Index

नेपालीहरुमा बढ्दो मानसिक रोगको पीड

हिँडाइमा बाधा पुर्याउने रक्तनली अवरोधको उपचार

पुरुष बाँझोपनको उपचार
समलिंगीहरुमा बढ्दै एचआईभी संक्रमण
लिङंगको बाङंगोपनको उपचार
स्वस्थ रहनका लागि सुखी जीवन
जाडोमा छालाको हेरविचार
पाठेघरको मुखको क्यान्सरः बच्ने उपायहरु
एड्सको पीडा सुडानी महिलामा पनि उस
आकर्ष कसरी बन्ने ?

भाइरल फिवर के हो ?

छाला सुन्दर राख्न म्वाइस्चराइजरको प्रयोग
खानाको उचित छनोटले खेलाडीको क्षमतामा वृद्धि
म्याग्दी जिल्ला अस्पतालको कमजोर स्वास्थ्य सेवा
रक्तअल्पताको उपचार
तपाईंको घरमा हाम्रा डाक्टर
राशिफल
हेल्थ न्युज

 

 
 

 

छाला सुन्दर राख्न म्वाइस्चराइजरको प्रयोग

मौसम परिवर्तनसँगसँगै जाडोमा छाला रुखो हुने फुट्ने समस्या देखा पर्न थाल्छ यसरी छालासम्बन्धी समस्या देखा पर्नु स्वास्थ्य सौर्न्दर्यको दृष्टिले कदापि उचित होइन जाडो याममा वातावरणको चिसोपन चिसो हावाले छालालाई असर गर्छ यसले गर्दा छाला रुखो भई, फुट्न थाल्छ यो मौसममा छालाको समुचित स्याहारसुसार नगर्ने हो भने छालामा विभिन्न प्रकारका समस्या देखा पर्छन् तर्सथ चिसो भयो भन्दैमा छालाको नियमित हेरचाह गर्न छाड्नु हुँदैन, बरु छालालाई चिल्लो एवम् मुलायम राखिरहन विभिन्न सुरक्षाको उपाय अपनाउनर्ुपर्छ

छालालाई स्वस्थ, चम्किलो बनाउन म्वाइस्चराइजरको प्रयोग एउटा राम्रो उपाय हो ब्युटिसियन डली सिंहका अनुसार म्वाइस्चराइजरले स्वस्थ चम्किलो बनाउँछ तर म्वाइस्चराइजर प्रयोग गर्नुअगाडि आफ्नो कस्तो प्रकारको छाला त्यसका लागि कस्तो प्रकारको म्वाइस्चराइजर उपयुक्त हुन्छ भन्ने बारेमा जानकारी हुुनु जरुरी हुने ब्युटिसियन सिंह बताउनुहुन्छ छालाको प्रकृतिअनुसार गुणस्तरीय म्वाइस्चराइजरले छालालाई हानि गर्दैन डढ्न पनि दिँदैन

छालाअनुसारको म्वाइस्चराइजर

ब्युटिसियन सिंहका अनुसार म्वाइस्चराइजर प्रयोग गर्नुपहिले आफ्नो छाला कस्तो भनी ध्यान दिनर्ुपर्छ यदि छाला सामान्य भने त्यसको लागि हल्का क्रिम वा लिक्विड म्वाइस्चराइजर प्रयोग गर्नुपर्छ यदि छाला मिश्रति वा तैलीय भने म्वाइस्चराइजर लोसन प्रयोग गर्नु उचित हुन्छ

त्यस्तै सुक्खा छालाको लागि म्वाइस्चराइजर क्रिम प्रयोग गर्नुपर्छ, जसले छालामा चिल्लोपन बर्ढाई सुक्खा हुन दिंदैन संवेदनशील छालालाई भने सुगन्ध नभएको वाटर बेस क्रिम प्रयोग गर्नुपर्छ

मौसमअनुसारको म्वाइस्चराइजर

कस्तो मौसममा कस्तो म्वाइस्चराइजरको प्रयोग गर्ने भन्ने छनोट आफैंले गर्न सक्नर्ुपर्छ यदि आफूलाई यसबारेमा ज्ञान नभएमा अनुभवी ब्युटिसियनसँग पनि परामर्श गर्न सकिने ब्युटिसियनहरुको सुझाव जाडो मौसममा केही बढी चिल्लो भएको म्वाइस्चराइजर प्रयोग गर्नुपर्छ किनभने गर्मी महिनामा भन्दा जाडो महिनामा छाला बढी सुक्खा हुने गर्छ

सामान्यता म्वाइस्चराइजिङ क्रिम दुइ  प्रकारको हुन्छ- वाटर बेस म्वाइस्चराइजर आयल बेस म्वाइस्चराइजर वाटर बेसमा धेरै मात्रामा पानी थोरै मात्रामा तेल हुन्छ भने आयल बेसमा तेल ग्लिसिरिन हुन्छ त्यसैले छालाअनुसार सुहाउँदो म्वाइस्चराइजरको प्रयोग गर्नुपर्छ

म्वाइस्चराइजरको सही प्रयोग

राम्रोसँग अनुहार सफा गरेपछि बिहान म्वाइस्चराइजर प्रयोग गर्नुपर्छ जाडो महिनामा छाला अलि बढी सुक्खा हुने भएकाले बेलुका पनि राम्रोसँग पानीले सफा गरेपछि म्वाइस्चराइजर प्रयोग गर्न सकिन्छ यसो गर्नाले प्रयोग गरिएको म्वाइस्चराइजर  छालाले पूर्णरुपमा लिने ब्युटिसियन सिंह बताउनुहुन्छ शृङ्गार गर्नुभन्दा पहिले म्वाइस्चराइजर लगाउनु आवश्यक हुन्छ

जाडोमा ओठ फुट्ने समस्या

जाडो महिनामा ओठ फुट्ने समस्याले प्रायः सबैलाई सताउने गर्छ ओठ फुट्ने समस्याबाट मुक्त रहन राति सुत्ने बेलामा प्रेट्रोलियम जेली या भ्यास्लिनको प्रयोग गर्नुपर्छ यसले ओठलाई सुक्खा हुनबाट बचाउँछ

ब्युटिसियन सिंहका अनुसार पेट्रोलियम जेली उपलब्ध नभए घरेलु उपायबाट पनि यस समस्याबाट केही हदसम्म मुक्त हुन सकिन्छ यसमा राति सुत्ने बेलामा दूधको तर या छाल लगाएर हल्का मासाज गर्न सकिन्छ राति सुत्ने बेलामा नाइटोमा शुद्ध तोरीको तेल नियमित राख्ने गर्नाले पनि ओठ फुट्ने समस्याबाट मुक्त रहन सकिन्छ

जाडोमा पनि सनब्लकको प्रयोग

ब्युटिसियन सिंहका अनुसार जाडो महिनामा पनि सनब्लकको प्रयोग गर्नुपर्छ कतिपयले सनब्लक भन्नेबित्तिकै गर्मीमा मात्र प्रयोग गर्ने बुझ्ने गरेको पाइएको , जुन एकदमै गलत हो सनब्लकको प्रयोगले छाला सुक्खा हुन चाउरिनबाट बचाउँछ

सनब्लक प्रयोग गर्दा क्एँ ३० भन्दा माथिको प्रयोग गर्नुपर्छ यदि घाममा बसेर छालामा कालोपन देखिएको भने आत्तिनु नपर्ने ब्युटिसियन सिंह बताउनुहुन्छ यो समस्याबाट मुक्त रहन टमाटरको रसलाई उक्त स्थानमा लगाएर २० मिनेटपछि सफा गरेमा त्यसको कालोपनबाट मुक्त रहन सकिन्छ

 [Kamanaa] [Sadhana] [Nepal Samacharpatra] [Mahanagar]] [Contact Us]


Copyright 2003-2010 newsofnepal
newsofnepal is the internet venture of Kamana News Publications
No content available in newsofnepal may be reused in anyway without written permission.