छन्

हृदयघात, पक्षघात भएका घटना दिनदिनै सुन्ने गरिन्छ मुटुमा रगत पुर्याउने रक्तनलीमा अवरोध आएमा पक्षघात हुने गर्छ पक्षघात अरु कारणबाट पनि हुन सक्छ मिर्गौर्लामा रगत पुर्याउने रक्तनली -आर्टरी) मा एथेरोस्क्लेरोसिस भयो भने रक्तचाप बढ्ने या मिर्गौला नै खराब हुन सक्छ आन्द्रामा रगत प्रवाह गर्ने रक्तनली -आर्टरी) बन्द भएमा आन्द्रा कुहिने मानिसको ज्यानैसमेत जाने हुन्छ र्सवसाधारणलाई बुझाउँदा खुट्टाको एथेरोस्क्लेरोसिसलाई हृदयघातसँग तुलना पनि गरिन्छ यसमा फरक यत्ति हो कि यसले तुरुन्तै मानिसको ज्यान नै खतरा हुने सम्भावना भने कम हुन्छ

रोग लाग्दा देखिने समस्याहरु

रोग लागेपछि सुरुको अवस्थामा बिरामी केही हिँडेपछि उसको खुट्टाको पिडौंला, त्रि्रा दुख्ने गर्छ यो दुखाइ आर्टरीको अवरोध भएको स्थानअनुसार फरक-फरक हुन सक्छ तर केही मिनेट आराम गरेपछि बिरामीको दुखाइमा कमी आई फेरि हिँड्न सक्ने हुन्छ रोग बढ्दै गएपछि हिँड्न सक्ने दूरी पनि कम हुँदै जान्छ अन्ततः बिरामी बसिरहँदा पनि खुट्टा एकनासले दुखिरहने गर्छ यो अवस्था पुगेमा रोगले निकै च्यापिसकेछ भन्ने बुझनर्ुपर्छ यसरी रोगको अवस्थाअनुसार  दुखाइमा फरक आउँछ 

यो रोग लागेपछि बिरामीलाई अरु समस्या पनि हुन सक्छ रोग लागेको खुट्टा चिसो हुने, खुट्टाको पैताला औंलाहरुमा रातोपनाको कमी आउने औंलाहरुमा विनाचोट घाउ देखा पर्ने हुन्छ यस्तो घाउ साधारण औषधिले निको हुँदैन योभन्दा जटिल अवस्था भनेको औंलाहरु कुहिनु हो, जसले बिस्तारै पूरै खुट्टा कुहिने अवस्थासम्म पुर्याउन सक्छ

कस्तो व्यक्तिमा रोग देखा पर्छ ?

यो पुरुषहरुमा बढी देखिने रोग हो प्रायः ५० वर्षछिको उमेरमा यो रोग लाग्ने गरेको पाइन्छ उमेर ढल्कँदै गएपछि यो रोग लाग्ने सम्भावना पनि बढी हुन्छ अरु रोगहरुसँग पनि एथेरोस्क्लेरोसिसको गहिरो सम्बन्ध रहेको पाइएको मधुमेह उच्च रक्तचापका बिरामीलाई यो रोगले बढी सताउने गर्छ

यस्तै रगतमा लाइपिडको मात्रा बढी भएमा पनि यो रोग लाग्छ लाइपिडलाई साधारण भाषामा रगतमा पाइने एक प्रकारको बोसो भन्ने बुझ्नर्ुपर्छ लाइपिडको मात्रा बढी भएको कुरा रगतको परीक्षणबाट मात्र पत्ता लाग्छ धूमपान ज्यादा गर्ने मानिसमा यो रोग बढी देखिन्छ यो रोग धूमपानबाट हुने रोगमा एउटा प्रमुख रोग नै मान्न सकिन्छ

रोग पहिचान गर्ने तरिका

अरु रोगको निदान गरेजस्तै बिरामीको समस्यासँगको कुराकानीबाट यो रोग लागेको हो या अरु नै रोग लागेको हो, छुट्याउन मद्दत पुग्छ

बिरामीको शरीरको विभिन्न भागमा जाने आर्टरीहरु छामेर पनि रक्तनलीमा रगत प्रवाह सामान्य रहेको, कम रहेको या रहँदै नरहेको भन्ने यकिन गर्न सकिन्छ यस क्रममा चिकित्सकद्वारा मस्तिष्कमा जाने आर्टरी, हातमा जाने आर्टरी खुट्टामा जाने आर्टरीहरु छाम्ने गरिन्छ खुट्टाका आर्टरीहरुमध्ये कुनचाहिँ आर्टरी कमजोर रहेछ भनी विभिन्न ठाउँका आर्टरीहरु छाम्नुपर्ने हुन्छ रक्तचाप नाप्नु मुटुको जाँच गर्नु नियमित मान्नर्ुपर्छ साधन भएको खण्डमा बहिरंग विभागमै डोपलर भन्ने मेसिनद्वारा आर्टरीको स्थिति जाँच गर्नुपर्छ यो मेसिन साधारण स्टेथेस्कोपजस्तै देखिन्छ

यी जाँचहरुबाट रोगको प्रकृतिबारे धेरै पत्ता लागिसकेको हुन्छ त्यसपछि चिकित्सकबाट विभिन्न जाँचहरुको लागि परामर्श हुन्छ बिरामीको अवस्था यसलाई गर्नुपर्ने उपचार विधिलाई ध्यानमा राखेर जाँचको प्रकार पनि फरक हुन सक्छ बिरामीको रोगको अवस्था हेरेर नै जाँचहरु एकिन गर्नुपर्ने हुन्छ

यो रोग लागेको बिरामीको गरिनुपर्ने जाँचहरुमा रगतमा चिनीको मात्रा, लाइपिडको मात्रा अरु साधारण रगतको जाँचहरु पर्छन् त्यस्तै छातीको एक्स-रे, मुटुकोर् .सी.जी. आवश्यक परेमा मुटुको भिडियो एक्स-रे गर्नुपर्छ त्यसरी नै अरु रोगले पनि संक्रमण गरेको शंका लागेमा त्यस रोगको निमित्त पनि जाँच गर्नुपर्ने हुन्छ यी भए साधारण जाँचहरु, यसबाहेक चिकित्सकले ठोस जाँचहरु गर्नुपर्ने हुन्छ यी जाँचबाट रोग यकिन गर्नुको साथै त्यसको अवस्था त्यसपछि बिरामीलाई चाहिने सल्लाह शल्यक्रिया गर्नुपर्ने भएमा त्यसबाट बिरामीलाई लाभ हुने/नहुने आदि कुराहरुको जानकारी पाउन सकिन्छ

ठोस जाँचहरु गर्दा कलर डोपलर गर्ने मेसिनबाट कुन रगतको नली कत्ति साँघुरिएको , रक्तसञ्चालनलाई कत्ति अवरोध पुगेको अन्य आर्टरीहरु सद्दे छन् कि छैनन्, थाहा पाउन सकिन्छ कलर डोपलर एउटा स्पेसल भिडयो एक्स-रे गर्ने मेसिनजस्तै नै हो तर यो मेसिन चलाउन भने राम्रो ज्ञान भएको चिकित्सकको जरुरत पर्छ यो जाँचबाट शल्यचिकित्सकलाई शल्यचिकित्सा गर्ने/नगर्ने गर्नुपरेमा कुन प्रकारको शल्यक्रियाले बिरामीलाई फाइदा पुर्याउँछ भनी योजना बनाउन सकिन्छ यसैगरी एन्जियोग्राम -आर्टरीमा अैषधि हालेर एक्स-रे गर्ने प्रविधि) गर्दा रोगको स्थितिबारे कलर डोपलरभन्दा स्पष्ट हुने गर्छ प्रायः शल्यचिकित्सकले एन्जियोग्रामको रिपोर्ट हेरेपछि मात्र शल्यक्रियाको निर्ण्र्ाागर्छन्

उपचार विधिहरु

रोगको अवस्था हेरेर उपचार विधि भिन्न हुने गर्छ सुरुको अवस्थामा चिकित्सककहाँ बिरामी पुगेको खण्डमा विनाशल्यक्रिया रोगलाई नराम्रो हुने अवस्थाबाट रोक्न सकिन्छ चुरोट खान छाड्नु अरु रोगको उपचार -मधुमेह, रक्तचाप, लाइपिडको मात्रा घटाउनु)बाट पनि यो रोग बढ्न नदिन मद्दत पुग्छ नियमित हिँड्नाले पनि रोगको चापमा कमी ल्याउन मद्दत गर्छ यो रोग एक पटक लागेपछि फेरि पुरानै स्वस्थ अवस्थामा फर्काउन सकिन्छ भन्ने होइन तर रोगलाई जटिल हुनबाट बचाउन धेरै प्रयास  गर्न सकिन्छ

यो रोगको उपचार विभिन्न प्रकारबाट गर्न सकिन्छ बिरामीको रोगको अवस्थालाई हेरेर आर्टरीमा उत्पन्न अवरोधलाई हटाउने अथवा साँघुरिएको आर्टरीलाई फुलाउने वा बाइपास र्सजरी गर्ने भन्ने चिकित्सकले निर्ण्र्ाालिनर्ुपर्छ बाइपास र्सजरी गर्दा बिरामीकै शिरा -भेन) या कृत्रिम नली प्रयोग गर्न सकिन्छ यस्तो शल्यचिकित्सापछि बिरामीको अवस्थामा धेरै सुधार आउँछ यसपछि भने बिरामीले डाक्टरी सल्लाह मान्ने बेला-बेलामा जँचाइराख्नर्ुपर्छ यस प्रकारको शल्यक्रिया रक्तनलीसम्बन्धी विशेष दखल भएका चिकित्सकहरुबाट मात्र सम्भव

 [Kamanaa] [Sadhana] [Nepal Samacharpatra] [Mahanagar]] [Contact Us]


Copyright 2003-2009 newsofnepal
newsofnepal is the internet venture of Kamana News Publications
No content available in newsofnepal may be reused in anyway without written permission.