|
हिँडाइमा बाधा पुर्याउने रक्तनली अवरोधको उपचार डा. उत्तमकृष्ण श्रेष्ठ
आर्टरी विभिन्न कारणले भिन्न-भिन्न रोगको सिकार बन्छ । जुन अंगमा रगत पुर्याउने आर्टरीमा रोग लाग्छ, त्यही अंग रोगी हुन पुग्छ । साँघुरिएर, बन्द भएर, केही भाग फुलेर, संक्रमण भएर आदिबाट आर्टरी ग्रसित हुन सक्छ । यी विभिन्न रोगहरुमध्ये आर्टरी साँघुरिएर या क्रमशः बन्द भएर लाग्ने रोगलाई एथेरोस्क्लेरोसिस भनिन्छ । यो रोग आर्टरीमा लाग्ने रोगहरुमध्येको प्रमुख नै मान्न सकिन्छ । यो रोगबाट देखिने लक्षणको ज्ञानको कमीले गर्दा धरैजसो व्यक्ति डाक्टरकहाँ ढिलो पुग्ने गर्छन् । रोगले निकै च्यापेपछि उपचार विधि पनि ढिलो हुने हुनाले यस रोगबारे समयमै ध्यान पुर्याउनु जरुरी हुन्छ । रोगको सुरुको अवस्थामा उपचार गराएका बिरामीले डाक्टरबाट निकै मद्दतको अपेक्षा राख्न सक्छन् । हृदयघात, पक्षघात भएका घटना दिनदिनै सुन्ने गरिन्छ । मुटुमा रगत पुर्याउने रक्तनलीमा अवरोध आएमा पक्षघात हुने गर्छ । पक्षघात अरु कारणबाट पनि हुन सक्छ । मिर्गौर्लामा रगत पुर्याउने रक्तनली -आर्टरी) मा एथेरोस्क्लेरोसिस भयो भने रक्तचाप बढ्ने या मिर्गौला नै खराब हुन सक्छ । आन्द्रामा रगत प्रवाह गर्ने रक्तनली -आर्टरी) बन्द भएमा आन्द्रा कुहिने र मानिसको ज्यानैसमेत जाने हुन्छ । र्सवसाधारणलाई बुझाउँदा खुट्टाको एथेरोस्क्लेरोसिसलाई हृदयघातसँग तुलना पनि गरिन्छ । यसमा फरक यत्ति हो कि यसले तुरुन्तै मानिसको ज्यान नै खतरा हुने सम्भावना भने कम हुन्छ । रोग लाग्दा देखिने समस्याहरु
यो रोग लागेपछि बिरामीलाई अरु समस्या पनि हुन सक्छ । रोग लागेको खुट्टा चिसो हुने, खुट्टाको पैताला र औंलाहरुमा रातोपनाको कमी आउने र औंलाहरुमा विनाचोट घाउ देखा पर्ने हुन्छ । यस्तो घाउ साधारण औषधिले निको हुँदैन । योभन्दा जटिल अवस्था भनेको औंलाहरु कुहिनु हो, जसले बिस्तारै पूरै खुट्टा कुहिने अवस्थासम्म पुर्याउन सक्छ । कस्तो व्यक्तिमा रोग देखा पर्छ ? यो पुरुषहरुमा बढी देखिने रोग हो । प्रायः ५० वर्षछिको उमेरमा यो रोग लाग्ने गरेको पाइन्छ । उमेर ढल्कँदै गएपछि यो रोग लाग्ने सम्भावना पनि बढी हुन्छ । अरु रोगहरुसँग पनि एथेरोस्क्लेरोसिसको गहिरो सम्बन्ध रहेको पाइएको छ । मधुमेह र उच्च रक्तचापका बिरामीलाई यो रोगले बढी सताउने गर्छ । यस्तै रगतमा लाइपिडको मात्रा बढी भएमा पनि यो रोग लाग्छ । लाइपिडलाई साधारण भाषामा रगतमा पाइने एक प्रकारको बोसो भन्ने बुझ्नर्ुपर्छ । लाइपिडको मात्रा बढी भएको कुरा रगतको परीक्षणबाट मात्र पत्ता लाग्छ । धूमपान ज्यादा गर्ने मानिसमा यो रोग बढी देखिन्छ । यो रोग धूमपानबाट हुने रोगमा एउटा प्रमुख रोग नै मान्न सकिन्छ । रोग पहिचान गर्ने तरिका
बिरामीको शरीरको विभिन्न भागमा जाने आर्टरीहरु छामेर पनि रक्तनलीमा रगत प्रवाह सामान्य रहेको, कम रहेको या रहँदै नरहेको भन्ने यकिन गर्न सकिन्छ । यस क्रममा चिकित्सकद्वारा मस्तिष्कमा जाने आर्टरी, हातमा जाने आर्टरी र खुट्टामा जाने आर्टरीहरु छाम्ने गरिन्छ । खुट्टाका आर्टरीहरुमध्ये कुनचाहिँ आर्टरी कमजोर रहेछ भनी विभिन्न ठाउँका आर्टरीहरु छाम्नुपर्ने हुन्छ । रक्तचाप नाप्नु र मुटुको जाँच गर्नु नियमित मान्नर्ुपर्छ । साधन भएको खण्डमा बहिरंग विभागमै डोपलर भन्ने मेसिनद्वारा आर्टरीको स्थिति जाँच गर्नुपर्छ । यो मेसिन साधारण स्टेथेस्कोपजस्तै देखिन्छ । यी जाँचहरुबाट रोगको प्रकृतिबारे धेरै पत्ता लागिसकेको हुन्छ । त्यसपछि चिकित्सकबाट विभिन्न जाँचहरुको लागि परामर्श हुन्छ । बिरामीको अवस्था र यसलाई गर्नुपर्ने उपचार विधिलाई ध्यानमा राखेर जाँचको प्रकार पनि फरक हुन सक्छ । बिरामीको रोगको अवस्था हेरेर नै जाँचहरु एकिन गर्नुपर्ने हुन्छ । यो रोग लागेको बिरामीको गरिनुपर्ने जाँचहरुमा रगतमा चिनीको मात्रा, लाइपिडको मात्रा र अरु साधारण रगतको जाँचहरु पर्छन् । त्यस्तै छातीको एक्स-रे, मुटुकोर् इ.सी.जी. र आवश्यक परेमा मुटुको भिडियो एक्स-रे गर्नुपर्छ । त्यसरी नै अरु रोगले पनि संक्रमण गरेको शंका लागेमा त्यस रोगको निमित्त पनि जाँच गर्नुपर्ने हुन्छ । यी त भए साधारण जाँचहरु, यसबाहेक चिकित्सकले ठोस जाँचहरु गर्नुपर्ने हुन्छ । यी जाँचबाट रोग यकिन गर्नुको साथै त्यसको अवस्था र त्यसपछि बिरामीलाई चाहिने सल्लाह र शल्यक्रिया गर्नुपर्ने भएमा त्यसबाट बिरामीलाई लाभ हुने/नहुने आदि कुराहरुको जानकारी पाउन सकिन्छ । ठोस जाँचहरु गर्दा कलर डोपलर गर्ने मेसिनबाट कुन रगतको नली कत्ति साँघुरिएको छ, रक्तसञ्चालनलाई कत्ति अवरोध पुगेको छ र अन्य आर्टरीहरु सद्दे छन् कि छैनन्, थाहा पाउन सकिन्छ । कलर डोपलर एउटा स्पेसल भिडयो एक्स-रे गर्ने मेसिनजस्तै नै हो । तर यो मेसिन चलाउन भने राम्रो ज्ञान भएको चिकित्सकको जरुरत पर्छ । यो जाँचबाट शल्यचिकित्सकलाई शल्यचिकित्सा गर्ने/नगर्ने र गर्नुपरेमा कुन प्रकारको शल्यक्रियाले बिरामीलाई फाइदा पुर्याउँछ भनी योजना बनाउन सकिन्छ । यसैगरी एन्जियोग्राम -आर्टरीमा अैषधि हालेर एक्स-रे गर्ने प्रविधि) गर्दा रोगको स्थितिबारे कलर डोपलरभन्दा स्पष्ट हुने गर्छ । प्रायः शल्यचिकित्सकले एन्जियोग्रामको रिपोर्ट हेरेपछि मात्र शल्यक्रियाको निर्ण्र्ाागर्छन् । उपचार विधिहरु रोगको अवस्था हेरेर उपचार विधि भिन्न हुने गर्छ । सुरुको अवस्थामा चिकित्सककहाँ बिरामी पुगेको खण्डमा विनाशल्यक्रिया रोगलाई नराम्रो हुने अवस्थाबाट रोक्न सकिन्छ । चुरोट खान छाड्नु र अरु रोगको उपचार -मधुमेह, रक्तचाप, लाइपिडको मात्रा घटाउनु)बाट पनि यो रोग बढ्न नदिन मद्दत पुग्छ । नियमित हिँड्नाले पनि रोगको चापमा कमी ल्याउन मद्दत गर्छ । यो रोग एक पटक लागेपछि फेरि पुरानै स्वस्थ अवस्थामा फर्काउन सकिन्छ भन्ने होइन तर रोगलाई जटिल हुनबाट बचाउन धेरै प्रयास गर्न सकिन्छ । यो रोगको उपचार विभिन्न प्रकारबाट गर्न सकिन्छ । बिरामीको रोगको अवस्थालाई हेरेर आर्टरीमा उत्पन्न अवरोधलाई हटाउने अथवा साँघुरिएको आर्टरीलाई फुलाउने वा बाइपास र्सजरी गर्ने भन्ने चिकित्सकले निर्ण्र्ाालिनर्ुपर्छ । बाइपास र्सजरी गर्दा बिरामीकै शिरा -भेन) या कृत्रिम नली प्रयोग गर्न सकिन्छ । यस्तो शल्यचिकित्सापछि बिरामीको अवस्थामा धेरै सुधार आउँछ । यसपछि भने बिरामीले डाक्टरी सल्लाह मान्ने र बेला-बेलामा जँचाइराख्नर्ुपर्छ । यस प्रकारको शल्यक्रिया रक्तनलीसम्बन्धी विशेष दखल भएका चिकित्सकहरुबाट मात्र सम्भव छ ।
|
| |
|
| |
Copyright 2003-2009 newsofnepal newsofnepal is the internet venture of Kamana News Publications No content available in newsofnepal may be reused in anyway without written permission. |