Index

नेपालीहरुमा बढ्दो मानसिक रोगको पीड

हिँडाइमा बाधा पुर्याउने रक्तनली अवरोधको उपचार

पुरुष बाँझोपनको उपचार
समलिंगीहरुमा बढ्दै एचआईभी संक्रमण
लिङंगको बाङंगोपनको उपचार
स्वस्थ रहनका लागि सुखी जीवन
जाडोमा छालाको हेरविचार
पाठेघरको मुखको क्यान्सरः बच्ने उपायहरु
एड्सको पीडा सुडानी महिलामा पनि उस
आकर्ष कसरी बन्ने ?

भाइरल फिवर के हो ?

छाला सुन्दर राख्न म्वाइस्चराइजरको प्रयोग
खानाको उचित छनोटले खेलाडीको क्षमतामा वृद्धि
म्याग्दी जिल्ला अस्पतालको कमजोर स्वास्थ्य सेवा
रक्तअल्पताको उपचार
तपाईंको घरमा हाम्रा डाक्टर
राशिफल
हेल्थ न्युज

 

 
 

 

स्वस्थ रहनका लागि सुखी जीवन

  डा. प्रकाशराज रेग्मी

मुटुरोग विशेषज्ञ (Prregmi@wlink.com.np)

 जीवन सुखी भएन भने कुनै व्यक्ति स्वस्थ रहन सक्दैन पूर्ण स्वस्थताका लागि शारीरिक स्वास्थ्यका साथै जीवनमा सुखको अनुभूतिसमेत हुनु अत्यावश्यक यसकारण प्रत्येक व्यक्ति स्वस्थ रहनका लागि सुखी बन्न सिक्नर्ुपर्छ सुख दुःख भन्ने कुरा भावना संवेदनासँग गाँसिएको कुरा हो जीवनको वस्तविक लक्ष्य नै सुखको प्राप्ति हो जीवनशैली परिवर्तनको प्रथम कदम जीवनलाई सुखी बनाउने बारेको चिन्तनबाटै सुरु गरिनुपर्छ

धेरै मानिसले आफ्नो जीवनलाई आफंैले जटिल रोगी बनाएका छन् जीवन बिताउने कला पद्धति नजानेर धेरै मानिस रोगी भएका छन् धेरै रोगहरु मान्छेको सोचाइबाट आएका छन् सोचाइ आत्मबल कमजोर भयो भने रोगले सजिलै आक्रमण गर्न सक्छ आत्मबल बलियो भने त्यस व्यक्तिलाई सानोतिनो रोगले छुन सक्दैन, साथै रोग लागिहाले पनि रोगलाई नियन्त्रणमा ल्याउन सजिलो पर्छ यसकारण शरीर स्वस्थ राख्न आत्मबल बलियो हुनुपर्छ आत्मबलका साथै शारीरिक शक्ति ऊर्जा पनि बलियो बनाउन सक्नुपर्छ उच्च आत्मबल, बलियो शक्तिशाली शरीर प्रशस्त ऊर्जा भएको व्यक्तिबाट रोग पनि पराजित हुन्छ यसकारण निरोगी रहन आत्मबल बढाउनुपर्छ, शरीरलाई बलियो बनाउनुपर्छ, साथै शरीरमा प्रशस्त ऊर्जा सञ्चालित गराइराख्नुपर्छ यसो भएमा व्यक्तिलाई स्वस्थ रहन सहयोग पुग्छ

सुखबारे सबैका -आफ्नै धारणाहरु छन् यहाँ सुखलाई स्वास्थ्यसँग जोड्न खोजिएको स्वस्थ जीवनका लागि सुख प्राप्ति अपरिहार्य सुख वस्तुगत नभई मनोगत कुरा भएको हुनाले यसलाई बुझन प्राप्त गर्न आँखा चिम्लिएर भित्री मनले प्रयत्न गर्नुपर्छ भित्री मनको आँखा खुलेपछि मात्र वास्तविक रुपमा मानिसमा परिवर्तन आउन सक्छ जीवनलाई सुखी बनाउन, जीवनशैली स्वस्थ बनाउन सबैभन्दा पहिले सोचाइमा परिवर्तन आउनुपर्छ

मन रोगी भयो भने शरीर रोगी हुन्छ मन स्वस्थ भने शरीर पनि स्वस्थ बन्न सक्छ यसकारण र्सवप्रथम मनलाई निरोगी राख्ने प्रयत्न गर्नुपर्छ जीवनशैलीमा परिवर्तन ल्याउने कुनै औषधि वा इन्जेक्सन छैन चक्की खाएर वा र्सुइ लगाएर जीवनशैली परिवर्तन हुँदैन यसका लागि आफैंले प्रयास गर्नुपर्छ भित्रैदेखि यस कार्यमा लाग्छु, यो मेरै लागि हो, प्रयास गरेँ भने सफल हुन्छु भन्ने आत्मविश्वासका साथ अगाडि बढ्नुपर्छ

जीवनशैली परिवर्तन गर्नुपर्ने आवश्यकता कसैले भित्री मनदेखि नै महसुस गर्दैन भने उसले जीवनशैली परिवर्तन गर्ने प्रयास नगरे पनि हुन्छ भित्री चाहना बलियो आवश्यकताको बोधसहित भयो भने मात्र प्रयास सफल हुन सक्छ जीवनशैली परिवर्तन सुखी स्वस्थ जीवन प्राप्त गर्नका लागि हो स्वस्थ रहनका लागि जीवनलाई कसरी सुखमयी बनाउने भन्ने बारेका केही अवधारणाहरु यहाँ प्रस्तुत गरिएका छन्ः

जीवन आफ्नो लागि

आज धेरै मानिसहरु आफ्नो लागि नभई अरुका लागि बाँचिरहेका छन् जीवन वास्तवमा आफ्नो लागि हो, अरुका लागि होइन कर्म आफ्नो सुखका लागि गर्ने हो, अर्काका लागि होइन हामीले धेरै कार्यहरु इच्छा नहुँदा नहँुदै पनि जबर्जस्ती अरुका डरले वा करकापले गरिरहेका छौँ हामी अरुका पछि-पछि दौडिरहेका छौँ

एक पल्ट गहिरिएर सोचौँ अनि आफ्नो भित्री मनले चाहेअनुसारको जीवन बाँचाँै, त्यसैअनुरुपको कर्म गरौँ, आफ्नो सुखका लागि गरौँ जीवनलाई आफू अनुकूल बनाउनेतर्फलागाँै जीवन आफ्नै बाटोमा खोलाको पानीझैँ विना कुनै रोकतोक सलल बग्छ जीवन प्राकृतिक , यसकारण यो प्राकृतिक रुपमा नै अगाडि बढ्नर्ुपर्छ जब जीवनको प्राकृतिक गतिलाई रोक्न वा मोड्न खोजिन्छ तब रोग विकृति उत्पन्न हुन्छ, जीवनको अर्थ नै बिग्रिन्छ यसकारण जीवनलाई आफ्नै प्राकृतिक बाटोमा, आफूले इच्छाएको बाटोमा बग्न दिनुपर्छ

भित्री शक्तिलाई जगाऊँ

सुख शतप्रतिशत मनोगत कुरा हो यो एक प्रतिशत पनि वस्तुगत होइन मान्छे अत्यन्तै शक्तिशाली प्राणी हो मान्छेको मन मस्तिष्कभित्र अपार शक्ति लुकेको हुन्छ मनले जे सोच्यो त्यस्तै हुन्छ राम्रो सोचे राम्रो, नराम्रो सोचे नराम्रो हुन्छ फूलको आँखामा फूलै संसार काँडाको आँखामा काँडै संसार- वास्तवमा सुख-दुःख मनकै उपज हुन्

मनभित्र लुकेर बसेको अपार शक्तिलाई केन्द्रीकृत दिशा निर्दिष्ट पार्नुपर्छ जस्तै- र्सूयको किरणलाई लेन्स ग्लासमार्फ लिइयो भने यसले आगो बाल्न सक्छ, तर यत्तिकै र्सूयको किरणबाट आगो बल्दैन हाम्रो मनको शक्ति पनि र्सर्यको किरणजस्तै हो हाम्रो दिमागको एक प्रतिशत पनि हामीले दैनिक जीवनमा उपभोग गरेका हुँदैनौँ भित्री शक्तिलाई जगाउन सक्यो भने जीवन उज्ज्वल बन्छ, सुखी बन्छ, स्वस्थ बन्छ सकारात्मक चिन्तन, ध्यान आदिको अभ्यासबाट भित्री शक्ति जगाउन सकिन्छ

जीवनलाई अर्थपूर्ण बनाऊँ

आफूले चाहेको बाटोमा जीवनलाई डोर्याउँदा आफूलाई सजिलो अनुभव हुनुपर्छ, कुनै पश्चात्ताप हीनताबोध हुनु हँदैन यसकारण जीवनमा गरिएका कर्म सर्त्कर्म हुनुपर्छ, अर्थपूर्ण हुनुपर्छ असल, मानवीय, समाज उपयोगी कार्यहरुबाट जीवन श्रेष्ठ बन्छ, अर्थपूर्ण बन्छ अर्थपूर्ण बाँचिएको जीवनले सुख सन्तुष्टि प्रदान गर्छ कर्मको हिसाबले जीवन अर्थपूर्ण वा अर्थहीन हुन सक्छ यस्तै मनका हिसाबले जीवन सुखी वा दुःखी हुन सक्छ हामीले चाहेको जीवन सुखी अर्थपूर्ण जीवन हो जीवन अर्थपूर्ण हुन कुराहरुको संगम हुनु जरुरी ती हुन्-

 पिरिवर्तित विचार- आफ्नो मनले डोर्याएको बाटोमा हिँड्छु भन्ने विचार

  स्वस्थ शरीर- रोगमुक्त बलियो शरीर

 वियवस्थित उत्तेजना- सुखमा मात्तिने दुःखमा आत्तिनेजस्ता उत्तेजना, रिस, क्रोध आदिको अन्त्य माफी दिने आचरण

  सिकारात्मक भावना- सेवा सहयोगी भावनाको विकास

समयको आदर सदुपयोग गरौँ

समयको ठूलो महत्त्व समयको महत्त्व सबैले बुझनर्ुपर्छ बाँच्ने आज हो बितेको समयका लागि पश्चात्ताप गर्नु हुँदैन जे भयो अब सकियो भनेर चित्त बुझाउनर्ुपर्छ भोलिका बारेमा सोचेर चिन्तित हुनु हुँदैन भोलिको कुरा भोलि नै सोचौँला भनी छाडिदिनर्ुपर्छ जे सोच्नु , जे गर्नु , आजै अहिले गर्नुपर्छ वर्तमान समय अत्यन्त महत्त्वपूर्ण समय हो (Present time is the most important time) यो उक्ति विद्वान्हरुले त्यत्तिकै भनेका होइनन् यसमा सत्यता

भनिन्छ- मानिस सधँै मृत्यु शय्या मानसिकता (Death bed mentality) लिएर बाँच्नुपर्छ आज मेरो जीवनको अन्तिम दिन हो, यसकारण मलाई जे गर्दा खुसी लाग्छ त्यही गर्छर्ुुन्ने सोच्नर्ुपर्छ त्यसै गर्नुपर्छ के गर्दा आफूलाई खुसी लाग्छ जीवन सुखमयी हुन्छ, त्यो कर्म आजका दिनमा गर्नुपर्छ भोलि गरौँला भनेर आफ्नो खुसी सुखका कर्मलाई छाड्नु हुँदैन समयको आदर सदुपयोग गर्दै आजका दिनमा बाँच्न सिक्यो भने जीवन सुखी बन्छ

समूहमा बसौँ

एक्लो व्यक्ति आफैंमा हराउँछ कि उसले समाज त्यागेर ध्यानमार्ग अपनाई समाधि निवार्ण्र्ाार्m लाग्नर्ुपर्छ स्वस्थ सुखी जीवन एक्लै बसेर हुँदैन यसका लागि स्वस्थ समाज समूहको आवश्यकता पर्छ व्यक्तिले आफूलाई सजिलो लाग्ने, आफ्नो मन रमाउने, दिल खोलेर कुरा गर्न सकिने व्यक्तिहरुको समूह बनाई त्यसैमा मिली बस्नर्ुपर्छ आफू अनुकूलको समूहमा बस्दा जीवन सुखी स्वस्थ बन्न सक्छ

नाइँ, सक्तिनँ भन्ने क्षमता राखौँ

इच्छाविपरीत चल्नुपर्दा, दुःख रोग उत्पन्न हुन्छन् यसकारण इच्छा छैन, सक्तिनँ, गर्दिनँ, हुन्न, नाइँ (No,Never) भनी उत्तर दिन सक्ने क्षमता राख्नुपर्छ

अरुलाई दिन बाँड्न सिकौँ

धन-सम्पत्तिको सङ्ग्रहबाट दुःख उब्जिन्छ दुःखको प्रमुख कारण नै धन-सम्पत्तिको सङ्ग्रह गर्ने चाहना यसतर्फलक्षित कर्म हो जसले अरुलाई आफूसँग भएको चीज दिन्छ बाँड्छ, त्यो व्यक्ति धनी कहलिन्छ अरुलाई दिँदा आफ्नो हात सधैँ माथि नै हुन्छ अरुलाई दिने बाँड्ने कार्यले जीवनलाई सुखी बनाउँछ

समय स्वार्थी भावनाको चापमा नबसौँ

कुनै काम गर्दा भ्याई-नभ्याई अत्यधिक समयको चाप कार्यबोझ पर्ने गरी कहिल्यै गर्नु हुँदैन जति भ्याइन्छ त्यति गर्नुपर्छ समय -घडी) छैन भन्ने सम्झी काम गर्यो भने कहिल्यै दुःख हुँदैन घडीविहीन मानसिकताले पनि सुख प्राप्त गराउँछ यस्तै प्रकारले ँस्वार्थीपन’, ँमको भावना दुःखका कारकहरु हुन् ँमभन्ने भावनालाई अन्त्य गर्नुपर्छ ँमविहीन निःस्वार्थ जीवन जिउनुपर्छ यसबाट सुख प्राप्त हुन्छ

प्रकृतिसँग नजिक बसौँ

हावा, पानी, घाम, वनस्पति, माटो आदि प्रकृतिका संरचनाहरुसँग जति नजिक रह्यो त्यति नै जीवन सुखमयी बन्छ शरीर यिनै प्राकृतिक पञ्चतत्त्वबाट बनेको हो शरीरलाई स्वच्छ हावामा हल्लाउनुपर्छ, पानीमा बराबर डुबाउनुपर्छ, घाममा सेकाउनुपर्छ, घाँसपातमा घस्राउनुपर्छ अनि माटोमा धुलाउनुपर्छ

यसरी प्रकृतिसँग नजिक राखे शरीर स्वस्थ बन्छ अनि जीवन सुखी बन्छ यसकारण आनन्द प्राप्तिका लागि ना· खुट्टाले चउरमा हिँड्नुपर्छ, घाँसपातमा लडिबुडी गर्नुपर्छ, असिना पानी परेको हेर्दै रमाउनुपर्छ, खोलाको आवाज सुन्ने गर्नुपर्छ, चराहरुको चिरबिर हावाको आवाज सुन्ने गर्नुपर्छ

कसैप्रति विश्वास आस्था राखौँ

कसैप्रति विश्वास आस्था भने जीवन पद्धति अनुशासित बन्छ विश्वास आस्थाविनाको जीवन छाडा हुन्छ अनुशासित जीवन पद्धति स्वस्थ हुन्छ यसकारण स्वस्थ रहन कसैप्रति विश्वास आस्था राखी त्यसअनुरुप आचरण गर्नुपर्छ

कुनै धर्मप्रतिको आस्था, भागवान्प्रतिको विश्वास अथवा कुनै आस्था केन्द्रप्रतिको विश्वासले मानिसलाई त्यसप्रति समर्पित बनाउँछ यसले सर्त्कर्म गर्ने, सुख-सन्तुष्टि प्राप्त गर्ने आचरणतर्फडोर्याउँछ भगवान् धर्मप्रतिको विश्वास आस्थाले जीवनलाई सुखी बनाउन सहयोग पुर्याउँछ

गल्ती गर्नेलाई माफी दिऊँ

माफ गर्ने कला जान्नर्ुपर्छ गल्ती गर्नेलाई माफी दिँदा जीवन सजिलो बन्छ, तनाव घट्छ बदलाको भावनाले क्रोध निम्त्याउँछ अनि क्रोधबाट रोग उत्पन्न हुन्छ माफी दिन जान्यो भने क्रोधमाथि नियन्त्रण हुन्छ

प्रेम गरौँ

प्रेमको भावनामा अपार शक्ति जसले प्रेम गरेको उसले मात्र प्रेमको शक्तिको अनुमान लगाउन सक्छ सुखी बन्न एकपल्ट आफूमा कसैप्रति प्रेमको भावना जगाउनर्ुपर्छ प्रेम स्त्री पुरुषबीचको कामवासनायुक्त भावना मात्र होइन यो एक भक्ति हो, यो कसैप्रतिको र्समर्पण हो प्रेम गर्नेले आफूलाई पूर्णरुपले आफ्नो प्रेमीमाथि र्समर्पण गर्छ यसैमा आनन्द प्राप्त गर्छ प्रेम एउटा अद्भूत सुखदायी भावना हो जीवनमा एकपल्ट प्रेमको भावना यसको गहिराइमा डुबी आनन्द प्राप्त गर्नै पर्छ यसबाट जीवन सुखी बन्न सक्छ

प्रेमको प्रकृति धेरै प्रकारको हुन सक्छ एउटाले व्यक्तिलाई प्रेम गर्छ भने अर्काले ·ीतलाई प्रेम गर्न सक्छ ·ीतमयी दुनियामा आफूलाई समर्पित गरी त्यसैमा रमाउन सक्छ यस्तै गरी कसैले पुस्तक कसैले कविता लेखनप्रति प्रेम भावना दर्शाउन सक्छन् यसरी जीवनलाई सुखी बनाउन सकिन्छ सुखी स्वस्थ हुन्छ

 [Kamanaa] [Sadhana] [Nepal Samacharpatra] [Mahanagar]] [Contact Us]


Copyright 2003-2010 newsofnepal
newsofnepal is the internet venture of Kamana News Publications
No content available in newsofnepal may be reused in anyway without written permission.