Index.htm

जलवायु परिवर्तनको असरः खतरनाक रोगहरुमा वृद्धि
कपाल झर्ने समस्या र समाधान
बुढेसकालमा कसरी स्वस्थ रहने ? 

सौर्न्दर्य बढाउन फेसियल एनालाइसिस

काम गर्ने महिलाहरुलाई कस्तो खाना उपयुक्त हुन्छ ?

घुँडा दुखाइको उपचार

किशोरीहरुको तल्लो पेट दुख्ने समस्या
सुन्दरता बिगार्ने अनुहारको चाया
किशोरावस्थाको परिवर्तनशील यौनस्वास्थ्य
नाथ्री फुट्ने समस्या
नेपाली र सुडानी महिलाको समान स्वास्थ्य पीडा
 थाहा नपाई ज्यान लिने उच्च रक्तचाप
उपचारपछि पाठेघर खस्न छोड्यो
तपाईंको घरमा हाम्रा डाक्टर
हेल्थ न्युज
राशिफल

JH

 
 

 

हेल्थ न्युज

 क्षयरोग दिवस मनाइयो

ँचेतना जगाऔं, क्षयरोग भगाऔंभन्ने मूल नाराका साथ विभिन्न चेतनामूलक कार्यक्रम आयोजना गरी गत मंसिर १३ गते ५६औं राष्ट्रिय क्षयरोग दिवस मनाइयो सो अवसरमा नेपाल क्षयरोग निवारण संस्थाले काठमाडौं उपत्यकालगायत मुलुकभरका ३२ शाखामा अभिमुखीकरण कार्यक्रम, र्याली, अन्तरसंवाद, पोस्टर, पम्प्लेट, बुलेटिन, स्टिकर होडिङबोर्डमार्फ चेतना जगाउने कार्यक्रम गरेको जानकारी गराएको

कार्यक्रममा संस्थाका अध्यक्ष देवेन्द्रबहादुर प्रधानले नेपालमा कुल जनसंख्याको ४५ प्रतिशत जनता क्षयरोगबाट संक्रमित भएको जानकारी दिँदै समयमै उपचार नपाएमा एक जना क्षयरोगीले जीवनमा १९ देखि १५ जनासम्मलाई सो रोग र्सार्न सक्ने सम्भावना भएकाले समयमै उपचार गर्नुपर्ने बताए हाल विश्वमा प्रत्येक वर्षएक करोड ३७ लाख मानिस क्षयरोगबाट संक्रमित हुने झन्डै २० लाख मानिस यसैबाट मर्ने गरेको कार्यक्रममा जानकारी गराइएको थियो

 िचकित्साजन्य फोहोरको खतरा

स्वास्थ्य संस्थाबाट निस्कासन हुने फोहोरको उचित व्यवस्थापनका लागि विश्वमा प्रचलित नयाँ प्रविधि नेपालले पनि अपनाउनर्ुपर्ने त्यसका लागि स्पष्ट नीति तयार गर्नुपर्ने कुरा सम्बधित विज्ञहरुले बताएका छन् ँहेल्थ केयर विदाउट हार्म’  नामक संस्थाकी अन्तर्राष्ट्रिय विज्ञान तथा नीति संयोजक रुथ स्टि्रङ्गरले हालै राजधानीमा आयोजित एक कार्यक्रममा अन्य क्षेत्रका फोहोरभन्दा चिकित्सा क्षेत्रको फोहोर बढी हानिकारक हुने बताइन् यसलाई जलाउँदा वा यत्तिकै फाल्दा दुवै अवस्थामा हानिकारक हुने बताउँदै उनले भनिन्- ँचिकित्साजन्य फोहोर व्यवस्थापन गर्न राम्रो प्रविधिलाई प्रोत्साहन गर्ने नीति आवश्यक

हेल्थ केयर फाउन्डेसन नेपालद्वारा आयोजित उक्त कार्यक्रममा धारिला औजार, हानिकारक रसायन सिरिन्ज कालोबजारीमार्फ पुनः प्रयोग हुने गरेको यो स्वास्थ्यका लागि अन्य जोखिमपूर्ण रहेको जानकारी गराइएको थियो

 रिक्तदान कार्यक्रम सम्पन्न

कामना न्यूज एन्ड पब्लिकेसन्स् स्थापना भएको २५ वर्षपुगेको उपलक्ष्यमा हालै विशेष रक्तदान कार्यक्रमको आयोजना गरियो कामना न्यूज एन्ड पब्लिकेसन्स्, विशालबजार व्यापार संघ लियो तथा लायन्स क्लब अफ विशालबजारले संयुक्तरुपमा आयोजना गरेको उक्त रक्तदान कार्यक्रममा सय ५३ जनाले रक्तदान गरेका छन्

विशालबजारमा आयोजित उक्त रक्तदान कार्यक्रममा कामना न्यूज पब्लिकेसन्स् प्रा.लि.का पत्रकार तथा कर्मचारीलगायत अन्य रक्तदाताले रक्तदान गरेका थिए कामना न्यूज एन्ड पब्लिकेसन्स्ले आफ्नो २५औं वाषिर्कोत्सव वर्षरि २५ वटा कार्यक्रम गरी मनाउने क्रममा उक्त रक्तदान कार्यक्रम आयोजना गरिएको हो

 पाठेघर पीडित महिलाद्वारा प्रदर्शन

सिरहा जिल्लाको सदरमुकाम सिरहामा विभिन्न जिल्लाका विभिन्न ठाउँबाट भेला भएका पाठेघरको समस्याबाट पीडित करिब सय महिलाले सुलभ ढंगले उपचार पाउन नसकेको जानकारी गराउँदै पर््रदर्शन गरेका छन् उनीहरुले पाठेघर पीडितहरुको निःशुल्क उपचार गरिनुपर्ने, महिला सुरक्षाको ग्यारेन्टी गरिनुपर्ने, प्रजनन अधिकार महिलाको अधिकारजस्ता नारा अंकित प्लेकार्ड लिएर सिरहा बजारमा पर््रदर्शन गरेका थिए

 सिंखुवासभामा आँखाको शल्यक्रिया

संखुवासभाको तेजरन्त आँखा उपचार केन्द्रले सदरमुकाम खाँदबारीमा आयोजना गरेको तीनदिने आँखा शिविरमा सय २५ जनाको आँखाको शल्यक्रिया गरिएको

उपचारका लागि आएका सय ९० मध्ये सय २५ जनाको मोतियाविन्दुको शल्यक्रिया गरिएको हो आँखाका अन्य रोगीको सामान्य उपचार गरिएको नेपाल नेत्रज्योति संघका अध्यक्ष श्यामसुन्दर दासले बताउनुभयो आँखा उपचारका लागि भोजपुर, संखुवासभाका ग्रामीण क्षेत्रबाट र्सवसाधारण आएका थिए

 डा. बराललाई उपाधि

संयुक्त अधिराज्य बेलायतको ँरोयल कलेज अफ पेडियाटि्रक्स एन्ड चाइल्ड हेल्थले बालरोग विशेषज्ञ डा. मणीन्द्ररत्न बराललाई कलेजको उच्चतम उपाधि -एफआरसीपीएच) प्रदान गरेको

काठमाडौं मेडिकल कलेज अस्पतालका निर्देशक बराल बालरोग विशेषज्ञको रुपमा लामो समयदेखि क्रियाशील हुनुहुन्छ डा. बराललाई उपाधि बेलायतको वारविक विद्यालयमा आउँदो अप्रिल २१ तारिखमा हुने दीक्षान्त समारोहमा प्रदान गरिने कलेजद्वारा जारी विज्ञप्तिमा उल्लेख

 

 [Kamanaa] [Sadhana] [Nepal Samacharpatra] [Mahanagar]] [Contact Us]


Copyright 2003-2010 newsofnepal
newsofnepal is the internet venture of Kamana News Publications
No content available in newsofnepal may be reused in anyway without written permission.