|
भाइरल फिवर के हो ? डा. प्रेमनारायण श्रीवास्तव वरिष्ठ होमियो चिकित्सक
यो ज्वरो अरु ज्वरोजस्तै भए पनि यसमा जीउ दुख्ने, टाउको दुख्ने, घाँटी खसखस हुने, हाच्छिउँ आउनुका साथै नाकबाट पानी बग्ने, मांसपेशी बाउँडिन खोज्ने आदि हुन्छ । कुनै-कुनै व्यक्तिमा रुघा-खोकी लाग्ने तर खकार नहुन पनि सक्छ । यसका साथै थाकाइ लाग्ने, कमजोरी महसुस हुने र भोक घटेर जाने पनि हुन्छ । भाइरल ज्वरो गराउने भाइरस घाँटीमा सुषुप्त अवस्थामा हुन्छन् । मौसम परिवर्तन हुँदा, चिसो पानी, खाना, दही वा आइसक्रिम खाँदा यी भाइरसहरु सक्रिय भई मानिसको रोग प्रतिरोधात्मक क्षमतामा असर गरिदिन्छन् । अनि मानिस बिरामी भएर शरीरको तापमान १ सय देखि १ सय ३ ड्रि्री फरेनहाइटसम्म हुन सक्छ । यो संक्रमणको असर १० देखि १२ दिनसम्मको हुन सक्छ । केही सावधानी गरेमा एक हप्तामा नै निको भएर पनि जान सक्छ । यसको संक्रमणबाट बच्न र बचाउन हाच्छिउँ गर्दा वा खोक्दा सफा रुमालको प्रयोग गर्नुपर्छ, भीडभाडमा जानबाट बच्नर्ुपर्छ । जीउ दुखेमा वा ज्वरो आएमा होमियोप्याथिक औषधिको प्रयोगबाट पनि निको पार्न सकिन्छ । घाँटी दुख्ने वा सुन्निएको जस्तो भएमा अमिलो अचार, प|mाइ गरेको खाद्य पदार्थ, चिसो पानी, दही र आइसक्रिम खानु हुँदैन । प्रभावित व्यक्तिले झोल पदार्थ बढी खानुपर्छ । हरियो सागपात, फलफूल, दूधबाट बनेको पौष्टिक पदार्थ सेवन गर्नुपर्छ । मनतातो नुन-पानीबाट गार्गल (कुल्ला) गर्नुपर्छ । नाक बन्द भएमा तातोपानीको बाफ लिँदा फाइदा हुन्छ । पीडित व्यक्तिले मौसमअनुसार स्वच्छ लुगा लगाउनुपर्छ र केही दिन आराम गर्नु जरुरी हुन्छ । बढी ज्वरो आएमा पानीपट्टी गरेर घटाउनर्ुपर्छ । अनि सरसफाइमा विशेष ध्यान दिनु आवश्यक हुन्छ ।
|
| |
|
| |
Copyright 2003-2009 newsofnepal newsofnepal is the internet venture of Kamana News Publications No content available in newsofnepal may be reused in anyway without written permission. |