|
जाडोमा छालाको हेरविचार डा. सुपर केसी कन्सल्टेन्ट चर्मरोग विशेषज्ञ छाला हावापानी, मौसम परिवर्तन, स्थान परिवर्तन, खानपिन आदि कुराहरुबाट प्रत्यक्ष वा अप्रत्यक्षरुपमा प्रभावित भइरहेको हुन्छ । प्रत्यक्ष भन्नाले चिसो, तातो, हावापानी इत्यादिले छालामा ल्याउने सीधा सर्म्पर्कको परिणाम हो । तातो समयमा छालामा रक्तसञ्चार बढी प्रवाह हुनाले फुल्छ तर जाडोमा रक्तसञ्चारको प्रवाह घट्नाले खुम्चन्छ र चाउरी परेजस्तो देखिन्छ । अप्रत्यक्ष प्रभाव भन्नाले खानपिन र त्यसबाट प्राप्त हुने ऊर्जा एवम् भिटामिनसँग सम्बन्धित कुरा हुन् । खनिज पदार्थको मात्रा कमी वा बढी हुनाले हुने समस्याहरु यसअर्न्तर्गत पर्छन् । जस्तै- फलामको कमीले छाला र कपाल फुस्रो हुन्छ, प्रोटिनको कमीले छाला पातलिन्छ आदि । यस अंकमा छालामा जाडो समयमा हुने प्रभाव र त्यसको निदानबारे संक्षिप्त चर्चा गरिएको छ । चाया नियन्त्रण गर्न सकिन्छ
यो समस्या केवल कपालमा मात्र नभएर अनुहार, कानपछाडि, छाती, काखीसम्म पनि देखा पर्न सक्छ । यदि टाउकोमा वा अन्य स्थानमा बाक्लो कत्ला देखिएमा त्यो सामान्य चाया मात्र नभएर अन्य गम्भीर समस्या पनि हुन सक्छ । जस्तै- सेवोरिक र्डभाटाइटिस, स्काल्प (Scalp) सोराइसिस इत्यादि । त्यस्तो अवस्थामा चिकित्सकको परामर्श अनिवार्य हुन्छ । चायाको उपचारका लागि विभिन्न स्याम्पु उपलब्ध छन् । अवस्था हेरेर औषधियुक्त स्याम्पु प्रयोग गर्न सकिन्छ । सबैभन्दा पहिले ओलिभ वा नरिवलको तेल हल्का मनतातो बनाएर राति सुत्ने बेलामा लगाउनु उपयुक्त हुन्छ । यसले छालाको सुक्खापन कम गर्छ । भोलिपल्ट नुहाउनका लागि निजरल, हेड/सोल्डर, गार्नियर आदिमध्ये कुनै एक एन्टिडेन्ड्रफ स्याम्पु अलिकति लिएर सानो कचौरा वा गिलासमा राखी त्यसमा मनतातो पानी हालेर फिँज निकाल्नुपर्छ । त्यो फिँज टाउकोमा लगाएर ५ मिनेटपछि पखाल्नुपर्छ । यसरी हप्ताको तीन पटक जाडो महिनामा प्रयोग गर्दा चाया नियन्त्रण हुन्छ । आफूलाई मन पर्ने तेल वा जेल नुहाएपछि प्रयोग गर्न सकिन्छ । चाया केवल नियन्त्रण गर्ने हो, पूर्ण् रुपबाट निराकरण हुने होइन । चाया बढेको समयमा टाउकोमा स-साना दाना वा बिमिराहरु पनि देखा पर्छन् । यी दानाहरु साधारणतः पाक्दैनन् तर पनि धेरै आएमा औषधि सेवन गर्नुपर्ने हुन्छ । छालामा फुस्रो र सुक्खापन
जाडो महिनामा छालामा हुने सुक्खापन र खस्रोपन रोक्न कडा साबुनले नुहाउन हुँदैन । डोभ, पियर्स (Dove, Pears) जस्ता नरम र म्वाइस्चराइजिङ साबुन प्रयोग गर्नुपर्छ । धेरै खस्रो अवस्थामा नुहाउनु परेमा २-३ घण्टाअघि वा अघिल्लो राति नरिवलको तेल वा जैतुनको तेल लगाएर राख्नुपर्छ । यसो गर्दा छालाको माथिल्लो पत्रमा क्षति कम हुन्छ । साथै म्वाइस्चर कम (Loss) हुन पाउँदैन । नुहाइसकेपछि भ्यासेलिन बडी लोसन प्रयोग गर्न सकिन्छ । मुखमा ग्लिसरिन लगाउँदा पहिला मुख धोएर ओसिलो छँदै लगाउनुपर्छ । कागती, गुलाव जल आदि ग्लिसरिनमा मिसाउँदा कहिलेकाहीँ छालाको गम्भीर समस्या उत्पन्न हुन्छ । जाडो महिनामा मुखमा र्स्कर्ब (Scrub) वा क्लिन्जिङ (Cleensing) बढी गर्नाले छाला झनै खस्रो र सुक्खा हुन्छ । साबुन वा फेसियल वास सकभर कम प्रयोग गर्नुपर्छ । सुत्ने बेलामा मुखमा एलोभेरा (Elovera), इमोलिन (Emolene) आदिको क्रिम प्रयोग गर्नुपर्छ । बिहान भने नियमित रुपले उचित नम्बरको सन स्त्रिmन क्रिम चिकित्सकको परामर्शबमोजिम लगाउने गर्नुपर्छ । हातखुट्टा फुट्ने समस्या
ओठको लागि जिंक (Zine) युक्त क्रिमहरु जस्तै- बोरोजिन क्रिम (Boroglycerine Cream), बोरोग्लिसरिन (Boroglycerine), एलोभेरा (Elovera) युक्त मलम तथा लिपगार्डहरु प्रयोग गर्न सकिन्छ । जाडोमा ओठ बढी फुट्नुको अर्को कारण ज्रि्रोले ओठलाई ओसिलो बाउन खोज्नाले पनि हुन्छ । यसको लागि बानीमा नै सुधार गर्नु आवश्यक पर्छ । जाडो महिनामा साबुन प्रयोग गर्दा म्वाइस्चराइजिङ साबुनहरु प्रयोग गर्नु आवश्यक छ । यस्ता साबुनले छालालाई मुलायम राख्न मद्दत गर्छ । पानी प्रशस्त खाने गर्नुपर्छ । हरियो सागपात, फलफूल, आइरन र जिंकयुक्त खानाहरु जस्तै- केरा, माछामासुको सेवनले छालाको माथिल्लो पत्रलाई स्वस्थ राखी म्वाइस्चर र पानी कम हुन दिंंदैन र सुक्खापनबाट बचाउँछ ।
|
| |
|
| |
Copyright 2003-2010 newsofnepal newsofnepal is the internet venture of Kamana News Publications No content available in newsofnepal may be reused in anyway without written permission. |